यू-१९ एसिया कप : नेपालले कुवेतलाई दियाे २४० रनकाे लक्ष्य

काठमाडाैं । एसिसी यू-१९ एसिया कपमा नेपालले कुवेतलाई २४० रनकाे लक्ष्य दिएकाे छ । शारजाह क्रिकेट स्टेडियममा भएकाे खेलमा कुवेतले टस जितेर फिल्डिङ राेजेकाे थियाे ।

नेपाल ४२ दशमलव ३ ओभरमा अलआउट भएकाे हाे ।  नेपालका लागि स्पिन अलराउन्डर बशिर अहमदले ६१ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै, विवेक रानामगरले ७१ बलमा ६ चौकासहित ५० रनको योगदान दिए । यसैगरी, आदिल अन्सारीले आक्रामक ब्याटिङ गरी ४२ बलमा २ चौका र ५ छक्कासहित ४९ रनकाे याेगदान दिए ।

नेपाल र कुवेत दुबै सुरुवाती दुई खेलमा लगातार हारसहित प्रतियोगिताबाट बाहिरी सकेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१