Category: खेल

खेल

  • कोर क्याम्पबाट २७ खेलाडी बाहिरिए, कुशल मल्लसहित १३ पूर्व राष्ट्रिय खेलाडी आउट

    कोर क्याम्पबाट २७ खेलाडी बाहिरिए, कुशल मल्लसहित १३ पूर्व राष्ट्रिय खेलाडी आउट

    आगामी जेठमा स्कटल्यान्डमा हुने आइसिसी विश्वकप लिग–२ र टी–२० सिरिजको तयारीस्वरूप नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक स्टुअर्ट लले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २५ खेलाडीको नाम सार्वजनिक गरेका छन्।

    पहिलो चरणको ‘कोर क्याम्प’बाट २७ खेलाडी बाहिरिएका छन्, जसमा कुशल मल्ल, सन्दीप जोरा, अभिनास बोहरा, सागर ढकाल लगायत १३ जना पूर्व राष्ट्रिय टोलीका खेलाडीसमेत परेका छन्।

    देव खनाल, इशान पाण्डे, कमलसिंह ऐरी, पवन सर्राफ, विनोद भण्डारी, सूर्य तामाङ, हेमन्त धामी, राशिद खान पनि छनोट सूचीबाट बाहिरिएका छन् ।

    २५ सदस्यीय टोलीमा यू–१९ का स्पिनर युवराज खत्री, बागमतीका ब्याटर शुभ कंसकार, बलर रुपेश सिंह र ब्याटर किरण ठगुन्नाले पहिलोपटक स्थान बनाएका छन्।

    नयाँ अनुहारहरु गत एनपिएल र प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरु हुन् ।

    नेपालले वैशाख ३१ देखि जेठ १२ सम्म इंग्ल्यान्डमा स्थानीय क्लब र एमसीसीसँग अभ्यास गर्दै स्कटल्यान्ड प्रस्थान गर्नेछ। स्कटल्यान्ड ‘ए’ सँग दुई अभ्यास खेलपछि नेपालले लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज (जेठ १९ देखि) र टी–२० सिरिज (असार २ देखि) खेल्नेछ।

    नेपालले तयारीका क्रममा कुल ६ अभ्यास खेल खेल्ने तालिका रहेको छ ।

    लिग-२ को खेल जेठ १९ देखि हुनेछ भने टी-२० सिरिज असार २ देखि सुरु हुनेछ।

    पहिलो चरणको प्रशिक्षणबाट बाहिरिएका खेलाडी 

    • आकाश त्रिपाठी
    • अर्जुन घर्ती
    • अर्जुन कुमाल
    • अभिनाश बोहरा
    • इशान पाण्डे
    • कुशल मल्ल
    • कमलसिंह ऐरी
    • दीपेन्द्र रावत
    • दीपेशप्रसाद कँडेल
    • देव खनाल
    • सागर ढकाल
    • सन्तोष यादव
    • सुजन थपलिया
    • सन्दीप जोरा
    • शाकिब हक
    • शेर मल्ल
    • त्रित राज दास
    • नरेन भट्ट
    • पवन सर्राफ
    • बिबेककुमार यादव
    • प्रज्वल थापा
    • मयन यादव
    • विशाल पटेल
    • विनोद भण्डारी
    • सूर्य तामाङ
    • हेमन्त धामी
    • राशिद खान

    दोस्रो चरणको बन्द प्रशिक्षणमा परेका खेलाडी

    • आकाश चन्द
    • अनिलकुमार साह
    • अर्जुन साउद
    • आसिफ शेख
    • गुल्शनकुमार झा
    • किरण ठगुन्ना
    • करण केसी
    • कुशल भुर्तेल
    • दिलिप नाथ
    • दिपेन्द्रसिंह ऐरी
    • लोकेश बम
    • नन्दन यादव
    • बसीर अहमद
    • भीम सार्की
    • प्रतिस जीसी
    • रिजन ढकाल
    • रोहित पौडेल (कप्तान)
    • रुपेश सिंह
    • ललितनारायण राजवंशी
    • शुभ कंसकार
    • शहाब आलम
    • सन्दीप लामिछाने
    • सोमपाल कामी
    • युवराज खत्री
    • आरिफ शेख

  • खेलाडीसँग मुख्य प्रशिक्षक स्टुअर्ट ल

    खेलाडीसँग मुख्य प्रशिक्षक स्टुअर्ट ल

    काठमाडौं । अष्ट्रेलियन पूर्व क्रिकेटर स्टुअर्ट लले शनिबार आफ्नो कार्यभार सम्हालेका छन् ।

    शनिबार बिहान नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो ।

    शुक्रबार राती काठमाडौँ आइपुगेका राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुअर्ट लले आज खेलाडी र पदाधिकारीबीच परिचयसहितको अन्तरक्रिया गरेका थिए ।

     

  • ओमानविरुद्ध नेपालको बलियो प्रदर्शन, दोस्रो जित दर्ता

    ओमानविरुद्ध नेपालको बलियो प्रदर्शन, दोस्रो जित दर्ता

    काठमाडौं। स्पीनर युवराज खत्रीको घातक बलिङ र ओपनरहरूको उत्कृष्ट प्रदर्शनमा नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हात पारेको छ। माथिल्लो मुलपानी मैदानमा सोमबार सम्पन्न खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो। ११८ रनको सामान्य लक्ष्य नेपालले १४.३ ओभरमा मात्र २ विकेट गुमाउँदै पुरा गर्‍यो।

    नेपालका ओपनर निरज यादवले २७ बलमा आक्रामक ४६ रन बनाए भने साहिल पटेलले अविजित ४४ रन जोडे। दुबै खेलाडीले ओमानका बलरमाथि दबाब कायम राख्दै सहज जितमा टेवा पुर्‍याए। ओमानका सौम्या भविनले २ विकेट लिए।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानलाई युवराज खत्रीको उत्कृष्ट बलिङले ध्वस्त पारेको थियो। उनले ७ ओभरमा मात्र १५ रन खर्चेर ५ विकेट लिए। ओमान ३८ ओभरमै ११७ रनमा समेटियो।

    नेपालका लागि सन्तोष यादवले २ विकेट लिए भने दयानन्द मण्डल, अशोक धामी र अपराजित पौडेलले १/१ विकेट झारे।नेपालले यसअघि पहिलो खेलमा युएईलाई हराएको थियो। अब तेस्रो खेलमा नेपाल बुधबार हङकङसँग भिड्नेछ। यता अफगानिस्तानले पनि आज हङकङलाई पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ।नेपाल, अफगानिस्तान, हङकङ, ओमान र युएई सम्मिलित यस छनोट प्रतियोगिताको विजेता टोलीले २०२६ मा आयोजना हुने आईसीसी यू–१९ विश्वकपका लागि स्थान बनाउनेछ।

  • टी– २० आई सिरिजको उपाधि कुवेतलाई, नेपाल ३ रनले पराजित

    टी– २० आई सिरिजको उपाधि कुवेतलाई, नेपाल ३ रनले पराजित

    काठमाडौं । चारदेशीय टी–२०आई सिरिजको उपाधि कुवेतले जितेको छ । फाइनलमा नेपाललाई ३ रनले पराजित गर्दै कुवेतले उपाधि हात पारेको हो ।

    कुवेतले नेपाललाई १७५ रनको लक्ष्य दिएको थियो । नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो । जवाफि ब्याटिङमा उत्रिएको नेपालले १९.३ ओभरमा १० विकेट गुमाउँदै १७१ रन बनायो ।

    नेपालका लागि बसिर अहमदले सर्वाधिक ८० रन बनाए । नन्दन यादवले ३७ रन, आसिफ सेखले २७ रन बनाए भने अन्य खेलाडिले दोहोरो अंक बनाउन सकेनन् । कुबेतका लागि एसिन पटेल, अनुदिप र नविनराजले समान २,२ विकेट लिए भने मोहमख अस्लामले १ विकेट लिए ।

    कुवेतका लागि ओपनर रविजा सन्दारुवानले सर्वाधिक ६० रन बनाए । क्लिन्टो एन्टोले २६, मिट भावसार १६ र मोहम्मद उमर अब्दुल्लाले २३ रनको योगदान दिए । बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले २–२, करण केसी र कुशल भुर्तेलले एकएक विकेट लिए ।

     

  • दीपेन्द्रसिंह ऐरीको ऐतिहासिक कीर्तिमान : टी-२०आई क्रिकेटको दुर्लभ उपलब्धि

    दीपेन्द्रसिंह ऐरीको ऐतिहासिक कीर्तिमान : टी-२०आई क्रिकेटको दुर्लभ उपलब्धि

    कीर्तिमानी किङ , दीपेन्द्र सिंहले फेरि अर्को कृतिमान बनाएका छन्  । नेपालका स्टार लेगस्पिनरले पटक पटक कृतिमान बनाइ राख्ने  नेपालका स्टार लेगस्पिनर ऐरीले यस पटक भने टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबै भन्दा धेरै खेलमा डग आउट अर्थात् धेरै इनिङ शून्यमा आउट नहुने खेलाडीको कीर्तिमान बनाएका छन् ।

    बिहीबार कुवेतविरुद्ध भएको खेलमा दीपेन्द्रले लगातार ६६ टी-२० अन्तर्राष्ट्रिय इनिङमा ‘नट आउट’ रहने कीर्तिमान बनाएका छन् ।

    यसअघि यो कीर्तिमान वेस्ट इन्डिजका मार्लोन स्यामुएल्सको नाममा थियो, जसले लगातार ६५ खेलमा ‘नट आउट’ इनिङ खेलेका थिए।

    कुवेतविरुद्धको खेलमा दीपेन्द्रले १२ बलमा ३१ रनको विस्फोटक इनिङ खेल्दै नेपाललाई जिततर्फ लैजान महत्त्वपूर्ण भूमिका खेले।
    यो बाहेक टी–२० क्रिकेटमा सबैभन्दा छिटो अर्ध शतक बनाउने कीर्तिमान पनि  ऐरीकै नाममा छ, उनले २०२३ को एसियाली खेलकुदमा मङ्गोलियाविरुद्ध मात्र ९ बलमा यो कृतिमान हासिल गरेका थिए ।

    यसका साथै  ऐरी टी–२० अन्तर्राष्ट्रिय खेलको एकै ओभरमा लगातार छ छक्का प्रहार गर्ने विश्वकै तेस्रो खेलाडी पनि हुन् ।
    उनको नाममा एउटा खेलमा सर्वाधिक स्ट्राइक रेटको रेकर्ड पनि रहेको छ । एरीले नेपालका लागि ६० ओडिआई र ७६ टी-२० खेल खेलेका छन् ।

  • चार देशीय टी–२० खेल्न हङकङ जाने नेपाली क्रिकेट टोलीको बिदाई

    चार देशीय टी–२० खेल्न हङकङ जाने नेपाली क्रिकेट टोलीको बिदाई

    काठमाडौं । हङकङ–चाइनाको आयोजनामा हुने चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार राष्ट्रिय टिमको बिदाइ गरेको हो । नेपालले हङकङमा हुने चार देशीय टी–२०–क्रिकेट प्रतियोगिताका लागि शनिबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको थियो ।

    छनोट भएका खेलाडीमा आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहव आलम र रिजन ढकाल छन् ।बसिरले २ र नन्दनले ३ वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । प्रतियोगितामा नेपालले बुधबार कतार, बिहीबार कुवेत र आउँदो शनिबार हङकङसँग खेल्दैछ ।

  • अस्ट्रेलिया त्यागेका नन्दन यादवले राष्ट्रिय टोलीमा बनाए स्थान 

    अस्ट्रेलिया त्यागेका नन्दन यादवले राष्ट्रिय टोलीमा बनाए स्थान 

    काठमाडाैं । गत एनपिएल संस्करणमा कर्णाली याक्सले अनुबन्ध गरेपछि नेपाल फर्किएका नन्दन यादवको क्रिकेट करियर बढो रोचक छ । एनपिएल सकिएपछि “जय नेपाल”  कप खेल्दै गर्दा पनि उक्त प्रतियोगिता पछि उनी नेपाल नबस्ने भन्नेमै थिए । तर एकाएक जनकपुरमा सम्पन्न “जय नेपाल” कपबाट काठमाडौं फर्किसकेपछि उनले अस्ट्रेलिया नफर्कने सोच बनाए ।

    उनले नेपालमै बसेर क्रिकेट करियरलाई अघि बढाउने निर्णय गरे । नन्दनले नेपालमै बसेर आफ्नो करियरलाई अगाडि बढाउने निर्णयमा शनिवार क्रिकेट एसोसिएसन अफ नेपालले पनि साथ दियो । ९ अप्रिलबाट हङकङमा  हुनगइरहेको चार देशीय टी-२० आई शृङ्खलामा क्यानले घोषणा गरेको १४ सदस्यीय टोलीमा नन्दन यादवलाई पनि समेट्यो ।

    नेपाली टोलीमा तीव्र गतिका बलर नन्दन यादवले तीन वर्षपछि स्थान बनाएका हुन् । यस भन्दा अगाडि नन्दन यादवलाई सन् २०२२ डिसेम्बरमा पनि नेपाली टोलीमा समावेश गरिएको थियो । नामिबियाको विन्डहोकमा आयोजित नामिबिया र स्कटल्याण्डविरुद्द आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ शृङ्खलाका लागि नेपालको १४ सदस्यीय टोलीमा स्थान बनाएका थिए ।

    तर दुर्भाग्य उनले यो सिरिजमा अन्तिम ११ मा भने स्थान बनाउन पाएनन् । यसरी राष्ट्रिय टोलीबाट खेल्ने नन्दनको सपना सन् २०२२ मा पूरा भएन । परिवारमा आर्थिक समस्या भएपछि उनी त्यस लगत्तै अस्ट्रेलिया हानिए । अहिले नन्दनको राष्ट्रिय टोलीबाट खेल्ने सपना पुनः एक पटक साकार हुन गइरहेको छ ।

    गत एनपिएल संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका कारण नन्दनको पुनरागमन सम्भव भएको हो । नन्दनले कर्णाली यार्क्सका लागि क्वालिफाएर- टु बाट बाहिरिनु पूर्व ९ विकेट हात पारेका थिए ।

    कर्णालीबाट बलिङ गर्ने क्रममा नै नन्दनले नेपालको डेथ बलिङमा नयाँ आशा देखाएका थिए । सिरिजका लागि धेरै नयाँ नामहरू देखा परेका छन् । नन्दन बाहेक साहब आलम र बसिर अहमदले पनि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।

    आलम र बसिर पनि एनिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू हुन् । केही नयाँ खेलाडीहरूले मौका पाइरहँदा नेपाली टोलीका स्टार लेगस्पिनर सन्दीप लामिछाने भने अन्तिम १४ मा समावेश छैनन् ।

    हङकङमा हुने चार देशीय टी–२० सिरिजका लागि रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा बुधवारदेखि बन्द प्रशिक्षण सुरु भइसकेकाे छ ।

    सिरिजमा अन्तरिम प्रशिक्षकका रूपमा स्थान बनाएका ज्ञानेन्द्र मल्लले नेपाली टोलीलाई प्रशिक्षण गराइरहेका छन् । यसअघि गत चैत १५ मा नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टोलीको प्रशिक्षकमा अस्ट्रेलियाका स्टुअर्ट ललाई नियुक्त गरेको थियो ।

    प्रशिक्षक ल नेपाल आउन ढिलाइ भएपछि क्यानले मल्ललाई प्रशिक्षकको जिम्मेवारी दिएको छ । यसअघि ज्ञानेन्द्र हङकङ सुपर सिक्सेसमा नेपाली टोलीको प्रशिक्षक थिए । मल्लले नेपालको ‘ए’ टोलीको प्रशिक्षक भएर पनि काम गरेका थिए ।

    सिरिजमा नेपाल र हङकङसहित कुवेत र कतारले प्रतिस्पर्धा गर्नेछन् । नेपालले पहिलो खेल चैत २७ गते कतारसँग, चैत २८ गते कुवेतसँग र चैत ३० गते हङकङसँग खेल्नेछ । चैत ३१ गते तेस्रो स्थान र फाइनल खेल हुनेछ ।

  • गिरिजा प्रसाद कोइराला फाउण्डेसनद्वारा सन्तोषलाई रोमानिया खेलकुद संयोजकमा मनोनयन

    गिरिजा प्रसाद कोइराला फाउण्डेसनद्वारा सन्तोषलाई रोमानिया खेलकुद संयोजकमा मनोनयन

    काठमाडौं । गिरिजा प्रसाद कोइराला फाउण्डेसन फर डेमोक्रेसी, पिस एण्ड डेभलपमेन्टले रोमानियाका लागि खेलकुद संयोजक पदमा सन्तोष थापा मगरलाई मनोनयन गरेको छ ।

    फाउण्डेसनकी अध्यक्ष सुजाता कोइरालाको अध्यक्षतामा संचालक समितिकोे बैठकले थापा मगरलाई आगामी दुई वर्षको कार्यकालका लागि उक्त पदमा मनोनयन गर्ने निर्णय गरेको हो ।

    फाउण्डेसनले विधानमा उल्लेखित लक्ष्य तथा उद्देश्यहरू प्राप्त गर्न थापा मगरको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेको छ । अध्यक्ष कोइरालाले उनको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेकी छिन् ।गिरिजा प्रसाद कोइराला फाउण्डेसनले लोकतन्त्र, शान्ति र विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

  • आईपीएलमा राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी

    आईपीएलमा राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) प्रतियोगिताको दोस्रो खेलमा कोलकाता नाइट राइडर्सले आठ विकेटको शानदार जित निकालेको छ । पहिलो खेलमा रोयल्स च्यालेन्जर्स बैंग्लोरुसँग सात विकेटले पराजित भएको कोलकाताले राजस्थानविरुद्ध जित निकालेको हो ।

    जितमा ओपनर क्विन्टन डि कक नायक भए । गुमाइसकेको खेललाई नटआउट शानदार व्याटिङ गर्दै राजस्थानविरुद्ध डि ककले ८ विकेटको जित निकालेका हुन् । ६१ बलको सामना गरेका डि ककले ६ छक्का र आठ चौकाको मद्दतमा ९७ रन बनाए । उनी शतक बनाउन मात्र तीन रनले चुके ।यो जितसँगै कोलकाताले दुई खेलमा दुई अंक जोडेको छ भने राजस्थान दुई खेलमा अंकबिहीन छ । राजस्थान पहिलो खेलमा नराइजर्स हैदरावादसँग ४४ रनले पराजित भएको थियो ।

    टस जितेर सुरुमा फिल्ड रोजेको कोलकाताले १५२ रनको सामान्य लक्ष्य पाएको थियो । सामान्य लक्ष्य कोलकाताले १५ बल बाँकी हुँदा मात्र दुई विकेटको क्षतिमा १५३ रन बनाउँदै भेट्टाएको हो ।
    कोलकाताले ओपनर मोइन अलीलाई पाँच रनमै गुमाएको थियो । कप्तान आजिक्य रहाने पनि १८ रनमै समेटिए । उसका लागि डि कक र अंगकृष रघुवंशीले तेस्रो विकेटका लागि ८३ रनको विशाल साझेदारी गरेका थिए । यो साझेदारी नै कलकताको पुनरागमन जित निकालेको हो ।

  • ललितपुरमा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने

    ललितपुरमा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने

    काठमाडौं । ललितपुर महानगरपालिकाको १०६औं बार्षिककोत्सवको उपलक्ष्यमा बागमती प्रदेश अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
    शुक्रबार ललितपुरमा पत्रकार सम्मेलनको आयोजनागरी जावालाखेल भलिबल प्रशिक्षण केन्द्रका उपाध्यक्ष तथा प्रतियोगितको संयोजक श्रीराम बोगटीलेले चैत्र १० देखि १५ गतेसम्म मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए ।

    उनले अनुसार नेपालको राष्ट्रिय खेल भलिबलको विकास र बिस्तारको लागि यस प्रतियोगिताबाट टेवा पुग्ने विश्वासकासाथ प्रतियोगिताको आयोजना गर्न लागेको पनि जानकारी दिए ।
    उनले भने, ललितपुर महानगरपालिकाको १०६औं बार्षिककोत्सवको उपलक्ष्यमा तथा पुरुष भलिबल प्रतियोगिता २०८१ चैत्र १० गते देखि १५ गतेसम्म आयोजना गरिने छ । नेपालको राष्ट्रिय खेल भलिबलको विकास र बिस्तारको लागि यस प्रतियोगिताबाट टेवा पुग्ने विश्वास लिएका छौं ।’उनका अनुसार उक्त प्रतियोगितामा बागमती प्रदेश पालिका स्तरीय टिमहरूले मात्र भाग लिन पाउनेछन् । यस प्रतियोगितामा नेपालको राष्ट्रिय खेलाडीहरू, विभागीय खेलाडीहरू तथा विदेशी खेलाडीहरूले सहभागी हुन पाइने छैन् ।

    उनले भने,‘उक्त प्रतियोगितामा बागमती प्रदेश पालिकास्तरीय टिमहरूले मात्र भाग लिन पाउनेछन् । यस प्रतियोगितामा नेपालको राष्ट्रिय खेलाडीहरू, विभागीय खेलाडीहरू तथा विदेशी खेलाडीहरूले सहभागी हुन पाइने छैन ।’साथै प्रतियोगिताको मुख्य उद्देश्य नयाँ प्रतिभाशाली खेलाडीहरूलाई प्रतिभा देखाउने अवसर प्रदान गर्नु रहेको आयोजकले जनाएको छ ।
    प्रतियोगितामा शिल्ड, मेडल, प्रमाण–पत्र, नगद पुरस्कार तथा विधागत पुरस्कारको व्यवस्था गरिएको छ। जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कर्भडहलमा संचालन हुने खेल लिगकम नक–आउटको आधारमा खेलाईने छ ।प्रथम पुरस्कार रु.२,००,००० द्वितिय पुरस्कार रु.१,००,०००, तृतीय पुरस्कार रु.५०,०००,सर्वश्रेष्ठ खेलाडी पुरस्कार,रु.१०,०००, वेष्ट स्पाईकर रु.५,०००,वेष्ट सेटर रु.५,०००, वेष्ट ब्लकर रु.५,०००,वेष्ट लिबेरो रु.५,००० र वेष्ट प्रशिक्षकलाई रु.५,००० पुरस्कारको व्यवस्था गरिएको छ ।