Category: प्रविधि

प्रविधि

  • युट्युब च्यानल चलाउनुहुन्छ ? तपाईँले जान्नैपर्ने यी कुरा

    युट्युब च्यानल चलाउनुहुन्छ ? तपाईँले जान्नैपर्ने यी कुरा

    काठमाडाैं । पछिल्लो समयमा एकदमै नाम चलेका ठूला च्यानलहरु ह्याक हुने क्रम फेरि बढेको छ, हिजो मात्रै र्‍यापर भिटेन को च्यानल ह्याक भयो । केही दिन अगाडि एपी वान टीभीकाे युट्युब च्यानल ह्याक भएकाे थियाे ।

    धेरै जसो कलाकार र सर्जकहरुको मुख्य आम्दानीकाे माध्यम युट्युब नै बनेको कारणले पनि समस्या परिसकेपछिको तनाव अत्यन्तै धेरै हुन्छ । ह्याक हुन बाट जोगिन र केही गरी ह्याक भइहाले पनि च्यानल फिर्ता पाउन निम्न कुरामा ध्यान दिनुहाेला ।

    १. आफ्नो Gmail & YouTube मा Two Step Verification On गरिराख्नुस् ।

    २. आफ्नो YouTube Channel मा Recovery email, Recovery Number कुन छ, त्यो Verified छ कि छैन, Recovery email र Mobile Number तपाइँले Access पाउने गरी उपलब्ध छ छैन, एकदमै याद गर्नुहोस्, छैन भने Access प्राप्त गर्न सकिने बनाइहल्नुहोस् ।

    ३. आफ्नो YouTube Channel अरुको मोबाइलमा नखोल्नुस्, खोल्नुभएको छ भने एकचोटी Password
    परिवर्तन गर्नुस, Password परिवर्तन गरेपछि Login छ भने पनि Logout हुन्छ (केही समय अगाडी एकजना चर्चित कलाकारको YouTube ह्याक हुँदा ९ वटा फोनमा Logged in भेटेको थिएँ)।

    ४. कतैबाट आफ्नो YouTube मा भिडियो Upload गराउनुछ भने YouTube Channel मा Manager/Editor Permission दिनुहोस्, ID Password नै दिँदा त्यहाँ केही समस्या पर्यो भने आफ्नो च्यानल समस्यामा पर्छ भन्ने बुझ्नुहोस् ।

    ५. धेरै जसो YouTube Channel ह्याक हुनुको पछाडि Ransomware Attack & Link Click रहेको छ, त्योबाट बच्न आफ्नो Computer मा सकेसम्म Pirated Software नहाल्नुस्, धेरै जसो Pirated Software ले Ransomware बोकेका हुन थालेका छन्, जसले File Lock गरी Save रहेका सबै Password हरु चोर्दछन् अनि Hack गर्दछन् ।

    ६. Password Change केही समयमै गरिराख्नुस्, बिर्सिन्छ जस्तो लागे Password Saver Application हरुमा Save गर्नुहोस्, घरमा नोटमा टिपिराख्नुहोस् ।

    ७. WhatsApp र e-mail मा आउने हजाराैँ डलरकाे विज्ञापन दिने कुरा नपत्याउनुस, त्यसरी सजिलै कसैले विज्ञापन दिँदैनन् उनीहरुको उदेश्य Facebook Page, YouTube Hacking नै हो भन्ने बुझ्नुस् ।

    यी सब कुरा गर्दागर्दै पनि केही गरी Channel Hack भए YouTube Support मा Contact गर्न सकिन्छ, Contact को लागि निम्न विवरण जुनसुकै बेला चाहिनसक्छ भनेर टिपिराख्नुहोस्, यी विवरण अरु बेला पनि काम लाग्छन् ।

    १. आफ्नो YouTube Channel को Channel ID, YouTube.com/ पछाडि सुरु हुने ID ।

    २. Channel Create गरेको मिति, Channel को About Section मा हुन्छ ।

    ३. केही गरी ह्याक भएर अरु भिडियो Upload भए भने त्यो Video ID, आफूले Upload गरेका पछिल्लो भिडियोका Video ID ।

    ४. आफ्नो AdSense को Publisher ID ।
    (यति कुरा चाहिँ कतै Save गरिराख्नुस, अन्य बेलामा पनि चाहिन सक्छ।)

    आफूले प्रयोग गर्ने Device हरुमा Internet Security सहितको Antivirus, सकेसम्म Genuine Operating System प्रयोग गर्नुहोस्, सुरक्षित रहनुहोस् ।

  • पाेर्न साइट हेर्न बेलायतमा अब यस्ताे कानुन

    पाेर्न साइट हेर्न बेलायतमा अब यस्ताे कानुन

    बेलायत । बेलायतमा अब पोर्न वेवसाइट हेर्न अनिवार्य उमेर खुलाउनुपर्ने भएको छ ।

    इन्टरनेट सुरक्षासम्बन्धी बेलायतको नयाँ कानुनले पोर्न वेवसाइटहरुले प्रयोगकर्ताको उमेर अनिवार्यरुपमा प्रमाणित गर्नुपर्ने बनाएको हो । पाेर्न साइटबाट बालाबालिकालाई टाढा राख्न याे कानुनकाे निर्माण गरिएकाे हाे ।

    नयाँ कानुनअनुसार १८ वर्षमाथिका प्रयोगकर्ताले आफ्नो उमेर पुष्टि गराएरमात्रै पोर्न वेवसाइट हेर्न सक्छन् ।

    पोर्न वेवसाइटहरुले उक्त कानुनको उल्लंघन गरेको पाइए कूल कारोबारको १० प्रतिशतसम्म जरिवाना गर्न सकिने कानुनमा उल्लेख भएकाे बीबीसीले समाचार छापेकाे छ । अनलाइन सुरक्षा विधेयक केही महिनापछि बेलायतको संसदमा पेश हुने बताइएको छ ।

    एक अध्ययनका अनुसार बेलायतमा ११ देखि १३ वर्ष उमेरका आधा जति जनसंख्याले कुनै न कुनै रुपमा पोर्न वेवसाइट हेर्ने गरेका छन् ।

  • नेपाल–कोरिया हवाई उडान सञ्चालन गर्न माग

    नेपाल–कोरिया हवाई उडान सञ्चालन गर्न माग

    काठमाडौं । नेपाल कोरिया कल्चर सेन्टरका प्रतिनिधिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले समक्ष नेपाल एरलाइन्समार्फत नेपाल–कोरिया सिधा हवाई उडान सञ्चालन गर्न माग गरेका छन् ।

    साेमबार मन्त्रालयमा भएको भेटघाटमा नेपाल–कोरिया कल्चर सेन्टर कोरियाका निर्देशक ह्वाङ्क्युले दुवै देशको पर्यटन विकास, कृषि पर्यटनका लागि नेपाल एरलाइन्सको जहाजमार्फत सिधा उडान गर्नुपर्ने माग गरेका छन् । उनले भने, ‘नेपालमा पर्यटन क्षेत्रको विकास र पर्यटक भित्र्याउनका लागि नेपाल–कोरिया सिधा हवाई उडान हुन आवश्यक छ, सरकारको तर्फबाट पहलहोस् ।’

    निर्देशक ह्वाङ्क्युले राखेको प्रस्तावमा मन्त्री आलेले नेपाल–कोरिया सिधा हवाई उडानका लागि आवश्यक छलफल गरिने बताए । उनले भने, ‘तपाईहरूले राख्नु भएको प्रस्ताव राम्रो छ, हामी छलफल गरी खबर गर्छौँ ।’

  • वैदेशिक रोजगारीसम्बन्धी गुनासो छ ? ११४१ मा गर्नुहोस् फोन

    वैदेशिक रोजगारीसम्बन्धी गुनासो छ ? ११४१ मा गर्नुहोस् फोन

    काठमाडाैं । के तपाई वैदेशिक रोजगारीमा हुनुहुन्छ ? वा जाँने तयारीमा हुनुहुन्छ ? कुनै समस्यामा पर्नुभएको छ । सम्बन्धित निकायले तपाईको गुनासो वा समस्याको सम्बोधन गरेन भने तपाईले सोझै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सम्पर्क गर्न सक्नुहुनेछ ।

    पैसा नलाग्ने वा लाग्ने फोन नम्बर सञ्चालनमा ल्याइएको छ । मन्त्रालयले त्यसलाई कल सेन्टर नाम दिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आज उक्त कल सेन्टर सञ्चालनको शुभारम्भ गरे ।

    कल सेन्टरमा २४ सै घण्टा फोन सम्पर्क गरेर आफ्ना समस्या वा गुनासा सुनाउन सकिनेछ । त्यसका लागि मन्त्रालयले मन्त्रीको सचिवालयको मोबाइल नम्बरः ९८२३२५६७०४, ९८२३२५६७०६ र मन्त्रालयमा रहेको कल सेन्टरको नम्बर +९७७१५९७००८ वा टोल फ्री नम्बर ११४१ मा सिधै सम्पर्क गरी २४ सै घण्टा गुनासो र समस्या टिपाउन सक्ने व्यवस्था गरेको छ ।

    गुनासो आउने वित्तिकै मन्त्रालयले आवश्यक कारबाही गर्नेछ । मन्त्रालयका सचिव एकनारायण अर्यालका अनुसार कल सेन्टर तथा वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ कक्षबाट वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव सङ्कलन गरी प्राथमिकताका साथ समाधान गरिनेछ ।

    यसअघि पनि सञ्चालनमा रहेको कल सेन्टरलाई वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ गर्न एकीकृत कक्षका रुपमा व्यवस्थित गरी सुरु गरिएको मन्त्रालयले जनाएको छ । श्रममन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको सन्दर्भमा नेपाली नागरिकलाई अलपत्र पार्ने जो सुकै संस्था वा व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता जनाएका छन् ।

    मन्त्रालयले स्थापना गरेको कल सेन्टर तथा वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ कक्ष उद्घाटन गर्दै मन्त्री श्रेष्ठले पीडितको गुनासो सुनुवाइका लागि प्रतिउत्तर कार्यटोली तथा प्रहरीको समेत सहभागितमा मार्सल टोली गठन गरी दोषीलाई कारबाही गर्न सुरु गरिएको बताए ।

    पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भिसामा खाडी क्षेत्रका विभिन्न मुलुक, दक्षिणपूर्वी एशियाली मुलुक, युरोपेली तथा अमेरिकी मुलुक र अफ्रिकी महादेशका देशमा गैरकानुनी रुपमा पर्‍याइ नेपाली नागरिकलाई अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेको भनी दिनहुँ गुनासो आउने गरेपछि मन्त्री श्रेष्ठको निर्देशनमा मन्त्रालयमै गुनासो सुनुवाइ कक्ष स्थापना गरिएको हो ।

    अब कल सेन्टर तथा वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ कक्षमार्फत वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव सङ्कलन गरी एकीकृत गरिनेछ । आएका समस्या तथा गुनासोलाई प्राथमिकिकरण गरी समाधान गरिनेछ भने सेवाग्राहीलाई आफ्नो गुनासो सुनुवाइको अवस्थाबारे जानकारी समेत दिइनेछ ।

    कल सेन्टर तथा वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ कक्षमा कस्ता खालका समस्या र गुनासो आउँछन् त्यसले सरकारलाई नीति निर्माणमा पनि सहयोग पुग्ने मन्त्री श्रेष्ठले बताए । वैदेशिक रोजगारीका नाममा हुने कुनै प्रकारको रकम सङ्कलन, ठगीलगायतका क्रियाकलापमा संलग्न व्यक्ति, मेनपावर कम्पनी वा अन्य संस्था उपर वैदेशिक रोजगार ऐन, २०६४ र अन्य सम्बद्ध कानूनबमोजिम पक्राउ गर्ने, अनुसन्धान गर्ने र आवश्यक कारबाही अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।

  • त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने

    त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने

    काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् ।

    त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै अराइभल कक्ष र डिपार्चर कक्षमा खटिएका कर्मचारीलाई कार्यालय समयमा ल्यान्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग गर्न निर्देशन दिएको छ ।

    मोबाइल चलाएको या नचलाएकोबारे अध्यागमन अधिकृतले अनुगमन गर्नुपर्ने र मोबाइलको व्यक्तिगत प्रयोगको मात्रालाई नियन्त्रण तथा नियमन गर्नुपर्ने सूचनामा उल्लेख छ ।

    अत्यावश्यक काम परेको अवस्थामा भने वरिष्ठ अध्यागमन अधिकृतलाई जानकारी गराएर फोन गर्न पाइने छ । कर्मचारीले सम्पूर्ण व्यक्तिगत मोबाइल आफ्नो लकरमा राख्न विभागले निर्देशन दिएको छ ।

  • नेपालमा पहिलाे पटक डिजेसहितकाे डिस्काे बारसँगै दोहोरी नाचगान गर्न मिल्ने ठाउँ ‘पार्टी बस नेपाल’

    नेपालमा पहिलाे पटक डिजेसहितकाे डिस्काे बारसँगै दोहोरी नाचगान गर्न मिल्ने ठाउँ ‘पार्टी बस नेपाल’

    काठमाडाैं । ‘समृद्धि, विकास र मनाेरन्जनका लागि नयाँ साेच’ ग्रुपले डिजेसहितकाे डिस्काे बार र दोहोरीसँगै नाचगान पार्टी गर्न मिल्ने नेपालमै पहिलाे बसहरु सञ्चालनमा ल्याएकाे छ । सन् २०२० जनवरीबाट बसभित्रै पार्टी गर्ने मिल्ने “पार्टी बस नेपाल” सञ्चालनमा ल्याएका थिए ।

    डिजेको सङ्गित र पेयपदार्थ स्न्याक सुविधासहित पार्टी गर्ने मिल्ने उक्त बसहरुमा रमाउनेहरुको संख्या दिन प्रतिदिन रोजाइमा पर्न थालेका छन् । भारतको टाटा कम्पनीले निमार्ण गरेका यी बसहरुको भित्र अन्य बसहरु भन्दा केही फरक डिजाइनका छन् । बसलाई बाहिरबाट झट्ट हेर्दा कुनै रात्री बस जस्तो देखिए पनि भित्र जाँदा भने कुनै डिस्को बार या पार्टीमा पुगेजस्तो आभाष हुन्छ । साथीहरु मिलेर रमाइलो गर्न मन लागेमा पार्टी बसलाई कल गरेपछि यात्रु लिन यो बस यात्रु भएकै ठाउँमा आइपुग्छ ।

    आफूले भनेको ठाउँबाटै चढ्न तथा रमाइलो सकिएपछि पनि सोही ठाउँमा झर्न मिल्ने भएपछि उपत्यकामा पार्टी बसमा रमाउनेहरुको संख्या बढ्दै गएको छ । आजभाेलि काठमाण्डाैमा यो समयमा पार्टी बसमा पिकनिक र घुमघाम गर्नको लागि सजिलो भएकोले निकै नै माग बढेको बसका सञ्चालक जापान निवासी भोजेन्द्र सुवेदीले जानकारी दिए ।

    केही वर्षअघि कम्पनीका अपरेसन डिरेक्टर उमेश सुवेदी घुमघामका लागि डेनमार्क पुगेका र त्यहाँ पार्टी बसको अवलाेकनपछि यो सेवा नेपालमा पनि दिन सकिन्छ की भन्ने सोचले नेपालमा पनि केही नयाँ व्यवसाय गराैँ भन्ने कुरा जापान युरोप र नेपालका साथिहरुसँग छलफल गर्दै जाँदा युरोप निवासी अर्का संचालक अशोक शर्माले भिजिट नेपाल २०२० पनि आउँदैछ र नयाँ कन्सेप्टमा काम गरौँ भनेर यसको सुरुवात गरेको अशाेक शर्माले बताए ।

    पार्टी बस नेपालमा अशोक शर्मा, भोजेन्द्र सुवेदी, उमेश सुवेदी, रमेश काफ्ले, भिम क्षेत्री लगायत जापान, युराेप र नेपालका अरु साथीहरकाे पनि लगानी रहेको छ । यी दुई बस सञ्चालनको लागि ६ करोडको लगानीमा सुरु गरिएको हाे र अहिले उपत्यकामा मात्रै लोकप्रिय बन्दै गइरहेको र यो बस अन्य सहरी क्षेत्रमा पनि विस्तार गर्ने योजना रहेको कुरा युरोप निवासी अर्का संचालक रमेश काफ्लेले बताए ।

    काठमाडौंदेखि पाेखरा, चितवन, बुटवल र भैरहवासम्म पनि फिल्म र भिडियाे सुटिङदेखि जन्मदिनकाे पार्टी पिक्निक पार्टीलगायत बिहे पार्टीकाे लागि पनि बुकिङ गर्न सकिने छ । विशेष गरि आजभाेलि बिहे पनि दिनमा मात्रै हुने, थाेरै मात्रामा जन्ति लानुपर्ने बाध्यता र बाजासहित जानलाई झन्झटिलो हुने भएकाेले पार्टी बस लगेर जाँदा सबै किसिमको मनाेरन्जन पाउन सकिने कुरा पहिलोपटक बुटवलमा आफ्नै भान्जाकाे बिहेमा प्रयाेग गरेकाे अनुभव भाेजेन्द्र सुवेदी जनाकारी गराए ।

    बुकिङ नभएको अवस्थामा दिनहुँजसाे साँझ ७ बजे पश्चात रिङ्ग रोड र उपत्यकाका बाहिरि रोडहरुमा निस्किन्छन् र यी बसहरु अबेर राती ३ बजेसम्म पनि चल्ने गरेकाे उमेश सुवेदी बताए । बसमा इन्ट्री फी १ हजार रुपैयाँ तिरेपछि एउटा फ्री ड्रिङ्ककासाथ जुनसुकै वर्गका मान्छेले पनि रमाइलो गर्न पाउने बसका लगानी कर्ता भीम क्षेत्रीले जानकारी गराए ।

  • १० कक्षाका विद्यार्थीले बनाए विद्युतीय कार, लागत साढे १ लाख रूपैयाँ

    १० कक्षाका विद्यार्थीले बनाए विद्युतीय कार, लागत साढे १ लाख रूपैयाँ

    कैलाली । धनगढीको एक्सीस विद्याश्रमका विद्यार्थीले विद्युतीय कार बनाएका छन् । विद्याश्रममा १० कक्षामा अध्ययनरत विद्यार्थीले उक्त कार बनाएका हुन् ।

    विद्यार्थीहरू रोहित ऐर, ऋषिकेश थापा, आदित्य जोशी र सक्षम रेग्मीले सो कार निर्माण गरेका हुन् । झण्डै चार महिना लगाएर निर्माण गरिएको कारको निर्माण लागत १ लाख ५० हजार रहेको विद्यार्थीले बताएका छन् ।

    कारको नाम ‘सारअल्फा’ राखिएको छ ।

    कार निर्माणमा घरपरिवार र विद्यालयबाट सहयोग तथा हौसला मिलेको विद्यार्थी रोहितले बताए । चार वटा ब्याट्री प्रयोग गरिएको कारमा धातुका सामग्री प्रयोग गरिएका छन् ।

    अर्का विद्यार्थी ऋषिकेशले भने, ‘अध्ययन सँगसँगै आफूहरूको क्षमतालाई बाहिर ल्याउन यो प्रयास गरेका हौँ ।’ रासस

  • अब कारबाहीमा परेका सवारी चालकले तत्काल जरिवाना तिरी कागजपत्र लिन सक्ने

    अब कारबाहीमा परेका सवारी चालकले तत्काल जरिवाना तिरी कागजपत्र लिन सक्ने

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका सवारीसाधन धनीलाई कारबाही स्थलबाट जरिवाना रकम तिर्ने व्यवस्थाको शुरुवात गरेको छ ।

    महाशाखाले ‘पे फाइन अन द स्पोर्ट–इनस्ट्यान्ट पेमेण्ट सिस्टम’ को शुरुवात गरेको हाे ।

    अब कारबाहीमा परेकाहरुको डिजिटल इन्ट्री गरिने र तत्काल रकम भुक्तानी गरी कागजात फिर्ता लिन मिल्ने व्यवस्था सुरु गरिएकाे महाशाखाले जनाएकाे हाे । महाशाखाले पहिलो चरणमा गौशाला, दरवारमार्ग, थापाथली, जावलाखेल र जनसेवा गरी ५ ठाउँमा यो सेवा सुरु गरेको बताइएकाे छ ।

    त्यस्तै, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लंघन गरेका सवारीसाधन चालकले भने तत्काल जरिवाना तिरे पनि महाशाखामा गएर सचेतना कक्षा नलिएसम्म कागजात पाउने छैनन् ।

  • यी पाँच तरिकाबाट गर्न सकिन्छ मस्तिष्कको व्यायाम

    यी पाँच तरिकाबाट गर्न सकिन्छ मस्तिष्कको व्यायाम

    १. मन लागेका कुरा लेखौँ

    मस्तिष्कको व्यायम गर्ने सबैभन्दा सहज तरीका भनेको लेखन हो । मनमा लागेका कुरा कपीमा लेख्दा मस्तिष्कको दुवै भाग सक्रिय बन्नुको साथै मस्तिष्कलाई सक्रिय पनि बनाउँछ । मनोविद्हरूका अनुसार हातले लेख्दा लामो समयसम्म मस्तिष्कमा लेखेकाे कुरा सम्झिरहन्छ । यो युवा र बालबालिका सबैमा काम गर्छ । लेखाई पढाइले यसै पनि मस्तिष्क सक्रिय बन्ने विश्वास छ ।

    २. पाक कक्षामा सहभागी बनौँ

    खाना बनाउँदा शरीरका कयौं इन्द्रियले काम गरिरहेको हुन्छन् । खाना बनाउँदा गन्ध, श्पर्श, दृष्टि र स्वाद थाहा पाउन मस्तिष्कका विभिन्न भाग सक्रिय बन्छन् । साथै खाना बनाउँदा स्मरण शक्ति समेत सक्रिय बन्ने मनोविद्हरूको भनाइ छ । फरक किसिमको खाना बनाउन सिक्दा स्मरण शक्ति अझै बलियो बन्ने गर्छ ।

    ३. नयाँ नयाँ साेख राखौं

    नयाँ सिप र नयाँ नयाँ साेख पाल्नु भनेको दिमागलाई एक प्रकारले व्यायम नै हो । सिर्जनशील साेखहरू जस्तै, गीत गाउनु, गीत रचना गर्नु, नाच्नु, नयाँ नयाँ तरीकाले व्यायम, योग गर्दा मस्तिष्कका विभिन्न भागले काम पाउँछन् । अझ वाद्यबादन बजाउन सिक्नु भनेको मस्तिष्कको फरक किसिमको व्यायम हो । जो बच्चामा वाद्यबादनमा रुचि र सोख छ उसले अरु बालबालिकाले भन्दा फरक तरीकाले आवाजहरू सुन्ने विज्ञानले पुष्टि गरिसकेको छ । यसकारण तपाईहरू पनि आजैदेखि बुन्ने, गाउने, वाद्यबादन बजाउने, घुम्ने, सामाजिक सेवालगायत साेखको विकास गर्न सक्नुहुन्छ । जसले तपाईको मस्तिष्क सक्रिय मात्रै होइन समाजको पनि भलाइ हुन्छ ।

    ४. कोठेपद मिलाउने कोसिस गर्नुहोस्

    खेल तथा पज्जल मिलाउँदा ज्ञानसँगै मस्तिष्क पनि तेज बन्छ । यसले भविष्यमा हुनसक्ने बिर्सने रोगलाई पनि नियन्त्रण गर्ने विज्ञहरूको भनाइ छ । यसकारण आजैदेखि पत्रपत्रिकामा आउने कोठेपद, पज्जलहरू मिलाउन काेसिस गर्नुहोस् । साथै सुकुडु, क्युव मिलाउने, चेस खेल्दा पनि मस्तिष्कको व्यायम हुन्छ ।

    ५. नयाँ भाषा सिक्नुहोस्

    सुन्दा अच्चम लाग्न सक्छ नयाँ भाषा सिक्दैमा कसरी मस्तिष्कलाई व्यायम हुन्छ भनेर । तर, यो सत्य हो कि नयाँनयाँ भाषा सिक्दा मस्तिष्कमा उत्तेजना पैदा हुन्छ र मस्तिष्कमा रहेका सबै प्रकारका अवरोध खुल्न थाल्छन् । किनकी भाषा सिक्दा धेरै सुन्नु, पढ्नु र लेख्नु पर्छ । जसले मस्तिष्कमा उत्तेजना पैदा गर्छ । विज्ञहरूका अनुसार धेरै भाषा जान्ने मानिसमा अल्जाइमरको जोखिम समेत कम हुन्छ । कुनै नयाँ शब्द पहिचान र भण्डारण गर्न मस्तिष्क सक्रिय बन्ने गर्छ ।

  • क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउने भारतकाे तयारी

    क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउने भारतकाे तयारी

    नयाँ दिल्ली । भारत सरकारले क्रिप्टोकरेन्सी अर्थात डिजिटल मुद्रामाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । सरकारले आगामी हिउँदे अधिवेशनमा एउटा विद्येयकमार्फत क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउन लागेको हो ।

    प्रतिबन्ध चर्चासँगै भारतीय बजारमा क्रिप्टोकरेन्सीको मूल्यमा गिरावट आएको छ । गत वर्षको सुरुमा नै सरकारले विधेयकको मस्यौदा तयार गरेको थियो ।

    भारतको केन्द्रीय बैंकले क्रिप्टोकरेन्सीप्रति नकरात्मक दृष्टिकोण राखेको विज्ञहरुले बताउँदै आएका छन् । केन्द्रीय बैंकले सन् २०१८ मा क्रिप्टोकरेन्सी कारोबारमा प्रतिबन्ध लगाएको थियो । गत वर्षको मार्चमा सर्वोच्च अदालतको एउटा फैसलाले प्रतिबन्ध उल्टाइदिएको थियो । एजेन्सी