Category: फोटो न्यूज

फोटो न्यूज

  • प्रचण्डले गरे स्वर्गिय श्रीमतीको स्मृति दिवसमा मानवसेवा आश्रममा सहयोग, हेर्नुहोस् तस्बिरहरु

    प्रचण्डले गरे स्वर्गिय श्रीमतीको स्मृति दिवसमा मानवसेवा आश्रममा सहयोग, हेर्नुहोस् तस्बिरहरु

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्व. श्रीमती सिता दाहालको दोस्रो स्मृति दिवसको अवसरमा मानवसेवा आश्रममा भोजन सेवा प्रदान गरेका छन्।

    पूर्वप्रधानमन्त्री प्रचण्डले बिहीबार आश्रममा पुगेर आफैँ भोजन खुवाउने कार्यमा सहभागिता जनाएका थिए। उनले आश्रममा बसोबास गरिरहेका वृद्ध आमाबुबासँग समय बिताउँदै आत्मीयता प्रकट गरेका थिए। उक्त अवसरमा उनले आश्रमलाई नगद तथा जिन्सी सहयोग समेत प्रदान गरे।

  • कांग्रेस सहमहामन्त्री जीवन परियार भन्छन नीति तथा कार्यक्रम सातबुँदे सहमतिको मर्म अनुरुप भएन (भिडियो सहित)

    कांग्रेस सहमहामन्त्री जीवन परियार भन्छन नीति तथा कार्यक्रम सातबुँदे सहमतिको मर्म अनुरुप भएन (भिडियो सहित)

    प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सहमहामन्त्री तथा सांसद जीवन परियारले सरकारका नीति तथा कार्यक्रमले सातबुँदे सहमतिलाई समेट्न नसकेको भन्दै असन्तुष्टि पोखेका छन्।नीति तथा कार्यक्रमअन्तर्गतको बिहीबार (आज) बसेको संसद् बैठकमा भाग लिएका परियारले यसमा सरकारको कमजोरी देखिएको बताएका हुन्।

    ‘कता-कता हामीले आशा गरेअनुसार चाहिँ; यो नीति तथा कार्यक्रममा केही कमजोरी भएको हो कि ? भन्ने पनि प्रश्न उठेको छ। नीति तथा कार्यक्रम संक्षिप्तमा आएको छ। यसले लागू गर्न सक्ने कुराहरूलाई बढी जोड गरेको छ, यो अत्यन्तै सकारात्मक छ। तर, केही कुराहरू यसमा दोहोरिएका पनि छन्। केही नयाँ पनि आएका छन्। यो मिश्रित खालको छ भनेर हामीले भन्दा फरक नपर्ला भन्ने छ,’ उनले भने।

    उनले अगाडि भने, ‘सरकार गठन हुँदा समग्र देशका उद्योगी, व्यवसायी र आर्थिक क्षेत्रमा लागेका, बेरोजगार युवा-युवातीहरू सम्पूर्ण क्षेत्रका व्यक्तित्वहरू अत्यन्तै हर्षित थिए।

    अत्यन्तै खुसी थिए। एउटा बलियो सरकार आउने भयो, एउटा सुशासन दिन सक्ने सरकार आउने भयो भन्ने एउटा अभिलाषा पनि थियो। र, यसै सन्दर्भमा हामीले कांग्रेस र एमालेका बीचमा सातबुँदे सहमति गर्‍यौँ, त्यसभित्र आर्थिक गतिविधिलाई चलायमान बनाउने, आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गर्ने, मलुकभित्र पर्याप्त आन्तरिक रोजगारी सृजना गर्ने, आवश्यकताअनुसार अहिलेसम्मको अनुभवका आधारमा संविधान संशोधन गर्नेलगायतका महत्त्वपूर्ण विषयहरू हामीले दुई दलका बीचमा सहमति गरेका थियौँ। यसले एउटा ठूलो आशा हामीलाई जगाएको थियो।’तर, अहिले अपेक्षित नीति तथा कार्यक्रम नआएको उनले बताए।

    भिडियो

    https://www.facebook.com/share/v/1AYLovNEK6/

  • पाकिस्तानमाथि भारतको आक्रमण: चीनले भन्यो ‘खेदजनक’

    पाकिस्तानमाथि भारतको आक्रमण: चीनले भन्यो ‘खेदजनक’

    चीनले भारतले पाकिस्तानमाथि गरेको आक्रमणलाई खेदजनक भनेको छ।

    बुधबार बिहान भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गर्दा कम्तिमा ८ जनाको मृत्यु र ३५ जनाभन्दा बढी घाइते भएका छन्।

    चीनको विदेश मन्त्रालयले विज्ञप्ती जारी गरेर उक्त हमलालाई ‘खेदजनक’ भनेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

    मन्त्रालयले दुवै देशलाई संयमता अपनाउन आग्रह गरेको पनि रोयटर्सले लेखेको छ।

    ‘चीनले भारतको आज बिहानको सैन्य कारबाहीलाई दु:खद मानेको छ। हामी वर्तमान अवस्थाप्रति चिन्तित छौं,’ मन्त्रालयको विज्ञप्तीमा भनिएको छ।

    चीनले भारत र पाकिस्तान एक अर्काका छिमेकी रहेको र ती दुवै देश चीनको छिमेकी रहेको बताएको छ। चीनले सवै प्रकारको आतंकवादको विरोध गर्ने पनि विज्ञप्तीमा उल्लेख छ।
    ‘हामी दुवै पक्षलाई संयम अपनाउन र अवस्थालाई थप जटिल बनाउन सक्ने कुनै पनि कदम नचाल्न आग्रह गर्दछौं,’ विज्ञप्तीमा उल्लेख छ।

  • तस्बिरमा हेरौँ राजावादीले आगो लगाएर खण्डहर बनेको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र

    तस्बिरमा हेरौँ राजावादीले आगो लगाएर खण्डहर बनेको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र

    काठमाडौं । पूर्वराजाका समर्थकहरुले शुक्रबार गरेको प्रदर्शनमा काठमाडौँको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरेपछि त्यहाँको अवस्था भयावह देखिएको छ ।
    चैत्र १५ गते शुक्रबार भएको प्रदर्शन र तोडफोडमा जडिबुटीका प्रशोधन कम्पनीसहित कम्पनीको पार्किङ्मा राखिएको चारवटा गाडी र दुईवटा दुईपांग्रे सवारी साधन पनि जलेर नष्ट भएको थियो ।
    तीनकुने क्षेत्रबाट तितरवितर भएका राजावादीहरुले त्यस वरपरका क्षेत्रमा सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, लुटपाट तथा आगजनी गरेका थिए । त्यसै क्रममा जडीबुटी कम्पनी पनि निशानामा परेको थियो ।
    आगो लगाइएका कारण इतिहास बोकेको भवनको अधिकांश भागमा क्षति पुगेको छ । कारखानाका सामानहरु जलेका छन् । काठमाडौँ उपत्यकाका ६ वटा दमकल चार घण्टासम्म खटिएर आगो नियन्त्रणमा ल्याएका थिए ।
    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबारको आगजनीबाट कुल १५ वटा सवारी साधनमा क्षति पुगेको छ जसमा सरकारी सवारी साधन नौं वटा र सरकारी÷निजी नखुलेको सवारी साधन ६ वटा रहेका छन् ।
    प्रदर्शनमा १४ स्थानमा आगजनी हुनुका साथै नौं वटा संस्था एवं कार्यालय तोडफोड र कोटेश्वरको भाटभटेनी सुपर मार्केट तोडफोड तथा लुटपाट भएको प्रहरीले गरेको अध्ययनले देखाएको छ ।

  • तीनकुनेमा राजावादीको प्रदर्शन, रिङ्गरोड भित्र छिर्न नदिन प्रमुख लेनमा प्रहरीको बार

    तीनकुनेमा राजावादीको प्रदर्शन, रिङ्गरोड भित्र छिर्न नदिन प्रमुख लेनमा प्रहरीको बार

    काठमाडौ । गणतन्त्रवादी र राजावादीले आज काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।

    जसका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । राजावादी समूहलाई रिङ्गरोड भित्र छिर्न नदिन बानेश्वर स्थित तीनकुनेको प्रमुख लेनमा प्रहरीले बार लगाइदिएको छ ।

    सर्वसाधारणलाई भने साइडको लेन बाट हिँड्न दिएको छ। शङ्कास्पद गतिनिधिप्रति पनि प्रहरीले चेकिङ गरिरहेको छ।

    प्रदर्शनका कारण भीडभाड भएपछि ती क्षेत्रका सडकमा सवारी साधनलाई निषेध गरिएको छ । ट्राफिक व्यवस्थापन गर्न समस्या हुने भएकोले सवारी साधनलाई अर्कै रुटमा डाइभर्ट गरिएको हो।

     

  • टियु क्रिकेट मैदानको प्यारापिट विस्तार कार्य तीव्र, वैशाखसम्म सम्पन्न गर्ने लक्ष्य

    टियु क्रिकेट मैदानको प्यारापिट विस्तार कार्य तीव्र, वैशाखसम्म सम्पन्न गर्ने लक्ष्य

    काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानको प्यारापिट विस्तार कार्य तीव्र गतिमा अघि बढिरहेको छ । फागुन २० गते शुभ साइतको अवसर पारेर पूजा गरेसङै निर्माण कार्य औपचारिक रूपमा अगाडि बढेको छ ।

    टियु मैदानको प्यारापिट विस्तार गर्ने जिम्मा बीकेओआई-केसीडिसी-बिजी जेभीले लिएको छ। उक्त कम्पनीले ४३ करोड ७७ लाख ३० हजार ११३.०३ रुपैयाँमा ठेक्का पाएको थियो।

    निर्माण कार्यको सुपरिवेक्षण गरिरहेका साइट म्यानेजर प्रेम पौडेलका अनुसार तीन सिफ्टमा काम गरी आगामी वैशाख २४ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण कार्यलाई समयमै पूरा गर्न आवश्यक स्रोतसाधन परिचालन गरिएका छन्।

    टियु क्रिकेट मैदान नेपालकै सबैभन्दा ठूलो र ऐतिहासिक खेलमैदानहरू मध्य एक हो। प्यारापिट विस्तारसँगै मैदानको दर्शक क्षमता वृद्धि हुने तथा खेलाडी र दर्शकहरूका लागि थप सुविधाजनक वातावरण तयार हुने अपेक्षा गरिएको छ ।

    यसअघि गत असारमा पदभार ग्रहण गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने पहिलो निर्णय गरेका थिए ।उक्त कामका लागि ३०० दिनको समय सीमा तोकिएको मा २०० दिन कटेपछि मात्र काम सुरु गरिएको छ । कीर्तिपुर क्रिकेट मैदानमा दर्शक बस्नको लागि प्यारापिट रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको थियो ।

    प्रधानमन्त्रीले तोकेको समय सीमा पुरा हुन अब केबल २ महिनाको समय बाकी रहेको छ ।

    हेर्नुहोस् (फोटो  फिचर)

    )

  • एकताको महाकुम्भ, नयाँ युगको बिहानी

    एकताको महाकुम्भ, नयाँ युगको बिहानी

    काठमाडौं । पवित्र सहर प्रयागराजमा महाकुम्भ सफलतापूर्वक सम्पन्न भएको छ। एकताको भव्य महायज्ञ सम्पन्न भएको छ। जब कुनै राष्ट्रको सचेतना जागृत हुन्छ, जब त्यो शताब्दीऔं पुरानो अधिनताको मानसिकताको बन्धनबाट मुक्त हुन्छ, तब त्यसले नयाँ ऊर्जाको ताजा हावामा स्वतन्त्र रूपमा सास फेर्छ। यसको परिणाम २०८१ पुस २९ गतेदेखि प्रयागराजमा भएको एकताको महाकुम्भमा देखियो।

    अयोध्यास्थित राम मन्दिरको प्राण प्रतिष्ठाको क्रममा २०८० माघ ८ गते मैले देवभक्ति र देशभक्ति–दिव्यशक्ति र राष्ट्रप्रतिको समर्पणका बारेमा कुरा गरेँ। प्रयागराजमा भएको महाकुम्भमा देव तथा देवी, सन्त, महिला, बालबालिका, युवा, ज्येष्ठ नागरिक र जीवनका सबै क्षेत्रका मानिस एकसाथ भेला भएका थिए। हामीले राष्ट्रको जागृत चेतना देख्ने मौका पायौं। यो एकताको महाकुम्भ थियो, जहाँ यस पवित्र अवसरका लागि १४० करोड भारतीयको भावना एकै ठाउँमा र एकै समयमा सम्मिलित भएको थियो। प्रयागराजको यस पवित्र क्षेत्रमा एकता, सद्भाव र प्रेमको पवित्र भूमि शृंगवेरपुर छ, जहाँ प्रभु श्रीराम र निषादराजको भेट भएको थियो। उहाँहरूको भेट भक्ति र सद्भावको संगमको प्रतीकको रूपमा मानिएको छ। प्रयागराजले आज पनि हामीलाई उही भावनाले प्रेरित गर्छ।

    यी ४५ दिनमा मैले देशका कुना–कुनाबाट करोडौं मानिस संगममा आउँदै गरेको देखेँ। संगममा भावनाहरूको लहर उठिरह्यो। प्रत्येक भक्त एउटै उद्देश्यका साथ आएका थिए– संगममा डुबुल्की मार्न। गंगा, यमुना र सरस्वतीको पवित्र संगमले प्रत्येक तीर्थयात्रीलाई उत्साह, ऊर्जा र आत्मविश्वासले भरिदियो। प्रयागराजमा आयोजना भएको यो महाकुम्भ आधुनिक व्यवस्थापन पेशेवरहरू, योजना र नीति विज्ञहरूका लागि अध्ययनको विषय हो।

    संसारमा कतै पनि यस स्तरको समानान्तर वा उदाहरण छैन। प्रयागराजस्थित नदीहरूको संगमस्थलको तटमा करोडौं मानिस कसरी भेला भए भनेर संसारले आश्चर्यचकित भएर हे¥यो। यी मानिसलाई कहिले जाने भन्ने बारेमा न त कुनै औपचारिक निमन्त्रणा नै थियो, न त पूर्वसूचना नै। तैपनि करोडौं मानिस आफ्नै इच्छाले महाकुम्भका लागि निस्किए र पवित्र जलमा डुबुल्की मारी आनन्द महसुस गरे।

    पवित्र स्नानपछि अपार आनन्द र सन्तुष्टि फैलिएका ती अनुहारहरू म बिर्सन सक्दिनँ। महिला, वृद्धवृद्धा, हाम्रा दिव्यांग दाजुभाइ–दिदीबहिनीहरू सबैले संगम पुग्ने अवसर पाए। भारतका युवाको उल्लेखनीय सहभागिता देखेर मलाई विशेष खुसी लाग्यो। महाकुम्भमा युवा पुस्ताको उपस्थितिले भारतका युवा हाम्रो गौरवशाली संस्कृति र सम्पदाको संरक्षक हुनेछन् भन्ने महत्वपूर्ण सन्देश दिन्छ। उनीहरूले यसको संरक्षण गर्ने आफ्नो जिम्मेवारी बुझेका छन् र यसलाई अगाडि बढाउन प्रतिबद्ध छन्। यस महाकुम्भका लागि प्रयागराजमा आइपुगेका मानिसको संख्याले निःसन्देह नयाँ रेकर्ड बनाएको छ। तर, भौतिक रूपमा उपस्थित भएका बाहेक प्रयागराज पुग्न नसकेका करोडौं मानिस पनि यस अवसरसँग भावनात्मक रूपमा गहिरो रूपमा जोडिएका थिए। तीर्थयात्रीहरूले फर्कँदा ल्याएको पवित्र जल करोडौं मानिसका लागि आध्यात्मिक आनन्दको स्रोत बन्यो।

    महाकुम्भबाट फर्केका धेरैलाई उनीहरूको गाउँमा सम्मानका साथ स्वागत गरियो र समाजले पनि सम्मान ग¥यो। पछिल्ला केही हप्तामा जे भयो त्यो अभूतपूर्व रहेको छ र यसले आउने शताब्दीहरूका लागि पनि जग बसालेको छ। प्रयागराजमा कसैले कल्पना गरेभन्दा पनि धेरै भक्तजन आइपुगे। प्रशासनले कुम्भको विगतको अनुभवको आधारमा उपस्थितिको अनुमान गरेको थियो। यस एकताको महाकुम्भमा लगभग संयुक्त राज्य अमेरिकाको दोब्बर जनसंख्याले भाग लिए। यदि आध्यात्मिक क्षेत्रका विद्वान्हरूले करोडौं भारतीयको उत्साहजनक सहभागिताको विश्लेषण गरे भने उनीहरूले थाहा पाउनेछन् कि आफ्नो सम्पदामा गर्व गर्ने भारत अब नयाँ ऊर्जाका साथ अगाडि बढिरहेको छ। मलाई विश्वास छ कि यो नयाँ युगको बिहानी हो जसले नयाँ भारतको भविष्य कोर्ने छ।

    महाकुम्भले हजारौं वर्षदेखि भारतको राष्ट्रिय चेतनालाई बलियो बनाएको छ। प्रत्येक पूर्णकुम्भमा सन्त, विद्वान् र विचारकहरूको भेला हुने गथ्र्यो, जसले आफ्नो समयमा समाजको अवस्थाका बारेमा विचार–विमर्श गर्थे। उनीहरूको चिन्तनले राष्ट्र र समाजलाई नयाँ दिशा प्रदान गथ्र्याे। प्रत्येक ६ वर्षमा हुने अर्धकुम्भमा यी विचारहरूको समीक्षा गरिन्थ्यो। १४४ वर्षको अवधिमा हुने १२ पूर्णकुम्भपछि, प्रचलित समयसँगै अगाडि बढ्न अप्रचलित परम्पराहरू त्यागिए र नयाँ विचारहरू अँगालिए। १४४ वर्षपछि भएको यस महाकुम्भमा हाम्रा सन्तहरूले भारतको विकास यात्राका लागि फेरि एक पटक हामीलाई नयाँ सन्देश दिएका छन्। त्यो सन्देश हो, विकसित भारत। यस एकताको महाकुम्भमा हरेक तीर्थयात्री, चाहे धनी होस् वा गरिब, युवा होस् वा वृद्ध, गाउँ होस् वा सहर, भारत होस् वा विदेश, पूर्व होस् वा पश्चिम, उत्तर होस् वा दक्षिण, जात, धर्म र विचारधारा जस्तोसुकै भए पनि सबै एकसाथ आए। यो एक भारत श्रेष्ठ भारतको दृष्टिकोणको मूर्तरूप थियो, जसले करोडौं मानिसमा विश्वास भरेको थियो। अब हामी विकसित भारत निर्माणको लक्ष्यका लागि उही भावनामा एकसाथ आउनुपर्छ।

    मलाई त्यो घटनाको सम्झना आउँछ, जतिबेला बालरूप श्रीकृष्णले आफ्नो मुखभित्रको सम्पूर्ण ब्रह्माण्डको झलक आफ्नी आमा यशोदालाई प्रकट गर्नुभएको थियो। त्यसैगरी, यस महाकुम्भमा भारत र विश्वका जनताले भारतको सामूहिक शक्तिको विशाल सम्भावनाको साक्षात्कार गरेका छन्। अब हामीले यो आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ र विकसित भारत निर्माणमा आफूलाई समर्पित गर्नुपर्छ। पहिले, भक्ति आन्दोलनका सन्तहरूले भारतभरि हाम्रो सामूहिक संकल्पको शक्ति पहिचान र प्रोत्साहन गरेका थिए। प्रत्येक महान् विचारक, स्वामी विवेकानन्ददेखि श्री अरविन्दसम्मले हामीलाई हाम्रो सामूहिक संकल्पको शक्तिको सम्झना गराए। महात्मा गान्धीले पनि स्वतन्त्रता आन्दोलनको क्रममा यसको अनुभव गरेका थिए। स्वतन्त्रतापछि यदि यो सामूहिक शक्तिलाई सही रूपमा पहिचान गरिएको भए र सबैको कल्याणलाई बढावा दिन प्रयोग गरिएको भए, यो नयाँ स्वतन्त्र राष्ट्रका लागि एक महान् शक्ति बन्ने थियो।

    दुर्भाग्यवश, यो पहिले नै गरिएन। तर, अब विकसित भारतका लागि जनताको यो सामूहिक शक्ति एकसाथ आएको हेर्न पाउँदा म हर्षित छु। वेददेखि विवेकानन्दसम्म, प्राचीन शास्त्रदेखि आधुनिक उपग्रहसम्म, भारतका महान् परम्पराहरूले यस राष्ट्रलाई आकार दिएका छन्। एक नागरिकको रूपमा म प्रार्थना गर्दछु कि हामी हाम्रा पुर्खाहरू र सन्तहरूको सम्झनाबाट नयाँ प्रेरणा लिन सकौं।

    यो एकताको महाकुम्भले हामीलाई नयाँ संकल्पहरू लिएर अगाडि बढ्न मद्दत गरोस्। आउनुहोस्, हामी एकतालाई हाम्रो मार्गदर्शक सिद्धान्त बनाऔं। राष्ट्रको सेवा नै ईश्वरको सेवा हो भन्ने बुझाइका साथ काम गरौँ। काशीमा चुनावी अभियानको क्रममा भनेको थिएँ, ‘गंगा माताले मलाई बोलाउनुभएको छ।’ यो केवल भावनामात्र थिएन तर हाम्रा पवित्र नदीहरूको स्वच्छताप्रति जिम्मेवारीको आह्वान पनि थियो। प्रयागराजस्थित गंगा, यमुना र सरस्वतीको संगममा उभिएर मेरो संकल्प अझ बलियो भयो।

    हाम्रा नदीहरूको स्वच्छता हाम्रो आफ्नै जीवनसँग गहिरो रूपमा जोडिएको छ। हाम्रा नदीहरू चाहे ठूलो होस् वा सानो, जीवनदाता आमाहरूको रूपमा मनाउनु हाम्रो जिम्मेवारी हो। यो महाकुम्भले हामीलाई हाम्रा नदीहरूको स्वच्छतातर्फ काम गरिरहन प्रेरित गरेको छ।

    मलाई थाहा छ कि यति ठूलो कार्यक्रम आयोजना गर्नु सजिलो काम थिएन। हाम्रो भक्तिमा कुनै कमीकमजोरी भएको खण्डमा म गंगा माता, यमुना माता र सरस्वती मातासँग क्षमा माग्दछु। मैले जनता जनार्दनलाई दिव्यताको अवतारको रूपमा देखेको छु। यदि हाम्रो सेवामा कुनै कमीकमजोरी भएको भए म जनताबाट पनि क्षमा चाहन्छु। करोडौं मानिस भक्तिको भावना लिएर महाकुम्भमा आए। उनीहरूको सेवा गर्नु पनि त्यही भक्तिको भावनाले पूरा गरिएको जिम्मेवारी थियो। म गर्वका साथ भन्न सक्छु कि उत्तर प्रदेशका सांसद सदस्यको रूपमा रहनुभएको योगीजीको नेतृत्वमा प्रशासन र जनताले यो एकताको महाकुम्भलाई सफल बनाउन मिलेर काम गरे। चाहे त्यो राज्य होस् वा केन्द्र, त्यहाँ कुनै शासक वा प्रशासक थिएनन्, बरु सबै जना एक समर्पित सेवक थिए। सरसफाइ कर्मचारी, प्रहरी, डुंगा चालक, ड्राइभर, खाना खुवाउने मानिस सबैले अथक परि श्रम गरे। धेरै असुविधाका बाबजुद पनि प्रयागराजका जनताले खुला हृदयले तीर्थयात्रीहरूलाई स्वागत गर्ने तरिका विशेष प्रेरणादायी थियो। म उनीहरू र उत्तर प्रदेशका जनताप्रति हार्दिक कृतज्ञता र प्रशंसा व्यक्त गर्दछु।

    हाम्रो राष्ट्रको उज्ज्वल भविष्यप्रति मेरो सधैं अटल विश्वास छ। यो महाकुम्भको साक्षात्कार हुँदा मेरो विश्वास धेरै गुणा बलियो भएको छ। १४० करोड भारतीयले एकताको महाकुम्भलाई विश्वव्यापी उत्सवमा परिणत गर्ने तरिका साँच्चै अद्भुत छ। हाम्रा जनताको समर्पण, भक्ति र प्रयासबाट प्रभावित भई म चाँडै नै १२ ज्योतिर्लिंगमध्ये पहिलो श्री सोमनाथको भ्रमण गर्नेछु र यी सामूहिक राष्ट्रिय प्रयासहरूको फल उहाँलाई अर्पण गरी प्रत्येक भारतीयका लागि प्रार्थना गर्ने छु। महाकुम्भको भौतिक रूप महाशिवरात्रिमा सफलतापूर्वक समापन भएको हुनसक्छ, तर गंगाको शाश्वत प्रवाह जस्तै महाकुम्भले जागृत गरेको आध्यात्मिक शक्ति, राष्ट्रिय चेतना र एकताले हामीलाई भावी पुस्तासम्म प्रेरणा दिइरहनेछ।

  • नेकपा (माओवादी केन्द्र) स्थायी समिति बैठक सुरु (फोटोफिचर)

    नेकपा (माओवादी केन्द्र) स्थायी समिति बैठक सुरु (फोटोफिचर)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ।

    बैठक पुस २१ देखि सुरु हुने केन्द्रीय समिति बैठकको तयारीमा केन्द्रित हुनेछ।