• २०८३ असार १३
  • 2026 June 27, Saturday

प्रचण्डले गरे स्वर्गिय श्रीमतीको स्मृति दिवसमा मानवसेवा आश्रममा सहयोग, हेर्नुहोस् तस्बिरहरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्व. श्रीमती सिता दाहालको दोस्रो स्मृति दिवसको अवसरमा मानवसेवा आश्रममा भोजन सेवा प्रदान गरेका छन्।

पूर्वप्रधानमन्त्री प्रचण्डले बिहीबार आश्रममा पुगेर आफैँ भोजन खुवाउने कार्यमा सहभागिता जनाएका थिए। उनले आश्रममा बसोबास गरिरहेका वृद्ध आमाबुबासँग समय बिताउँदै आत्मीयता प्रकट गरेका थिए। उक्त अवसरमा उनले आश्रमलाई नगद तथा जिन्सी सहयोग समेत प्रदान गरे।