तीनकुनेमा राजावादीको प्रदर्शन, रिङ्गरोड भित्र छिर्न नदिन प्रमुख लेनमा प्रहरीको बार

काठमाडौ । गणतन्त्रवादी र राजावादीले आज काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।

जसका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । राजावादी समूहलाई रिङ्गरोड भित्र छिर्न नदिन बानेश्वर स्थित तीनकुनेको प्रमुख लेनमा प्रहरीले बार लगाइदिएको छ ।

सर्वसाधारणलाई भने साइडको लेन बाट हिँड्न दिएको छ। शङ्कास्पद गतिनिधिप्रति पनि प्रहरीले चेकिङ गरिरहेको छ।

प्रदर्शनका कारण भीडभाड भएपछि ती क्षेत्रका सडकमा सवारी साधनलाई निषेध गरिएको छ । ट्राफिक व्यवस्थापन गर्न समस्या हुने भएकोले सवारी साधनलाई अर्कै रुटमा डाइभर्ट गरिएको हो।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१