Category: हुलाक स्पेसल

हुलाक स्पेसल

  • अग्रजहरुकाे इज्जत र इञ्जिनियर साथीहरुकाे भराेसा टुट्न दिनेछैनाैँ : रविभुषण झा (भिडिओ)

    अग्रजहरुकाे इज्जत र इञ्जिनियर साथीहरुकाे भराेसा टुट्न दिनेछैनाैँ : रविभुषण झा (भिडिओ)

    नेपाल इन्जिनियर्स एशोसिएशनको निर्वाचन माघ ७ गते हुँदैछ । एशोसियशनको महासचिवमा लोकतान्त्रिक प्यानलबाट रविभुषण झाले उम्मेदवारी दिएका छन् । एसोसियसनले गर्नुपर्ने काम र अबको नेतृत्वको बाटोबारे महासचिव पदका उम्मेदवार झासँग गरिएको कुराकानीको सम्पादित अंश :

    नेपाल इञ्जिनियर्स एसोसियसनको महासचिवको उम्मेदवारी किन ?

    विगतका दिनहरुबाट अहिलेसम्म आइपुग्दा हाम्रा अग्रजहरुले इञ्जिनियर्स एसोसियसनभित्र सुधारका राम्रा कामहरु गर्दै आइरहनुभएको छ । नेपाल इञ्जिनियर्स एसोसियसनले कतिपय कुराहरु सरकारलाई दबाब दिएरमात्र लिन सकिन्छ ।
    सरकारले अहिलेसम्म इञ्जिनियरहरु भनेको एक मतदाताको रुपमामात्र हेर्ने गरेको छ । देश विकास र राष्ट्रको हितमा इञ्जिनियरको भूमिका कति महत्व छ भन्नेकुरा सरकारले त्यति रुचीकासाथ हेरेको अवस्था छैन ।

    सरकारको तर्फबाट इञ्जिनियरहरुका लागि गरिदिनुपर्ने कामहरु ढिलो भइरहेको छ । उदाहरणका लागि भनौँ, नेपाल इञ्जिनियर्स काउन्सिल अहिले भर्खरै स्थापना भएको छ । यसको लागि हामीहरुले निरन्तर रुपमा ७–८ वर्ष समय लगाउनुपर्‍यो । यसबाहेक विभिन्न ऐनका कुराहरु पनि सुस्त गतिमा अगाडि बढ्ने गरेका छन् । इञ्जिनियर स्टाफ कलेजको कुरा वर्षौँदेखि आइरहेको छ । यसमा अझ काम हुन सकेको छैन ।

    नेपालमा इञ्जिनियरिङ पढेपछि फिल्डमा काम गर्नका लागि ट्रेनिङ दिने ठाउँहरु छैन । विकसित देशहरुमा यसको प्रयोग गरिएको छ । हामीले पनि यस विषयमा कुरा उठाइरहेका छौँ । तर काम हुन सकेको छैन । हामीले गर्नुपर्ने कामहरु त हामीले गरिरहेका नै छौँ इमान्दारिताकासाथ । तर कतिपय नीतिगत कुराहरुले हाम्रो काम रोकिएको अवस्था छ ।

    दु:खका साथ भन्नुपर्दा, अहिले एसोसियसनले कोही इन्जिनियरहरुको समस्यामा अथवा कसैले इन्जिनियरमाथि बिना कसुर कारबाही गरिरहेको छ भने एसोसियसनले एक विज्ञप्तिसमेत जारी गर्न सकिरहेको छैन । हाम्रो नेतृत्वले हाम्रा लागि उपयुक्त कदम चाल्न नसकेको पनि देखिएको छ । यही परिवर्तनका लागि मेरो उम्मेदवारी हो ।

    नीतिगत कुराहरुका लागि सरकारलाई दबाब दिनपर्ने कुरा तपाईँले उठाउनुभयो, तपाईँको नेतृत्वले कसरी दबाब दिन सक्छ ?

    नेपाल अहिले विकशोन्मुख चरणमा छ । अहिले यहाँको सबैभन्दा ठूलो चुनौति भनेको नै राजनीति हो । आज राजनीतिक स्थायित्व नेपालमा भएको भए हक हितका लागि आवाज उठाउन आवश्यक थिएन । विकसित देशहरुमा पनि यस किसिमका संगठनहरु हुन्छन् तर त्यहाँ हक हितका कुराभन्दा विकासका विषयमा छलफल हुन्छन् ।

    हाम्रोमा के छ भने अहिले हक हितका विषयमा पनि कुरा गर्नुपर्ने अवस्था छ । नेपालमा हरेक क्षेत्रमा राजनीतिक प्रभाव छ र हामी पनि त्यसमा संलग्न भइरहेको अवस्था छ । हामीले अब के गर्नुपर्‍यो भने हाम्रोतर्फबाट इमान्दार भएर हामीलाई चाहिने कुरा के हो ? कसले हाम्रो समस्या समाधान गर्दिने हो ? कसलाई हामीले भन्न पर्ने हो त्यहाँ हामीले आफ्नो कुरा राख्नुपर्छ । हामीले इमान्दार भएर प्रयास गरिरहने नै हो ।

    विकासको मेरुदण्ड भनेका नै इन्जिनियर हुन्, पेसागत हकहितका कुरा छाडेर नेपालमा इन्जिनियरको तर्फबाट सुधार गर्नुपर्ने र इन्जिनियरकाे वृद्धिविकासका योजनाहरु के–के छन् तपाईँहरुसँग ?

    पक्कै पनि । हामी सबै इन्जिनियर परिपक्व छौँ भन्नेचाहिँ छैन । विभिन्न विश्वविद्यालयमा अध्ययन गर्ने इन्जिनियरहरु छन् सबै गुणस्तरीय छन् भन्न त म भन्न सक्दिनँ । हामीले इञ्जिनियरको गुणस्तरीयता मापनका लागि काम गर्न जरुरी छ ।

    यसअघि पनि इन्जिनियरको लाइसेन्सको लागि प्रयास भएको थियो । तर ऐनमा नै यसको व्यवस्था नभएको कारण यो हुन सकेको छैन । यसको प्रक्रिया भइरहेको छ । छिटै नै यो काम हुने अपेक्षा छ । यसपछि यो गुणस्तरीयताको कुरा अलिकम हुन्छ जस्तो लाग्छ । यसबाहेक इन्जिनियरहरुका लागि ट्रेनिङ पनि अहिलेको आवश्यकता नै हो ।

    पारिश्रमिकको कुरा पनि छन् । समाजमा इन्जिनियरको इज्जत निकै राम्रो छ । तर अहिले सरकारी इन्जिनियरको कुरा गर्दा काठमाडौंलगायत अन्य ठाउँहरुमा परिवारसहित बस्ने इन्जिनियरको पारिश्रमिक कति उपयुक्त भन्ने प्रश्नहरु पनि छन् । निजीमा पनि यस्ता कुराहरु आइरहेका छन् । यसमा पनि हामीले काम गर्नुपर्ने देखिन्छ ।

    इन्जिनियरिङ महँगो विषयको रुपमा पनि लिइन्छ । नयाँ आउने विद्यार्थीहरुका लागि अबको नेतृत्वले विद्यार्थीको आर्थिक पाटोसँग जोडिएर केही त्यस्तो योजना बनाएको छ, जसले आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरु पनि यो क्षेत्रमा सजिलोसँग आउन सकुन् ?

    यो एसोसियसन भनेको विशुद्ध इन्जिनियरको पेसागत हकहित र उनीहरुको अभिमुखीकरणको लागि लड्ने संस्था हो । तर पनि हामीले के भनिरहेका छौँ भने अहिले नेपालमा जतिपनि कलेजहरुमा इन्जिनियरिङ पढाइ भइरहेको छ त्यहाँसम्म नेपाल इन्जिनियरिङ एसोसियसन यस्तो संस्था हो भनेर हामीले भन्न सक्यौँ भने उनीहरुले हामीमार्फत केही सहयाेग पक्कै पनि लिन सक्छन् ।

    अन्त्यमा, निर्वाचनपूर्व इन्जिनियर साथीहरुलाई के भन्न चाहानुहुन्छ ?

    सबैभन्दा महत्वपूर्ण कुरा त हाम्रा अग्रजहरुले जुन इज्जत बनाइरहनु भएको छ त्यो र इन्जिनियर साथीहरुले जसरी हामीलाई भरोसा गरिरहनुभएको छ, त्यो टुट्न दिने छैनौँ । हाम्रो टिमलाई नेतृत्व गरिरहनुभएको छ, इन्जिनियर डा. हरिबहादुर दर्लामी । त्यसैगरी, उपाध्यक्षका लागि हुनुहुन्छ नारायणप्रसाद अधिकारी र महासचिवमा म आफू ।

    समूहगत हिसाबले र व्यक्तिगत हिसाबले हाम्रो इतिहास उत्कृष्ट छ । हाम्रो इतिहास हेरेर हामीमाथि विश्वास गर्नुहुन्छ भन्ने विश्वास हामीमा छ । जतिबेला इन्जिनियरहरुको लागि हाम्रो आवश्यकता छ त्यतिबेला हामी उपस्थित हुनेछौँ । हामीले अहिलेसम्म पनि काम गर्दै आइरहेका छौँ र आगामी दिनमा पनि गर्नेछौँ ।

  • बुधबारदेखि शनिबारसम्म देशका धेरै ठाउँमा वर्षा र हिमपात हुने

    बुधबारदेखि शनिबारसम्म देशका धेरै ठाउँमा वर्षा र हिमपात हुने

    काठमाडाैं । बुधबारदेखि शनिबारसम्म देशका धेरै ठाउँमा वर्षा र हिमपात हुने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    आज मङ्गलवार रातिदेखि नेपालमा फेरि नयाँ मौसमी प्रणाली भित्रिने र यसको प्रभाव भोलिदेखि शनिवारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज विशेष बुलेटिन निकाल्दै पश्चिमी न्यूनचापीय प्रणालीका कारण चिसो बढ्ने र हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर गर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

    आइतबारदेखि भने यो प्रणाली कमजोर हुने र मौसममा क्रमिक सुधार हुने महाशाखाले जनाएको छ ।

    यो प्रणालीको असर सुदूरपश्चिममा बढी र प्रदेश १ र २ मा कम पर्ने सम्भावना छ । सामान्य प्रभाव भने देशभरि नै पर्नेछ । विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बढी प्रभाव देखिने छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

    काठमाण्डौ उपत्यकामा आज र भोलि कम तथा बिहीवार, शुक्रवार र शनिवार बढी प्रभाव पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महासाखाले जनाएको छ ।

  • चीनकाे सियानमा लकडाउन असर : ग्याजेट र चुरोटसँग खानेकुरा साट्दै स्थानीय

    चीनकाे सियानमा लकडाउन असर : ग्याजेट र चुरोटसँग खानेकुरा साट्दै स्थानीय

    काठमाडाैं । ओमिक्रोन भेरियन्ट देखा परेपछि पुन: लकडाउन भएकाे चीनकाे सियान शहरमा खानेकुरा अभाव भएको छ । खानेकुरा अभावका कारण पछिल्लो समय क्वारेन्टिनमा रहेका स्थानीयहरुले विभिन्न वस्तुसँग तरकारी र फलफूललगायत खानेकुरा साटिरहेका छन् ।

    शहरमा खानेकुरा अभाव भएपछि क्वारेन्टिनमा रहेका स्थानीयहरुले चुरोटसँग बन्दा, भाँडा माझ्ने लिक्विडसँग स्याउ, स्यानिटरी प्याडसँग अन्य तरकारी र विभिन्न ग्याजेटसँग अन्य खानेकुरा साटिरहेको पोष्ट चिनियाँ सामाजिक सञ्जाल वेइवोमा यतिबेला भाइरल भएकाे छ।

    सियान शहरमा गएको डिसेम्बर २३ मा लकडाउन लागेपछि करिब १ करोड ३० लाख मानिसहरु घरभित्रै बस्न बाध्य छन् । घरभित्रै बस्न बाध्य मानिसले खानेकुरा किन्न बाहिर निस्कनसमेत पाएका छैनन् । त्यहाँका सरकारी अधिकारीहरुले विभिन्न घरमा निशुल्क खानेकुरा उपलब्ध गराइरहेका छन् । तर शहरका कैयौँ मानिसले उक्त सेवा लिन नसक्दा आफूसँग भएका विभिन्न वस्तुहरु खानेकुरासँग साटिरहेको बताएका छन् ।

    सियानमा पछिल्लो समय सबैभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।

  • विद्यार्थी र करार शिक्षक आन्दोलनको चक्रमा त्रिभुवन विश्वविद्यालय

    विद्यार्थी र करार शिक्षक आन्दोलनको चक्रमा त्रिभुवन विश्वविद्यालय

    काठमाडाैं । मुलुकको जेठो र ठूलो त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्गठन, कार्यरत करार–आंशिक शिक्षक र कर्मचारी सङ्गठनको आन्दोलन र सहमतिको चक्रमा फस्दै गएको छ ।

    शैक्षिक गुणस्तर सुधार र प्राज्ञिक अनुसन्धानका काममा व्यस्त हुनुपर्ने विश्वविद्यालयको नेतृत्व राजनीतिक हस्तक्षेप र आन्दोलनको प्रभावका कारण अस्तव्यस्त बन्ने गरेको छ । कहिले आवश्यकताभन्दा बढी जनशक्ति भर्ती गर्ने, कहिले तिनैलाई स्थायी गराउने, अनि त्यस्तो प्रक्रियाको विरोधमा विद्यार्थी सङ्गठनबाट हुने विरोधको सामना गर्दै आएको छ ।

    विशेष आन्तरिक खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्न सुरु भएको प्रक्रिया रोक्न विश्वविद्यालय तयार भएपछि विभिन्न विद्यार्थी सङ्गठनले कीर्तिपुरस्थित उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारको कार्यालयमा लगाएको ताला आजदेखि खुलेको छ तर आंशिक–करार शिक्षकले फेरि आन्दोलन गर्नसक्ने स्थिति देखिएको छ । स्थायी गराउन मागसहित आंशिक–करार शिक्षकले लामो समयदेखि गरेको आन्दोलनलाई अन्त्य गराउन विगतमाा नेपाल सरकार र त्रिवि नेतृत्वबीच भएको सहमति कार्यान्वयका क्रममा त्रिविको गत मङ्सिर १४ गते भएको सभाले विशेष आन्तरिक खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्न निर्णय गरेको थियो । सोको विरोधमा सत्तारुढ र विपक्षी दल निकट विद्यार्थी सङ्गठनले तालबन्दी गरेका थिए ।

    पदपूर्ति प्रक्रिया रोक्न नेपाल विद्यार्थी सङ्घसहित विद्यार्थी सङ्गठनसँग यही पुस १९ गते र अनेरास्ववियुसँग आज भएको सहमतिपछि तालाबन्दी खुलाइएको छ । यो तालाबन्दी दीर्घकालीन समाधान हो या होइन भन्ने विशेष आन्तरिक खुल्ला प्रतियोगिताबाट पदपूर्ति माग गर्ने पक्षका आगामी गतिविधिमा भर पर्नेछ । त्रिवि सभाले १० वर्षदेखि करारमा रहेका अध्यापकलाई आन्तरिक प्रतियोगिताबाट स्थायी गर्न लागेको थियो । त्रिविले उक्त प्रक्रिया हाललाई मात्र रोकिएको जनाएको छ ।

    उक्त प्रक्रिया पुनः सुरु भएमा विद्यार्थी आन्दोलन पनि दोहोरिनेछ । ऐन, कानुन र नीतिसँग मेल नखाने, सहमति नगर्ने र नियमबमोजिम हुने काम सयममै हुने भएमा यस्ता असन्तुष्टि नबल्झिने देखिएको छ । आन्दोलनरत विभिन्न विद्यार्थी सङ्गठनसँगको यही पुस १९ गतेको वार्ताका आधारमा विशेष आन्तरिक खुल्ला प्रतियोगिताबाट पदपूर्ति प्रक्रिया रोक्ने सहमति भएको हो । अनेरास्ववियुका उपाध्यक्ष आरसी लामिछानेले त्रिविसँगको सहमतिका आधारमा तालबन्दी तोडाइएको जनाए ।

    त्रिविमा रिक्त दरबन्दीहरु समावेशी सिद्धान्तका आधारमा हरेक छ महिनामा खुल्ला विज्ञापन गरी पदपूर्ति गर्ने पनि सहमति भएको छ । सो सहमतिमा त्रिविका वार्ता समिति संयोजक प्रा पशुपति अधिकारीले विभिन्न छ विद्यार्थी सङ्गठनका प्रतिनिधिसँग हस्ताक्षर गरेका छन् । सहमतिपछि विद्यार्थी सङ्गठनले गरेको तालाबन्दी खुलाइएको छ । झण्डै दुई हजार आंशिक प्राध्यापकलाई व्यवस्थापन गर्न एक पटकका लागि आन्तरिक प्रतियोगिता गर्न त्रिवि नेतृत्वले गत वर्ष आंशिक प्राध्यापक सङ्घसँग सहमति गरेको थियो । यो खुल्ला प्रतियोगिताको विपक्षमा भएका नयाँ उत्पादित जनशक्तिको तर्क रहेको छ । प्राध्यापक बहस चौतारीका संयोजक केशवराज पौडेलले त्रिवि नेतृत्वको असक्षमताका कारण यस्ता समस्या पटक पटक देखा परेको टिप्पणी गरे ।

    त्रिवि र आंशिक प्राध्यापक सङ्घर्ष समितिबीच २०७४ सालमा तत्कालीन सरकारसँग भएको सहमतिमा एक हजार ४२० र त्यसपछि अध्यापन गराउन थालेका ५८० जना स्वतः करार हुनुपर्ने, क्याम्पसको आन्तरिक स्रोतबाट करार दिने नियमित करार नमानिने भएकाले त्रिविको नियमानुसारको अवधिभर करार गर्न पाउनुपर्ने सहमति भएको थियो । नयाँ पुस्ताका प्रविधिमैत्री दक्षजनशक्ति उत्पादन भइसकेको अवस्थामा त्यसलाई दुरुत्साहन हुनेगरी त्रिवि सेवा आयोगको नियमविपरीत राज्यलाई झण्डै रु एक अर्ब पाँच करोड बढी भार पर्ने गरी हुने आन्तरिक प्रतियोगिताको निर्णय खारेज गर्न विद्यार्थी सङ्गठनको माग छ । रासस

  • कोरोनाविरुद्धको अतिरिक्त खोप मंगलबारदेखि, कस्ता व्यक्तिले लगाउन पाउँछन् ?

    कोरोनाविरुद्धको अतिरिक्त खोप मंगलबारदेखि, कस्ता व्यक्तिले लगाउन पाउँछन् ?

    काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको अतिरिक्त खोपको मात्रा दिन सुरु गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, भेरोसेल वा सिनोफार्मको खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक वा जुनसुकै खोप लगाएका दीर्घरोगीलाई थप एक मात्रा खोप दिन सुरु गरिएको छ ।

    मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, सक्रिय क्यान्सर रोगीहरु, अंग प्रत्यारोपण गरेका बिरामी, एचआईभी पोजेटिभ भएका बिरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामीहरुले अतिरिक्त खोप पाउने छन् ।

    अतिरिक्त मात्रा खोप लगाउन पुरानो खोप कार्ड र आफ्नो स्वास्थ्य उपचार गरेको कागजात लिएर खोप केन्द्रमा जानुपर्नेछ ।

  • निलुवा समाज जापानको चौथो अधिवेशनबाट अध्यक्षमा मोहनराज सुवेदी सर्वसम्मत निर्वाचित

    निलुवा समाज जापानको चौथो अधिवेशनबाट अध्यक्षमा मोहनराज सुवेदी सर्वसम्मत निर्वाचित

    जापान । निलुवा समाज चमुवा जापानको चौथो अधिवेशनले मोहनराज सुवेदीको अध्यक्षतामा २०२१-२०२३ कार्यकालको लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

    अधिवेशनले समितिको वरिष्ठ उपाध्यक्षमा रामु खत्री, उपाध्यक्षमा जि आर सुवेदी, सचिवमा भुमिराज सुवेदी, सह–सचिवमा विष्णु सुवेदी ‘जलन’, कोषाध्यक्षमा कृष्ण प्रसाद सुवेदी, सह–कोषाध्यक्षमा भुमिराज सुवेदी (विष्णु), प्रवक्ता दिपक सुवेदी, युवा संयोजक भोजराज सुवेदीलाई चयन गरेको हो ।

    त्यस्तै सदस्यहरुमा शिवलाल सुवेदी, अन्जान सुवेदी, भिमलाल सुवेदी, अनिता सुवेदी, सञ्जु खत्री, पुरुषोत्तम सुवेदी चयन भएका छन् ।

    कार्यक्रममा बोल्ने वक्ताहरूले कर्मभूमिमा रहेर पनि आफ़नो जन्मभूमि र देशप्रतिको माया ममता र एक असल नागरिक हुनुको नाताले समाजको माध्यमबाट पुरा गरेको दायित्वले आउने पुस्तालाई प्रेरणा, हौसला र समाजमा उपलब्धिमूलक कार्यहरूलाई व्यवस्थित रूपमा योजनाबद्द ढंगले कार्यक्रम संचालन गर्नको लागि आग्रह गरेका थिए ।

    संस्था सो अधिवेशनमा सचिव जि आर सुबेदीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्ण सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    ‘बागलुङ जिल्ला गलकोटको सुन्दर निलुवा हाम्रो शान, पर्यटकीय पूर्वाधार विकासमा हामि सबैको अभियान’ भन्ने मान्यताका साथ अध्ययन तथा रोजगारीको शिलशिलामा गलकोट नगरपालिका वडा नम्वर ४ चमुवाबाट जापान पुगेका दाजुभाइ दिदी बहिनीद्धारा सन् २०१५ सालमा स्थापना स्थापित भएको सामाजिक संस्था निलुवा समाज चमुवा जापान हो ।

    संस्थाले निलुवाको पर्यटकीय विकास र पर्वद्धनसँगै समाजमा आइपर्ने हरेक सुख दुखमा हातेमालो गर्दै आइरहेको छ ।

  • ओमिक्रोन भेरियन्ट भित्रन नदिन स्वास्थ्य कार्यालयलाई निर्देशन

    ओमिक्रोन भेरियन्ट भित्रन नदिन स्वास्थ्य कार्यालयलाई निर्देशन

    काठमाडाैं । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरिका स्वास्थ्य कार्यालयलाई कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भित्रन नदिन पूर्व तयारी गर्न सात बुँदे निर्देशन जारी गरेको छ ।

    महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले सातवटै स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला स्वास्थ्य कार्यायल र ७५३ वटै स्थानीय तहलाई ओमिक्रोन भेरियन्टको सङ्क्रमण भित्रन नदिन प्रभावकारी उपाय अपाउन आग्रह गर्दै सात बुँदे निर्देशन जारी गरेका हुन् ।

    उनले ओमिक्रोन भेरियन्ट सङ्क्रामक रहेकाले नेपालमा भित्रन नदिनका लागि सबै निकाय अझ सतर्क र पूर्व तयारीका साथ लाग्नुपर्ने बताए ।

    नेपालमा तीन जनामा ओमिक्रोन भेरियन्ट देखिएको पुष्टि भएको छ । महाशाखाले जनस्वास्थ्य मापदण्डको पूर्णपालना गरी भीडभाड हुन नदिने, मास्कको प्रयोग गर्ने तथा हात धुने गर्न र गराउन अनुरोध गरेको छ । यस्तै समुदायमा जोखिम क्षेत्र (हटस्पट) पत्ता लगाइ एन्टिजेन किटद्वारा परीक्षण गर्र्न, पहिचान भएका कोभिड–१९ का सङ्क्रमितलाई उचित व्यवस्थापन गर्न, नजिकैका सम्पर्कको पहिचान गरी क्वारेन्टिन तथा कोरोना परीक्षण गर्न समेत निर्देशनमा भनिएको छ ।

    यस्तै सीमा नाकामा रहेका प्रवेश विन्दुबाट प्रवेश गर्ने यात्रुको प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्न, खोप लगाउन छुटेका लक्षित वर्गको पहिचान तथा कोभिड–१९ विरुद्धको खोपको प्रयोगमा वृद्धि गर्न र घरमै आइसोलेशनमा रहेका वा क्वारेन्टिनमा रहेका व्यक्तिको ‘फलोअप’ एवं मापदण्ड पालनाको निगरानी गर्नसमेत भनिएको छ  ।

  • धान उत्पादन पाँच वर्षयताकै कम

    धान उत्पादन पाँच वर्षयताकै कम

    काठमाडाैं । चालू आर्थिक वर्ष २०७८÷७९ मा धान उत्पादनमा कमी आएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विगत पाँच वर्षयताकै धान उत्पादनमा कमी आएको जनाएको हो ।

    मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा चालू आवमा धान उत्पादनमा ८.७४ प्रतिशतले कमी आएको हो । चालू आवमा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको हो । गत आवमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

    यस्तै, आव २०७६/७७ मा ५५ लाख ५० हजार ८७८, आव २०७५/०७६ मा ५६ लाख १० हजार र २०७४/७५ मा ५१ लाख ५१ हजार ९२५ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा मन्त्रालयले यसवर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरे पनि धान थन्काउने बेलामा नै वर्षा र हावाहुरीका कारण धानमा क्षति पुग्दा उत्पादनमा कमी आएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए ।

    उनका अनुसार सुदूरपश्चिमका कैलाली र कञ्चनपुर तथा लुम्बिनी प्रदेशका बर्दिया, बाँके, कपिलवस्तुलगायत विभिन्न जिल्लामा बैमौसमी वर्षाले किसानको धानमा क्षति पुर्‍याउँदा समग्र राष्ट्रिय धान उत्पादनमा कमी आएको हो । यस वर्षको बेमौसमी वर्षाले मुलुकभरका एक लाख ११ हजार ६०९ हेक्टरमा लगाइएको चार लाख २४ हजार ११३ टन धानबालीमा क्षति पुर्‍याएकाे मन्त्रालयले जनाएको छ ।

    कुन प्रदेशमा कति उत्पादन ?

    मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा कमी आएको छ । उक्त प्रदेशमा चार लाख ४१ हजार ९१३ मेट्रिक टन धान उत्पादन भएको हो । गत आवको तुलनामा ३१.४९ प्रतिशतले उत्पादनमा कमी आएको छ ।

    यस्तैगरी लुम्बनी प्रदेशमा १८.३८ प्रतिशत, प्रदेश नं १ मा ०.९३ प्रतिशत, प्रदेश नं २ मा ५.२४ प्रतिशत, बागमती प्रदेशमा ०.३५ प्रतिशत र कर्णालीमा ८.७६ प्रतिशतले उत्पादनमा कमी आएको छ । प्रदेशगत रुपमा धान उत्पादनको अवस्था हेर्दा गत आवको तुलनामा यसवर्ष गण्डकी प्रदेशबाहेक अन्य प्रदेशमा धान उत्पादन घटेको छ ।

    चालू आवमा गण्डकी प्रदेशमा मात्र २.३३ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यसवर्ष धान रोप्ने समयमा नै मनसुन सक्रिय हुँदा १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो ।

  • अमेरिकामा गीत गाइरहेका बेला गायक राजेश पायल राईमाथि यसरी भयाे आक्रमण

    अमेरिकामा गीत गाइरहेका बेला गायक राजेश पायल राईमाथि यसरी भयाे आक्रमण

    काठमाडाैं । अंग्रेजी नयाँ वर्ष सन् २०२२ को उपलक्ष्यमा अमेरिकाको न्युयोर्कमा आज (शनिबार) आयोजित सांगीतिक कार्यक्रममा गीत गाइरहेकै बेला गायक राजेश पायल राईलाई आक्रमण गरिएको छ ।

    नेपाली समयानुसार शनिबार दिउँसो १२ बजेतिर कन्सर्टमा गीत गाइरहेका बेला गायक राईलाई एक दर्शकले स्टेजमै उक्लेर पछाडिबाट गर्धन पक्रिँदै झम्टेका हुन् । तर दर्शकको सक्रियताले ती व्यक्तिले गायक राईलाई कुटपिट गर्न पाएनन् ।

    त्यसरी गायक राईलाई आक्रमण गर्ने व्यक्ति को हो र किन गरियो भन्ने विषयमा खुलिसकेको छैन ।

    राजेशले त्यो गीत गाइसकेपछि भने घटनाबारे केही बोलेका छन् । उनी भन्छन् –‘म अगाडीबाट आउने ज्वालामुखि नै पनि पचाउन सक्छु । पछाडीबाट आएका अंकमालहरु पनि मीठो लाग्छ राजेश पायल राईलाई । राजेश पायल राई न कहिले भाग्न जान्दछ न त हार्न जान्दछ ।

    राजेश पायल राई त्यो देशबाट आएको हो जहाँको माटो मात्र छुँदा पनि स्वर्ग पुगेको आभाष हुन्छ । त्यो हो बुद्धको देश सगरमाथाको देश । भाइरल बनाउन गरिएको होइन होला हो भने त्यो सोचेर एकदिन उहाँले नै आत्महत्या गर्नुहोला ।’

  • प्रचण्डको प्रतिवेदन पारित, एमसीसीबारे दिए यस्तो जवाफ

    प्रचण्डको प्रतिवेदन पारित, एमसीसीबारे दिए यस्तो जवाफ

    काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ । प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्दसत्रले पारित गरेको हो ।

    महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ ।

    नेताहरु राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलको पुरक र फरक मत प्रस्तावबारे अध्यक्ष प्रचण्डले जवाफ दिएनन् । आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

    जवाफ दिने क्रममा प्रचण्डले एमसीसीबारे ठोस कुरा गरेनन् । उनले भने, ‘एमसीसीको बारेमा धेरै बोल्दा देश खतरातर्फ जाने सम्भावना भएको हुँदा धेरै बोल्नु परेन । सारमा जे प्रतिवेदनमा छ, त्यही रुपमा बुझ्नुहोला। पार लगाइन्छ ।’

    प्रचण्डले आफूमाथि विभिन्न प्रश्न उठेको भन्दै पार्टीका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको दाबी गरे ।

    ‘कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्ला त ? चिल्लो गाडी छोड्न सक्ला त ? काठमाडौँको रमझम छोड्न सक्लान् त? भनेर पनि भन्ने गर्छन्,’ उनले अगाडि भने, ‘तर म के भन्न चाहन्छु भने जरुरी पर्दा मलाई गाउँघरमा जान, उनीहरुसँगै बस्न, मजदुरसँग खान, जनतामाझ गएर बस्न कुनै गाह्रो छैन । यो पार्टीलाई क्रान्तिकारी बनाउन, जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु । म यो अन्तिम अवसर गुम्न दिन्नँ ।’