अमेरिकामा गीत गाइरहेका बेला गायक राजेश पायल राईमाथि यसरी भयाे आक्रमण

काठमाडाैं । अंग्रेजी नयाँ वर्ष सन् २०२२ को उपलक्ष्यमा अमेरिकाको न्युयोर्कमा आज (शनिबार) आयोजित सांगीतिक कार्यक्रममा गीत गाइरहेकै बेला गायक राजेश पायल राईलाई आक्रमण गरिएको छ ।

नेपाली समयानुसार शनिबार दिउँसो १२ बजेतिर कन्सर्टमा गीत गाइरहेका बेला गायक राईलाई एक दर्शकले स्टेजमै उक्लेर पछाडिबाट गर्धन पक्रिँदै झम्टेका हुन् । तर दर्शकको सक्रियताले ती व्यक्तिले गायक राईलाई कुटपिट गर्न पाएनन् ।

त्यसरी गायक राईलाई आक्रमण गर्ने व्यक्ति को हो र किन गरियो भन्ने विषयमा खुलिसकेको छैन ।

राजेशले त्यो गीत गाइसकेपछि भने घटनाबारे केही बोलेका छन् । उनी भन्छन् –‘म अगाडीबाट आउने ज्वालामुखि नै पनि पचाउन सक्छु । पछाडीबाट आएका अंकमालहरु पनि मीठो लाग्छ राजेश पायल राईलाई । राजेश पायल राई न कहिले भाग्न जान्दछ न त हार्न जान्दछ ।

राजेश पायल राई त्यो देशबाट आएको हो जहाँको माटो मात्र छुँदा पनि स्वर्ग पुगेको आभाष हुन्छ । त्यो हो बुद्धको देश सगरमाथाको देश । भाइरल बनाउन गरिएको होइन होला हो भने त्यो सोचेर एकदिन उहाँले नै आत्महत्या गर्नुहोला ।’

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१