Category: खेल

खेल

  • आयरल्याण्डविरुद्ध नेपालले टस जितेर फिल्डिङ राेज्याे

    आयरल्याण्डविरुद्ध नेपालले टस जितेर फिल्डिङ राेज्याे

    काठमाडाैं । आयरल्याण्डविरुद्ध नेपालले टस जितेर फिल्डिङ राेजेकाे छ । ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिजअन्तर्गत अन्तिम खेलमा नेपालले साेमबार आयरल्यान्डको सामना गर्न लागेकाे हाे ।

    सिरिजअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा भने नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग २५ रनले पराजित भएको थियो ।

    आयरल्यान्डले पनि पहिलो खेलमा ओमानलाई ९ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा आयरल्यान्ड यूएईसँग १३ रनले पराजित भएको थियो ।

  • बेइजिङमा भारी हिमपात, शीतकालीन ओलम्पिकमा आएका पाहुनाहरू चिसोले प्रभावित

    बेइजिङमा भारी हिमपात, शीतकालीन ओलम्पिकमा आएका पाहुनाहरू चिसोले प्रभावित

    चीन । बेइजिङमा शीतकालीन ओलम्पिक चलिरहेका समय हिम बर्षा हुँदा खेलमा सहभागी हुन आएका खेलाडी र पाहुनासमेतले अत्यधिक चिसोको सामना गर्नुपरेको छ ।

    बेइजिङ मौसम विज्ञान पूर्वानुमान शाखाले बेइजिङमा आइतबार १२ : ५५ देखि भारी हिमपात हुनसक्ने र शहरमा औसत ४ मिलिमिटरभन्दा बढी हिमपात हुने जानकारी दिएको थियो । बाटोमा धेरै हिमपात भएको कारण यातायात सेवा समेत प्रभावित बनेको छ ।

    बेइजिङमा जारी शीतकालीन ओलम्पिकमा प्रतिस्पर्धा गरिरहेका स्वदेशी तथा विदेशी खेलाडी आइतबारबिहान सबेरै भारी हिउँको बर्षासँगै ब्युँझिए भने हिमबर्षा हुनसक्ने पूर्वानुमान केही घण्टाअघि जारी गरिएको ‘ब्लु अलर्ट’ बाट ‘ऐलो अलर्ट’ मा पुगेको छ ।

    सोमबार ५ : ०० बजेसम्म उत्तर र पश्चिमका कतिपय क्षेत्रमा नै ६ देखि १० मिलिमिटर बढी हिउँ जम्मा हुने अनुमान गरिएको छ । तर सोमबार ३ : ०० बजेदेखि भने हिमपात बिस्तारै कम हुँदै जाने बेइजिङ नगरीय मौसम पूर्वानुमान शाखाका प्रमुख अधिकारी झाङ यिङक्सिनले बताए ।

    सोमबार दिनभर जसो शहरका केही स्थानमा तापक्रम –२ डिग्रीसम्म रहनेछ जबकि बेलुकाको तापक्रम –६ डिग्री सेल्सियससम्म हुनसक्ने पूर्वानुमान शाखाद्वारा अनुमान गरिएको छ ।

    हिउँको प्रभावका कारण आइतबार र सोमबार केही क्षेत्रमा एक किलोमिटरभन्दा कम दृश्यावरोध हुनसक्ने भन्दै सडकमा यातायात सञ्चालन गर्दा सावधानी अपनाउन भनिएको छ ।

    विशेष गरी सन् २०२२ को बेइजिङ शीतकालीन ओलम्पिकको लागी आएका पाहुना तथा आयोजकको सहजीकरणका लागि शहरभरि हिउँ सफा गर्ने काम सुरु गरिएको छ ।

    भारी हिमपातको कारण भएको कडा दृश्यावरोधले शीतकालीन ओलम्पिकका केही खेलहरू स्थगित गरिएको छ । सिन्ह्वा

  • नेपाल यूएईसँग २५ रनले पराजित

    नेपाल यूएईसँग २५ रनले पराजित

    काठमाडाैं । चारदेशीय टी२० खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको छ ।

    ओमानस्थित अल अमारत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा तीन विकेट गुमाएर एक सय ९२ रन बनाएकाे थियाे । १ सय ९३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६७ रन मात्र बनाउन सफल भयाे ।

    नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३३ बलमा सर्वाधिक ४१ रन जोडे । डेब्यू गरेका लोकेश बमले २१ बलमा ३३ रनको योगदान गरे ।

    यूएईका रोहन मुस्तफा र कासिफ दाउदले समान दुई–दुई विकेट लिए । जुनैद सिद्धिकीले एक विकेट हात लिन सफल भए ।

    यूएईका लागि चिराज सुरीले विस्फोटक ब्याटिङ गरी सर्वाधिक ८४ रन बनाएका थिए । उनले ५ चौका र ५ छक्का हान्न सफल भए । त्यस्तै, रोहन मुस्तफाले ४९ तथा मुहम्मद वसिमले २२ रनको योगदान दिएका थिए ।

  • यूएईले दियाे नेपाललाई १ सय ९३ रनको लक्ष्य

    यूएईले दियाे नेपाललाई १ सय ९३ रनको लक्ष्य

    काठमाडाैं । यूएईविरुद्धको टी२० खेलमा नेपालले १ सय ९३ रनको लक्ष्य पाएको छ ।

    ओमानकाे अल अमारत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा तीन विकेटकाे क्षतिमा १ सय ९२ रन बनायो ।

    यूएईका लागि चिराज सुरीले विस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ८४ रन बनाए । यस क्रममा उनले ५ चौका र ५ छक्का हान्न सफल भए । त्यस्तै, रोहन मुस्तफाले ४९ तथा मुहम्मद वसिमले २२ रनको योगदान दिए ।

    नेपालका लागि शहाब आलम, आरिफ शेख र कप्तान सन्दीप लामिछानेले १–१ विकेट लिए ।

  • दिपेन्द्रको उत्कृष्ट ब्याटिङ, ओमानविरुद्ध नेपालको राेमाञ्चक जित

    दिपेन्द्रको उत्कृष्ट ब्याटिङ, ओमानविरुद्ध नेपालको राेमाञ्चक जित

    काठमाडौं । दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट इनिङमा नेपालले ओमानविरुद्ध ६ विकेटको रोमाञ्चक जित हासिल गरेको छ ।

    ओमानले दिएकाे १३६ रनकाे लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेटकाे क्षतिमा पूरा गरेकाे हाे । नेपालका लागि ऐरीले ५३ बलमा सर्वाधिक ७३ रन बनाए ।

    यसैगरी नेपालका लागि आरिफ शेखले २५ रन बनाए ।

    यसअघि टस हारेर ब्याटिङ थालेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो ।

    ओमानका कप्तान जिशान मकसुदले ४१ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४३ रन बनाएका थिए ।

  • ओमानले दियाे नेपाललाई १३६ रनकाे लक्ष्य

    ओमानले दियाे नेपाललाई १३६ रनकाे लक्ष्य

    काठमाडाैं । चारदेशीय टी२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले ओमानबाट एक सय ३६ रनको लक्ष्य पाएको छ ।

    टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले २० ओभरमा ६ विकेट गुमाएर एक सय ३५ रन बनाउन सफल रह्याे । सुरुवात राम्रो गर्न नसकेको ओमानले २४ रन हुँदा पहिलो विकेट गुमाएकाे थियाे । ओपनर कश्यप प्रजापतीलाई ब्यक्तिगत ११ रनमा अभिनाश बोहराले बोल्ड आउट गरेका थिए ।

    त्यसपछि लगातार नेपालले २ विकेट लिन सफल भएकाे थियाे । जतिन्दर सिंहलाई आरिफ शेखले ब्यक्तिगत १३ रनमा र आयान खानलाई कमलसिंह ऐरीले ब्यक्तिगत ११ रनमा आउट गरे ।

    त्यसपछि ओमानको स्कोर ५८ रन हुँदा चौथो विकेट गुमायाे । त्यसपछि कप्तान जिसान मक्सुद र मोहम्मद नदिमले ओमानको पारि केही सम्हालेका थिए ।

    ओमानको स्कोर एक सय १९ रन पुगेका बेलामा नेपालले पुन: पाँचाै सफलता हात पार्‍यो । त्यसपछि खाता खाेल्न नपाउँदै ओमानका सिम खुसी आउट भए । जसका कारण ओमानले एक सय २० रनमा ६ विकेट गुमायो ।

  • ओमानविरुद्ध नेपालकाे उत्कृष्ट सुरुवात

    ओमानविरुद्ध नेपालकाे उत्कृष्ट सुरुवात

    काठमाडाैं । नेपालले चार देश सम्मिलित टि२० आई सिरिजमा ओमानविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । टस जितेर फिल्डिङ रोजेको नेपालले सुरुवाती ६ ओभरमा तीन विकेट लिएकाे छ ।

    नेपालका लागि अभिनाश बोहराले १ र आशिफ शेखले १ र कमल सिंह ऐरीले एक-एक विकेट लिए ।

    ओमानले अहिले साताैँ ओभरकाे खेल चलिरहँदा ५१ रन बनाएर ३ विकेट गुमाएकाे छ ।

  • टी–२० सिरिजको पहिलो खेलमा नेपाल र ओमान भिड्ने

    टी–२० सिरिजको पहिलो खेलमा नेपाल र ओमान भिड्ने

    काठमाडाैं । आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि चार देश सम्मिलित टी–२० सिरिजको पहिलो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

    ओमानको अल अमेरेट क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अपराह्न ३ः४५ बजेदेखि सुरु हुनेछ । नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ ओमानको सामना गर्नेछ । नेपालले ओमानसँग टी–२० मा पछिल्लोपटक सन् २०१९ मा खेलेको थियो । ओमानले नेपाललाई छ विकेटले पराजित गरेको थियो ।

    उक्त सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग शनिबार खेल्नेछ । यस्तै नेपालले सोमबार आयरल्यान्डसँग खेल्नेछ । आइसिसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ‘ए’ खेल्नुअघि नेपालले चारदेशीय सिरिज खेल्न लागेको हो । ग्लोबल छनोट ‘ए’ मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

    ती आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । त्यसमा समूह एकमा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान छन् भने समूह दुईमा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।रासस

  • विश्वकप छनोट खेल्न नेपाली क्रिकेट टोली ओमान प्रस्थान

    विश्वकप छनोट खेल्न नेपाली क्रिकेट टोली ओमान प्रस्थान

    काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए मा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार ओमान प्रस्थान गरेका छन् ।

    विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपाली टोली मंगलबार दिउँसो ओमान प्रस्थान गरेका हुन् । ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् । खेलहरु फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुनेछ । समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् । नेपालले ओमानविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ । नेपाल र ओमानबीचको खेल फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ।

    नेपालको दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमेरात क्रिकेट ग्राउन्डमा फेब्रुअरी १९ मा हुनेछ। नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ । समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् । छनोट अघि नेपालले ओमानमा चारदेशीय टी–ट्वान्टी सिरिज खेल्नेछ ।

  • राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक बोलाउन माग

    राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक बोलाउन माग

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्यहरुले परिषद्को बोर्ड बैठक बोलाउन माग गरेका छन् । राखेपका १३ सदस्यहरुले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजलाई पत्र लेख्दै बोर्ड बैठक बोलाउन माग गरेका हुन् । उनीहरुले परिषद्को बोर्ड बैठक बोलाउन माग गर्दै मन्त्रालयमा पत्र दर्ता गराएका छन् ।

    यस अघि परिषद्को बोर्ड बैठक २०७८ असार २९ गतेका लागि निर्धारण गरिएको थियो । तर, मन्त्रिपरिषदमा फेरबदल भएपछि बोर्ड बैठक बस्न सकेको थिएन । बोर्डका सदस्य एकेन्द्र कुँवरले राखेपमा देखिएको अन्यौलतालाई अन्त्य गर्न बोर्ड बैठक बोलाउन माग गरिएको बताए । उनले राखेपमा निकास दिन खेलकुदमन्त्रीले भूमिका खेल्ने विश्वास गरे ।

    सात महिना बितिसक्दा पनि परिषद्को बैठक बस्न नसकेकाले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १० को उपदफा ४ बमोजिम परिषद्को बैठक बोलाउन संयुक्त रुपमा अनुरोध गरिएको पत्रमा उल्लेख छ ।