नेपाल यूएईसँग २५ रनले पराजित

काठमाडाैं । चारदेशीय टी२० खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको छ ।

ओमानस्थित अल अमारत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा तीन विकेट गुमाएर एक सय ९२ रन बनाएकाे थियाे । १ सय ९३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६७ रन मात्र बनाउन सफल भयाे ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३३ बलमा सर्वाधिक ४१ रन जोडे । डेब्यू गरेका लोकेश बमले २१ बलमा ३३ रनको योगदान गरे ।

यूएईका रोहन मुस्तफा र कासिफ दाउदले समान दुई–दुई विकेट लिए । जुनैद सिद्धिकीले एक विकेट हात लिन सफल भए ।

यूएईका लागि चिराज सुरीले विस्फोटक ब्याटिङ गरी सर्वाधिक ८४ रन बनाएका थिए । उनले ५ चौका र ५ छक्का हान्न सफल भए । त्यस्तै, रोहन मुस्तफाले ४९ तथा मुहम्मद वसिमले २२ रनको योगदान दिएका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१