Category: हुलाक स्पेसल

हुलाक स्पेसल

  • अस्ट्रेलिया त्यागेका नन्दन यादवले राष्ट्रिय टोलीमा बनाए स्थान 

    अस्ट्रेलिया त्यागेका नन्दन यादवले राष्ट्रिय टोलीमा बनाए स्थान 

    काठमाडाैं । गत एनपिएल संस्करणमा कर्णाली याक्सले अनुबन्ध गरेपछि नेपाल फर्किएका नन्दन यादवको क्रिकेट करियर बढो रोचक छ । एनपिएल सकिएपछि “जय नेपाल”  कप खेल्दै गर्दा पनि उक्त प्रतियोगिता पछि उनी नेपाल नबस्ने भन्नेमै थिए । तर एकाएक जनकपुरमा सम्पन्न “जय नेपाल” कपबाट काठमाडौं फर्किसकेपछि उनले अस्ट्रेलिया नफर्कने सोच बनाए ।

    उनले नेपालमै बसेर क्रिकेट करियरलाई अघि बढाउने निर्णय गरे । नन्दनले नेपालमै बसेर आफ्नो करियरलाई अगाडि बढाउने निर्णयमा शनिवार क्रिकेट एसोसिएसन अफ नेपालले पनि साथ दियो । ९ अप्रिलबाट हङकङमा  हुनगइरहेको चार देशीय टी-२० आई शृङ्खलामा क्यानले घोषणा गरेको १४ सदस्यीय टोलीमा नन्दन यादवलाई पनि समेट्यो ।

    नेपाली टोलीमा तीव्र गतिका बलर नन्दन यादवले तीन वर्षपछि स्थान बनाएका हुन् । यस भन्दा अगाडि नन्दन यादवलाई सन् २०२२ डिसेम्बरमा पनि नेपाली टोलीमा समावेश गरिएको थियो । नामिबियाको विन्डहोकमा आयोजित नामिबिया र स्कटल्याण्डविरुद्द आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ शृङ्खलाका लागि नेपालको १४ सदस्यीय टोलीमा स्थान बनाएका थिए ।

    तर दुर्भाग्य उनले यो सिरिजमा अन्तिम ११ मा भने स्थान बनाउन पाएनन् । यसरी राष्ट्रिय टोलीबाट खेल्ने नन्दनको सपना सन् २०२२ मा पूरा भएन । परिवारमा आर्थिक समस्या भएपछि उनी त्यस लगत्तै अस्ट्रेलिया हानिए । अहिले नन्दनको राष्ट्रिय टोलीबाट खेल्ने सपना पुनः एक पटक साकार हुन गइरहेको छ ।

    गत एनपिएल संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका कारण नन्दनको पुनरागमन सम्भव भएको हो । नन्दनले कर्णाली यार्क्सका लागि क्वालिफाएर- टु बाट बाहिरिनु पूर्व ९ विकेट हात पारेका थिए ।

    कर्णालीबाट बलिङ गर्ने क्रममा नै नन्दनले नेपालको डेथ बलिङमा नयाँ आशा देखाएका थिए । सिरिजका लागि धेरै नयाँ नामहरू देखा परेका छन् । नन्दन बाहेक साहब आलम र बसिर अहमदले पनि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।

    आलम र बसिर पनि एनिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू हुन् । केही नयाँ खेलाडीहरूले मौका पाइरहँदा नेपाली टोलीका स्टार लेगस्पिनर सन्दीप लामिछाने भने अन्तिम १४ मा समावेश छैनन् ।

    हङकङमा हुने चार देशीय टी–२० सिरिजका लागि रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा बुधवारदेखि बन्द प्रशिक्षण सुरु भइसकेकाे छ ।

    सिरिजमा अन्तरिम प्रशिक्षकका रूपमा स्थान बनाएका ज्ञानेन्द्र मल्लले नेपाली टोलीलाई प्रशिक्षण गराइरहेका छन् । यसअघि गत चैत १५ मा नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टोलीको प्रशिक्षकमा अस्ट्रेलियाका स्टुअर्ट ललाई नियुक्त गरेको थियो ।

    प्रशिक्षक ल नेपाल आउन ढिलाइ भएपछि क्यानले मल्ललाई प्रशिक्षकको जिम्मेवारी दिएको छ । यसअघि ज्ञानेन्द्र हङकङ सुपर सिक्सेसमा नेपाली टोलीको प्रशिक्षक थिए । मल्लले नेपालको ‘ए’ टोलीको प्रशिक्षक भएर पनि काम गरेका थिए ।

    सिरिजमा नेपाल र हङकङसहित कुवेत र कतारले प्रतिस्पर्धा गर्नेछन् । नेपालले पहिलो खेल चैत २७ गते कतारसँग, चैत २८ गते कुवेतसँग र चैत ३० गते हङकङसँग खेल्नेछ । चैत ३१ गते तेस्रो स्थान र फाइनल खेल हुनेछ ।

  • प्रधानमन्त्रीको हप्ता दिन : समृद्धिका दर्जन भाषण, कार्यमा शून्यता

    प्रधानमन्त्रीको हप्ता दिन : समृद्धिका दर्जन भाषण, कार्यमा शून्यता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो हप्ता उद्घाटन, शिलन्यास र चर्को भाषणमा व्यस्त देखिए ।

    चैत १ गतेदेखि ८ गतेसम्मका दैनिक गतिविधिहरु प्रधानमन्त्री भाषण र उद्घाटनका कार्यक्रममा मात्र व्यस्त देखिएका छन् । तर ती कुनै पनि कार्यक्रमहरु द्रुत र स्थायी सुधारको संकेत दखिँदैन ।

    यही कारण ओली नेतृत्वको सरकारप्रति ठूलो प्रश्न उठ्न थालेको छ । ओलीको यो हप्ता विभिन्न कार्यक्रम र उद्घाटनहरूमा सहभागिताजनाए । तर कुनै एक विषयमा पनि ‘स्थायीत्व’ र ‘कार्यमा सुधार’को ठोस कार्यान्वयनका पहलहरू नजरअन्दाज गरिएको देखिन्छ ।

    प्रधानमन्त्री ओलीको प्रत्येक कार्यमा बाहिरी रूपमा आकर्षक शब्द र भाषण मात्र देखिन्छन्, तर त्यसको वास्तविक प्रभाव र कामको ठोस मूल्याङ्कन भने लगभग शून्य नै छ । बितेको एक हप्तामा अर्थात चैत १ गतेदेखि ८ गतेसम्म प्रधानमन्त्री ओलीको समय उद्घाटन, निर्देशन र भाषणमा वितेको स्पष्ट देखिन्छ ।

    चैत १ गते प्रधानमन्त्री ओली सगरमाथा संवाद कार्यक्रममा सहभागी भए । जहाँ उनले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमलाई चुस्त र दुरुस्त बनाउन निर्देशन दिए ।

    चैत २ गते ओलीले मदन भडारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीनदिने ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मेलन–२०८१’ मा सहभागी भए ।

    जहाँ उनले हिमवतखण्ड मानव सभ्यतासम्मको इतिहासको भूभाग भएकाले यस भूखण्डको कला–साहित्य–संस्कृतिलाई समेटेर अन्तर्राष्ट्रियस्तरको सम्मिलनको दोस्रो शृङ्खला आयोजना भएकोमा खुसी प्रकट गरे । ओलीले मौलिक संस्कृति नै नेपालीको जग भएको उल्लेख गर्दै यस हिमवत् भूखण्डबाट ज्ञान, योग, गणित, दर्शन र सभ्यताको प्रादूर्भाव भएको बताए ।
    चैत ३ गते ओली उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा आयोजित महिला नेतृत्व सम्मेलन, २०२५ को उद्घाटन गरे ।

    जहाँ उनले महिला र पुरुषको समान सहभागिताले मात्र समृद्धि संभव हुने बताए । ओलीले महिला र पुरुषको समान सहभागिताबाट मुलुकको सबै क्षेत्रमा समारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको बताए ।

    यसैगरी चैत ५ गते ओलीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठक सम्पन्न गरे । जहाँ उनले गत आर्थिक वर्षको महालेखा परीक्षकको प्रतिवेदनबारे जानकारी गराइँदै त्यसमा रहेका सुधार्नुपर्ने पक्षहरुमा ध्यान दिन जोड दिए।

    चैत ६ गते ओलीले माल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता गरे । नेपाल भ्रमणमा रहेका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले शिष्टाचार भेट गरेका थिए ।
    प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुईपक्षीय सम्बन्ध र हितका विषयमा छलफल भएको थियो । यसैगरी सोही दिन नै ओली संसद्मा प्रस्तुत गर्न पुगे । जहाँ उनले हरेक सांसदहरुका प्रश्नहरुको जवाफ आखाँ चिम्लेरै दिए । उनले संसदमै यो देश बन्दैन, यहाँ केही बन्दैन भन्ने गलत भाष्य फैलाउनु हुँदैन कसैले भन्दै कडा प्रहार व्यक्त गरे ।

    चैत ८ गते ओली नेकपा (एमाले) को जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनको उद्घाटन गर्न पुगे ।

    जहाँ उद्घाटन गर्दै ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन आग्रह समेत गरे ।

    उनले भने,‘राष्ट्रिय उत्पादनमा जोड र हाम्रा आवश्यकताहरु उपभोग्य वस्तुहरु हामी आफै तयार गर्न सकौं भन्ने हो । आत्मानिर्भरतामा देशलाई लैजान सकौं भन्ने जोड र निर्यातलाई जोड, आयातलाई प्रतिस्थापन गर्नका लागि धागो उत्पादन कपडा र मोजा उत्पादन गर्न जरुरी छ । बिहान उठ्ने वित्तिकै आफ्नै देशको उत्पादन ब्रस र मन्जनले मुख सफा गर्न पाउँदा पनि कति खुसी हुन्थ्यो तर त्यो पनि स्थिति छैन । स्वदेशी उत्पादनलाई वृद्धि गर्नुपर्ने छ । हाम्रा उत्पादीत वस्तुहरुपनि प्रयोग गर्ने जनताले बानी बसालौं ।’

    सारांशमा, प्रधानमन्त्री ओलीको पछिल्लो हप्ता निश्चित रूपले असल गतिविधिहरूको चाँदीको पत्र हो, तर त्यसको भित्री तात्त्विकता शून्य छ । महत्त्वपूर्ण योजनाहरूका बारेमा उनलाई आवश्यक नेतृत्व लिने गरेपनि परिणाम सन्तोषजनक देखिएको छैन् । उनको प्राथमिकता भनेको देशको वास्तविक हित होइन, केवल आफूलाई ठूलो देखाउने र कसमसाउने नै रहेको बुझ्न सकिन्छ ।

  • एकताको महाकुम्भ, नयाँ युगको बिहानी

    एकताको महाकुम्भ, नयाँ युगको बिहानी

    काठमाडौं । पवित्र सहर प्रयागराजमा महाकुम्भ सफलतापूर्वक सम्पन्न भएको छ। एकताको भव्य महायज्ञ सम्पन्न भएको छ। जब कुनै राष्ट्रको सचेतना जागृत हुन्छ, जब त्यो शताब्दीऔं पुरानो अधिनताको मानसिकताको बन्धनबाट मुक्त हुन्छ, तब त्यसले नयाँ ऊर्जाको ताजा हावामा स्वतन्त्र रूपमा सास फेर्छ। यसको परिणाम २०८१ पुस २९ गतेदेखि प्रयागराजमा भएको एकताको महाकुम्भमा देखियो।

    अयोध्यास्थित राम मन्दिरको प्राण प्रतिष्ठाको क्रममा २०८० माघ ८ गते मैले देवभक्ति र देशभक्ति–दिव्यशक्ति र राष्ट्रप्रतिको समर्पणका बारेमा कुरा गरेँ। प्रयागराजमा भएको महाकुम्भमा देव तथा देवी, सन्त, महिला, बालबालिका, युवा, ज्येष्ठ नागरिक र जीवनका सबै क्षेत्रका मानिस एकसाथ भेला भएका थिए। हामीले राष्ट्रको जागृत चेतना देख्ने मौका पायौं। यो एकताको महाकुम्भ थियो, जहाँ यस पवित्र अवसरका लागि १४० करोड भारतीयको भावना एकै ठाउँमा र एकै समयमा सम्मिलित भएको थियो। प्रयागराजको यस पवित्र क्षेत्रमा एकता, सद्भाव र प्रेमको पवित्र भूमि शृंगवेरपुर छ, जहाँ प्रभु श्रीराम र निषादराजको भेट भएको थियो। उहाँहरूको भेट भक्ति र सद्भावको संगमको प्रतीकको रूपमा मानिएको छ। प्रयागराजले आज पनि हामीलाई उही भावनाले प्रेरित गर्छ।

    यी ४५ दिनमा मैले देशका कुना–कुनाबाट करोडौं मानिस संगममा आउँदै गरेको देखेँ। संगममा भावनाहरूको लहर उठिरह्यो। प्रत्येक भक्त एउटै उद्देश्यका साथ आएका थिए– संगममा डुबुल्की मार्न। गंगा, यमुना र सरस्वतीको पवित्र संगमले प्रत्येक तीर्थयात्रीलाई उत्साह, ऊर्जा र आत्मविश्वासले भरिदियो। प्रयागराजमा आयोजना भएको यो महाकुम्भ आधुनिक व्यवस्थापन पेशेवरहरू, योजना र नीति विज्ञहरूका लागि अध्ययनको विषय हो।

    संसारमा कतै पनि यस स्तरको समानान्तर वा उदाहरण छैन। प्रयागराजस्थित नदीहरूको संगमस्थलको तटमा करोडौं मानिस कसरी भेला भए भनेर संसारले आश्चर्यचकित भएर हे¥यो। यी मानिसलाई कहिले जाने भन्ने बारेमा न त कुनै औपचारिक निमन्त्रणा नै थियो, न त पूर्वसूचना नै। तैपनि करोडौं मानिस आफ्नै इच्छाले महाकुम्भका लागि निस्किए र पवित्र जलमा डुबुल्की मारी आनन्द महसुस गरे।

    पवित्र स्नानपछि अपार आनन्द र सन्तुष्टि फैलिएका ती अनुहारहरू म बिर्सन सक्दिनँ। महिला, वृद्धवृद्धा, हाम्रा दिव्यांग दाजुभाइ–दिदीबहिनीहरू सबैले संगम पुग्ने अवसर पाए। भारतका युवाको उल्लेखनीय सहभागिता देखेर मलाई विशेष खुसी लाग्यो। महाकुम्भमा युवा पुस्ताको उपस्थितिले भारतका युवा हाम्रो गौरवशाली संस्कृति र सम्पदाको संरक्षक हुनेछन् भन्ने महत्वपूर्ण सन्देश दिन्छ। उनीहरूले यसको संरक्षण गर्ने आफ्नो जिम्मेवारी बुझेका छन् र यसलाई अगाडि बढाउन प्रतिबद्ध छन्। यस महाकुम्भका लागि प्रयागराजमा आइपुगेका मानिसको संख्याले निःसन्देह नयाँ रेकर्ड बनाएको छ। तर, भौतिक रूपमा उपस्थित भएका बाहेक प्रयागराज पुग्न नसकेका करोडौं मानिस पनि यस अवसरसँग भावनात्मक रूपमा गहिरो रूपमा जोडिएका थिए। तीर्थयात्रीहरूले फर्कँदा ल्याएको पवित्र जल करोडौं मानिसका लागि आध्यात्मिक आनन्दको स्रोत बन्यो।

    महाकुम्भबाट फर्केका धेरैलाई उनीहरूको गाउँमा सम्मानका साथ स्वागत गरियो र समाजले पनि सम्मान ग¥यो। पछिल्ला केही हप्तामा जे भयो त्यो अभूतपूर्व रहेको छ र यसले आउने शताब्दीहरूका लागि पनि जग बसालेको छ। प्रयागराजमा कसैले कल्पना गरेभन्दा पनि धेरै भक्तजन आइपुगे। प्रशासनले कुम्भको विगतको अनुभवको आधारमा उपस्थितिको अनुमान गरेको थियो। यस एकताको महाकुम्भमा लगभग संयुक्त राज्य अमेरिकाको दोब्बर जनसंख्याले भाग लिए। यदि आध्यात्मिक क्षेत्रका विद्वान्हरूले करोडौं भारतीयको उत्साहजनक सहभागिताको विश्लेषण गरे भने उनीहरूले थाहा पाउनेछन् कि आफ्नो सम्पदामा गर्व गर्ने भारत अब नयाँ ऊर्जाका साथ अगाडि बढिरहेको छ। मलाई विश्वास छ कि यो नयाँ युगको बिहानी हो जसले नयाँ भारतको भविष्य कोर्ने छ।

    महाकुम्भले हजारौं वर्षदेखि भारतको राष्ट्रिय चेतनालाई बलियो बनाएको छ। प्रत्येक पूर्णकुम्भमा सन्त, विद्वान् र विचारकहरूको भेला हुने गथ्र्यो, जसले आफ्नो समयमा समाजको अवस्थाका बारेमा विचार–विमर्श गर्थे। उनीहरूको चिन्तनले राष्ट्र र समाजलाई नयाँ दिशा प्रदान गथ्र्याे। प्रत्येक ६ वर्षमा हुने अर्धकुम्भमा यी विचारहरूको समीक्षा गरिन्थ्यो। १४४ वर्षको अवधिमा हुने १२ पूर्णकुम्भपछि, प्रचलित समयसँगै अगाडि बढ्न अप्रचलित परम्पराहरू त्यागिए र नयाँ विचारहरू अँगालिए। १४४ वर्षपछि भएको यस महाकुम्भमा हाम्रा सन्तहरूले भारतको विकास यात्राका लागि फेरि एक पटक हामीलाई नयाँ सन्देश दिएका छन्। त्यो सन्देश हो, विकसित भारत। यस एकताको महाकुम्भमा हरेक तीर्थयात्री, चाहे धनी होस् वा गरिब, युवा होस् वा वृद्ध, गाउँ होस् वा सहर, भारत होस् वा विदेश, पूर्व होस् वा पश्चिम, उत्तर होस् वा दक्षिण, जात, धर्म र विचारधारा जस्तोसुकै भए पनि सबै एकसाथ आए। यो एक भारत श्रेष्ठ भारतको दृष्टिकोणको मूर्तरूप थियो, जसले करोडौं मानिसमा विश्वास भरेको थियो। अब हामी विकसित भारत निर्माणको लक्ष्यका लागि उही भावनामा एकसाथ आउनुपर्छ।

    मलाई त्यो घटनाको सम्झना आउँछ, जतिबेला बालरूप श्रीकृष्णले आफ्नो मुखभित्रको सम्पूर्ण ब्रह्माण्डको झलक आफ्नी आमा यशोदालाई प्रकट गर्नुभएको थियो। त्यसैगरी, यस महाकुम्भमा भारत र विश्वका जनताले भारतको सामूहिक शक्तिको विशाल सम्भावनाको साक्षात्कार गरेका छन्। अब हामीले यो आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ र विकसित भारत निर्माणमा आफूलाई समर्पित गर्नुपर्छ। पहिले, भक्ति आन्दोलनका सन्तहरूले भारतभरि हाम्रो सामूहिक संकल्पको शक्ति पहिचान र प्रोत्साहन गरेका थिए। प्रत्येक महान् विचारक, स्वामी विवेकानन्ददेखि श्री अरविन्दसम्मले हामीलाई हाम्रो सामूहिक संकल्पको शक्तिको सम्झना गराए। महात्मा गान्धीले पनि स्वतन्त्रता आन्दोलनको क्रममा यसको अनुभव गरेका थिए। स्वतन्त्रतापछि यदि यो सामूहिक शक्तिलाई सही रूपमा पहिचान गरिएको भए र सबैको कल्याणलाई बढावा दिन प्रयोग गरिएको भए, यो नयाँ स्वतन्त्र राष्ट्रका लागि एक महान् शक्ति बन्ने थियो।

    दुर्भाग्यवश, यो पहिले नै गरिएन। तर, अब विकसित भारतका लागि जनताको यो सामूहिक शक्ति एकसाथ आएको हेर्न पाउँदा म हर्षित छु। वेददेखि विवेकानन्दसम्म, प्राचीन शास्त्रदेखि आधुनिक उपग्रहसम्म, भारतका महान् परम्पराहरूले यस राष्ट्रलाई आकार दिएका छन्। एक नागरिकको रूपमा म प्रार्थना गर्दछु कि हामी हाम्रा पुर्खाहरू र सन्तहरूको सम्झनाबाट नयाँ प्रेरणा लिन सकौं।

    यो एकताको महाकुम्भले हामीलाई नयाँ संकल्पहरू लिएर अगाडि बढ्न मद्दत गरोस्। आउनुहोस्, हामी एकतालाई हाम्रो मार्गदर्शक सिद्धान्त बनाऔं। राष्ट्रको सेवा नै ईश्वरको सेवा हो भन्ने बुझाइका साथ काम गरौँ। काशीमा चुनावी अभियानको क्रममा भनेको थिएँ, ‘गंगा माताले मलाई बोलाउनुभएको छ।’ यो केवल भावनामात्र थिएन तर हाम्रा पवित्र नदीहरूको स्वच्छताप्रति जिम्मेवारीको आह्वान पनि थियो। प्रयागराजस्थित गंगा, यमुना र सरस्वतीको संगममा उभिएर मेरो संकल्प अझ बलियो भयो।

    हाम्रा नदीहरूको स्वच्छता हाम्रो आफ्नै जीवनसँग गहिरो रूपमा जोडिएको छ। हाम्रा नदीहरू चाहे ठूलो होस् वा सानो, जीवनदाता आमाहरूको रूपमा मनाउनु हाम्रो जिम्मेवारी हो। यो महाकुम्भले हामीलाई हाम्रा नदीहरूको स्वच्छतातर्फ काम गरिरहन प्रेरित गरेको छ।

    मलाई थाहा छ कि यति ठूलो कार्यक्रम आयोजना गर्नु सजिलो काम थिएन। हाम्रो भक्तिमा कुनै कमीकमजोरी भएको खण्डमा म गंगा माता, यमुना माता र सरस्वती मातासँग क्षमा माग्दछु। मैले जनता जनार्दनलाई दिव्यताको अवतारको रूपमा देखेको छु। यदि हाम्रो सेवामा कुनै कमीकमजोरी भएको भए म जनताबाट पनि क्षमा चाहन्छु। करोडौं मानिस भक्तिको भावना लिएर महाकुम्भमा आए। उनीहरूको सेवा गर्नु पनि त्यही भक्तिको भावनाले पूरा गरिएको जिम्मेवारी थियो। म गर्वका साथ भन्न सक्छु कि उत्तर प्रदेशका सांसद सदस्यको रूपमा रहनुभएको योगीजीको नेतृत्वमा प्रशासन र जनताले यो एकताको महाकुम्भलाई सफल बनाउन मिलेर काम गरे। चाहे त्यो राज्य होस् वा केन्द्र, त्यहाँ कुनै शासक वा प्रशासक थिएनन्, बरु सबै जना एक समर्पित सेवक थिए। सरसफाइ कर्मचारी, प्रहरी, डुंगा चालक, ड्राइभर, खाना खुवाउने मानिस सबैले अथक परि श्रम गरे। धेरै असुविधाका बाबजुद पनि प्रयागराजका जनताले खुला हृदयले तीर्थयात्रीहरूलाई स्वागत गर्ने तरिका विशेष प्रेरणादायी थियो। म उनीहरू र उत्तर प्रदेशका जनताप्रति हार्दिक कृतज्ञता र प्रशंसा व्यक्त गर्दछु।

    हाम्रो राष्ट्रको उज्ज्वल भविष्यप्रति मेरो सधैं अटल विश्वास छ। यो महाकुम्भको साक्षात्कार हुँदा मेरो विश्वास धेरै गुणा बलियो भएको छ। १४० करोड भारतीयले एकताको महाकुम्भलाई विश्वव्यापी उत्सवमा परिणत गर्ने तरिका साँच्चै अद्भुत छ। हाम्रा जनताको समर्पण, भक्ति र प्रयासबाट प्रभावित भई म चाँडै नै १२ ज्योतिर्लिंगमध्ये पहिलो श्री सोमनाथको भ्रमण गर्नेछु र यी सामूहिक राष्ट्रिय प्रयासहरूको फल उहाँलाई अर्पण गरी प्रत्येक भारतीयका लागि प्रार्थना गर्ने छु। महाकुम्भको भौतिक रूप महाशिवरात्रिमा सफलतापूर्वक समापन भएको हुनसक्छ, तर गंगाको शाश्वत प्रवाह जस्तै महाकुम्भले जागृत गरेको आध्यात्मिक शक्ति, राष्ट्रिय चेतना र एकताले हामीलाई भावी पुस्तासम्म प्रेरणा दिइरहनेछ।

  • गम्भीर वित्तीय अपराधमा एनआईसी एसिया बैंकका संचालक र सीइओ, कर्णाली विकास बैंकको नियति दोहोरिने सम्भावना !

    गम्भीर वित्तीय अपराधमा एनआईसी एसिया बैंकका संचालक र सीइओ, कर्णाली विकास बैंकको नियति दोहोरिने सम्भावना !

    काठमाडाैं । राष्ट्र बैंकले गरेको अनुगमनबाट एनआईसी एशिया बैंकका संचालक र सीईओ गम्भीर वित्तीय अपराध गरेको खुलेको छ ।

    बैङ्कको मुद्दती खाता (फिक्स डिपोजिट) अन्तर्गतको खाता सञ्चालनमा किर्ते गरेर बैङ्कले अध्यक्षसहित दुई सञ्चालक र उनीहरूको परिवार तथा संस्थाको नाममा रहेको निक्षेपलाई अधिक ब्याज दिने गरेको र त्यस्तो ब्याज दिनकै लागि निक्षेपको समयावधि नै किर्ते गर्ने गरेको पाइएको छ ।

    अनुसन्धानका संलग्न अधिकारीहरुका अनुसार बैङ्कका अध्यक्ष तुलसीराम अग्रवाल, सञ्चालकद्वय त्रिलोकचन्द्र अग्रवाल, रामचन्द्र संघाई, उनको परिवार र उनीहरूले सञ्चालन गर्ने कम्पनीको नाममा रहेको निक्षेपको खातामा यस्तो कैफियत गरेर बैङ्कको रकम अपचलन गरेको पाइएको हो ।

    बैङ्किङ प्रणालीमार्फत उनीहरूले अध्यक्षसहित ३ जना सञ्चालक, तीनका परिवार र उनीहरूको सञ्चालन गर्ने संस्थाको मुद्दती खाता (फिक्स डिपोजिट) मा बैंकका सामान्य ग्राहकलाई दिने भन्दा बढी ब्याज दिने गरेकाे पाइएकाे हाे । यो सरासर बैंकको नाफा र निक्षेपकर्ताको रकम दुरुपयोग गर्ने नियत भएको राष्ट्र बैंकका कर्मचारी बताउँछन् ।

    नियमानुसार बैंक सञ्चालकले आफ्नो र आफ्नो एकाघरको सदस्यका लागि आफू सञ्चालक रहेको बैंकबाट ऋण लिन समेत पाउँदैनन् । तर, आफ्नो र आफ्नो परिवार तथा उनीहरूको संस्थाको निक्षेपमा बढी ब्याज दिएर बैंकको दोहन भइरहेको यो घटनाले देखाएको छ ।

    यस्तै, बैंकले कर्जा वर्गीकरण तथा कर्जा नोक्सानीसम्बन्धी निर्देशन, पुँजीकोष तथा जोखिमभारसम्बन्धी निर्देशन, ब्याजदरसम्बन्धी निर्देशन एवम संस्थागत सुशासनसम्बन्धी कतिपय निर्देशनको पालनासमेत नगरेकाे पाइएकाे छ ।

  • Bastola’s Heartfelt Plea for Justice to Nepalese in Portugal

    Bastola’s Heartfelt Plea for Justice to Nepalese in Portugal

    Keshab Prasad Bastola, a long-term resident of Portugal, has been vocal about the hardships stemming from the consular void created in Portugal by the past Honorary Consul General from Nepal to Portugal, Mr. Makar Bahadur Hamal. He has reached out to the Nepalese government, urging the appointment of an ambassador to Portugal and the establishment of a formal embassy to ensure the protection and well-being of Nepalese nationals residing there.

    Despite not being affiliated with any political party, Bastola has been a steadfast advocate for the rights of Nepalese migrants. He has communicated with high-ranking officials, including the President and Prime Minister of Nepal, and has penned letters to various governmental and non-governmental organizations, highlighting the plights of Nepalese individuals in Portugal. His activism extends to exposing gangs operating in Portugal with alleged political backing, engaging in illegal activities that further endanger the Nepalese community. These revelations have subjected Bastola to personal threats, yet he remains resolute in his mission to effect positive change.

    In an impassioned series of letters addressed to the governments of Portugal and Nepal, as well as various other authorities, a Nepalese advocate has brought to light the dire plight of the Nepalese community in Portugal following the abrupt closure of consular services. His heartfelt appeal not only underscores the suffering of his compatriots but also reveals a deep-seated commitment to addressing systemic issues that have left thousands vulnerable and unsupported.

    Abrupt Closure of Nepali Consulate in Portugal

    The closure of the consulate, executed without prior notice or contingency plans, has thrown the Nepalese community into disarray. Basic services such as passport renewals, legal documentation, and emergency support are now inaccessible, leaving many stranded in bureaucratic limbo. “We Nepalese brothers and sisters in Portugal, striving to build better futures for our families, have been denied even the most basic consular services,” Bastola lamented. He recounted how vulnerable individuals, already grappling with the challenges of immigration, now face additional threats of exploitation, deportation, and the inability to secure basic necessities.

    Corruption and Mismanagement

    Bastola pointed to the mismanagement and alleged corruption of former Honorary Consul General Makar Bahadur Hamal, whose decade-long tenure he described as a period of unchecked power and negligence. “Hamal’s monopoly on consular services created a system rife with inefficiency, delay, and exploitation. Immigrants were extorted for services that should have been their right, and now over 10,000 people are left in line for Temporary Residency Cards (TRC),” he wrote. He accused Hamal of charging illegal fees, mishandling critical documents, and leaving thousands without access to essential government services.

    Economic and Logistical Burdens

    Over 60,000 Nepalis residing in Portugal are facing severe difficulties following the abrupt cessation of consular services. These services were a lifeline for documentation needs, such as passport renewals and police report verifications. The absence of an embassy in Portugal has forced Nepali workers to navigate costly and time-consuming alternatives. For example, obtaining a police report, which is provided free of charge by the Nepalese government, now requires translation and authentication via the French Embassy at an exorbitant cost. Each document verification, including translation and stamping, costs up to 250 euros—a significant burden for workers earning minimal wages.

    Psychological Toll on the Community

    The psychological toll on the Nepalese community has been immense. Families are living in constant fear and uncertainty, unable to validate their documents or secure employment. “My fellow countrymen’s livelihoods have been destroyed, their dreams shattered,” Bastola stated, highlighting the widespread distress. He shared heart-wrenching accounts of individuals unable to access healthcare, education, or basic rights due to the absence of proper documentation.

    A particularly painful aspect of the crisis, Bastola emphasized, is the plight of those who relied on consular services to navigate Portuguese bureaucracy. The sudden shutdown has not only left them stranded but has also exposed them to systemic discrimination and exploitation. Many Nepalese immigrants, he noted, have been forced into precarious living conditions, unable to escape a cycle of vulnerability.

    Necessity of Diplomatic Intervention

    In his letters, Bastola called for immediate diplomatic intervention. He urged the Nepalese government to investigate Hamal’s tenure and its devastating aftermath while appealing for emergency consular services to alleviate the suffering of the community. “It is unconscionable that we, the immigrants of Portugal, are treated with such neglect while consular services are prioritized in neighboring countries like Spain and France,” he stated.

    Beyond highlighting the problems, Bastola offered a solution: a promise to step in as an unpaid temporary consul to restore order and dignity to the consulate’s operations. “I vow to work transparently, for free, ensuring that no Nepalese immigrant feels abandoned. I will establish clear processes, provide regular updates, and prioritize the welfare of my people,” he pledged.

    He envisions a system of transparent governance, free from the monopolistic practices that plagued the consulate under its former leadership. “I want to ensure that no farm worker, no struggling immigrant, ever feels the humiliation of being extorted or ignored,” he declared. His plans include decentralizing consular services to regions like Braga, Porto, and Faro, ensuring wider access and preventing future monopolies.

    Systemic Failings and Nepal’s Delayed Response

    Bastola’s words resonate deeply with a community that has long felt sidelined. He expressed his determination to address not just the immediate crisis but the systemic failings that have allowed such injustices to persist. “Portugal must remain a place of hope and opportunity, not despair and exploitation,” he wrote. His plea is a testament to the resilience of the Nepalese spirit and a call for justice that can no longer be ignored.

    Bastola has reached out to key political figures, including Chitra Bahadur KC, Prachanda, KP Sharma Oli, and Sher Bahadur Deuba, to address the crisis. However, his pleas have largely fallen on deaf ears. The Nepalese Ministry of Labor and Employment, Ministry of Foreign Affairs, and other relevant agencies have yet to take meaningful action.

    Although Nepal has appointed an ambassador to Portugal, delays in their deployment have prolonged the agony of the community. Bastola revealed that accommodations for the ambassador have already been arranged in Portugal, but bureaucratic inefficiencies continue to hinder progress.

    Broader Implications for Migrant Workers

    The sudden closure of Nepalese consular services in Portugal has left over 50,000 Nepalese residents in a state of uncertainty. Essential services such as passport renewals, legal documentation, and emergency assistance have become inaccessible, plunging many into bureaucratic limbo. This disruption has particularly impacted those employed in the agricultural sector and individuals in rural areas, exacerbating their vulnerability.

    Beyond Portugal, Nepalese migrant workers bound for countries like Serbia, Croatia, Bulgaria, Belarus, and Malta face significant obstacles due to the absence of these nations’ embassies in Nepal. Aspiring workers are compelled to channel their applications through agents in India, a process that is physically, mentally, and financially taxing. Reports indicate that individuals are paying up to NPR 100,000 merely to submit documents via these Indian agents.

    Nepal’s Dependency on India for Visa Services

    The dependency of Nepal on India for visa services has become a pressing issue, sparking significant debate about the lack of governmental initiative to address the problem. Despite labor agreements with countries such as Spain, Romania, Portugal, Malta, Serbia, and the Czech Republic, Nepali citizens are still required to travel to India to obtain their visas. This dependency not only imposes economic burdens on citizens but also poses serious safety risks.

    Economic and Safety Concerns for Nepali Citizens

    Traveling to India for visa-related services is fraught with challenges for many Nepali citizens. Due to Nepal’s underdeveloped road infrastructure in rural areas, the journey often involves long hours of travel under unsafe conditions. Reports have documented numerous accidents, some resulting in fatalities, during these trips. Upon reaching India, citizens face further difficulties navigating the Indian transportation system, often relying on expensive buses and trains. For many Nepali citizens, who live below the poverty line, these travel costs are an unbearable financial strain.

    Statistics reveal that approximately 84,000 Nepali citizens leave the country every month, with 70% requiring visas issued through Indian authorities. This glaring dependence highlights the inefficiency of Nepal’s foreign service infrastructure. Experts argue that Visa Facilitation Services (VFS), which India currently provides, could be easily established in Nepal. Such a move would alleviate the financial and logistical burdens on Nepali citizens, but government negligence has stalled progress.

    Political Inaction and Economic Burden

    The issue is exacerbated by political inaction. Nepali ministers and government representatives, including the Prime Minister and the Foreign Minister, have remained silent on the matter. Critics argue that the government’s reliance on India for various resources has led to complacency. This dependence also benefits India economically, as Nepali citizens’ visits for VFS services contribute to India’s local economy. Consequently, some view India’s open-border policy as a strategic advantage that perpetuates Nepal’s reliance.

    Keshab Prasad Bastola, a prominent advocate for the rights of Nepali citizens, has brought this issue to light repeatedly. Despite threats from political party workers, Bastola has remained steadfast in highlighting the plight of ordinary Nepalis. His activism has drawn attention to the broader socio-economic challenges faced by the country, including political instability, corruption, and the lack of innovative leadership.

    Broader Essences of Dependency

    The reasons for Nepal’s labor migration are deeply rooted in systemic issues. The country’s healthcare and education sectors are prohibitively expensive, while economic opportunities within Nepal remain limited. Political instability further compounds the problem, with power often rotating among a small group of leaders who fail to bring transformative change. Young Nepalis are increasingly disillusioned, perceiving the government as corrupt and self-serving.

    The Need for Immediate Action

    Establishing VFS centers within Nepal is an attainable solution that would address a significant portion of these challenges. It would reduce the financial and physical toll on citizens and reinforce Nepal’s sovereignty in managing its labor force’s international aspirations. The government’s inaction, however, reflects a broader indifference to the struggles of ordinary Nepalis.

    The Nepalese government’s silence on this issue has drawn criticism. The Ministry of Labor and Employment, the Ministry of Foreign Affairs, and other pertinent bodies have yet to address these concerns, leaving migrant workers without adequate support. This lack of action has led to exploitation by unscrupulous agents and employers, resulting in low wages and unfavorable working conditions for Nepalese workers abroad.

    Bastola’s appeals underscore the urgent need for diplomatic intervention to safeguard the rights and welfare of Nepalese migrant workers. He emphasizes that the absence of Nepalese embassies in countries with significant Nepalese labor forces leaves workers vulnerable and unsupported. His call to action includes the establishment of embassies in such nations and the re-establishment of consular services in Portugal to provide necessary legal and administrative assistance to Nepalese nationals.

    Voices of the Affected

    “We cannot even begin to describe the chaos we are living through,” said Ashok Ghimire, a recent immigrant to Portugal. “Without consular support, we are invisible in this country. Basic survival feels impossible.” Ashok recounted the plight of those who had borrowed heavily to travel to Portugal in search of a better life, only to find themselves unemployed, undocumented, and vulnerable to exploitation.

    For others, like Kashiram Kafle, the shutdown has derailed the process of transitioning from temporary to permanent residency. The absence of essential services has left Nepali workers unable to meet official deadlines, further jeopardizing their status. “We trusted the system and the government, but now we are completely abandoned,” Kashiram lamented.

    The situation has been worsened by systemic inefficiencies and allegations of corruption during the tenure of former Honorary Consul General Makar Bahadur Hamal. Nepalis recount being charged exorbitant fees for services and enduring unnecessary delays, only to find themselves in even greater despair now that the consulate is closed.

    Financial exploitation adds insult to injury. Nepalis must pay up to 250 euros—a month’s salary for many—for mandatory document verifications routed through the French Embassy, a process monopolized by intermediaries with questionable motives. Reports of gangsters demanding bribes for expediting services have surfaced, further compounding the community’s agony.

    “Every day feels like a battle against an invisible enemy,” said Kamalanayan Sharma, who described the heartbreak of missed opportunities and rising tensions within the community. “We came here to work hard, to provide for our families, but now we’re stuck in a cycle of despair.”

    Keshav Prasad Bastola, who has spent years advocating for the rights of Nepalis in Portugal, echoed these sentiments. “Our people are being treated as commodities, sold to foreign labor markets without any safety net or representation,” he said. Despite facing threats for speaking out against corruption and exploitation, Keshav continues to demand justice for his fellow Nepalis.

    “Why is the Nepali government so indifferent to its own people?” asked Prem Karki, who emphasized the urgent need for consular services to resume. “We are human beings, not statistics. Our lives matter, and this neglect is destroying us.”

    The Nepalese government recently appointed Prakashmani Paudel as ambassador to Portugal, but the establishment of a functioning embassy remains uncertain. In the meantime, tens of thousands of Nepalis in Portugal and neighboring countries like Malta, Serbia, and Croatia continue to suffer due to the absence of diplomatic representation.

    Click here to read in Nepali

    (नेपालीमा पढ्न यहाँ क्लिक गर्नुहाेस्)

    पोर्चुगलमा रहेका नेपालीलाई न्यायको लागि बास्तोलाको अपिल

  • पोर्चुगलमा रहेका नेपालीलाई न्यायको लागि बास्तोलाको अपिल

    पोर्चुगलमा रहेका नेपालीलाई न्यायको लागि बास्तोलाको अपिल

    लामो समयदेखि पोर्चुगलमा बस्दै आएका केशवप्रसाद बास्तोलाले नेपालबाट पोर्चुगलका पूर्व अवैतनिक महावाणिज्य दूत मकरबहादुर हमालले पोर्चुगलमा सिर्जना गरेको कन्सुलर शून्यताका कारण उत्पन्न कठिनाइका बारेमा आवाज उठाइरहेका छन् । उनले पोर्चुगलका लागि राजदूत नियुक्ति र त्यहाँ बसोबास गर्ने नेपालीको सुरक्षा र हित सुनिश्चित गर्न औपचारिक दूतावास स्थापना गर्न नेपाल सरकारसमक्ष आग्रह गरेका छन् ।

    कुनै पनि राजनीतिक दलमा आबद्ध नभए पनि बास्तोला नेपाली आप्रवासीहरूको अधिकारका लागि अटल वकालत गर्दै आएका छन् । उनले नेपालका राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ अधिकारीहरूसँग सम्पर्क राखेका छन् र पोर्चुगलमा रहेका नेपालीहरूको पीडालाई उजागर गर्दै विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूलाई पत्र लेखेका छन् ।

    उनको सक्रियता पोर्चुगलमा कथित राजनीतिक समर्थनमा सञ्चालित गिरोहहरूलाई पर्दाफास गर्नु रहेकाे छ । जाे गैरकानूनी गतिविधिहरूमा संलग्न छ उसले नेपाली समुदायलाई थप खतरामा पार्छ । यी खुलासाहरूले बास्तोलालाई व्यक्तिगत धम्की पनि आइरहेकाे छ । तर पनि उनी सकारात्मक परिवर्तनलाई प्रभाव पार्ने आफ्नो मिशनमा दृढ छन् ।

    उनले पोर्चुगल र नेपाल सरकारका साथै अन्य विभिन्न निकायलाई सम्बोधन गरेको पत्रमा कन्सुलर सेवा अचानक बन्द भएपछि पोर्चुगलमा नेपाली समुदायको दयनीय अवस्थालाई प्रकाश पारेका छन् । उनको हार्दिक अपीलले आफ्ना देशवासीहरूको पीडालाई मात्र होइन तर हजारौंलाई कमजोर र असमर्थित छोडेका प्रणालीगत समस्याहरूलाई सम्बोधन गर्न गहिरो प्रतिबद्धता पनि प्रकट गर्दछ ।

    पोर्चुगलमा नेपाली महावाणिज्य दूतावास अचानक बन्द

    पूर्वसूचना वा आकस्मिक योजना बिना कार्यान्वयन गरिएको वाणिज्य दूतावासको बन्दले नेपाली समुदायलाई अन्योलमा पारेको छ। आधारभूत सेवाहरू जस्तै राहदानी नवीकरण, कानुनी कागजातहरू, र आपतकालीन काम कारवाही अलपत्र परेको छ । “हाम्रो परिवारको राम्रो भविष्य निर्माण गर्न प्रयासरत पोर्चुगलमा हामी नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सबैभन्दा आधारभूत कन्सुलर सेवाहरू समेतबाट वञ्चित गरिएको छ,” बास्तोलाले दुःख व्यक्त गरे । अध्यागमनको चुनौतीसँग जुधिरहेका कमजोर व्यक्तिहरूले अब शोषण, निर्वासन र आधारभूत आवश्यकताहरू सुरक्षित गर्न नसक्ने थप खतराहरूको सामना गर्नुपरेको उनले बताए।

    भ्रष्टाचार र अव्यवस्था

    बास्तोलाले पूर्व अवैतनिक महावाणिज्यदूत मकरबहादुर हमालको दश वर्षको कार्यकाललाई अप्रत्याशित शक्ति र लापरवाहीको अवधिका रूपमा वर्णन गरेको कुप्रबन्ध र भ्रष्टाचारको आरोप पनि लगाएका छन् । उनी भन्छन् “कन्सुलर सेवाहरूमा हमालको एकाधिकारले अकुशलता, ढिलाइ र शोषण प्रणाली सिर्जना गर्‍यो । अहिले १० हजारभन्दा बढी मानिसहरू अस्थायी रेसिडेन्सी कार्डहरू (TRC) को लागि लाइनमा छन् । उनले हमालमाथि गैरकानुनी शुल्क लिने, महत्वपूर्ण कागजातहरू गलत प्रयोग गर्ने र हजारौंलाई अत्यावश्यक सरकारी सेवाको पहुँचबाट वञ्चित गरेको आरोप लगाए।

    आर्थिक र तार्किक बोझ

    कन्सुलर सेवा अचानक बन्द भएपछि पोर्चुगलमा बसोबास गर्ने ६० हजारभन्दा बढी नेपालीले चरम समस्या भोग्नु परेको छ । यी सेवाहरू कागजात आवश्यकताहरूको लागि जीवन रेखा थिए, जस्तै राहदानी नवीकरण र पुलिस रिपोर्ट प्रमाणीकरण। पोर्चुगलमा दूतावासको अभावले नेपाली कामदारहरूलाई महँगो र समय खपत गर्ने विकल्पमा नेभिगेट गर्न बाध्य बनाएको छ। उदाहरणका लागि, नेपाल सरकारद्वारा नि:शुल्क उपलब्ध गराइने प्रहरी प्रतिवेदन प्राप्त गर्नका लागि अब फ्रान्सेली दूतावासबाट अत्यधिक लागतमा अनुवाद र प्रमाणीकरण आवश्यक पर्दछ। प्रत्येक कागजात प्रमाणीकरण, अनुवाद र मुद्रांक सहित, २५० यूरो सम्म खर्च हुन्छ – न्यूनतम ज्याला कमाउने कामदारहरूको लागि एक महत्त्वपूर्ण बोझ हो।

    समुदायमा मनोवैज्ञानिक बोझ

    नेपाली समुदायमा मनोवैज्ञानिक असर निकै परेको छ । परिवारहरू निरन्तर डर र अनिश्चिततामा बाँचिरहेका छन्, आफ्नो कागजातहरू प्रमाणित गर्न वा रोजगारी सुरक्षित गर्न असमर्थ छन्। “मेरा देशवासीहरूको जीविकोपार्जन ध्वस्त भएको छ, उनीहरूको सपना चकनाचुर भएको छ,” बास्तोलाले व्यापक पीडालाई उजागर गर्दै भने । उनले उचित कागजातको अभावका कारण स्वास्थ्य सेवा, शिक्षा वा आधारभूत अधिकारहरूमा पहुँच गर्न नसक्ने व्यक्तिहरूको हृदय विदारक कुरा पनि सार्वजनिक गर्दै आइरहेका छन्।

    अचानक बन्दले उनीहरूलाई अलपत्र मात्र बनाएको छैन तर उनीहरूलाई प्रणालीगत भेदभाव र शोषणमा पनि पर्दाफास गरेको छ। उनले उल्लेख गरे, धेरै नेपाली आप्रवासीहरू जोखिमको चक्रबाट उम्कन नसक्ने अनिश्चित जीवनयापनमा बाध्य छन्।

    कूटनीतिक हस्तक्षेपको आवश्यकता

    आफ्नो पत्रमा, बास्तोलाले तत्काल कूटनीतिक हस्तक्षेपको लागि आह्वान गरेका छन् । उनले नेपाल सरकारलाई हमालको कार्यकाल र त्यसको विनाशकारी नतिजाको छानबिन गर्न आग्रह गर्दै समुदायको पीडा कम गर्न आकस्मिक कन्सुलर सेवा उपलब्ध गराउन आग्रह गरे । “यो अव्यावहारिक छ कि हामी, पोर्चुगलका आप्रवासीहरू, स्पेन र फ्रान्स जस्ता छिमेकी देशहरूमा कन्सुलर सेवालाई प्राथमिकतामा राख्दा यस्तो बेवास्ता गरिन्छ,’ उनले भने।

    समस्याहरू हाइलाइट गर्नुभन्दा बाहिर, बास्तोलाले समाधान प्रस्ताव गरेका छन्। वाणिज्य दूतावासको सञ्चालनमा व्यवस्था र मर्यादा पुनर्स्थापना गर्न भुक्तान नगरी अस्थायी कन्सुलको रूपमा प्रवेश गर्ने । “म कुनै पनि नेपाली आप्रवासीले छाडिएको महसुस नगर्ने कुरा सुनिश्चित गर्दै पारदर्शी रूपमा नि:शुल्क काम गर्ने वाचा गर्छु। म स्पष्ट प्रक्रियाहरू स्थापना गर्नेछु, नियमित अपडेटहरू प्रदान गर्नेछु, र मेरा जनताको हितलाई प्राथमिकता दिनेछु, ” उनले वाचा गरे।

    उनले पूर्वको नेतृत्वमा वाणिज्य दूतावासलाई पीडित बनाउने एकाधिकारवादी अभ्यासबाट मुक्त पारदर्शी शासन प्रणालीको परिकल्पना गरेका छन् । “म यो सुनिश्चित गर्न चाहन्छु कि कुनै पनि खेती मजदुर, कुनै पनि संघर्षरत आप्रवासीले कहिल्यै पनि जबर्जस्ती वा बेवास्ता गरेको अपमान महसुस नगर्नुहोस्,” उनले घोषणा गरे। उनका योजनाहरूमा ब्रागा, पोर्टो र फारो जस्ता क्षेत्रहरूमा कन्सुलर सेवाहरू विकेन्द्रीकरण गर्ने, फराकिलो पहुँच सुनिश्चित गर्ने र भविष्यको एकाधिकारलाई रोक्न समावेश छ।

    प्रणालीगत असफलताहरू

    बास्तोलाका शब्दहरू लामो समयदेखि बेवास्ता गरेको समुदायसँग गहिरोसँग प्रतिध्वनित छन्। उनले तत्काल संकट मात्र नभई त्यस्ता अन्यायलाई निरन्तरता दिने प्रणालीगत असफलतालाई सम्बोधन गर्ने दृढता व्यक्त गरे। “पोर्चुगल आशा र अवसरको ठाउँ बन्नुपर्दछ, निराशा र शोषण होइन,” उनले भने । उनको निवेदन नेपाली भावनाको लचिलोपनको प्रमाण र न्यायको लागि आह्वान हो जुन अब बेवास्ता गर्न सकिँदैन।

    नेपालको ढिलो जवाफ

    बास्तोलाले संकट समाधानका लागि चित्रबहादुर केसी, प्रचण्ड, केपी शर्मा ओली, शेरबहादुर देउवालगायत प्रमुख राजनीतिक व्यक्तित्वसँग सम्पर्क गरेका छन् । तर, उनको गुनासो धेरै हदसम्म बहिरा कानमा परेको छ। नेपालको श्रम तथा रोजगार मन्त्रालय, परराष्ट्र मन्त्रालय र अन्य सम्बन्धित निकायले अझै सार्थक कदम चाल्न सकेको छैन ।

    नेपालले पोर्चुगलका लागि राजदूत नियुक्त गरे पनि उनीहरुको तैनाथीमा भएको ढिलाइले समुदायको पीडा लम्बिएको छ । पोर्चुगलमा राजदूतका लागि आवासको व्यवस्था भइसकेको भए पनि कर्मचारीतन्त्रको अदक्षताले प्रगतिमा बाधा पुगेको बास्तोलाले बताए ।

    आप्रवासी कामदारहरूको लागि व्यापक प्रभाव

    पोर्चुगलमा नेपाली कन्सुलर सेवा अचानक बन्द हुँदा ५० हजारभन्दा बढी नेपाली नागरिक अन्योलमा परेका छन् । राहदानी नवीकरण, कानुनी कागजात, र आपतकालीन सहायता जस्ता अत्यावश्यक सेवाहरू पहुँचविहीन भएका छन्। यस अवरोधले विशेष गरी कृषि क्षेत्रमा कार्यरत र ग्रामीण क्षेत्रका व्यक्तिहरूलाई प्रभाव पारेको छ, उनीहरूको जोखिम बढेको छ।

    पोर्चुगल बाहेक, सर्बिया, क्रोएसिया, बुल्गेरिया, बेलारुस र माल्टा जस्ता देशहरूमा जाने नेपाली आप्रवासी कामदारहरूले नेपालमा यी राष्ट्रहरूको दूतावास नहुँदा महत्त्वपूर्ण अवरोधहरू सामना गर्छन् । आकांक्षी कामदारहरू भारतमा एजेन्टहरू मार्फत आफ्ना आवेदनहरू च्यानल गर्न बाध्य छन्, एक प्रक्रिया जुन शारीरिक, मानसिक र आर्थिक रूपमा कर लगाइन्छ।

    भिसा सेवाका लागि भारतमा नेपालको निर्भरता

    भिसा सेवाका लागि भारतमा नेपालको निर्भरता एक प्रमुख मुद्दा बनेको छ, जसले समस्यालाई सम्बोधन गर्न सरकारी पहलकदमीको कमीको बारेमा महत्त्वपूर्ण बहस सुरु गरेको छ। स्पेन, रोमानिया, पोर्चुगल, माल्टा, सर्बिया र चेक रिपब्लिकजस्ता मुलुकसँग श्रम सम्झौता भए पनि नेपाली नागरिकले भिसा लिन भारत जानैपर्छ । यो निर्भरताले नागरिकहरूमा आर्थिक बोझ मात्रै थोपर्दैन तर गम्भीर सुरक्षा जोखिमहरू पनि निम्त्याउँछ।

    नेपाली नागरिकका लागि आर्थिक र सुरक्षा सरोकार

    भिसा सम्बन्धी सेवाहरूका लागि भारत भ्रमण गर्नु धेरै नेपाली नागरिकहरूको लागि चुनौतीहरूले भरिएको छ। नेपालको ग्रामीण क्षेत्रमा सडक पूर्वाधारको अविकसित भएका कारण असुरक्षित अवस्थामा लामो समयसम्म यात्रा गर्नुपर्ने हुन्छ। प्रतिवेदनहरूले यी यात्राहरूका क्रममा धेरै दुर्घटनाहरू, केहीले ज्यान गुमाउनेहरूको अभिलेख राखेका छन्। भारत पुगेपछि, नागरिकहरूले भारतीय यातायात प्रणाली नेभिगेट गर्न थप कठिनाइहरूको सामना गर्छन्, प्रायः महँगो बसहरू र रेलहरूमा भर पर्छन्। गरिबीको रेखामुनि रहेका धेरै नेपाली नागरिकहरूका लागि यी यात्रा लागतहरू असहनीय आर्थिक तनाव हुन्।

    तथ्याङ्कले देखाएको छ कि हरेक महिना झन्डै ८४,००० नेपाली नागरिकले देश छाड्छन्, जसमध्ये ७० प्रतिशतलाई भारतीय अधिकारीहरूबाट जारी गरिएको भिसा चाहिन्छ। यो स्पष्ट निर्भरताले नेपालको वैदेशिक सेवा पूर्वाधारको असक्षमतालाई उजागर गर्दछ। भारतले हाल उपलब्ध गराउँदै आएको भिसा फेसिलिटेसन सर्भिस (भिएफएस) नेपालमा सजिलै स्थापना गर्न सकिने विज्ञहरुको तर्क छ । यस्तो कदमले नेपाली नागरिकमा पर्ने आर्थिक र लजिस्टिक भार कम हुने भए पनि सरकारी बेवास्ताले प्रगतिलाई रोकेको छ ।

    राजनीतिक निष्क्रियता र आर्थिक बोझ

    राजनीतिक गतिहीनताले समस्या झन् झन् बढेको छ । यस विषयमा प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायत नेपाली मन्त्री र सरकारी प्रतिनिधि मौन छन् ।

    आलोचकहरूले तर्क गर्छन् विभिन्न स्रोतहरूको लागि भारतमा सरकारको निर्भरताले सन्तुष्टि निम्त्याएको छ। यो निर्भरताले भारतलाई आर्थिक रूपमा पनि फाइदा पुर्‍याउँछ, किनकि VFS सेवाहरूका लागि नेपाली नागरिकहरूको भ्रमणले भारतको स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउँछ। फलस्वरूप, कतिपयले भारतको खुला सीमा नीतिलाई नेपालको निर्भरता कायम राख्ने रणनीतिक फाइदाको रूपमा हेर्छन्।

    नेपाली नागरिकको हकअधिकारका प्रख्यात केशवप्रसाद बास्तोलाले यो विषय पटक पटक कुरा उठाए । राजनीतिक दलका कार्यकर्ताको धम्कीका बाबजुद पनि बास्तोला आम नेपालीको पीडालाई उजागर गर्न अडिग छन् । उनको सक्रियताले राजनीतिक अस्थिरता, भ्रष्टाचारलगायत देशले सामना गरिरहेका फराकिलो सामाजिक–आर्थिक चुनौतीहरूप्रति ध्यानाकर्षण गराएको छ ।

    निर्भरताको व्यापक प्रभाव

    नेपालको श्रम पलायनको कारण प्रणालीगत समस्याहरूमा गहिरो जरा गाडिएको छ। देशको स्वास्थ्य सेवा र शिक्षा क्षेत्रहरू निषेधित रूपमा महँगो छन्, जबकि नेपालमा आर्थिक अवसरहरू सीमित छन् । राजनीतिक अस्थिरताले समस्यालाई थप जटिल बनाउँछ, सत्ता परिवर्तनकारी परिवर्तन ल्याउन असफल नेताहरूको सानो समूहमा प्रायः घुमिरहन्छ। सरकारलाई भ्रष्ट र स्वार्थी ठानेर युवा नेपालीहरू झन्झन् निराश हुँदै गएका छन् ।

    तत्काल कारबाहीको आवश्यकता

    नेपाल भित्र VFS केन्द्रहरू स्थापना गर्नु एक प्राप्य समाधान हो जसले यी चुनौतीहरूको महत्त्वपूर्ण भागलाई सम्बोधन गर्नेछ। यसले नागरिकमा पर्ने आर्थिक र भौतिक नोक्सानलाई कम गर्नेछ र श्रमशक्तिको अन्तर्राष्ट्रिय आकांक्षाहरू व्यवस्थापन गर्न नेपालको सार्वभौमसत्तालाई सुदृढ पार्नेछ। तर, सरकारको निष्क्रियताले आम नेपालीको सङ्घर्षप्रति व्यापक उदासीनता झल्काउँछ ।

    यस विषयमा नेपाल सरकारको मौनताको आलोचना भएको छ । श्रम तथा रोजगार मन्त्रालय, परराष्ट्र मन्त्रालय र अन्य सम्बन्धित निकायहरूले अझै पनि यी चिन्ताहरूलाई सम्बोधन गर्न सकेका छैनन्, आप्रवासी कामदारहरूलाई पर्याप्त सहयोग विहीन छोडेर। यस कार्यको अभावले बेइमान एजेन्टहरू र रोजगारदाताहरूद्वारा शोषणमा निम्त्याएको छ, जसको परिणामस्वरूप कम पारिश्रमिक र विदेशमा रहेका नेपाली कामदारहरूको लागि प्रतिकूल काम गर्ने अवस्थाहरू छन्।

    बास्तोलाको अपीलले नेपाली आप्रवासी कामदारहरूको अधिकार र कल्याणको रक्षा गर्न कूटनीतिक हस्तक्षेपको तत्काल आवश्यकतालाई जोड दिन्छ । उल्लेखनीय नेपाली श्रमशक्ति भएका देशहरूमा नेपाली दूतावासको अनुपस्थितिले कामदारहरूलाई असुरक्षित र असहयोगित बनाएको उनको भनाइ छ । त्यस्ता राष्ट्रहरूमा दूतावास स्थापना गर्ने र नेपाली नागरिकहरूलाई आवश्यक कानुनी र प्रशासनिक सहयोग उपलब्ध गराउन पोर्चुगलमा कन्सुलर सेवाहरूको पुन: स्थापना गर्ने उनको आह्वान समावेश छ।

    प्रभावितहरूको आवाज

    पोर्चुगलमा भर्खरै आएका आप्रवासी अशोक घिमिरेले भने, “हामीले बाँचिरहेको अराजकताको वर्णन गर्न पनि सुरु गर्न सक्दैनौं । कन्सुलर समर्थन बिना, हामी यस देशमा अदृश्य छौं । आधारभूत अस्तित्व असम्भव महसुस हुन्छ ।” अशोकले राम्रो जीवनको खोजीमा पोर्चुगलको यात्रा गर्न धेरै ऋण लिएर बसेकाहरूको दु:खको वर्णन गरे।

    अत्यावश्यक सेवाहरूको अभावले नेपाली कामदारहरूले आधिकारिक समयसीमा पूरा गर्न नसक्ने गरी उनीहरूको स्थितिलाई थप खतरामा पारेको काशिराम काफ्ले बताउँछन् ।

    पूर्व अवैतनिक महावाणिज्यदूत मकरबहादुर हमालको कार्यकालमा प्रणालीगत अकुशलता र भ्रष्टाचारको आरोपका कारण अवस्था बिग्रिएको हो । नेपालीहरूले सेवाहरूका लागि अत्यधिक शुल्क लिने र अनावश्यक ढिलाइ सहनु परेको बताउँछन् ।

    आर्थिक शोषणले चोटमा अपमान थप्छ। नेपालीहरूले फ्रान्सेली दूतावास मार्फत अनिवार्य कागजात प्रमाणिकरणका लागि २५० यूरो – धेरैको एक महिनाको तलब तिर्नु पर्छ, यो प्रक्रिया शंकास्पद उद्देश्यका साथ मध्यस्थकर्ताहरूको एकाधिकार हो । सेवालाई छिट्टै गर्नका लागि गुण्डाहरूले घुस मागेको रिपोर्टहरू बाहिर आएका छन्, जसले समुदायको पीडालाई अझ बढाएको छ।

    “हरेक दिन अदृश्य शत्रु विरुद्धको लडाइँ जस्तो लाग्छ,” कमलनयन शर्माले गुमाएका अवसरहरू र समुदायमा बढ्दो तनावको हृदयविदारक वर्णन गरे । “हामी यहाँ कडा परिश्रम गर्न, हाम्रो परिवारको पालनपोषण गर्न आएका थियौं, तर अहिले हामी निराशाको चक्रमा फसेका छौं ।”

    पोर्चुगलमा नेपालीको अधिकारका लागि वर्षौंसम्म वकालत गर्दै आएका केशवप्रसाद बास्तोलाले पनि यही भावना व्यक्त गरे । “हाम्रा जनतालाई वस्तुको रूपमा व्यवहार गरिन्छ, कुनै सुरक्षा जाल वा प्रतिनिधित्व बिना विदेशी श्रम बजारमा बेचिन्छ,” उनले भने । भ्रष्टाचार र शोषणको बिरूद्ध बोल्ने धम्कीको सामना गर्नु परे पनि केशवले आफ्ना साथी नेपालीका लागि न्यायको माग गरिरहन्छन् ।

    नेपाल सरकार आफ्नै जनताप्रति किन उदासीन छ ? प्रेम कार्की प्रश्न गर्छन्, उनी कन्सुलर सेवाहरू पुनः सुचारु गर्न तत्काल आवश्यकता रहेकाे बताउँछन् । “हामी मानव हौं, तथ्याङ्क होइन । हाम्रो जीवन महत्त्वपूर्ण छ, र यो उपेक्षाले हामीलाई नष्ट गरिरहेको छ।”

    नेपाल सरकारले भर्खरै प्रकाशमणि पौडेललाई पोर्चुगलका लागि राजदूत नियुक्त गरे पनि दूतावासको सञ्चालन अनिश्चित छ । यसबीचमा पोर्चुगल र छिमेकी मुलुक माल्टा, सर्बिया, क्रोएसियामा कूटनीतिक प्रतिनिधित्व नहुँदा हजारौं नेपालीले पीडा भोग्नु परेको छ ।

  • पुरानो बसपार्कमा निर्माणधिन टावरमा अनियमितता: काठमाडाैं महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही सिफारिस

    पुरानो बसपार्कमा निर्माणधिन टावरमा अनियमितता: काठमाडाैं महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही सिफारिस

    काठमाडौं । काठमाडौं महानगरपालिका–२८ पुरानो बसपार्कमा निर्माण सुरु गरिएको व्यापारिक टावर निर्माणका लागि भवन निर्माणको नक्सा पासमा अनियमितता भएको पाइएको छ ।

    महानगरपालिका प्रवक्ता नवीन मानन्धरका अनुसार कामपाको आधिकारिक नक्सा पास प्रणालीबाट स्वीकृत भएको छैन् ।

    भवन निर्माणको नक्सा पास कागजागतको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको प्रवक्ता मानन्धरले बताए ।

    उक्त विषयमा थप छानविन गरी नियम विपरित कार्य गर्ने जोकसैलाई कानून बमोजिम कारवाहीका लागि सिफारिस गर्न उनले माग गरेका छन् ।

    यस्ताे छ प्रेस विज्ञप्ति

    काठमाडौं महानगरपालिका वडा नम्बर २८ पुरानो बसपार्कस्थित कि.नः १३७३ क्षेत्रफल २३–५–३–३ जग्गामा काठमाडौं महानगरपालिकाको नाममा टावर निर्माण गर्न २०७१/११/२० मा का.म.पा को कार्यपालिका वैठकको निर्णय भई मिति २०७१/११/२२ मा श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लि. र का.म.पा बिच दुई पक्षीय सम्झौता भएको यहाँहरुलाई अवगत नै छ ।

    सोही कार्यको लागि मिति २०७२/४/२३ मा राष्ट्रिय दैनिक गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरि २०७२/५/६ मा प्लिन्थ लेभल सम्म नक्सा पास भएको मिति २०७३/४/३० मा श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लि. र का.म.पा बिच निर्माणको अवधि पाँच वर्ष सहित जम्मा ३० वर्षको लागि डिजाइन निर्माण सञ्चालन र हस्तान्तरणको ढाँचामा दुई पक्षिय सम्झौता समेत भएको देखिएको थियो । साथै मिति २०७४ बैशाख ८ गते दुवै पक्षविच मिति २०७३ बैशाख १३ मा कामपाले स्वीकृत गरेको नक्साभन्दा विपरीतको संरचना निर्माण गर्न नपाइने गरी सहमति पत्रमा हस्ताक्षर भएको छ । सो बमोजिम भवन निर्माण इजाजत जारी सम्बन्धमा दुई तल्ला basement र जमिन तल्लादेखि १० तल्लासम्म गरी जम्मा १२ तल्लाको निर्माण गर्न नक्सा पास गरेकोमा प्लिन्थ लेभल सम्मको निर्माण कार्य गर्न स्वीकृति प्रदान गरिएकोमा प्लिन्थ लेभलसम्मको निर्माण कार्य सम्पन्न भई कामपाको प्राबिधिक जांच पश्चात प्लिन्थ लेभलभन्दा माथिको नक्सा पास गरिसकेपछि मात्र माथिको निर्माण प्रक्रिया अगाडि बढाउनु पर्नेमा सो नगरी डवल basement प्लिन्थ लेभलभन्दा माथि दुई तल्ला basement र जमिन तल्लादेखि १० तल्लासम्म जम्मा १२ तल्ला स्ट्रक्चर मात्र निर्माण भएको देखिएको भनि वडा कार्यालयको इन्जिनियरबाट फिल्ड प्रतिबेदनमा पेस भएको छ ।

    श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लिबाट मिति २०८०/७/१ मा नक्सा पास म्याद थप तथा नक्सा संसोधन गर्न (भवन निर्माण मापदण्ड २०८० को FAR मापदण्ड वमोजिम) निवेदन पेस गरेको थियो । त्यस्तै काठमाडौँ भवन निर्माण मापदण्ड २०७५ परिच्छेद–२ दफा १३ बमोजिम निर्माण सम्पन्न भएको भवनको हकमा हालकायम रहेको दस्तुर लिई सुपर स्ट्रक्चर नक्सा पास गर्न सकिने व्यवस्था छ । सोही सम्बन्धमा निर्माण साझेदार जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लि. ले सुपर स्ट्रक्चर नलिइ निर्माण गरेको जम्मा बेसमेन्ट सहित १२ तल्लाको लागि जरिवाना लिइ नक्सा पास प्रकृया अगाडी बढाइएकोमा बिभिन्न समयमा कामपाको आधिकारिक नक्सा पास प्रणाली EBPS मार्फत नक्सा पास प्रकृया अगाडि बढाइएको थियो । सोही प्रकृयामा १२ तल्लाको नक्सा पास प्रकृया अगाडि बढाउनु पर्नेमा १९ तलाको संशोधित नक्सा पेश गरेको देखिन्छ । सो नक्सा मिति २०७४ बैशाख ८ गते दुवै पक्षविच भएको सम्झौता बिपरित भएकाले नक्सा संशोधन प्रकृया रोकिएको थियो । कामपाको आधिकारिक नक्सा पास प्रणाली EBPS बमोजिम मिति २०८०/११/२२ देखि प्राबिधिक कारणले रोकिएको प्रकृया विद्युतिय नक्सा पास प्रणालीमा मिति २०८१/५/३० गते प्रमुख प्रशासकीय अधिकृतले विभागीय प्रमुख हरिशचन्द्र लामिछानेलाई फर्वाड गरिएको देखिन्छ । साथै २०८१/६/१० गते हरिशचन्द्र लामिछानेले रजिस्ट्रेसन डेस्कको अनिरा तुलाधर,अनिरा तुलाधरले वार्ड ईन्जिनियर शुशिल केसीलाई , शुशिल केसीले निर्मल कुमार भट्टराईलाई र निर्मलकुमार भट्टराईले हरिशचन्द्र लामिछानेलाई फर्वाड गरेको देखिन्छ ।

    २०८१/६/१३ मा हरिशचन्द्र लामिछानेले निर्मल कुमार भट्टराइलाई र २०८१/६/१८ मा निर्मल कुमार भट्टराईले सुधा रिजाललाई र सुधा रिजालले निर्मलकुमार भट्टराईलाई फरवार्ड गरेको देखिन्छ । मिति २०८१/६/२० मा निर्मलकुमार भट्टराईले हरिश्चन्द्र लामिछानेलाई फरवार्ड गरी आज मिति २०८१ पुस ५ गतेका दिनसम्म कामपाको आधिकारिक नक्सा पास प्रणलीमा विभागीय प्रमुखको डेक्समै रहेको देखिन्छ । उल्लेखित व्यहोरा बमोजिम सो भवनको नक्सा हालसम्म स्वीकृत भएको छैन । तर भवन निर्माणको नक्सा पास कागजागतको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको देखिन्छ । यस विषयमा थप छानविन गरी नियम विपरित कार्य गर्ने जो कसैलाई कानून बमोजिम कार्वाही प्रक्रियाका लागि सम्वन्धित निकायमा सिफारिस गरिन्छ ।

    धन्यवाद

    नवीन मानन्धर
    प्रवक्ता
    काठमाडौं महानगरपालिका
    मिति २०८१/९/५

  • मेयर बसन्तकुमार श्रेष्ठ मुछिएकाे बागलुङ बहुउद्धेश्यीय सहकारीकाे अपचलनबारे सरकारी निकायबाट भएन सुनुवाइ

    मेयर बसन्तकुमार श्रेष्ठ मुछिएकाे बागलुङ बहुउद्धेश्यीय सहकारीकाे अपचलनबारे सरकारी निकायबाट भएन सुनुवाइ

    काठमाडौं । विगत २ महिनाअघि उब्जिएको अध्यक्ष र प्रवन्धकको झगडाले यतिबेला बागलुङको जेठो सहकारी मानिएको बागलुङ बहुउद्धेश्यीय सहकारी संस्था बद्नाम बनेको छ । सहकारीका अध्यक्ष अशोक गोविन्द राजभण्डारी र सहकारीका तत्कालीन प्रवन्धक दिनेश पन्तबीचको झगडा यतिबेला छताछुल्ल भएको हो ।

    संस्थाले पन्तलाई २०८० मंसिर १० गते प्रबन्धकको जिम्मेवारी सुम्पेको थियो । सहकारीको विधानअनुसार, निश्चित समयपछि करारमा राखेको कर्मचारीको म्याद थप गर्ने वा सेवाबाट बिदा गर्ने नियम हुन्छ ।

    त्यसअनुसार नै संस्थाले प्रवन्धक पदमा पन्तलाई ६ महिना अर्थात २०८१ जेठ मसान्तसम्म थियो । त्यसपछि सहकारीले प्रवन्धकको म्याद ३ महिना थप्ने बोर्डको बैठक बसेर निर्णय भएको देखिन्छ । पछिल्लो पटक थपिएको म्याद गत २०८१ भदौ ३१ गते सकिएपछि संस्थाले प्रवन्धक पन्तको म्याद थप गरेन् । किनकी, सहकारीमा प्रवन्धकको जिम्मेवारीमा पन्त भित्रिएसँगै अध्यक्ष राजभण्डारीसँग झगडा सुरु हुन थालेको थियो ।

    राजभण्डारी सहकारीको संस्थापक र बहालवाला अध्यक्ष पनि उनै छन् । सहकारी स्थापनादेखि नै जोडिएकाले अध्यक्ष राजभण्डारीको संस्थामा बढी हैकम चल्ने गरेको संस्थाकै कतिपय कर्मचारीले बताउने गरेका छन् । संस्थामा प्रवन्धकको रुपमा पन्त भित्रिएसँगै उनले सहकारीले विगतमा गरेको कारोबार र बचतकर्ताको बचत रकम कसरी पारदर्शी रुपमा कारोबार भएको छ कि छैन भनेर खोजतलास गर्न थाले ।

    पन्तको कार्यशैलीप्रति सुरुदेखि नै असन्तुष्ट रहेका अध्यक्ष राजभण्डारीले म्याद थप नगरी संस्थाबाट बिदाइ गरे । वर्षौँ पुराना कारोबार र विवरणहरु समेत नियमसंगत नदेखिएको र आफूले संस्थाको हितका लागि आवाज उठाउँदा उल्टै आफुमाथि गालीगलोज र मानमर्दन गरिएको पन्तको आरोप छ । जुन, कुरा संस्थाको सिसिटीभी फुटेजमा स्पष्ट देख्न सकिन्छ । जहाँ, अध्यक्ष राजभण्डारीले कुर्सीमा बसेका पन्तलाई हातमा तानेर निकालेको देखिन्छ । अध्यक्षका छोरा निलेश राजभण्डारीले पन्तलाई सम्झाइबुझाइ गरेको र केही कुराको विवाद गरे जस्तो देखिन्छ ।

    २०८१ भदौ ३१ गते हतार हतार प्रवन्धक पदमा नहरेको भन्ने ब्यहोराको विज्ञप्ति सहकारीले सूचना टाँसेर जानकारी गराएको थियो । तर, म्याद थप नगरी पदमा नरहेको जानकारी समेत नगराएको पन्तको आरोप छ । त्यसको भोलिपल्ट अर्थात २०८१ असोज १ गते पन्त सहकारीको कार्यालयमा पुगेर प्रबन्धकको कुर्सीमा बसेपछिको विवाद सीसीटीभीमा देख्न सकिन्छ ।

    बोर्डको माइन्युट नै किर्ते !

    सहकारीका अध्यक्ष अशोक गोविन्द राजभण्डारीले सहकारी सञ्चालक समिति सदस्यको हस्ताक्षर प्रयोग गरि माइन्युट नै किर्ते गरेको प्रमाण फेला परेको छ । सहकारी संस्थाको २०८१ साल जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले कुनै पनि निर्णय भने गरेको थिएन ।

    तर, अध्यक्षले माइन्युट नै किर्ते गरेर प्रवन्धकको म्याद थप गर्ने निर्णय गरेको देखिन्छ । सो मितिको संस्थाको निर्णयपुस्तिका(माइन्युट) हेर्ने हो भने एउटामा प्रस्तावहरु र निर्णय केही नभएको देखिन्छ । तर, सबै सञ्चालक समिति सदस्यको हस्ताक्षर रहेको उक्त माइन्युटमा बिशुद्ध फरक अक्षरहरु देख्न सकिन्छ ।

    उता, पन्तले भने सो मितिमा आफू संस्थामै रहेकाले कुनै निर्णय नभएको दाबी गरेका छन् ।

    हेर्नुहोस्, यी दुई फरक माइन्युट

    बचतकर्ताको बचत अपचलन भएकै हो ?

    संस्थाका पूर्व प्रवन्धक पन्तले आम बचतकर्ताको बचत रकम समेत अपचलन गरिएको गम्भीर आरोप लगाएका छन् । संस्थालाई सहकारी ऐन अनुसार चलाउन खोज्दा आफुलाइ सेवाबाट गलह्याएर निकालिएको पन्तको भनाइ छ ।

    बचतकर्ताको रकम कसरी अपचलन भयो भन्ने प्रश्नमा पन्तले केही प्रमाण पठाएका छन् । जसमा ५५५ जनाको करिब १६ लाख रुपैयाँ अध्यक्षको हस्ताक्षर चल्ने खातामा सारिएको पन्तको आरोप छ । उनको आरोप पुष्टि हुने केही प्रमाण भने प्राप्त भएको छ ।

    आम बचतकर्ताको सहकारीको खाता बन्द गरि अध्यक्षले आफ्नो व्यक्तिगत खातामा रकम ‘ट्रान्सफर’ गरेका कतिपय सहकारीका चेकहरु पनि प्राप्त भएको छ । जुन, यसप्रकार छन् ।

    यता, संस्थाका अध्यक्ष अशोक गोविन्द राजभण्डारीले सहकारीका सेयर सदस्यको बचत रकम अपचलन नभएको दाबी छ । वर्षौँदेखि कारोबार नगरेका र पुराना सेयर सदस्य खाता बन्द गरिएको उनले स्वीकार गरे ।

    उनले सहकारीमा निक्षेप राखेका पुराना बचतकर्ताको रकम पनि सम्पर्कमा आएकालाइ दिइरहेको बताए । सहकारीबाट बचत नपाइएको गुनासो अहिलेसम्म नरहेको र आफुले सहकारीलाई नियमसंगत रुपमा नै यो स्थानमा ल्याएको अध्यक्ष राजभण्डारीले बताए ।

    विवादमा तानिए मेयर श्रेष्ठ

    अध्यक्ष र प्रवन्धकको झगडाले सहकारी संस्थाको बद्नाम मात्र भएन । यो मुद्धाले त अन्य पक्षलाइ समेत विवादमा तानिदिएको छ । खासगरी, बागलुङ नगरपालिका प्रमुख बसन्तकुमार श्रेष्ठले सहकारीबाट १० वर्षदेखि बिनाधितो ऋण लगेर अहिलेसम्म नतिरेको आरोप लागेको छ । अर्थात्, संस्थाका अध्यक्षले आफू अनुकुलका व्यक्तिलाई बिना धितो ऋण दिएको र वर्षौदेखि नतिर्दा समेत संस्था नबोलेको कतिपयको बुझाइ छ ।

    यहाँ बुझ्नुपर्ने कुरा के छ भने बसन्तकुमार श्रेष्ठ बागलुङ नगरपालिकाको प्रमुख हुनुभन्दा पहिले उनी उक्त संस्थाको सेयर सदस्यसमेत रहेको खुल्न आएको छ । तर, १० वर्ष अघि लगेको संस्थाको ऋणको ब्याज र साँवा श्रेष्ठले नतिरेको आरोपसहितका खबरहरु बाहिरिएका छन् ।

    गत मंसिर १६ मा हुलाक सञ्चार डटकमले बागलुङ बहुउद्धेश्यीय सहकारीको बेतिथीः बसन्तुकुमार श्रेष्ठले १० वर्षदेखि तिरेनन् ऋण भन्ने शिर्षकको समाचार प्रकाशित गरेको थियो । जसमा १० वर्षअघि १० लाख रुपैयाँ बिनाधितो ऋण लगेर मेयर श्रेष्ठले अहिलेसम्म साँवा र ब्याज केही नतिरेको पन्तको आरोप छ ।

    तर, बागलुङ नगरपालिका मेयर बसन्तकुमार श्रेष्ठले अरु कसैका लागि गाडी खरिद गर्न सहकारीबाट ऋण निकाल्न जमानी बसेको र सबै ऋण तिरिसकेको दाबी गरे ।

    ‘मैले एकजनालाई गाडी किन्न पर्यो भनेर १० लाख रुपैयाँ ऋणका लागि जमानी बसेको साँचो हो । पछि, उहाँले ५ वर्ष गाडी चलाउँदै साँवा÷ब्याज बुझाउनुभयो,’ मेयर श्रेष्ठले भने, ‘उहाँ गाडी किन्ने मान्छे बित्नुभयो । असुल्न बाँकी रकम गाडी नै तानेर भए पनि असुल्न भनेको थिए । नभए त्यो ऋण त मैले वा मेरो छोराले पनि तिर्नुपर्छ ।’ मेयर श्रेष्ठले आफुले छुट्टै रुपमा ऋण भने नलिएको बताए ।

    बागलुङमा सबैभन्दा राम्रो र पुरानो सहकारीका रुपमा बागलुङ सहकारी रहेको भन्दै सामान्य विवादको विषयलाई अतिरञ्जित गरि मेयरलाई नै विवादमा पार्ने काम भएको बताए । यसबारे नगरपालिकाले संस्थाबाट कागजात मगाउने, विषयको सोधीखोजी गर्ने र आवश्यक कानुनी प्रक्रियामा जाने श्रेष्ठले बताए ।

    के भन्छन् सञ्चालक समितिका पदाधिकारी ?

    सहकारीको पछिल्लो विवादित विषयमा सञ्चालक समितिका पदाधिकारीहरुबीच फरक मत छ । सहकारीको सञ्चालक समिति सदस्यहरु १३ जना छन् । अधिकांश पदाधिकारीहरु यो विषयमा बोल्न चाहँदैनन् ।

    कतिपय सहकारीका सञ्चालक समिति सदस्यहरुले संस्थामा बचतकर्ताको रकम अपचलन नभएको र नियमसंगत नै चलेको बताएका छन् । कतिपय सदस्यले भने संस्थाको विगत कोट्याएर अध्यक्ष र पूर्वप्रवन्धकबीचको झगडा मात्र भएको बताएका छन् ।

    सहकारी संस्थाका संरक्षक समेत रहेका देवबहादुर श्रेष्ठले सहकारीमा आवद्ध भइसकेपछि अध्यक्ष र प्रवन्धकको आ–आफ्नै अहमताका कारण झगडा उब्जिएको बताउँछन् । ‘सहकारी हाम्रो मात्र होइन, अरु सहकारीमा पनि समस्या आउँछ,’ उनले भने, ‘सहकारी संस्था सहकार्यमा चल्नुपर्छ । त्यसका लागि संस्थाका जिम्मेवार पदाधिकारीमा अहमता हुनुहुँदैन ।’

    आफू वृद्ध उमेरको रहेको बताउँदै श्रेष्ठले बागलुङ सहकारी संस्थाको बोर्ड बैठकमा नगएकै ४/५ महिना भइसकेको बताए । श्रेष्ठले यसो बताइरहँदा उता सहकारी संस्थाको प्रत्येक सञ्चालक समिति बैठकमा उनकै हस्ताक्षरमा ‘माइन्युट’ लेखिने र निर्णय हुने गरेको छ ।

    संस्थाका अर्का सदस्य सहदेव राजभण्डारीले प्रवन्धकले आफुमाथि म्याद नभएपछि रिस पोखेको बताए । ‘खास त अध्यक्ष र प्रवन्धकबीचै झगडा हो । उहाँलाई म्याद थप नगरेपछि उहाँले रिस फेर्नुभएको छ । त्यसो गर्नु हुँदैनथ्यो ।’

    सहकारीका अर्को बोर्ड सदस्य पशुपति सापकोटाले २० औं वर्षअघि स्थापना भएको सहकारीमा सामान्य विवाद र समस्या आउनु स्वभाविक रहेको बताउँछन् । ‘निकै पुरानो सहकारी हो । विगतमा के कस्तो कारोबार भयो, कसरी कारोबार गरियो । कहीँ न कहीँ समस्या थियो होला ’ उनले बताए ।

    ‘उहाँ प्रवन्धकमा आएपछि अध्यक्षसँग नै बढी विवाद हुन थाल्यो । उहाँले धेरै पुराना विवरण खोल्ने काम गर्ने, अध्यक्षको अनुमतिबिना निर्णय गर्ने, कार्यसमितिको निर्णय लाद्नेलगायतका कार्य गर्नुभयो,’ उनले भनिन्, ‘तर, बाहिर आएजस्तो बचतकर्ताको पैसा अपचलन भएको छैन् । बोर्ड बैठक नियमित रुपमै बसेर निर्णय गर्ने गरेको छ ।’

    त्यस्तै, प्रबन्धकको म्याद थप नगरेकै कारण पूर्व प्रवन्धकले झगडाको बिउ नै रोपेको संस्थाको बोर्ड समिति सदस्य लक्ष्मी शाक्यले बताइन् । उनले बचतकर्ताको रकम अपचलन नभएको दाबी गरिन् ।

    बोर्डको सदस्यमा सापकोटालाई मनोनित गरे पनि उनी पछिल्लो ३/४ महिना संस्थाको कुनै पनि बैठकमा सहभागी नभएको बताए । तर, गत २०८१ जेठ २८ गते बसेको सहकारीको सञ्चालक समितिको बैठकको माइन्युटमा सापकोटाले हस्ताक्षर गरेको देखिन्छ ।

    सहकारीको बोर्ड सदस्य निर्मला जीसी र संस्थाका सह–सचिव उषा पौडेलले संस्थाको विवादित विषयबारे बोल्न चाहेनन् । दुवै जनाले अरु व्यस्तता देखाउँदै पछि कुरा गर्ने भन्दै पन्छिए ।

    सरकारी निकायबाट भएन सुनुवाइ

    सहकारीको पछिल्लो विवादित मुद्धा समाधानका लागि संस्थाका अध्यक्ष अशोक गोविन्द राजभण्डारी र पूर्वप्रवन्धक दिनेश पन्त आ–आफ्नो ढंगले प्रशासन र नगरपालिकामा निवेदन दर्ता गराइसकेका छन् ।

    तर, सरकारी निकायबाट उक्त विवाद समाधानका लागि कुनै सुनुवाइ हुन सकेको छैन । हुन त पन्तले पनि हालसम्म पनि संस्थाको बुझबुझारथ र तालचाबी बुझाएका छैनन् । आफूमाथि गरेको मानमर्दन र बचतकर्ताको रकम अपचलन गरेर आर्थिक हिनामिना गरेको उनको आरोप छ ।

    उनले आफूमाथि अध्यक्षले गालीगलोज र मानमर्दन गरेको र संस्थामा आर्थिक हिनामिना भएकोबारे आवश्यक छानबीन गरी आवश्यक कारबाही गर्न जिल्ला प्रशासन कार्यालय बागलुङमा गत मंसिर ८ गते निवेदन दर्ता गरेका थिए ।

    तर, बागलुङ प्रशासनले भने अहिलेसम्म निवेदनउपर सुनुवाइ नभएको पन्तको भनाइ छ । त्यस्तै उनले बागलुङ नगरपालिका र श्रम अदालतमा समेत निवेदन दिएका छन् ।

    त्यस्तै, सहकारीका अध्यक्षले अशोक गोविन्द राजभण्डारीले संस्थाको यर्थाथ विवरण नगरपालिकाले माग गरेकाले सम्पूर्ण विवरण पेश गरिएको बताए । त्यस्तै, जिल्ला प्रशासन कार्यालयमा समेत सहकारीले पत्र लेख्दै पूर्व प्रवन्धकले अहिलेसम्म संस्थाको तालाचाबी बुझबुझारथ समेत नबुझाएको भन्दै आवश्यक छानविन गरी सहयोग गरिदिन आग्रह गरेको हो ।

    उता जिल्ला प्रशासन कार्यालय बागलुङले सहकारीको सन्दर्भमा देखिएको समस्या समाधानका लागि दुवै पक्षबाट छानीबन र सहजीकरण गर्न निवेदन दर्ता भएको जनाएको छ । दुवै पक्षको निवेदनलाई आधार मानेर दुवै पक्षसँग छलफल गरी विवाद समाधान गर्न खोजिएको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले बताए ।

    देशभर नै सहकारीमा समस्या देखिएका बेला बागलुङ सहकारीका सन्दर्भमा त्यति ठूलो विवाद भने नरहेको उनले बताए । ‘हामीले त्यस सहकारीका विषयमा आएका निवेदन हेरेर आवश्यक जानकारी लिएका छौं, दुवै पक्षलाई बोलाएर कुरा गर्न खोजिरहेको छु ’ उनले बताए ।

  • युवतीसँग इन्गेजमेन्ट गरेका पीटरलाई बेहुली बन्ने रहर

    युवतीसँग इन्गेजमेन्ट गरेका पीटरलाई बेहुली बन्ने रहर

    काठमाडौं । आफ्नो लैङ्गिक पहिचान कसले गर्ने–समाज, विज्ञान वा आफैंले ? प्रश्न जटिल छ तर प्राकृतिक रुपमा वा आत्म सम्मानका लागि आफ्नो पहिचान आफैं गर्न हाम्रो समाज स्वतन्त्र मानिन्छ । व्यक्तिगत रुची, आत्मसन्तुष्टि वा स्वभावले मानिसलाई एकाएक बदलिदिन्छ । कुनैबेलाका ‘अनुज’ अर्थात ‘अशोक राई’ ‘पीटर’ मा रुपान्तरित हुँदाको कथा निकै रोचक छ ।

    उनको नागरिकतामा नाम अनुज थियो, घरमा बोलाउने नाम अशोक । तर हिजोआज उनी पीटर राईबाट चर्चित छन् । पहिचानको लडाईका क्रममा उनको नाम बदलिएको छ । उनी हुन् ट्रान्सजेन्डर महिला । जन्म पुरुष तर अहिले महिलाको स्वरुप, घर परिवार र समाजसँग नभएर सुरुदेखि आफैंसँग जुधेर आफ्नो पहिचान बदलेका हुन् ।

    छोराको अंग लिएर जन्मिए पनि स्वभाव र हाउभाउ छोरीको जस्तो भएकाले उनी सानैबाट परिवारमा फरक नै थिए। खोटाङमा जन्मिएर काठमाडौंमा उच्च शिक्षा अध्ययनका क्रममा उनले लैङ्गिक पहिचान बदल्न निकै ठूलो संघर्ष गर्नपर्यो ।

    ‘म परिवारको जेठो सन्तान, जन्मिंदा छोराको अंग लिएर जन्मिए पनि आफूलाई सानैदेखि छोरीको स्वभावमा उतार्थें, फुटबल भन्दा भाडाँकुटी खेल्ने रहर, छोरीकै पहिरन मन पराउँने, बाल्यकाल अलिअलि याद छ,’ ३७ वर्ष अघिको आफ्नो वाल्याअवस्था सम्झँदै अहिले आफूलाई पीटर भन्न रुचाउँने उनले सुनाइन्, ‘टीनएज हुँदै गएपछि फुपुहरु मलाई अशोक धेरै केटीसँग संगत गरेर केटी जस्तै भयो भन्नुहुन्थ्यो,’उनले अघि भने,‘जब बाल्यकालबाट म टीनएजमा लागें, सायद ११ वर्ष जतिको थिएँ होला, अरु केटाहरु देख्दा जीउ सिरिङ्ग हुन्थ्यो, त्यसरी नै बाल्यकाल बित्यो।’

    काठमाडौंको धुम्बाराहीमा रहेको नीलहिरा समाजको केन्द्रीय कार्यालयमा भेटिएका उनले २०२१ मा मात्रै आफूले आफू के हुँ भन्ने जानकारी पाएको बताइन्।

    ‘अहिले म यो स्वरुपमा छु, यसै आज पीटर बनेको होइन, अंग एउटा तर चाहना अर्को हुँदा पहिले त आफैंसँग लडें । त्यसपछि समाज र परिवारसँग । धेरै समय म कोहुँ भन्ने मलाई नै थाहा भएन, यहाँ (नील हिरा समाज २०१२ तिर) आएपछि मात्रै म को हुँ भन्ने थाहा पाएँ, आफ्नो अंग र चाहनाको वास्तविकता बुझेँ,’ उनले सुनाइन्।

    शिक्षित परिवारमा जन्मिएका त्यसबेलाका अनुजको स्कूले नाम अनुज राई र घरको नाम अशोक थियो। घरमा अशोक भनेर बोलाउने, स्कूलमा उनका साथीहरु पनि उनलाई कहिले अनुज त कहिले अशोक भन्ने गर्थे। फुपु र बहिनीहरुका बिचमा हुर्किएका उनलाई स्कूलमा आफ्नै बाबा ममीसमेत पढाउने भएकाले असहज भएन।

    ‘म त फुपुहरुका बिचमा हुर्किएँ, बहिनी र भाईहरु पनि थिए, स्कूलमा बाबा प्रिन्सिपल र ममी पनि स्कुल पढाउने भएकाले मलाई सानोमा त असहज भएन, साथीभाईहरुले मलाई हेप्नै सक्दैनथे, हेड सर को छोरा म,’ विगत सम्झँदै हाँसोसहित उनले भनिन्। स्कूले जीवन (प्लसटु)सकेपछि त्यतिबेलाका अनुजलाई परिवारले काठमाडौंमा पढाउने निधो गर्यो। आफू भन्दा कान्छी बहिनी र भाईहरुकोसमेत रेखदेख उनको काँधमा आयो। काठमाडौंमा उनी अभिभावकीय जिम्मेवारीमा बाँधिए।

    ‘मलाई घरमा पनि विभेद् थिएन, हामी एकदमै नियममा हुर्किएका थियौं, स्कुल जानेदेखि, खाना खाने र बेलुकी टीभी हेर्नसम्म रुल्स थियो।’ उनले पारिवारिक अवस्थासँगै आफूलाई जोड्दै लगिन्,‘बाबा शिक्षक भएकाले एउटै मात्रै कन्सेप्ट थियो पढ्नु पर्छ, मलाई स्कूल सकिएपछि बाबा ममीले स्नातक पढाउन काठमाडौं राख्नुभयो, मेरो जिम्मेवारी त्यसपछि थपियो।’

    त्यतिबेलासम्म अहिलेकी पीटर अनुज नै थिए । काठमाडौंमा कलेज जीवन थियो। भर्खरै कलेज पढ्न थालेकाले उत्साह पनि, नयाँ जोश पनि। त्यसबेलाका अनुज कलेज र बानेश्वरको डेरा आउजाउ गर्न थाले। कलेजमा साथी बने। साथीका साथीहरुसँग पनि चिनजान भयो। उनले अगाडि भनिन्, ‘त्यो बेला कलेजमा सबैका ब्वाइफ्रेण्ड थिए, म चाँही केटा भएर केटा नै मन पराउन थालेँ, मलाई त्यस बेलादेखि केटाहरुप्रति आकर्षण बढ्दै गएको थियो, स्वभाव महिलाको जस्तो भए पनि त्यो बेला म केटै थिएँ, केटा भएर केटा नै मन पराउन थालेछु ।’

    पीटरले त्यसपछि फेरि खोटाङ रहँदाका प्रसंगमा आफूलाई खुलाइन्, ‘त्यसबेला भूमिका श्रेष्ठले टीभीमा कार्यक्रम चलाउनुहुन्थ्यो, त्यो कार्यक्रम म लुकीलुकी हेर्थेँ, भुमिकालाई देख्दा मान्छे चाँही कति राम्री स्वर चाँही केटाको जस्तो भन्ने लाग्थ्यो, त्यही क्रममा म पढ्दै गर्दा काठमाडौं आएँ,’ उनको कथा फेरी काठमाडौंतर्फ नै मोडियो।

    ‘काठमाडौं आएपछि मैले भाईबहिनीलाई पढाउनुपर्ने थियो, म अभिभावककै रुपमा बस्नुपर्ने भयो, त्यो समय मैले आफूलाई टाइम दिन भ्याइन, व्याच्लर्सको पढाइ सकें।’ उनले भन्दै गइन् ‘त्यही दौरानमा मैंले मास्टर्स पढ्न सुरु गरेँ, त्यो बेलासम्म पनि मैले म आफूलाई के हुँ भनेर चिन्न पाइन, त्यो समय नै मलाई प्राप्त भएन,’ उनी यसरी २०१५ अघि तिरै फर्किइन्।

    आफैंलाई आफू के हुँ भन्ने जानकारी नभएको अवस्थाबाट आफैंसँग संघर्ष गर्नु परेको उनको कथाले फेरी उनलाई भावुक बनायो। हाल आफूलाई पीटरको नाम दिएकी उनले आफूलाई पुरुषबाट मनदेखि आएको महिलाको आफ्नो पहिचानमा उतार्न पाइला पाइलामा संघर्ष गर्नु परेको सुनाइन्।

    ‘जब मेरो बहिनीको विवाह भयो, भाईहरु बाहिर गए (भाईहरुको पेशा उनकै आग्रहमा गोप्य राखिएको), त्यसपछि म एक्लो हुन थालें, त्यो एक्लोपनले मलाई को मनपर्छ ? मेरो चाहना के हो ? भन्ने थाहापाउन लागें, मेरो पहिलेदेखि नै फुपु र दिदीहरुसँग संगत थियो, केटाहरु दाजुभाईहरुसँग मेरो संगत भएन नै, उनीहरु मसँग साथीजस्तो पहिले देखि नै थिएनन्।’

    त्यसपछि उनलाई आफ्नो पहिचान खोज्नुपर्छ भन्ने लाग्न थाल्यो। समाजसँग कसरी खुल्ने भन्ने उनलाई डर पस्यो। ‘हामी घर बनाएर इमाडोल सर्यौ, त्यसै समयदेखि मलाई माया, आकर्षण र प्रेमका कुरा अलिबढी थाहा हुन लाग्यो, त्यसबेला म केटाको स्वरुपमा भए पनि केटी हुन चाहन्छु भन्ने लाग्दै गयो, तर मलाई कसरी खुल्ने भन्नेमा गाह्रो हुन लाग्यो,’ उनले भावुक हुँदै भनिन्।

    रुप एउटा चाहना अर्कै। चाहना अनुसार आफूलाई कसरी उतार्ने ? पीटरलाई चिन्ता बढ्यो। त्यस समय भर्खरै फेसबुक आएको थियो। फेसबुकबारे त्यसबेलासम्मका अनुजलाई जानकारी भयो। आफूलाई केटी बनाउन उनले फेसबुकको साहारा लिए। फेसबुकमा फेक आइडी खोले र साथी बनाएर च्याट सुरु गरे।
    ‘त्यतिबेला फेसबुकमा फेक आइडी बनाउने चलन धेरै थियो, मिग थ्रीमा ब्याइज लभ ब्वाइज भन्ने ग्रुप पनि हुन्थ्यो, त्यहाँ गएर म बोल्थे, फेक फेसबुक बनाएर बोल्न त्यहीबाट सिकें, म त ब्याचलर पास गरिसकेको मान्छे, मास्टर्स पढ्दै थिएँ, एक जनासँग आफन्तमार्फत विवाहको कुरा आयो,’ उनले दंग पर्दै भनिन्।

    घरमा जेठो सन्तानका रुपमा जन्मिएको त्यसबखतको अनुजलाई विवाहको कुरा आउनु पनि अचम्म लागेन। तर विवाह गर्ने कुरामा भने उनको मन नै मानेन। ‘बाहिर रहेका आफन्तमार्फत एउटी महिलासँग इन्गेजमेन्ट गरिदिनुभयो, बाबा ममीले नभनी नै मैले आफन्तकै सल्लाहमा इन्गेजमेन्ट त गरेँ, तर उनी भएको ठाउँसम्म म आफैं जान सकिन, उनी यता नआउने म उता नजाने भएकाले विवाह रोकियो,’ उनले त्यसबखतको प्रसंग सुनाउँदै भनिन्।

    मनले आफ्नो वास्तविक पहिचानको खोजी गरिरहेका उनलाई बहुतै ठीक भए जस्तो लागेछ। ‘त्यसबेला मैले एक दुई जना गे साथी बनाइसकेको थिएँ, उहाँहरु विवाहित नै हुनुहुन्थ्यो, उहाँहरुको सुझाव मलाई विवाह गर्नु पर्छ भन्ने थियो,’ उनले भनिन्।

    समय फेरिंदै थियो, इन्टरनेटले फड्को मार्दै गयो । अनुजले त्यसबेला चाइनाका एक जना व्यक्ति इन्टरनेटमार्फत नै भेटे। ‘पीटर’ नामका ती चाइनीजसँग उनको सम्वन्ध झाँगियो। अनुजको नजिकको साथी ती चाइनिज व्यक्ति पीटर भए।

    ‘मेरो चाइनाको पीटर भन्ने एक जना साथीसँग चिनजान भयो, उसँग म इन्टरनेटमार्फत एकदमै धेरै बोल्थे, उसँग मेरो लभ नै परे जस्तै भयो, म उसलाई एकदमै मन पराउँथे, उसँग बोल्न कुरा गर्न थालेपछि आफैंलाई के हुन्थ्यो के,’ उनले आफ्नो अनुभवबारे खुलाइन्।

    उनले ती चाइनिज पीटरलाई गरेको मायाले कुनै सीमा नै बाँकी राखेन। तपाई साथी जस्तै भएर सबै कुरा आज गर्दैछु उनले आफ्ना प्रेम कथा खोल्दै भनिन्, ‘उ नेपाल नआउने म चाइना जान नसक्ने, उसँग इन्टरनेटबाटै लभ पर्यो, भेट्न पाइन, तर आफ्नो फस्टलभको नाम नै मैले आफ्नो नाम राख्दिएँ, त्यसबेलादेखि म अशोक, अनुजहुँदै पीटर भएँ,’ उनले आफू स्कूलको अनुज, घरको अशोक र पीटर भएपछिको अवस्था र प्रेमबारे खुलाउँदै भनिन्,‘अनी म पीटर भएँ।’

    त्यसपछि आफूले फेरि पहिले जस्तै फेक आइडी चलाउँदै गएको उनले बताइन्। त्यही क्रममा आफूले एकजना केटा साथी भेटेको र आफू केटीका रुपमा उनीसँग भेट्न तयार भएको भन्दै उनले त्यस पललाई आँखामा उतार्दै भनिन्, ‘मैले फेरि फेक आइडी नै चलाउँदै गएँ, एक जना केटा साथी भेट भयो, वसन्तपुरमा उसँग डेट जाने कुरा भयो, मलाई खुसी पनि लाग्यो, असजह पनि भयो,’ आफू पहिलो पटक केटी बनेर कोही केटासँग भेट्न जान गरेको प्रयास थियो त्यो उनको, उनले बेलिविस्तार लगाइन्।

    ‘घरबाट कसरी निस्किने भन्ने तनाब त भइनै रह्यो, मैले १२ बजेको टाइम दिएको थिएँ, २ बजेतिर मात्रै उसँग भेट भयो, म उभन्दा केही पर नै बसेँ, सबैले मलाई नै हेरेजस्तो फिल भयो, आधा घण्टा जति उसँग कुराकानी भयो, त्यसपछि उ गयो,’ फेरी एकपटक बिदाई गरेजस्तै हात माथी उठाएर हल्लाउँदै पीटरले ती केटासाथीसँगको पहिलो भेटमा गरेको हाउभाउबारे खुल्दै भनिन्।

    त्यसपछि पीटरको नील हिरा समाजको हालकी अध्यक्ष पिंकी गुरुङ, समाजकै भुमिका श्रेष्ठ तथा सीमरन शेरचनसँग देखादेख भयो। त्यही दौरान पीटरका एक जना साथीको ‘मिस्टर गे’ भाग लिने कुरा चल्यो। आयोजक ब्लुडायमण्ड सोसाइटी नै थियो। ‘उ एक्लै आउन नसक्ने, त्यही बेला म पनि बीडीएसमा जोडिएँ, त्यसपछि मेरो बीडीएसमा आउजाउ बढ्यो, म त्यहीं इन्टर्नका लागि काम गर्न लागें, २०११।०१२ त्यतीबेला नै मैले गे, ट्रान्स भन्नेबारे बुझ्न थालें, त्यतिबेलासम्म म आफू गे हुँ भन्ने लाग्थ्यो,’ उनले सुनाइन्।

    नील हीरा समाजमा इन्टर्न गर्दै गएपछि पीटरले आफूले घरमा आफ्नो वास्तविक पहिचान बुझेको र आफूले प्रष्ट रुपमा परिवारसँग खोलेर कुरा गर्न पटकपटक प्रयास गरेको बताइन्। ‘जब मैले आफू ट्रान्स जेन्डर हुँ भन्ने थाहा भयो, त्यसपछि घरमा भन्ने आँट गरे, पटकपटक कोसिस गरे पनि सकिन, मलाई बाबाममीलाई भन्न एकदमै गाह्रो भयो, त्यसअघि फुपुदिदी र बहिनीलाई भनिसकेको थिएँ, उनीहरुले मलाई बाहिरबाट कपडा पठाउँदा केटीकै कपडा पठाउन थालिसकेका थिए, बाबाममीलाई नभने पनि केटीले नै लगाउने लुगा ल्याइदिन थाल्नुभयो,’ दिदी बहिनीले नै बाबाममीलाई भनेको हुन सक्ने संकेत गर्दै उनले भनिन्,‘दिदी बहिनीले नै भनेको भएर होला, उहाँहरुले मलाई गर्ने व्यवहार फरक हुँदै गयो, छोरीकै व्यवहार गर्न थाल्नु भयो, मैले आफैंले मुखै खोलेर उहाँहरुसँग भन्न सकिन।’ उनले सुनाइन्।

    पीटरको काम नीलहीरा समाजमा चल्दै थियो। इमाडोल घरबाट आउजाउ गाह्रो भयो। त्यसमाथी पनि केटीको कपडा लगाएर अफिस जान उनलाई सहज भएन, केटाको कपडा लगाउन मन भएन। त्यसपछि उनले इमाडोल नबसेर लाजिम्पाटमा कोठा खोजिन्, घरबाट केटाको स्वरुपमा निस्किने, लाजिम्पाट पुगेर महिलाको पहिरनमा अफिस जाने उनको दैनिकी भयो।

    ‘केही दिन घरबाटै आउजाउ भयो, झोलामा कपडा हालेर कोठामा पुगेर महिलाको पहिरनमा आफुलाई चेन्ज गरेर अफिस जान थालेँ,’ उनले सुनाइन्। बाबाममी घरमा नहुँदा भने घरबाटै महिलाको पहिरनमा अफिस जाने गरेको उनले बताइन्। ‘उहाँहरु घरमा नहुँदाचाँही म घरबाटै महिलाको पहिरनमा अफिस आउन लागें, फेरी बाबाममी आएपछि म घरबाट केटाको लुगा लगाएर आएपनि लाजिम्पाट कोठामा पुगेर कपडा फेरेरै अफिस आउने गर्थे,’ उनले आफ्नो कथा सुनाउँदै गइन्।

    ‘त्यसपछि मलाई विवाहका लागि घरमै केटा मान्छेको कुरा आउन थाल्यो, एक जना दिदीकै आफन्तकहाँबाट फेरि बाहिरै बस्ने केटाको कुरा आयो, मैले त्यो केटा मान्छेसँग कुरा पनि गर्न थालेँ, मलाई केटी बनेर विवाह गर्न त्यसबेला एकदमै रहर जाग्यो। मलाई विवाह भन्ने कुरा एकदमै ठूलो कुरा हो भन्ने लाग्न थाल्यो, तर भिषा पाइन, म ट्रान्स भएकै कारणले मलाई भिषा दिइएन, विवाह भएर पनि म जान पाइउँदिन की भन्ने लाग्न थाल्यो। एउटा केटी हुनु र ट्रान्स हुनुमा असर पार्दो रहेछ भन्ने त्यसबेला बुझेँ। एउटा डकुमेण्टले पनि कति असर पार्दोरहेछ भन्ने त्यसबेला बुझेँ,’ उनले आफ्ना छेकिएका रहर खोतल्दै भनिन्।

    यस वर्षको तिहार उनका लागि बाबाममीको अगाडि लक्ष्मी बन्न जुर्यो। बाबाममी घर बाहिरबाट फर्किदा घरका भित्तामा पीटरले राखेका आफ्नो महिला पहिरनको तस्वीरले बाबाममीको मन तानिसकेको रहेछ। ‘राम्री देखिएकी छौं, तिम्रो आइडेन्टीटी देखें’ भन्ने बाबाको वचनले पीटरलाई तिहारबाट बाबाममीका अगाडि छोरी स्वरुपमा खुलायो। उनले लक्ष्मी पूजाका दिन आफूलाई महिलाकै पहिरनमा बाबाममीका अगाडी उभ्याइन।

    ‘धेरैपटक कोसिस गरें सकिन, बाबाममी बाहिर गएका बेला घरको भित्तामा छोरी बनेको फोटो राखेको थिएँ, त्यो फोटो पहिलेपहिले झिक्दै राख्दै आएको थिएँ, तर यसपटक हटाइन,’ उनले भनिन्, ‘ओहो राम्री देखिएकी छौं’ बाबाको प्रतिक्रिया पाएको भन्दै उनले सुनाइन्। ‘मलाई ठूलो आँट आयो, छोरी बनेर आर्शिवाद मागेँ, पहिले छोरा भएर जन्मिएको अहिले छोरी भयौ, आँटेको सोचेको पुरा होस् भनेर आर्शिवाद दिनुभयो,’ उनले सुनाइन्।

    उनले आफ्नो पहिचान र स्वअनुभूतीले जितेको त्यो दिनलाई सम्झँदै भनिन्,‘त्यो दिन मेरा लागि विशेष दिन बन्यो, म घरमै पीटर भएँ, छोरी भएँ, ट्रान्स जेन्डर भएँ, मैले मेरो पहिचान पाएँ,’ उनले विजयउत्सवको झल्को दिने गरी सुनाउँदै गइन्।

    पीटरले २०२१ देखि नियमित हर्मोनको सेवन गर्दै आइरहेकी छिन्। ‘आफ्नो स्वरुपलाई परिवर्तन गर्न मैले हरेक दिन हर्मोन लिइरहेको छु, यो नखाए नशाहरु देखिने, अनुहार नरम नहुने हुन्छ, रेगुलर नै खाइरहेको छु।’ उनले भनिन्।

    आफूले शरीरमा लगाउन एउटा ‘जेल क्रीम’ पनि प्रयोग गर्ने गरेको उनले जानकारी दिइन्। ‘जेलले फिमेल हर्मोन बनाउन सहयोग गर्छ, बडीमा लगाउने गरेको छु, सर्जरी गर्ने मेरो प्लान छैन, रहर छै,’ पीटर भन्छिन्।

    बेहुली बन्ने रहर

    पीटरलाई अहिले बेहुली बन्न रहर लागेको छ। पहिले आफ्नो पहिचानको खोजीको लडाइँमा रहेकी उनलाई अहिले विवाह गर्न मन छ। ‘मलाई बाबाले विवाह गर्ने प्लान के छ भनेर सोध्ने गर्नु हुन्छ, लाइफमा एक्लै होलिउ विचार गर भन्दै आउनु भएको छ, कसैलाई ज्वाइँँ बनाएर लगेँ भने स्वीकार्नु हुन्छ, अहिलेसम्म एक्लै छु, ४० वर्षसम्ममा विवाह गर्छु भन्ने छ, बेहुली बन्ने मन छ,’ उनले रहर खोल्दै भनिन्।

    श्रीमानमार्फत सर्जरीको अपेक्षा भएमा भने आफूले विवाहपछि सोच्न सक्ने बताउँदै उनले भनिन्, ‘पर्फेक्ट हाउस वाइफ, पर्फेक्ट बुहारी भएर उसको घरमा रहन्छु, श्रीमान्लाई कम्फर्टेवल भएन र तिमी सर्जरी गर भन्ने सुझाव आयो भयो म त्यसका लागि पनि तयार हुनेछु, तर श्रीमानलाई र परिवारलाई तेरो बुहारी यस्तो भन्ने कुरामा उहाँहरुले स्ट्याण्ड लिन सक्नुपर्छ, म हरेक कुरामा कम्परमाइज गर्न तयार छु,’ उनले भनिन्।

    आजको आजै यो समूदायका व्यक्तिले आफूलाई समाजमा खुलाउन नसक्ने उनी बताउँछिन्। पहिले आफूले आफूलाई बुझ्नु पर्ने भन्दै उनले त्यसपछि मात्रै समाज र परिवारमा आफ्नो पहिचानका लागि लड्न सकिने आफ्नो अनुभवले सिकाएको उनले बताइन्।

    ‘म पहिल्यैदेखि फरक थिएँ, पहिलेदेखि नै भाँडाकुटी खेल्ने, भाडा माझ्न मन लाग्ने, फुटबलमा मन नै नजाने मेरो सानैदेखिको स्वभाव थियो, बाबालाई मैले त्यसपछि यी सब कुराहरु स्मरण गराएँ।’ उनले आफ्नो पहिचान पाएपछि बाबासँगको संवादलाई उल्लेख गर्दै भनिन्। पीटरले आफ्नो पहिचानलाई अरुले स्वीकार्ने गरेर आफ्नो व्यवहार देखाउनु पर्ने र त्यसका लागि समुदायका व्यक्तिहरु पनि परिवर्तन हुन जरुरी रहेको बताइन्। ‘अब कन्सेप्टलाई अलिकति चेन्ज गर्नुपर्ने बेला आइसकेको छ।’ उनले भनिन्। (नेपाल न्यूज बैंक)

  • भारत र क्यानाडाबीच तनाव बढ्दै, दुवै देशले राजदूतहरू फिर्ता गरे

    भारत र क्यानाडाबीच तनाव बढ्दै, दुवै देशले राजदूतहरू फिर्ता गरे

    काठमाडौं । भारत र क्यानाडाबीचको सम्बन्ध चिसिदै गएको छ । दुवै देशले एक अर्काका प्रमुख राजदूतहरूलाई देश निकाला गरेका छन् भने अन्य कूटनीतिक कर्मचारीहरूलाई पनि फिर्ता बोलाएका छन् ।

    यो विवाद गत वर्ष क्यानाडामा भएको शिख अलगाववादी नेताको हत्या प्रकरणसँग सम्बन्धित छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन टुडोले भारतीय एजेन्टहरू सो हत्यामा संलग्न भएको दाबी गरेपछि सम्बन्ध थप जटिल बनेको हो ।

    क्यानाडाका प्रहरीहरूले भारतीय एजेन्टहरूलाई ‘हत्या, जबर्जस्ती असुली र हिंसात्मक गतिविधिहरू’मा संलग्न भएको आरोप लगाएका छन् र खालिस्तान आन्दोलनको समर्थन गर्नेहरूलाई निशाना बनाएको बताएका छन् । खालिस्तान आन्दोलनले भारतमा शिखहरूको लागि छुट्टै स्वायत्त क्षेत्रको माग गर्दै आएको छ।

    भारतीय सरकारले यी आरोपहरूलाई ‘असम्भव’ भन्दै खण्डन गरेको छ । भारतको तर्फबाट जारी वक्तव्यमा टुडोले क्यानाडाको ठूलो शिख समुदायलाई आकर्षित गर्न राजनीतिक फाइदाका लागि यस्तो आरोप लगाएको आरोप लगाइएको छ।

    भारतको विदेश मन्त्रालयले क्यानाडाका कार्यवाहक उच्चायुक्त स्टुअर्ट रोस व्हिलर सहित छ जना क्यानाडाली कूटनीतिज्ञलाई अक्टोबर १९ सम्म भारत छोड्न आदेश दिएको छ।

    दुई देशबीचको यो विवादले पारस्परिक सम्बन्धलाई थप बिगारेको छ र भारतले क्यानाडाको भिसा सेवा पनि निलम्बन गरेको छ । यसैबीच, क्यानाडाली सरकारको तर्फबाट टुडोले भने, ‘यो प्रमाणलाई बेवास्ता गर्न सकिँदैन । यो घटनाले क्यानाडाको राष्ट्रिय सुरक्षा र सार्वभौमिकतालाई खतरामा पारेको छ, त्यसैले हामीले यो कदम चालेका हौं ।’

    दुई देशबीचको सम्बन्धलाई सुधार गर्ने कुनै संकेत हालसम्म देखिएको छैन । क्यानाडामा विश्वकै सबैभन्दा ठूलो शिख समुदाय रहेको र भारतको लागि यो मुद्दा निकै संवेदनशील बनेको छ ।

    दुवै देशका अधिकारीहरूले यो समस्या समाधानको उपाय खोज्न आवश्यक भएको बताएका छन्, तर तत्काल समाधानको कुनै संकेत देखिएको छैन ।