Tag: नेकपा एमाले

  • रेशम चौधरीको रिहाईले गणतन्त्रलाई हेर्ने नजर फेरियो : उपमहासचिव ज्ञवाली

    रेशम चौधरीको रिहाईले गणतन्त्रलाई हेर्ने नजर फेरियो : उपमहासचिव ज्ञवाली

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीले रेशम चौधरीको रिहाईले पीडित परिवारले गणतन्त्रलाई हेर्ने नजर असन्तुष्टिजनक भएको बताएका छन् ।

    मंगलवार गणतन्त्र दिवसको सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारीलाई जेलको कठघरामा ल्याउनु पर्ने बताए ।

    ‘रेशम चौधरी रिहा हुनुभयो हिजो मात्र तर हामीले गणतन्त्र दिवस मनाईरहँदा भालाले रोपेर मारीएको ती परिवारका आफन्त र टुहुरा बच्चामा गणतन्त्रमाथि नै अशन्तुष्ट भयो होला । भ्रष्टाचारीलाई जेलको कठघरामा ल्याउन पर्छ । गणतन्त्र कुनै भ्रष्टाचारलाई जोगाउने खास्टो बन्न सक्दैन । देशको उच्च पदमा रहेका मानीसहरु आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर शरणार्थी बनाउँन गृह मन्त्रालयमा बसेर प्रतिवेदन साटफेर गरेर यस्तो काम गर्ने भ्रष्टाचारको विषयमा डर लाग्दो कुरा हो ।’

    उनले एमाले भ्रष्टाचारको काण्डमा अनुसन्धान गर्न सधैँ अगाडि बढ्न तयार भएको बताए । आफ्नै पार्टीको नेता परेको छ भने पनि जुन औलामा विष लागेको छ त्यहि काटेर फालिन्छ तर सिङ्गो शरिर समाप्त हुन दिन नसक्ने उनको भनाई छ ।

  • यस्ता छन् भारत भ्रमणबारे एमालेले प्रधानमन्त्रीलाई दिएकाे पाँच सुझाव

    यस्ता छन् भारत भ्रमणबारे एमालेले प्रधानमन्त्रीलाई दिएकाे पाँच सुझाव

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जेठ १७ गतेबाट हुने भारत भ्रमणका सन्दर्भमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मुख्य पाँच सुझाव दिएको छ ।

    आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा एमालेले मुख्य गरी पाँच सुझाव दिएको एमाले उपमहासचिव तथा पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

    १. २०१६ मा प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई २१औँ शताब्दी सुहाउँदो बनाउन आवश्यक सुझाव दिन भनेर बनाइएको प्रबुद्ध समूहले रिपोर्ट तयार गरेको ४ वर्ष भइसकेको छ । तर भारतको कारण यो रिपोर्ट अहिलेसम्म बुझ्ने काम पनि भएको छैन । कार्यान्वयन त टाढाको कुरा भयो, त्यसैले प्रधानमन्त्रीले त्यसमा विशेष जोड दिनुपर्छ । यो कार्यान्वयन हुँदा मात्रै दुई देश बीचको सम्बन्धलाई नयाँ आयाम दिन्छ भन्ने कुरा हामीले गरेका छौ ।

    २.ऐतिहासिक तथ्य, प्रमाण सन्धि सबै कुराहरूले लिपुलेक, कालापानी, लिम्पियाधुरा सहितका भूभाग नेपालका हुन भन्ने प्रस्ट छ । यी भूभागलाई नेपालले प्रयोग गर्न पाउनुपर्ने गरी टुङ्ग्याउनुपर्छ । यसलाई गम्भीरतापूर्वक राख्न भनेका छौँ।

    ३.नेपाल भारत व्यापारमा असाध्यै ठुलो घाटा छ । वाणिज्य सन्धिको पुनरावलोकन, नेपालका चिया, अलैँची, अदुवा, जुट र तरकारी लगायतका वस्तुको निर्बाध प्रवेशका लागि पुनरावलोकन हुनुपर्छ । नेपालको उत्पादनका लागि भारतको उदार रवैयाका लागि पहल गर्न भनेका छौँ ।

    ४.पञ्चेश्वर परियोजना लामो समयदेखि अड्किएको छ, २५ वर्षभन्दा बढी भइसक्यो । मुख्यतया पञ्चेश्वरमा पानीको बाँडफाँट अहिलेसम्म नटुङ्गिएको विषय हो । महाकाली सीमा नदी हो र त्यसको आधा पानीमा नेपालको हक लाग्ने कुराको सुनिश्चित गरेर मात्र यो विषय टुङ्ग्याउन भनेका छौँ ।

    ५.ऊर्जाका हकमा भारतले लामो समयदेखि होल्ड गरेर नेपालका नदीहरू राखेको छ । जस्तो अपर कर्णाली, पश्चिम सेती र एएसआर पनि भारतलाई दिने भनिएको छ । होल्ड मात्र हुने र नेपालले लाभ नहुने स्थिति बन्छ । त्यसैले परियोजना होल्ड मात्र नभएर त्यसको कार्यान्वयनका लागि टाइम बाउन्ड्री बनाएन र अपर कर्णालीको टुङ्गोमा पुगेर मात्र बाँकी सम्झौतामा अघि बढ्ने राम्रो हुन्छ भनेका छौँ । पूर्व समझदारी अनुसार एयर कन्ट्री रुट दिलाउने कुरामा गम्भीरतापूर्वक कुराकानी गर्न भनेका छौँ ।

  • बालुवाटारमा तीन दलबीच सहमति, संसदकाे अवरोध हटाउन एमाले तयार

    बालुवाटारमा तीन दलबीच सहमति, संसदकाे अवरोध हटाउन एमाले तयार

    काठमाडौं । पशुपतिमा सुनको जलहरी प्रकरणमा प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना सांसदको भनाइ सच्याउन सहमत भएपछि नेकपा (एमाले) प्रतिनिधि सभाको अवरोध हटाउन सहमत भएकाे छ ।

    उक्त विषयमा छलफल गर्न तीन दलका शीर्ष नेताहरुको बैठक बसेकाे थियाे । यस विषयमा प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्डले संसदमा सम्बाेधन गर्ने सहमति पनि भएको छ ।

    बैठकमा प्रधानमन्त्री प्रचण्डले जलहरी लगाउने विषय पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित रहेकाले तत्कालीन प्रधानमन्त्री केपी ओली यसमा नजोडिने स्पष्ट पारेका थिए ।

    प्रधानमन्त्री प्रचण्डले आज संसदमा सम्वोधन गर्ने र संसद सुचारु हुने सहमति भएको हाे ।

    आगामी दिनमा पनि यस्ता तथ्यहिन आरोपहरु संसदमा नलगाउन प्रधानमन्त्रीले सांसदहरुलाई अनुरोध गर्ने सहमति भएको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

  • ओलीको फेसबुक पेजमा हरेक दिन ५० हजार लाइक आयो भने पार्टीले बहुमत ल्यायो : एमाले उपमहासचिव (भिडिओसहित)

    ओलीको फेसबुक पेजमा हरेक दिन ५० हजार लाइक आयो भने पार्टीले बहुमत ल्यायो : एमाले उपमहासचिव (भिडिओसहित)

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा एमाले प्रचार विभाग प्रमुख विष्णु रिमालले धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङलाई बौलाहा नगर प्रमुखको रुपमा चित्रण गरेका छन् ।

    शनिबार अखिल नेपाल महिला संघ अनेमसंघको दास्रो पूर्ण बैठकमा उनले धरानका प्रमुख हर्क साम्पाङलाई ‘बौलाहा मेयर’ को रुपमा चित्रण गरे ।

    उनले भने,‘काठमाडौंको मेयरले लेख्छ,उसले एकताल खासखुस नचाँहिदो कुरा लेख्दा साथै असी नब्बे हजार लाइक गरेको देखिन्छ । अनि धरान तिरको एउटा बौलाहा टाइपको मेयर छ, काम त राम्रै गरेको होला धरान बाहिर पपुलर छ, धरान भित्र कति छ थाहा छैन् । उसकैमा एक घण्टामा चालिस—पचास हजार लाइक गरेको देख्छु । एउटा स्वतन्त्र पार्टीको सभापतिले राखेको देख्छु, उसको पनि एक घण्टामा तीस चालीस हजार लाइक देख्छु ।’

    अनेमसंघका सदस्यलाई सामाजिक सञ्जाल मार्फत सक्रिय भएर पार्टी गतिविधिको प्रचार गर्न निर्देशन दिएका उनले पार्टीका गतिविधि पनि सामाजिक सञ्जाल मार्फत प्रचार प्रसार गर्न जोड दिए । ‘के बुझ्नुपर्‍याे भने हामीले कम्म्रेड केपी ओलीको फेसबुक पेजमा हरेक दिन पचास हजार भन्दा बढी लाइक आयो भने, नियमित भयो भने बुझ्नुहोस् पार्टीले बहुमत ल्यायो ।’

    बालेन साह, हर्क साम्पाङ तथा रवि लामिछानेले सामाजिक सञ्जालमा सक्रिय भएर राम्रो प्रचार गरेको भन्दै उनीहरुको जस्तै आफ्नो पार्टी अध्यक्षको लेखलाई सेयर,लाइक मार्फत प्रचार गर्न सके पार्टीले बहुमत ल्याउने सम्मको तर्क गरे ।

  • रास्वपालक्षित शंकर पाेखरेलकाे टिप्पणी : पपुलिष्टबाट राजनीतिक संकटको समाधान हुन सक्दैन

    रास्वपालक्षित शंकर पाेखरेलकाे टिप्पणी : पपुलिष्टबाट राजनीतिक संकटको समाधान हुन सक्दैन

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिष्टबाट राजनीतिक संकटको समाधान हुन नसक्ने टिप्पणी गरेका छन् ।

    रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै उनले सामाजिक अराजकताको जगमा नीतिहीन उद्देश्यहीन र गन्तव्यहीन पपुलिष्टहरु राजनीतिक विकल्पका रूपमा प्रस्तुत हुने खोजेको टिप्पणी गरेका हुन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘आज हाम्रो समाज सामाजिक अराजकताको चरम विन्दुतर्फ उन्मुख छ । आमरुपमा राज्य, संगठित शक्तिहरू र अख्तियारप्राप्त व्यक्तिहरू प्रतिको अविश्वास, निराशा र घृणा त्यसकै उपज हो । सामाजिक अराजकताको जगमा नीतिहीन उद्देश्य हीन र गन्तव्यहीन पपुलिष्टहरु राजनीतिक विकल्पका रूपमा प्रस्तुत हुने र समाजले त्यसलाई आशाको नजरले हेर्ने अवस्था आजको राजनीतिक नयाँ परिदृश्य हो । पपुलिष्टहरुवाट समाजको रूपान्तरण र आर्थिक तथा राजनीतिक संकटको समाधान हुन सक्दैन ।’

    उनले पुपुलिष्ट शक्तिहरू अन्ततः यथास्थितिवादको पोषण भएको उल्लेखसहित दुनियाँका आन्दोलनहरूको अवसान त्यसरी नै हुने पनि बताएका छन् ।

    यस्ताे छ पाेखरेलले लेखेकाे स्टाटसकाे पूर्णपाठ :

    समस्या केन्द्रीत सामाजिक बहस र समाधान केन्द्रीत राजनीतिक पहलको खाँचो-

    समाज परिर्वतन उत्पादक सम्वन्ध र उत्पादक शक्तिसंग जोडिएको विषय हो । राजनीतिक परिर्वतनले स्थापित गरेको नयाँ उत्पादन सम्वन्धलाई सुदृढ गर्न सकिएन भने प्रतिक्रान्तिको जोखिम सदैव रहन्छ । उत्पादक शक्तिको तिव्रविकास भएन भने नयाँ उत्पादन सम्वन्धको निर्माण गर्न सकिदैन । क्रान्ति र समाज परिवर्तनको यो नियम अनुसार राजनीतिक अघि बढ्न नसक्दा नै समाजमा अस्थिरता, द्वन्द्व र निरासा उत्पन्न हुने गर्दछ ।

    आज हाम्रो समाज सामाजिक अराजकताको चरम विन्दुतर्फ उन्मुख छ । आमरुपमा राज्य,संगठित शक्तिहरु र अख्तियारप्राप्त व्यक्तिहरु प्रतिको अविश्वास,निरासा र घृणा त्यसकै उपज हो । सामाजिक अराजकताको जगमा नीतिहिन उद्देश्य हिन र गन्तव्यहिन पपुलिष्टहरु राजनीतिक विकल्पका रुपमा प्रस्तुतहुने र समाजले त्यसलाई आशाको नजरले हेर्ने अवस्था आजको राजनीतिक नयाँ परिदृष्य हो । पपुलिष्टहरुवाट समाजको रुपान्तरण र आर्थिक तथा राजनीतिक संकटको समाधान हुन सक्तैन । उनीहरुवाट हुने भनेको अन्ततः यथास्थितिवादको पोषण नै हो । दुनियाका पपुलिष्ट आन्दोलनहरुको अवसान त्यसरी नै हुने गरेको छ ।

    आजको हाम्रो समाजका प्रमुख तीन समस्याका रुपमा राजनीतिक अस्थिरता र अराजकता, साँस्कृतिक मुल्यको विघटन र वैधानिक अर्थतन्त्रलाई कमजोर बनाएर त्यसवाट लाभलिने स्वार्थीतत्वहरुको राज्यसत्तामा पहूच र प्रभुत्व कायम हुनुले उत्पन्न चरम आर्थिक संकट नै हो । सोही कारणले आज मुलुकमा मौद्रिक तरलतामा संकट उत्पन्न भएको छ । वैध व्यापार व्यावसायमा गिरावट आएको छ । राजश्वमा गिरावट आएको छ । आर्थिक रुपमा मुलुक मन्दीको अवस्थातर्फ उन्मुख छ । यस्तो अवस्थामा राज्यको ध्यान जुनरुपमा संकट समाधानमा केन्द्रीत हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन ।

    आर्थिक समाजिक व्यवस्थामा संकट उत्पन्न भएका वेलामा राजनीति त्यसवाट अछुतो हुन सक्तैन । राजनीतिलाई सही दिशा र गन्तव्यतर्फ डोर्याउने हो भने मुलुकका सामु उत्पन्न प्रमुख समस्याको निदानमा ध्यान केन्द्रीत गर्नु पर्दछ । अहिलेको जस्तो सत्ताकेन्द्रीत राजनीतिवाट न त्यसको समाधान सम्भव छ, नत आवेग, उत्तेजना र आक्रोशबाट नै । गम्भीर भएर समस्या समाधानमा केन्द्रीत हुनुपर्ने वेलामा हाम्रो समाजमा पुराना र नयाँको भाष्य खडा गरेर समस्या केन्द्रीत छलफल र बहसवाट भाग्ने कोशिस भइरहेको छ ।
    ठिक यहीवेलामा राजनीतिक अस्थिरता र आर्थिक-सामाजिक संकटको बीचवाट आफ्नो स्वार्थको रोटी सेक्न वाह्यशक्तिहरु निकै सल्वलाई रहेका छन् । उनीहरु नेपाललाई आफ्नो सामरिक रणनीतिका लागि उपयोग गर्ने उद्देश्यमा केन्द्रीत देखिदैछन् । यस्तो अवस्थामा नेपाली समाजको अन्तरद्वन्द्वका कारणले नेपाल भूराजनीतिक द्वन्द्वको चपेटामा नपरोस् भन्नेकुरामा हामी सबै विना कुनै पूर्वाग्रह जिम्मेवार र गम्भीर हुनु आवश्यक छ ।

    त्यसैले आजको संकटको समाधानका लागि समाजका सबैपक्ष जिम्मेवार भएर समस्या केन्द्रीत सामाजिक बहस र समाधान केन्द्रीत राजनीतिक अभियानमा जुट्नुपर्ने भएको छ ।

  • टोपबहादुर रायमाझीको घरमा प्रहरीकाे छापा

    टोपबहादुर रायमाझीको घरमा प्रहरीकाे छापा

    काठमाडौं । पक्राउ पुर्जी जारी भएर फरार रहेका नेकपा एमालेका सचिव एवं पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।

    प्रहरीले ललितपुरको सातदोबाटोस्थित रायमाझीको घरमा खानतलासी गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरको टोलीले छापा मारेको प्रहरीले जनाएको छ ।

    टोपबहादुरविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भइसकेको छ । पक्राउ पूर्जी जारी भएका रायमाझीलाई प्रहरीले खोजिरहेको छ ।

    नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असुली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी हुँदै गर्दा रायमाझी बुधबार अर्घाखाँचीको एक कार्यक्रममा विशेष अतिथि बनेर सहभागी भएका थिए ।

    उनी अर्घाखाँचीको महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन समारोहमा विशेष अतिथि बनेर सहभागी भएका थिए ।

    कार्यक्रमपछि सन्धिखर्कमा पत्रकारहरुसँग कुराकानी गर्दै यस घट्नामा आफ्नो पनि नाम जोडिएकोप्रति अचम्ममा परेको उनले बताएका थिए । साथै कानुनलाई सहयोग गर्नेसमेत प्रतिक्रया उनले दिएका थिए ।

    कानुनलाई सघाउँछु भनेका रायमाझी बुधबार रातिदेखि नै फरार छन् । उनको फोनसमेत स्विच अफ रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

  • चितवन-२ मा एमालेकाे सुरुवाती अग्रता

    चितवन-२ मा एमालेकाे सुरुवाती अग्रता

    चितवन । चितवन-२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।

    सोमबार दिउँसो सुरु भएको मतगणनापछि पहिलो पटक सार्वजनिक भएको मत परिणाममा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले अग्रता लिएका छन् ।

    इच्छाकामना गाउँपालिका-१ को मतगणना हुँदा न्यौपानेले ३६७ मत पाएका छन् ।

    त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३१९ मतसहित दोस्रो स्थानमा छन् भने कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ मत पाएका छन् ।

  • एक्लै बहुमत आउने पार्टी बनाउन युवा संघकाे नयाँ कार्यसमितिलाई महेश बस्नेतकाे निर्देशन

    एक्लै बहुमत आउने पार्टी बनाउन युवा संघकाे नयाँ कार्यसमितिलाई महेश बस्नेतकाे निर्देशन

    काठमाडाैं । नेकपा (एमाले)का नेता महेश बस्नेतले एमालेलाई बलियो र एक्लै बहुमत आउने पार्टी बनाउन लागि क्रियाशिल हुन युवा संघको नयाँ कार्यसमितिलाई निर्देशन दिएका छन् ।

    आइतबार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालका नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेको पदभार ग्रहण कार्यक्रममा बस्नेतले एमालेको लक्ष्य र उदेश्यलाई आत्मसाथ गर्दै पार्टीलाई बलियो र एक्लै बहुमत आउने क्रियाशिल हुन निर्देशन दिएका हुन् ।

    उनले सुखी नेपाली समृद्ध नेपालको आकांक्षालाई पुरा गर्नका लागि युवा संघले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । उनले प्रचण्डले एमालेलाई धोका दिएर कांग्रेसको पछि लागेको भन्दै प्रचण्ड प्रवृतिविरुद्ध लाग्नुपर्ने बताए ।

    त्यस्तै, पदभार ग्रहण गर्दै राष्ट्रिय युवा संघ नेपालका नवनिर्वाचित अध्यक्ष थेबेले आवाजबिहिन भएर बसेका युवाहरुको आवाज भएर संगठनलाई अघि बढाउने प्रतिबद्धता जनाए । उनले राष्ट्र निर्माणका साथै सामाजिक न्याय र सुशासनको पक्षमा युवा संघले काम गर्ने धारणा राखे ।

    कार्यक्रममा युवासंघका निवर्तमान अध्यक्ष किरण पौडेलले नवनिर्वाचित अध्यक्ष थेबेलाई कार्यभार हस्तान्तरण गरेका थिए ।

  • एकीकृत समाजवादी पार्टी छाडेका नेता मुकुन्द न्यौपानेसहित दर्जनाैँ नेता एमालेमा फर्किए

    एकीकृत समाजवादी पार्टी छाडेका नेता मुकुन्द न्यौपानेसहित दर्जनाैँ नेता एमालेमा फर्किए

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी छाडेका नेता मुकुन्द न्यौपाने एमाले प्रवेश गरेका छन् ।

    शनिबार पार्टी कार्यालय च्यासलमा कम्युनिष्ट पार्टी स्थापना दिवसको विशेष कार्यक्रम उनी एमालेमै फर्किएका हुन् ।

    उनले गत साता आफू नेकपा एसबाट अलग भएर एमालेमै फर्किने घोषणा गरेको थिए । उनीसहित नेकपा एसका नेता चुडामणि जंगली, मुना वानियाँ, शान्ता आचार्य, महाप्रसाद सुवेदीलगायत दर्जनौं नेताहरु एमालेमा प्रवेश गरेका छन् ।

    नेता न्यौपानेलाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताहरुले स्वागत गरे ।

  • संविधान नै नमान्नेसँग सहकार्य गर्नेले एमालेलाई संविधान विरोधी भनेर प्रचार गरिरहेका छन् : पाेखरेल

    संविधान नै नमान्नेसँग सहकार्य गर्नेले एमालेलाई संविधान विरोधी भनेर प्रचार गरिरहेका छन् : पाेखरेल

    काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान नै नमान्नेहरुसँग सहकार्य गर्नेहरुले एमालेलाई संविधान विरोधी भनेर प्रचार गर्ने काम गरिरहेको बताएका छन् ।

    बुधबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पोखरेलले संसद बिघटनलाई लिएर संविधान नमान्ने भन्दै हस्ताक्षर गर्नेहरुसँग सहकार्य गर्ने पार्टीहरुले एमालेलाई संविधान विरोधी भनेर प्रचार गर्ने काम गरिरहेको बताए ।

    उनले क्रान्तिकारीका लागि संविधान अगाडि बढ्ने बाटो मात्रै भएको भन्दै संविधान बदल्न नमिल्ने चिज नभएको जिकिर गरे । उनले मुलुकलाई अघि बढाउन बाधा अवरोध सिर्जना भए संविधान बदल्न सकिने धारणा राखे ।

    अहिले नेपालको राष्ट्रिय राजनीतिमा एमाले र कांग्रेस मात्रै मुख्य दल भएको जनताले प्रमाणित गरेको अवस्थामा एमाले मात्रै समग्र बामपन्थीको मुख्य शक्ति भएको उनले बताए ।

    पोखरेलले परमादेशबाट एमालेको सरकार हटाएपछि मुलुक अत्यन्तै अप्ठेरो अवस्थामा पुगेको र अदालतको विश्वश्नीयता पनि कम भइरहेकाे बताए । उनले आफ्नो सौदाबाजीको माध्यम अदालतलाई बनाउने नियत स्पष्ट देखिएको आरोप लगाए ।

    कार्यक्रममा नेकपा एकीकृत समाजवादीका ललितपुर जिल्ला सचिव सचिव सुदर्शन मिश्रलगायतका नेताहरुलाई एमाले महासचिव पोखरेलले पार्टीमा स्वागत गरेका थिए ।