
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी छाडेका नेता मुकुन्द न्यौपाने एमाले प्रवेश गरेका छन् ।
शनिबार पार्टी कार्यालय च्यासलमा कम्युनिष्ट पार्टी स्थापना दिवसको विशेष कार्यक्रम उनी एमालेमै फर्किएका हुन् ।
उनले गत साता आफू नेकपा एसबाट अलग भएर एमालेमै फर्किने घोषणा गरेको थिए । उनीसहित नेकपा एसका नेता चुडामणि जंगली, मुना वानियाँ, शान्ता आचार्य, महाप्रसाद सुवेदीलगायत दर्जनौं नेताहरु एमालेमा प्रवेश गरेका छन् ।
नेता न्यौपानेलाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताहरुले स्वागत गरे ।