Tag: नेकपा एमाले

  • माधव नेपाल र प्रचण्डले जनादेशलाई खण्डित पार्ने काम गरे : एमाले महासचिव पाेखरेल

    माधव नेपाल र प्रचण्डले जनादेशलाई खण्डित पार्ने काम गरे : एमाले महासचिव पाेखरेल

    काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनादेशलाई खण्डित पार्ने काम माधव नेपाल र प्रचण्डले गरेकाले एमालेले ताजा जनादेशको कुरा उठाएको बताएका छन् ।

    अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको दोश्रो पूर्ण बैठकलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले ५ वर्ष काम गर्न पाएको जनादेशलाई खण्डित पार्न खोजेकाले संसद विघटन गरी ताजा जनादेशमा जान खोजे पनि अवरोध सिर्जना गरेको बताए ।

    अहिले पनि ताजा जनादेशमाथि प्रहार भएको भन्दै ताजा जनादेशलाई निरंकुश भन्नु उचित नभएको उनको भनाइ छ । पोखरेलले ताजा जनादेशमा जानु लोकतन्त्र विरोधी नभएको तर्क गरे । उनले संगठनात्मक अराजकतालाई चिर्नका लागि बलियो पार्टी बनाउनुपर्ने धारणा पनि राखे ।

  • यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले छैन : विशाल भट्टराई

    यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले छैन : विशाल भट्टराई

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक भट्टराईले एमाले कुनै पनि शर्तमा यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको बताएका हुन् ।

    उनले गठबन्धन तोडेमा एमालेले एमसीसी पास गर्न सघाउने भन्ने हल्लामा सत्यता नरहेको दाबी पनि गरे ।

    उनले भने, ‘मिथ्या आरोपको कुनै अर्थ छैन । एमालेलाई अहिले यो गठबन्धन तोड्न कुनै रुचि छैन, सरकारमा जान कुनै रुचि छैन । नेकपा एमालेलाई अहिले कुनै अर्को गठबन्धन बनाएर सरकारमा जाउँ भन्ने छैन । हामी विल्कुल यो सरकार पूर्ण अवधि चलोस् । यो गठबन्धन जारी राखोस् भन्ने पक्षमा छौँ । र, स्पष्ट गर्न चाहान्छु म नेकपा एमालेको तर्फबाटकी यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नेकपा एमाले छैन । कुनै शर्तमा पनि हामी एमसीसी यथास्थितिमा पास गर्ने पक्षमा छैनौँ ।’

  • सेयरबजारमाथि प्रचण्डले चन्दा नदिएको रिस पाेखे : अध्यक्ष ओली

    सेयरबजारमाथि प्रचण्डले चन्दा नदिएको रिस पाेखे : अध्यक्ष ओली

    काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेयर बजारबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन् । ओलीले प्रचण्डले आफूलाई लेनिनभन्दा दुई कदमअघि देखाउन खोजेको आरोप पनि लगाए ।

    बुधबार पार्टी केन्द्रीय सदस्यहरुको शपथ ग्रहण समारोह सम्बोधनका क्रममा ओलीले भने ‘प्रचण्डले केही दिनअघि क्रान्तिकारी भएर सेयर बजारलाई साम्राज्यवादीको विकसित रुप भनेछन् । लेनिनले यसअघि पुँजीवाद विकसित भएर साम्राज्यवाद हुन्छ भनेका थिए । तर प्रचण्डले त सेयर बजारलाई साम्राज्यवादको विकसित रुप नै भनिदिएछन् ।’

    ओलीले लाखौँ लगानीकर्ता भएको सेयर बजारबारे हचुवामा बोल्नु बेठीक भएको पनि बताए । ‘लाखौँ लगानीकर्ता रहेको सेयर बजारबारे यसरी बोल्नु हुँदैन । कुन सेयर कारोबारीले चन्दा दिएन होला अनि त्यसको रिसमा प्रचण्ड बोले’, उनले भने, ‘त्यही रिसमा ‘नरहे बाँस न बज्यो बाँसुरी’ भनेर सेयर बजार डुबाउन त्यस्तो बोले ।’

    उनले सेयर बजारबारेमा आफूहरुले त्यस्तो बोलेको भए सडकमा आगो बलिसक्ने बताए । ‘हामीले त्यस्तो बोलेको भए सडक तातिसक्थ्यो। सञ्चारमाध्यमले आगो लगाउँथे’, उनले भने, ‘तर अस्थिरता मच्चाउनेहरुले जे गरे पनि कोही बोल्दैनन् ।’

    यो पनि पढ्नुहोस् ।

    प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी अस्थिरताका संवाहक हुन् : ओली

  • प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी अस्थिरताका संवाहक हुन् : ओली

    प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी अस्थिरताका संवाहक हुन् : ओली

    काठमाडाैं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल अस्थिरताको संवाहक भएको भनी आरोप लगाएका छन् । पार्टी केन्द्रीय सदस्यहरुको शपथ ग्रहण समारोह सम्बोधनका क्रममा ओलीले यस्तो आरोप लगाएका हुन् ।

    उनले भने ‘अहिले नियन्त्रित अस्थिरता मच्चाउन तत्वहरु सक्रिय छन् । ती शक्तिमा सबैभन्दा चर्कोगरी चल्ने प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी ।’ ओलीले यस्ता अस्थिरताका शक्तिहरुसँग एकता गरेर कहीँ पुगिन्छ ? भनी प्रश्नसमेत गरेका छन् ।

    एमाले समुद्र भएको जिकीरसहित ओलीले सबैको चित्त बुझाउन नसकिएको पनि उल्लेख गरे ।

    उनले भने ‘अत्यन्तै प्रशोधित रुमपा हाम्रा विचार कार्यान्वयन गर्छौँ । बरु गाडीको ब्रेक फेल हुन्छ, तर एमालेको विचारको ब्रेक फेल हुँदैन । हामी विचारमा बलिया र अगाडि पनि छौँ ।’

  • एमालेको जिम्मेवारी र मनोनयनका विषयमा रावलले दिए यस्तो प्रतिक्रिया

    एमालेको जिम्मेवारी र मनोनयनका विषयमा रावलले दिए यस्तो प्रतिक्रिया

    काठमाडाैं । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले आइतवार पार्टीका विभिन्न जिम्मेवारीमा भएका मनोनयनलाई लिएर तीव्र असन्तुष्टि प्रकट गरेका छन् ।

    चितवन महाधिवेशनमा अध्यक्षमा पदमा पराजित भएपछि केन्द्रीय सदस्यसहित कुनै पदमा बस्न अस्वीकार गरेका उनले आफ्ना गुटका मान्छेलाई ओलीले मनलाग्दी नियुक्ति गरेको पनि टिप्पणी गरेका छन् ।

    भक्तपुरमा दुई दिनदेखि बसेको केन्द्रीय कमिटी बैठकले ४५ केन्द्रीय सदस्य, ८९ पोलिटब्युरो सदस्य र २६ स्थायी कमिटी सदस्यसहित विभिन्न पदमा नियुक्ति र मनोनयन गरेको थियो ।

    यसलाई लिएर रावलले एमालेभित्र केपी ओलीको गुट ओलीको गुटबन्दीले छलाङ मारेको भन्दै कटाक्ष गरेका हुन् ।

    ‘एमालेमा भर्खरै भएका मनोनयन, जिम्मेवारी र कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाईमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलाङ मारेको देखियो’, उनले भनेका छन्, ‘यो देश र जनताप्रति प्रतिवद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुटस्वार्थ प्रेरित अहम् तुष्टिको नमूना हो । यस्तो प्रवृत्ति हट्नु पार्टी हितमा हुन्छ ।’

    रावल आफैँले दसौँ महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गरिसकेपछि कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा गरेका थिए । उनले टीको लगाएर पद नलिने भन्दै निर्वाचनबाट आउने परिणाम स्वीकार्ने बताएका थिए ।

    याे पनि :
    ४५ सदस्यीय एमाले स्थायी कमिटी सदस्यमा अटाएन भीम रावलकाे नाम (सूचीसहित)

  • एमालेले तोक्यो नेताको वरियताक्रम, ओली र पोखरेलपछि को-को ?

    एमालेले तोक्यो नेताको वरियताक्रम, ओली र पोखरेलपछि को-को ?

    काठमाडाैं । नेकपा एमालेले नेताहरुको वरियताक्रम तोकेको छ । भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा नेताहरुको वरियताक्रम निर्धारण गरिएको हो ।

    अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलपछि उपाध्यक्षहरूको पहिलो वरियतामा युवराज ज्ञवाली परेका छन् । त्यस्तै, ज्ञवालीपछि अष्टलक्ष्मी शाक्य रहेकी छन् भने रामबहादुर थापा तेस्रो र विष्णु पौडेल चौथो वरियतामा छन् ।

    पौडेल पछिको वरियतामा सुवास नेम्वाङ र सुरेन्द्र पाण्डे छन् ।

    महासचिव शंकर पोखरेलपछि उपमहासचिव प्रदीप ज्ञवाली पहिलो वरियतामा रहँदा पृथ्वीसुब्बा गुरुङ दोस्रो र विष्णु रिमाल तेस्रो वरियतामा छन् ।

    यस्तो छ वरियताक्रम

    अध्यक्ष : केपी शर्मा ओली

    वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेल

    उपाध्यक्ष : युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे

    महासचिव : शंकर पोखरेल

    उपमहासचिव : प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल

    सचिव : टोपबहादुर रायमाझी, लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल

  • मुलुकमा एमाले र कांग्रेस बाहेकका दलको कुनै औचित्य छैन : ओली

    मुलुकमा एमाले र कांग्रेस बाहेकका दलको कुनै औचित्य छैन : ओली

    काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा एमाले र कांग्रेस बाहेकका दलको कुनै औचित्य नै नभएको बताएका छन् ।

    शुक्रबार काठमाडौंंमा नेकपा एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाइ दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा राजनीतिक पार्टी भनेको नै एमाले र कांग्रेस मात्र रहेको बताएका हुन् ।

    उनले अरु पार्टीहरुको कुनै औचित्य नभएको भन्दै केही पार्टी कांग्रेसको स्याटेलाइटका रुपमा रहेको तर्क गरे । उनले कांग्रेसलाई पनि सहीबाटोमा हिँड्नका लागि सल्लाह र सुझाव दिने धारणा पनि राखे । नेपालमा नियन्त्रित अराजकता फैलाउने भारतीय षडयन्त्रविरुद्ध एमाले लागेका कारण घेराबन्दीमा पारिएको उनले बताए ।

    उनले केन्द्रीय कमिटी बैठकले आगामी कार्यदिशा तय गर्ने र अव एमालेभित्र रहेकालाई आराम गर्ने समय नरहेको पनि बताए ।

  • यसरी तयार हुँदैछ एमाले १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन स्थल

    यसरी तयार हुँदैछ एमाले १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन स्थल

    चितवन । चितवनमा हुन लागेको नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको तयारी भइरहेकाे छ । १० मंसिरमा नारायणी नदी किनारमा हुने उद्घाटन सत्रमा देशभरबाट पाँच लाख कार्यकर्ता उतार्ने एमालेको तयारी छ ।

    उद्घाटन स्थलमा विशाल मञ्च निर्माण भएकाे छ । मञ्च चार खण्डमा निर्माण हुने छ । मञ्चको पश्चिमतर्फ एमाले महाधिवेशनको झण्डा बोकेको गैंडाको मस्कट राखिने छ । उद्घाटन स्थलमा मञ्च निर्माणसँगै प्रचारप्रसारका साइन बोर्डहरू पनि धमाधम बनाइएको छ । नारायणी नदीको पारिपट्टी गैंडाकोटतर्फको किनारमा पनि एमालेको ठूलो बोर्ड राखिएको छ ।

    नदीको दुवै किनारमा सहभागीहरूलाई राख्ने एमालेको योजना छ । टाढा बस्ने सहभागीहरूका लागि ठूलो डिस्प्ले बोर्डको व्यवस्था गरिने श्रेष्ठले बताए । ११ र १२ मंसिरमा बन्द सत्र हुने सौराहामा दुई हजार प्रतिनिधि हटाउने हल निर्माण गरिएको छ ।

    महाधिवेशनकाे लोगोमा राखेको गैँडाको मस्कटको मूर्ति पनि तयार भएको छ । एमालेले गैँडाको मस्कटसहितको लोगो २६ कात्तिकमा सार्वजनिक गरेको थियाे । लोगोमा मस्कटले कम्युनिष्ट पार्टीको झण्डा बोकेको छ ।

    एमालेले साढे तीन लाख रुपैयाँ खर्चिएर गैँडाको मस्कट तयार गरेको हो । चितवन एकसिंगे गैँडाका लागि पनि परिचित भएकाले महाधिवेशनको लोगोमा गैँडाको मस्कट राखिएको एमालेले जनाएको छ । मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको टिमले १० दिन लगाएर गैँडाको मस्कट तयार गरेकाे हाे ।