Tag: राजेन्द्र लिङ्देन

  • नागरिकता विधेयकको गल्ती सच्याऔं,राष्ट्रपति मन्त्रिपरिषद्का कारिन्दा होइनन् : अध्यक्ष लिङदेन

    नागरिकता विधेयकको गल्ती सच्याऔं,राष्ट्रपति मन्त्रिपरिषद्का कारिन्दा होइनन् : अध्यक्ष लिङदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नागरिकता विधेयकमा गम्भीर गल्ती भएको औल्याएका छन् ।

    आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ आफ्नो धारणा राख्दै राप्रपा अध्यक्ष एवं सांसद लिङदेनले राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा नभएको पनि प्रष्ट पारे ।

    उनले भने ‘चाँडो भन्दा चाँडो नागरिकता ऐनमा संशोधन हुनुपर्छ भन्नेमा कसैको दुईमत छैन् । पछिल्लो दिनमा यस्तो समयमा जुन प्रकृयाबाट नागरिकता विधेयक प्रमाणीकरण गरियो त्यस्को राप्रपा घोर भत्र्सना गर्दछ । चाँडो भन्दा चाँडो यस्लाई प्रकृयामा लगौं । यसमा कुनै प्रकारको ढिलाई नगरियोस र जुन गल्ती गरिएको छ त्यसलाई सच्याईयोस । राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा हैन् । मन्त्रिपरिषद् आज्ञापालक हैन् । हामीले यसलाई जतिसुकै निष्क्रिय निष्पक्ष भनेता पनि अन्तत यो दलको निर्देशनमा चल्छ भनेका थियौं अहिले त्यही भयो । ’

    राप्रपा अध्यक्ष लिङदेनले भारत भ्रमणको दुई घण्टा अगाडि मात्र किन विधेयक प्रमाणीकरण गरियो भन्ने पनि प्रश्नले पनि धेरै आशंका जन्माएको बताए ।

  • कांग्रेस-कम्युनिष्टको विकल्प राप्रपा हो: लिङ्देन

    कांग्रेस-कम्युनिष्टको विकल्प राप्रपा हो: लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले खोजिरहेको विकल्प राप्रपा भएको बताएका छन्।

    उनले नेपाली कांग्रेस र कम्युनिष्टको वैचारिक मार्गचित्रको विकल्प राप्रपाले अवलम्बन गरेको निरन्तरता सहितको परिवर्तन नै भएको उल्लेख गरेका हुन्।

    राप्रपाको सोमबारदेखि सुरू भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष लिङ्देनले पेश गरेको राजनीतिक प्रतिवेदनमा ुजनताले खोजेको विकल्प राप्रपाु रहेको उल्लेख छ।

    ‘वैचारिक र व्यवहारिक दुवै दृष्टिले राप्रपाबाहेक कांग्रेस र कम्युनिष्टहरूको विकल्प अरू कुनै पार्टी बन्न सक्ने सम्भावना छैन। त्यसैले आगामी दिनमा राप्रपालाई निर्णायक र अग्रणी शक्तिका रूपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता हो,’ लिङ्देनले भनेका छन्।

    उनले इमादारीका साथ काम गर्‍यो भने अघि बढ्न कसैले रोक्न नसक्ने पनि बताएका छन्।

  • ओलीलाई लिङ्देनले भने- पूर्वराजाबारे बोलेर आफैँ उल्लु हुनुभो, म बन्दिनँ (भिडिओसहित)

    ओलीलाई लिङ्देनले भने- पूर्वराजाबारे बोलेर आफैँ उल्लु हुनुभो, म बन्दिनँ (भिडिओसहित)

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले अध्यक्ष ओलीले पूर्वराजाकाे बारेमा गरेकाे टिप्पणीका कारण आफैँ उल्लु बनेकाे बताएका छन् ।

    उनले ओलीले पूर्वराजाकाे बारे टिप्पणी गरेर उल्लु बनेपनि आफू भने ओलीबारे टिप्पणी गरेर उल्लु नबन्ने बताए । उनले भने- ‘काेही नभएकाे कुरा गरेर उल्लु बन्छन् भने त्यसमा टिप्पणी गरेर राजेन्द्र लिङ्देन उल्लु बन्दैन ।’

    इलाममा गएकाे बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जालमा आएकाे एक ‘फेक पाेस्ट’का कारण पूर्व राजा र उनकाे परिवारमाथि टिप्पणी गरेका थिए ।

    उनले भनेका थिए, ‘ज्ञानेन्द्र साह, उनको परिवार र उनकी बुहारी जान्ने भएर जनताले ढुंगा हानेको देखिछन् । अनि ट्वीट गरिगरिकन जनताले केपी ओलीलाई ढुंगा हाने रे ।’

    जबकी यो हिमानी शाहको नाममा खोलिएको फेक एकाउन्ट थियो । तर ओलीले भने पूर्वराजा ज्ञानेन्द्रले छोराबुहारीलाई अघि सारेर फुरफुर गरेको बताए ।

    ‘ज्ञानेन्द्र शाहलाई भनिदिन्छु, बढ्ता फुरफुर नगर’ उनले भनेका थिए । ओलीकाे उक्त टिप्पणीकाे सामाजिक सञ्जालमा चर्चा भएकाे थियाे ।

    हेर्नुहाेस् भिडिओ :

  • नयाँ हाइड्रोजन गाडी थियाे, प्रचण्डले पुरानै गाडी चलाउँछु भन्नुभयाे : राजेन्द्र लिङ्देन (भिडिओसहित)

    नयाँ हाइड्रोजन गाडी थियाे, प्रचण्डले पुरानै गाडी चलाउँछु भन्नुभयाे : राजेन्द्र लिङ्देन (भिडिओसहित)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई धाेका दिएकाे आराेप लगाएका छन् ।

    प्रधानमन्त्रीले विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफलमा भाग लिएका अध्यक्ष लिङ्देनले एउटा गाडी चलाउँदा चलाउँदै प्रधानमन्त्रीले पुरानै गाडी चलाउँछु भनेको बताए ।

    उनलेभ भने, ‘प्रधानमन्त्रीज्युलाई नयाँ गाडी हाक्ने जिम्मेवारी दिएको थियो । गाडी पनि हाइड्रोजन गाडी नै थियो तर, प्रधानमन्त्रीले पुरानै गाडी चलाउँछु भन्नुभयो, हामीले के भन्ने ?’

    उनले आफूहरुले धोका दिएको नभएर प्रधानमन्त्रीले नै धोका दिएको बताए ।

    ‘हामी त तपाईँलाई अघि लगाएर देशको मुहार बदल्न प्रतिबद्ध थियौँ । तर, तपाईँ पुरानै गठबन्धन भनेर फर्कनुभयो । अलिकति भए पनि नैतिकता बाँकी राखौँ भनेर हामी त त्यही दिन सरकारबाट बाहिरिरिएर समर्थन फिर्ता लिएका थियौँ’ लिङ्देनले भने ।

    हेर्नुहाेस् भिडिओ : 

  • देशमा उल्टो गठबन्धन भइरहेको छ : लिङ्देन

    देशमा उल्टो गठबन्धन भइरहेको छ : लिङ्देन

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा अहिले उल्टो गठबन्धन भइरहेको बताएका छन् ।

    देश र जनताको हित रक्षामा गठबन्धन हुनुपर्नेमा दलहरूले संविधानको रक्षाका लागि गठबन्धन गरिरहेको उनको भनाइ छ ।

    संविधान गीता, बाइबल र कुरानजस्तो अपरिवर्तनीय नरहेको बताउँदै उनले यसलाई आवश्यकताअनुसार फेरिन र फ्याँकिन सक्ने पनि बताए ।

    लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, संविधान गीता, बाइबल, कुरान जस्तो अपरिवर्तनीय हुँदैन आवश्यकता अनुसार फेरिन्छ र फ्याँकिन्छ पनि, दलहरूले संविधानको रक्षा भन्दा देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्ने हो तर उल्टो भइरहेको छ । #सन्दर्भ संविधानको रक्षाका लागि गठबन्धन !’

  • राजेन्द्र लिङ्देनकाे ‘भ्रष्ट्राचार कसम’ र शहरी विकास मन्त्रीमा विक्रम पाण्डेकाे नियुक्ति !

    राजेन्द्र लिङ्देनकाे ‘भ्रष्ट्राचार कसम’ र शहरी विकास मन्त्रीमा विक्रम पाण्डेकाे नियुक्ति !

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन जहिले पनि भाषणका क्रममा भ्रष्ट्राचारकाे विराेध गर्ने गर्छन् । उनले गएकाे पुस ७ मा सांसदको शपथ खाँदा ‘भ्रष्टाचार गर्नु आमाको रगत खाए सरह’ हुने भन्दै भ्रष्टाचार नगर्ने प्रतिबद्धता पनि जनाएका थिए ।

    राप्रपा पार्टीकाे मूल मन्त्र नै ‘भ्रष्ट्राचार शून्य’ बनाउने छ । प्रत्येक समय विभिन्न सभा समाराेह तथा सार्वजनिक कार्यक्रममा बाेल्दा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन यही विषयमा बाेल्छन् । उनीमात्र हाेइन उनका पार्टीका अधिकांश नेताहरु भ्रष्ट्राचार विराेधि अभियानमा सक्रिय छन् । उनीहरु बाेल्दाखेरी भ्रष्ट्राचारकाे शसक्त विराेध गरिरहेकाे सुन्न सकिन्छ ।

    चुनावअघि राप्रपाबाट टिकट लिने प्रतिस्पर्धिलाई भ्रष्ट्राचार नगर्ने कसम खुवाएका लिङ्देनले मंगलबार उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीकाे शपथ लिएपछि आफ्ना पार्टीबाट मन्त्री बनेकाहरुसमेत लिएर पशुपतिनाथ मन्दिर पनि पुगे ।

    राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि भ्रष्ट्राचार नगर्ने प्रतिबद्धता दाेहाेर्‍याउन पशुपतिनाथ पुगेका हुन् । तर उनकाे बाेलाइ र गराइ अलि फरक देखिएकाे छ । मंगलबार उनले भ्रष्टाचार कसुरमा मुद्दा खेपिरहेका ठेकेदार पृष्ठभूमिका सांसद विक्रम पाण्डेलाई शहरी विकास मन्त्री बनाएका छन् ।

    पाण्डे राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाई आयोजनामा भ्रष्टाचारको आरोप लागेका व्यक्ति हुन् । उनले त्यो अर्बौँ घोटलाको मुद्दामा अदालतबाट सफाइ पाइसकेका छन् तर १८ वर्षसम्म निर्माण सम्पन्न नभएको सिँचाई आयोजनामा बदमासी कसको हो भन्ने कुरा अहिलेसम्म पत्ता लागेको छैन ।

    पाण्डेको निर्माण व्यवसाय अहिले उनका छोरा निकोलस पाण्डेले हेरिरहेका छन् । चितवन ३ बाट निर्वाचित पाण्डे भ्रष्टाचार कसुरमा विशेष अदालतमा मुद्दा खेपिरहेका नेता हुन् । कालिका कन्स्ट्रक्सनका सञ्चालक पाण्डेले भौतिक पूर्वाधार मन्त्रीमा दाबी गरेका थिए । तर सत्तागठबन्धनमा उनले सहरी विकास मन्त्रालय पाएका छन् ।

    पाण्डेको कालिका कन्स्ट्रक्सनले थुप्रै जिल्लामा सहरी विकास मन्त्रालयअन्तर्गतको विकासे योजना हात पारेको छ । अब मन्त्री र ठेक्का दुवै एकै व्यक्ति हुने अवस्था आएको छ । उनीमाथि विभिन्न सडक आयोजना निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

    यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले पनि ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने गरी गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । लामिछाने नागरिक र राहदानी विवादमा तानिएका छन् । आफूविरुद्ध परेको मुद्दा प्रभावित गर्नकै लागि लामिछाने गृहमन्त्री बनेको आरोप लागेको छ । पाण्डे पनि ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने गरी सहरी विकास मन्त्री बनेका हुन् ।

  • राष्ट्र निर्मातालाई सम्मान गर्दा कसैले हिनताबोध गर्नुपर्दैन : राजेन्द्र लिङ्देन

    राष्ट्र निर्मातालाई सम्मान गर्दा कसैले हिनताबोध गर्नुपर्दैन : राजेन्द्र लिङ्देन

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहको जन्मदिनमा बिदा दिएर सरकारले सही काम गरेको बताएका छन् ।

    मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले मागेको विवश्वासको मतको समर्थन गर्दै लिङ्देनले उक्त कुरा बताएका हुन् ।

    उनले पृथ्वीनारायण शाह भएकैले नेपाल रहेको र नेपाल रहेकैले प्रचण्ड प्रधानमन्त्री बन्न सकेको टिप्पणी गरे ।

    पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माताको रूपमा ब्याख्या गर्दै लिङ्देनले भने, ‘राष्ट्र निर्मातालाई सम्मान गर्दा कसैले हिनताबोध गर्नुपर्दैन ।’

    उनले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस कुनै पनि पार्टीको मात्रै हुन नसक्ने पनि बताए ।

  • मुलुकका समस्याहरु सामूहिक रुपमा समाधान गर्नुपर्छ : राजेन्द्र लिङ्देन

    मुलुकका समस्याहरु सामूहिक रुपमा समाधान गर्नुपर्छ : राजेन्द्र लिङ्देन

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी अस्थिरताको कारक नबन्ने स्पष्ट पारेका छन् ।

    सोमबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै लिङ्देनले मुलुकका समस्याहरु सामूहिक रुपमा समाधान गर्नुपर्ने पक्षमा राप्रपा रहेको र मुलुकको अस्थिरताको कारक नबन्ने स्पष्ट पारेका हुन् ।

    अहिलेको जनताले दिएको मत हेर्दा कुनै राजनीतिक दललाई पूर्ण रुपमा विश्वास गर्न नसकेको उनले बताए ।

    मुलुकसामु आर्थिक लगाएतका धेरै समस्या रहेकाले राप्रपा बिकासको वाधक पनि नबन्ने जिकिर पनि उनले गरे ।

    लिङ्देनले अघिल्लो कार्यकालमा संसद भवन छाड्दा धेरै सांसद लिएर आउने भने पनि धेरै ल्याउन नसकेको तर जनताको भावनाको प्रतिनिधित्व गर्दै संसदमा आएको धारणा राखे ।

  • मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा जाँदैन : राजेन्द्र लिङ्देन

    मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा जाँदैन : राजेन्द्र लिङ्देन

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा लगायतका दलहरुलाई सरकारमा लैजान मन्त्रालयको संख्या बढाइदिने हल्ला निराधार भएको बताएका छन् ।

    सामाजिक सञ्जालमा ट्वीट गर्दै अध्यक्ष लिङ्देनले उक्त कुरा बताएका हुन् ।

    मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा नजाने उनले बताएका छन् । मन्त्रिपरिषद विस्तारको तयारी भइरहेका बेला उनको यो अभिव्यक्ति आएको छ ।

    उनले लेखेका छन्, ‘राप्रपा लगायतका दलहरुलाई सरकारमा लान मन्त्रालयहरुको संख्या बढाइदिने भन्ने हल्ला निराधार हो । मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा जाँदैन ।’

  • अध्यक्ष लिङ्देनले गरे तीनवटा पुलको शिलान्यास

    अध्यक्ष लिङ्देनले गरे तीनवटा पुलको शिलान्यास

    झापा । नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले बुधबार एकै दिन तीनवटा पुलको शिलान्यास गरेका छन् ।

    राप्रपा अध्यक्षसमेत रहेका उनले हल्दीबारी गाउँपालिकाको भुतेनी खोला, भुसुडी खोलामा बन्ने पक्की पुलको शिलान्यास गरे ।

    विसं २०८१ मङ्सिर ५ गते निर्माण सम्पन्न हुने गरी रु चार करोड ६७ लाख ९४ हजार आठ सय ७८ मा तीनवटा पुलको सारा सृष्टि निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता भइ शिलान्यास गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।

    पालिकाको वडा नं १ र ५ जोड्ने भुतेनी खोलामा ४२ दशमलव सात मिटर लम्बाइको, वडा नं ३ को भुसुडी खोलामा २६ दशमलव आठ मिटर लम्बाइको र भुसुडी खोलाकै अर्को स्थानमा २६ दशमलव आठ मिटर लम्बाइको पुल निर्माण हुने भएको छ ।