Tag: रुस-युक्रेन द्वन्द्व

  • रुसमा गाभिने कि नगाभिने भन्ने विषयमा युक्रेनका शहरहरुमा जनमत संग्रह हुने

    रुसमा गाभिने कि नगाभिने भन्ने विषयमा युक्रेनका शहरहरुमा जनमत संग्रह हुने

    काठमाडौं । रुसमा गाभिने कि नगाभिने भन्ने विषयमा युक्रेनका शहरहरुमा जनमत संग्रह हुने भएको छ ।

    रुसले कब्जामा लिएको युक्रेनका लुहान्स्क, दोनेत्स्क, खेरसान र जेपोरजियामा जनमत संग्रह हुन लागेको हो ।

    सेप्टेम्बर २३ देखि २७ सम्म जनमत संग्रह हुने बीबीसीले जनाएको छ ।

    लुहान्स्कमा आउँदो शुक्रबार जनमत संग्रहको तयारी भइरहेको रुसी अधिकारीहरुले बताएका छन् । युक्रेनी नागरिकहरुले रुसमा गाभिने कि नगाभिने भनेर आफ्नो मत व्यक्त गर्नेछन् ।

    युक्रेनमा आक्रमण गर्नुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती क्षेत्र स्वतन्त्र घोषणा गरेका थिए । रुसले जनमत संग्रह गर्न लागेपछि पश्चिमा देशहरुले विरोध जनाएका छन् ।

  • रुसी सेनालाई जेलन्स्कीकाे कडा चेतावनी : बाँच्ने चाहना छ भने युक्रेन छाेडेर भाग

    रुसी सेनालाई जेलन्स्कीकाे कडा चेतावनी : बाँच्ने चाहना छ भने युक्रेन छाेडेर भाग

    काठमाडौं । युक्रेनले यतिबेला रुसी कब्जामा रहेको दक्षिणी युक्रेन क्षेत्रमा सशक्त आक्रमण थालेको छ ।

    खेरसन क्षेत्रमा बृहत सैन्य क्षमताका साथमा युक्रेनले रुसी सेनाविरुद्ध आक्रमण थालेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गएकाे सोमबार राति चेतावनीपूर्ण भाषामा सन्देश छाडेका छन् ।

    उनले रुसी सेनालाई युक्रेन छाडेर भाग्न सल्लाह दिँदै यदी उनीहरुले युक्रेनी भूमि नछाडेको खण्डमा मृत्यु वरण गर्ने बताएका छन्।

    ‘यदी बाँच्ने चाहना छ भने रुसी सेनाहरु भागे हुन्छ । घर जाउ’ उनले भनेका छन्,‘युक्रेनले आफ्नो भूमि फिर्ता लिँदैछ ।’

    यद्यपी जवाफमा रुसी सरकारका प्रवक्ताले युक्रेनमा योजनाअनुसार नै सैन्य अभियान चलिरहेकाले आफ्नो उद्देश्य पुरा हुने बताएका छन् ।

    रुसले गत फेब्रुअरी २४ यता लगातार आक्रमण थालेको छ। आक्रमण सुरु भएको ६ महिना पुरा हुँदा पनि युक्रेन रुससँग झुक्न मानेको छैन ।

    अमेरिका लगायत पश्चिमा राष्ट्रले हतियार सहयोग गरिरहँदा यतिबेलासम्म युक्रेनले रुसको सामना गरिरहेको छ। पछिल्लो समय त युक्रेनले रुसी सेनाहरुलाई धेरै स्थानबाट लखेट्न पनि सफल भएको छ ।

    रुसले सन् २०१४ मै कब्जा गरेको क्राइमियामै पनि युक्रेनले आक्रमण गर्न थालेको छ। हालै क्राइमियाको रुसे सैन्य बेसमा क्षेप्यास्त्रहरु प्रहार भएका थिए ।

  • रुसले बन्द गर्‍याे युरोप जाने मुख्य ग्यास पाइपलाइन

    रुसले बन्द गर्‍याे युरोप जाने मुख्य ग्यास पाइपलाइन

    मस्को । मर्मत सम्भारको लागि भन्दै रुसले मुख्य पाइपलाइनबाट युरोप आपूर्ति हुने ग्यास आपूर्ति रोकेको छ ।

    रुसी सरकारको स्वामित्वमा रहेको उर्जा कम्पनी गाजप्रोमले नर्ड स्ट्रिम १ पाइपलाइनमाथिको प्रतिबन्ध आगामी ३ दिनसम्म लागू हुने बताए ।

    रुसले यसअघि नै पाइपलाईनमार्फत हुने ग्यास निर्यात रोक्का गरेको छ । युक्रेनको आक्रमणपछि प्रतिबन्ध लगाउने पश्चिमी राष्ट्रहरूलाई दण्ड दिन उर्जा आपूर्तिहरू प्रयोग गरेको भन्ने आरोपलाई पनि मस्कोले अस्वीकार गर्दछ ।

    नर्ड स्ट्रिम पाइपलाइन सेन्ट पिटर्सबर्ग नजिकैको रुसी तटबाट उत्तर–पूर्वी जर्मनीसम्म बाल्टिक सागर मुनि १२ सय किलोमिटब्ह्र फैलिएको छ ।

    सन् २०११ मा खुलेको यो पाइपलाइनमा रुसबाट जर्मनीमा दैनिक १७० मि क्युबिक मिटर ग्यास आपूर्ति हुन्छ ।

    रुसी अधिकारीहरुका अनुसार मर्मत सम्भारका लागि पाइपलाइन जुलाईमा १० दिन बन्द भएको थियो र रुसले उपकरणमा समस्या भएको जनाए पनि हाल २० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको छ । रुसले ग्यासको मूल्य बढाउन खोजेको युरोपेली नेताले त्रास व्यक्त गरेका छन् ।

  • युक्रेनी मिसाइल हमलामा २ सय रुसी सेना मारिएकाे दाबी

    युक्रेनी मिसाइल हमलामा २ सय रुसी सेना मारिएकाे दाबी

    मस्को । रुसले कब्जा गरेको क्षेत्र लुहान्स्कमा रहेको आधार शिविरमा भएको युक्रेनी मिसाइल हमलामा २ सय रुसी प्याराट्रुप्स मारिएको स्थानीय नेताले दाबी गरेका छन् ।

    पूर्वी युक्रको कादिभ्का सहरमा रहेको मुख्यालयमा भएको रुसी हमलामा उनीहरू मारिएका लुहान्स्का गभर्नर सेर्ही गैडाइले जानकारी दिए ।

    विस्फोटबारे सेयर गरिएको एउटा भिडियोमा रुसी सेनाले आधारको रूपमा प्रयोग गरेको होटलको भग्नावशेष देख्न सकिन्छ ।

    उनले फेसबुकमा लेखेका छन्, ‘अस्थायी रूपमा कब्जा गरिएको कादिभका, लुहान्स्क क्षेत्रमा, युक्रेनी सैनिकहरूले रुसीहरूको आधारलाई ध्वस्त पारे । ’ आक्रमण करिब २०० रुसी प्याराट्रुप्स मारिएका उनले बताए ।

    युक्रेनमाथि रुसले हमला गरेको ६ महिना पूरा भएको छ । हमलामा दुवै देशका सयौँ सैनिकको मृत्यु भएको छ ।

  • युक्रेनी रेल स्टेसनमा मिसाइल हमला, कम्तीमा १५ जनाको मृत्यु

    युक्रेनी रेल स्टेसनमा मिसाइल हमला, कम्तीमा १५ जनाको मृत्यु

    किभ । युक्रेनी रेलवे स्टेशनमा रुसी आक्रमणमा १५ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएका छन् ।

    ‘मैले भर्खरै मध्य दिनिप्रोपेटत्रोभ्स्क क्षेत्रको रेलवे स्टेशनमा रूसी मिसाइल आक्रमणको बारेमा जानकारी प्राप्त गरेको छु । कम्तीमा १५ जनाको मृत्यु भएको ५० जना घाइते भएका छन्’, राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्र सुरक्षा परिषदमा एक भाषणमा भने।

    राष्ट्रपति जेलेन्स्कीले बुधबार आफ्नो देशले मस्कोसँगको युद्धको ६ महिना पूरा गरेको बताएका छन् । विस्फोटपछि चार ओटा यात्रु कारमा आगो लागेको उनले बताए ।

  • पुटिनका सहयोगीकी छोरीलाई युक्रेनले हत्या गर्‍यो : रुस

    पुटिनका सहयोगीकी छोरीलाई युक्रेनले हत्या गर्‍यो : रुस

    न्युयोर्क । रुसको युक्रेनी विशेष सेवाले राष्ट्रपति भ्लादिमिर पुटिनका एक सहयोगीकी छोरीलाई सप्ताहन्तमा कार बम विस्फोटमा मारेको आरोप लगाएको छ ।

    रुसको राजधानी मस्कोनजिकै शनिबार २९ वर्षीया दर्या दुगिनाको गाडीमा बिस्फोटमा मृत्यु भएको हो ।

    उनका अतिराष्ट्रवादी बाबु अलेक्ज्याण्डर डुगिनलाई लक्षित गरि उक्त विस्फोट गराइएको हुनसक्ने अनुमान गरिएको छ । विस्फोटमा आफूहरूको संलग्नताबारे युक्रेनी अधिकारीहरूले अस्वीकार गरेका छन् ।

    तर, रुसी संघीय सुरक्षा सेवा (एफएसबी)ले रहस्य समाधान गरेको र आक्रमणमा रुस प्रत्यक्ष रुपमा जवाफदेही भएको बताएका छन् ।

    एक युक्रेनी महिला जुलाईमा उनको जवान छोरीसँगै रुस गएको तर वास्तवमा उनी युक्रेनी विशेष सेवाकी सेवाप्रदायक रहेको जनाइएको छ ।

  • हाम्रा सेनाको खानेकुरामा युक्रेनले विषादी मिसायो : रुस

    हाम्रा सेनाको खानेकुरामा युक्रेनले विषादी मिसायो : रुस

    मस्को । रसियाको रक्षा मन्त्रालयले युक्रेनले जुलाईको अन्त्यमा युक्रेनको दक्षिणपूर्वी क्षेत्र जापोरिझियाको रुसी नियन्त्रित भागमा आफ्ना केही सैनिकको खानामा विषादी मिसाइदिएको आरोप लगाएको छ ।

    रुसी सेनाले म्याद सकिएको मासु खाँदा विषाक्तता भएको हुन सक्ने युक्रेनको गृह मन्त्रालयका मन्त्रालयले जनाएको छ ।

    रुसी रक्षा मन्त्रालयले जुलाई ३१ मा गम्भीर विषाक्तताको लक्षण देखिएका केही रुसी सैनिकहरूलाई सैन्य अस्पतालमा लगिएको बताएको छ । परीक्षणका क्रममा उनीहरूको शरीरमा बोटुलिनम टक्सिन टाइप बी विषाक्त पदार्थ देखिएको छ ।

    ‘युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शासनद्वारा अनुमोदित रासायनिक आतंकवादको तथ्यबारे रुस सबै विश्लेषणको नतिजा र प्रमाण तयार गरिरहेको छ’ मन्त्रालयले एक विज्ञप्ति मा भनेको छ ।

    विषाक्त खानेकुराबाट कतिजना सेवाकर्मी पीडित छन् र अहिले उनीहरूको अवस्था कस्तो छ भन्ने केही खुलाइएको छैन । त्यस्तै, रुसी सेनाले आवश्यक प्रमाण पनि जुटाएको छैन ।

  • रुसी गोलाबारीमा १२ जनाको मृत्यु

    रुसी गोलाबारीमा १२ जनाको मृत्यु

    किभ । युक्रेनको मध्यभागमा रातभर रुसी गोलाबारी हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । निप्रोपेत्राेभस्क क्षेत्रका गभर्नरले आफ्नो क्षेत्रमा ११ जनाको ज्यान गएको र जापोरिज्जिया क्षेत्रमा अन्यको मृत्यु भएको बताएका छन् ।

    जापोरिज्जिया युरोपको सबैभन्दा ठूलो आणविक उर्जा संयन्त्रको घर हो । दुई देशले एकअर्कालाई सप्ताहन्तमा गोली हानेको आरोप लगाएका छन् ।

    रुसले युक्रेनमा विस्फोटका शृंखला घटाएको बताइरहेका बेला पछिल्लो विस्फोटको घटना सार्वजनिक भएको हो ।

    त्यसअघि रुसी एयरबेसमा शृंखलाबद्ध विष्फोटमा एक जनाको मृत्यु भएको विवरण सार्वजनिक भएका थियो । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको युद्ध क्रिमियाबाट सुरु भएको र यसको मुक्तिसँगै अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

    ‘क्रिमिया युक्रेनी भूभाग हो र हामी यसलाई कहिल्यै छोड्ने छैनौं’, उनले भने ।

    क्रिमिया आधिकारिक रुपमा युक्रेनको महत्वपूर्ण भूभाग हो । तर, सन् २०१४ मा एक जनमत संग्रहपछि रुसले कब्जा गरेको थियो । यस कार्यलाई अन्तर्राष्ट्रिय समुदायले अवैध रूपमा हेर्दै आएको छ । युक्रेनीहरूले यसलाई रूससँगको युद्धको कारकको रूपमा हेर्छन् ।

  • युक्रेनसँग लड्न रुसलाई एक लाख सैनिक दिने उत्तर कोरियाको प्रस्ताव

    युक्रेनसँग लड्न रुसलाई एक लाख सैनिक दिने उत्तर कोरियाको प्रस्ताव

    काठमाडौं । उत्तर कोरियाले रुसलाई एक लाख स्वयंसेवक लडाकु युक्रेनसँगको युद्धमा लड्नका लागि सहयोग गर्ने प्रस्ताव गरेको छ ।

    रुसी सरकारी सञ्चारमाध्यमले यस्तो जानकारी दिएका हुन् । समाचारमा उल्लेख गरिएअनुसार उत्तर कोरियाका एक लाख स्वयंसेवक युद्धमा भाग लिन तयार छन् ।

    रुसी सञ्चारमाध्यममा उत्तर कोरियाको सेनाको पनि प्रशंसा गरिएको छ । अमेरिकाले उच्च क्षमताको रकेट प्रणाली युक्रेनलाई दिने निणर्य गरेसँगै रुसी सञ्चारमाध्यमले यस्तो समाचार प्रकाशित गरेको हो ।

    रुसी सेनाबारे जानकार इगोर कोरोट्चेन्कोले उत्तर कोरियाले युक्रेनको फासीवादविरुद्ध लड्न चाहन्छ भने उसको प्रस्ताव स्वीकार गर्नुपर्ने बताएका छन् । अमेरिकाको न्युयोर्कस्थित काउन्सिल फर फरेन रिलेसन्सका अनुसार उत्तर कोरियाको सेना विश्वको चौथो ठूलो सेना हो ।

    उत्तर कोरियामा सक्रिय सैनिकको संख्या करिब १३ लाख छ । थप ६ लाख रिजर्भ सैनिकको रुपमा रहेका छन् । यद्यपि उत्तर कोरियाले पुरानो हतियार र प्रविधिबाट काम चलाउँदै आएको विश्लेषकहरुको भनाइ छ ।

  • रुस-बुल्गेरिया कूटनीतिक सम्बन्धमा दरार

    रुस-बुल्गेरिया कूटनीतिक सम्बन्धमा दरार

    मस्को । रुस र बुल्गेरियाबीचको कूटनीतिक सम्वन्धमा तनाव बढेको छ । रुसले बुल्गेरियाका १४ कुटनीतिज्ञलाई आफ्नो देश छाड्न आदेश दिएसँगै तनाब बढेको हो ।

    रुसी विदेश मन्त्रालयले रुसका लागि बुल्गेरियाका राजदूतलाई मन्त्रालयमा बोलाएर १४ जनालाई देश निकाला गर्ने निर्णय भएको जानकारी गराएको थियो ।

    निस्कासित गरिएका सबै जना मस्कोस्थित बुल्गेरियाको दूतावास र कन्सुलर कार्यालयमा कार्यरत थिए ।

    बुल्गेरियाले रुसका ७० कुटनीतिज्ञहरुलाई देश निकाला गरेकाले जबाफमा रुसको पछिल्लो कदम आएको हो । युक्रेन युद्धपछि रुस —बुल्गेरिया कूटनीतिक सम्बन्धमा दरार आएको विज्ञहरुले बताएका छन् ।