विराटनगर । रुस–युक्रेन युद्धमा ज्यान गुमाएका इलामका गंगाराज मोक्तानको शव घर ल्याइदिन परिवारले आग्रह गरेको छ । गंगाराजकी पत्नी याङकिला शेर्पाले पतिको शव घर ल्याउने पहल गरिदिने आग्रह गरेकी हुन् । गंगाराजको घरमा उनकी पत्नी, सात वर्षकी छोरी, बुबा, आमा, दुुई दाजु र भाउजू छन् । इलाम नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष गोपाल चौहानले… Continue reading रूस–युक्रेन युद्धमा मारिएका इलामका गंगाराजको शव ल्याइदिन परिवारको आग्रह
Tag: रुस-युक्रेन द्वन्द्व
युद्ध अन्त्यका निम्ति चीनले निष्पक्ष मध्यस्थता गर्न सक्दैन : अमेरिका
काठमाडाैं । संयुक्त राज्य अमेरिकाले युक्रेन युद्धमा मस्को र किएभबीच चीनले निष्पक्ष मध्यस्थता गर्न नसक्ने बताएको छ । उसले निष्पक्षरूपमा मध्यस्थता गर्न चीन सक्षम नरहेको टिप्पणी पनि गरेको छ । मङ्गलबार चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटनबीच भएको वार्तामा युक्रेन युद्ध अन्त्यका निम्ति बेइजिङ मध्यस्थता गर्न तत्पर रहेको बताएपछि मध्यस्थ बन्ने… Continue reading युद्ध अन्त्यका निम्ति चीनले निष्पक्ष मध्यस्थता गर्न सक्दैन : अमेरिका
रूस पुगेर सीले राखे युद्ध अन्त्यकाे प्रस्ताव, सम्झौताका लागि तयार रहेको पुटिनको जवाफ
काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले रूस पुगेर युद्ध अन्त्यको प्रस्ताव राखेका छन् । रूस-युक्रेन युद्धको लागि चीनले तयार गरेको १२ बुँदे प्रस्ताव सीले समकक्षी भ्लादिमिर पुटिन समक्ष राखेको मस्को टाइम्सले जनाएको छ । दुई साताअघि साउदी अरेबिया र इरानबीचको द्वन्द्व शान्तिमा रूपान्तरण गर्ने सम्झौता गराउन सफल भएको चीन शान्ति प्रस्ताव लिएर मस्को पुगेको हो… Continue reading रूस पुगेर सीले राखे युद्ध अन्त्यकाे प्रस्ताव, सम्झौताका लागि तयार रहेको पुटिनको जवाफ
युक्रेनी पुरुषलाई देश छाड्न प्रतिबन्ध
काठमाडाैं । युक्रेनले आफ्ना देशका पुरुषले सदस्यहरुलाई देश छोड्न निषेध गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सहयोगी मिखाइल पोदोलियाकले यो खबरको पुष्टि गरेका छन् । पुरुषहरुलाई देश छोड्ने मानव अधिकार नदिएको भन्दै आलोचना हुँदा पोदोकियाकले प्रतिरक्षा गरेका छन् । मंगलबार जर्मनीको सरकारी विश्व समाचार च्यानल डीडब्ल्यूलाई अन्तर्वार्ता दिँदै उनले भनेका छन्, ‘यात्रा गर्ने युक्रेनीको… Continue reading युक्रेनी पुरुषलाई देश छाड्न प्रतिबन्ध
फर्केर हेर्दा २०२२ : युक्रेन युद्धले निम्त्याएको न्यून आर्थिक वृद्धिदर र उच्च मुद्रास्फीतिको वर्ष
काठमाडौं । आर्थिक दृष्टिकोणले सन् २०२२ पछिल्ला केही दशकयताकै सबैभन्दा सकसपूर्ण वर्ष रह्यो । पूर्ण नियन्त्रणमा आउन नसकेको कोभिड–१९, रुस–युक्रेन युद्धले खल्बलिएको आपूर्ति शृङ्खला, खाद्य तथा ऊर्जा सङ्कट, पेट्रोलियम पदार्थको उच्च मूल्यवृद्धि, विभिन्न देशले गरेका निर्यात कटौतीले विश्व अर्थतन्त्रलाई सङ्कुचनतर्फ धकेल्यो । आर्थिक सूचकहरु धर्मराए । एकपछि अर्को गर्दै विकसित प्रतिकूल घटनाक्रमले अर्थतन्त्रको समग्र परिदृश्य… Continue reading फर्केर हेर्दा २०२२ : युक्रेन युद्धले निम्त्याएको न्यून आर्थिक वृद्धिदर र उच्च मुद्रास्फीतिको वर्ष
रुसी हवाई शिविरमा खसालियो युक्रेनी ड्रोन, तीन जनाको मृत्यु
काठमाडाैं । रुसी हवाई सुरक्षा फौजले युक्रेनको एउटा ड्रोन दक्षिणी रुसको एक हवाई शिविरनजिक पुगेपछि रुसले खसालेको रुसी समाचार संस्थाहरूले सोमबार बताएका छन्। उक्त घटनामा तीन जना रुसी प्राविधिकको मृत्यु भएको रुसले जनाएको छ। यो महिना एङ्गेल्सको शिविरमा भएको यो दोस्रो आक्रमण हो। एङ्गेल्स, दक्षिणी सारातोभ क्षेत्रमा, युक्रेनबाट ६०० किलोमिटर (३७० माइल) भन्दा बढी दूरीमा… Continue reading रुसी हवाई शिविरमा खसालियो युक्रेनी ड्रोन, तीन जनाको मृत्यु
रुस-युक्रेन युद्ध : अहिलेसम्म करिब १३ हजार युक्रेनी सैनिकको मृत्यु
रुसले युक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म करिब १३ हजार युक्रेनी सैनिकको मृत्यु भइसकेको छ । एक युक्रेनी अधिकारीले यसको पुष्टि गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले युद्धमा अहिलेसम्म १०,००० देखि १३,००० सैनिकले ज्यान गुमाएको बताएका छन् । युक्रेनले आफ्ना मारिएका सैनिकहरूको बारेमा विरलै जानकारी दिन्छ । पोडोल्याकको यो भनाइलाई अन्य कुनै पनि… Continue reading रुस-युक्रेन युद्ध : अहिलेसम्म करिब १३ हजार युक्रेनी सैनिकको मृत्यु
युक्रेनलाई लक्षित गरेर प्रहार गरिएको मिसाइल पोल्याण्डमा खसेपछि…
काठमाडाैं । युक्रेनलाई लक्षित गरेर प्रहार गरिएको एउटा मिसाइल पोल्याण्डमा खसेको छ । यो घटनामा दुई जना मारिएका छन् । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले प्रहार गरेको मिसाइल पोल्याण्डमा खसेको दाबी गरेका हुन् । तर रुसले आफ्नो संलग्नता अस्विकार गरेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनसँगको पोल्याण्ड सीमा नजिक कुनै मिसाइल आक्रमण गरिएको छैन… Continue reading युक्रेनलाई लक्षित गरेर प्रहार गरिएको मिसाइल पोल्याण्डमा खसेपछि…
रुसले युक्रेनका ऊर्जा संरचनामा आक्रमण गरेपछि किभमा लोडशेडिङ
किभ । रुसले युक्रेनका विभिन्न शहरमा रहेका ऊर्जा संरचनाहरूमा क्षेप्यास्त्र आक्रमण गरेपछि अहिले त्यहाँ विद्युत् आपूर्तिको संकट आएको छ । संकटका कारण युक्रेनको राजधानी किभमा विद्युत् आपूर्ति स्थिर बनाउन लोडशेडिङ गर्न थालिएको छ । युक्रेनी अधिकारीहरूले जनतालाई किफायती रूपमा विद्युतीय सेवा उपयोग गर्नका लागि आग्रह गरेका छन् ।
युक्रेनमा ‘जनमत संग्रह’: भोटका लागि घर–घरमा सेना
युक्रेन । रुसमा सामेल हुनको लागि स्व–शैलीको ‘जनमत संग्रह’को लागि भोट संकलन गर्न देशका कब्जा गरिएका भागहरूमा सशस्त्र सेना घर–घर गएको युक्रेनीहरुले बताएका छन् । ‘तपाईले मौखिक जवाफ दिनुपर्छ र सिपाहीले पानामा जवाफ चिन्ह लगाउँछ र राख्छन्’, एनरहोडरकी एक महिलाले बीबीसीसँग भनेकी छन् । दक्षिणी खेरसनमा रुसी सुरक्षाकर्मीहरू जनताको मत संकलन गर्न शहरको बीचमा मतपेटिका… Continue reading युक्रेनमा ‘जनमत संग्रह’: भोटका लागि घर–घरमा सेना