Tag: संसद बैठक

  • प्रतिनिधिसभाकाे अर्काे बैठक फागुन १२ गते बस्ने

    प्रतिनिधिसभाकाे अर्काे बैठक फागुन १२ गते बस्ने

    काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन १२ गते सम्मका लागि स्थगित भएकाे छ । आइतबार एमसीसी सम्झाैता टेबल गरेर संसद बैठक चार दिनका लागि स्थगित भएको हाे ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

    एमसीसी सम्झौता संसदमा पेश हुँदा नेकपा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका थिए । सत्तापक्षकै केही सांसदहरु पनि एमसीसीकाे विराेधमा छन् ।

  • प्रतिनिधिसभा बैठककाे कार्यसूचीमा एमसीसी, अर्थमन्त्रीले पेस गर्ने

    प्रतिनिधिसभा बैठककाे कार्यसूचीमा एमसीसी, अर्थमन्त्रीले पेस गर्ने

    काठमाडौं । प्रतिनिधिसभाको बैठकको कार्यसूची तयार भएको छ । अमेरिकी सहयता परियोजना एमसीसी आइतबारकाे सदनको कार्यसूचीमा राखिएकाे छ ।

    आइतबार बिहान बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकपछि एमसीसीलाई कार्यसूचीमा राखिएको हो ।

    एमसीसीलाई अर्थमन्त्री जनार्दन शर्माले संसद बैठकमा पेस गर्ने छन् ।

     

  • आइतबारकाे संसद बैठकमा एमसीसी टेबल हुने

    आइतबारकाे संसद बैठकमा एमसीसी टेबल हुने

    काठमाडौं । सरकारले आइतबारकाे संसद बैठकमा एमसीसी टेबल गर्ने बताएकाे छ ।

    सत्ता गठबन्धनमा एमसीसी पेस गर्ने सहमति भएपछि आइतबारकाे बैठकमा एमसीसी पेस गर्न लागिएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    मन्त्री कार्कीले भने, ‘एमसीसी संसदमा टेबुल हुन्छ । सडकमा होइन, सदनमा गहनरुपमा छलफल भएर निष्कर्षमा पुग्छ । जे-जे प्रश्न छन्, त्यसमा सार्वभौम संसदमा सांसदले छलफल गर्नुहुन्छ र निष्कर्षमा पुगिन्छ ।’

  • एमालेकाे अवराेधकाबीच प्रतिनिधिसभा बैठक, अर्काे बैठक आइतबार बस्ने

    एमालेकाे अवराेधकाबीच प्रतिनिधिसभा बैठक, अर्काे बैठक आइतबार बस्ने

    काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठक केहीबेर सञ्चालन भएर स्थगित भएको छ ।

    शुक्रबारकाे बैठकमा पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अवरोधलाई कायम राखेकाे छ । एमाले अवरोधबीच प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले जनजाती आयोगको वार्षिक प्रतिवेदन पेस गरेका थिए ।

    अर्को बैठक आइतबार दिउँसो १ बजेका लागि तय भएकाे सभामुखले जानकारी गराएका छन् ।

  • शुक्रबारकाे संसद बैठकमा एमसीसी पेश हाेला ?

    शुक्रबारकाे संसद बैठकमा एमसीसी पेश हाेला ?

    काठमाडाैं । प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसाे १ बजेका लागि तय भएकाे छ । आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबल गर्ने तयारी गरेका छन् ।

    तर, संसद् सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा एमसीसीसम्बन्धी एजेण्डाको विषय समावेश गरिएको छैन ।

    सहमति नहुँदासम्म एमसीसीलाई अगाडि बढाउन सभामुख अग्निप्रसाद सापकोटा पनि तयार नभएकाले शुक्रबारकाे बैठकमा पनि एमसीसी टेबल हुने सम्भावना कम छ ।

    कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु भने शुक्रबारकाे बैठकमा एमसीसी टेबल हुने बताउँछन् ।

    यसअघि नेपाली कांग्रेसले बुधबार नै एमसीसी टेबल गर्ने बताएकाे भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा शुक्रबारसम्मका लागि पर्खिएका थिए । यही कारण पनि शुक्रबारकाे बैठकमा एमसीसी टेबल हुने उनकाे कतिपय कांग्रेस नेताहरुकाे तर्क छ ।

    संसद् बैठकको कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

    आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । तर, संसद् बैठकअघि बस्ने बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले अन्तिम कार्यसूची तय गर्ने छ ।

  • एमालेकाे नारबाजीबीच ५ मिनेट बसेर सकियाे संसद बैठक, अर्काे बैठक फागुन ६ गते बस्ने

    एमालेकाे नारबाजीबीच ५ मिनेट बसेर सकियाे संसद बैठक, अर्काे बैठक फागुन ६ गते बस्ने

    काठमाडौं । करिब पाँच मिनेट बसेर प्रतिनिधिसभाको बैठक सकिएको छ । बुधबार नेकपा एमालेले नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक अघि बढाए ।

    बैठकमाम प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको प्रतिवेदन संसद बैठकमा पेश गरेका छन् ।

    त्यस्तै तीन जना पूर्वसांसदको निधनप्रति शोक प्रकट गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ ।

    बुधबारको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी भए पनि अन्तिममा दलहरुबीच सहमति नभएपछि टेबुल हुन सकेन ।

    संसदकाे अर्काे बैठक अब फागुन ६ गते शुक्रबारका लागि तय भएकाे छ ।

  • प्रतिनिधि सभाको बैठक सुरू, एमालेकाे नाराबाजी

    प्रतिनिधि सभाको बैठक सुरू, एमालेकाे नाराबाजी

    काठमाडाैं । प्रतिनिधि सभाको बुधबारको बैठक सुरू हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले नाराबाजी सुरू गरेका छन् ।

    सभामुख अग्नि सापकोटाले उनीहरूलाई अवरोध गरी बैठक चलाउन सहयोग गर्न अनुरोध गरेका छन् । यद्यपी एमाले सांसदहरूले नाराबाजी जारी राखेका छन् ।

    पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुख सापकोटाले सदर नगरेपछि एमालेले सभामुखकाे राजीनामा माग्दै आएको छ । एमालेले आफ्ना माग सम्बोधन गर्न माग गर्दै प्रतिनिधि सभाको बैठकमा पनि विरोध जनाउँदै आएको छ ।

  • संसदमा एमालेकाे विराेध जारी रहने, कार्यव्यवस्था बैठक बहिष्कार

    संसदमा एमालेकाे विराेध जारी रहने, कार्यव्यवस्था बैठक बहिष्कार

    काठमाडाैं । नेकपा एमालेले बुधबरको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएको छ । सभामुखकाे कार्यशैलीमा असन्तुष्ट व्यक्त गरी एमालले यसअघिकाे बैठकमा पनि विराेध गर्दै आएकाे थियाे । बुधबारकाे बैठकमा पनि उक्त विराेध कायम राख्ने एमाले नेताले बताएका छन् ।

    त्यस्तै अहिले साढे ११ बजे सभामुखले बोलाएको कार्यब्यवस्था परामर्श समितिको बैठकमा समेत एमाले नजाने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले कार्यव्यवस्थाको बैठकमा एमाले सहभागी नहुने जानकारी दिए ।

    पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुख सापकोटाले सदर नगरेपछि एमालेले सभामुखकाे राजीनामा माग्दै आएको छ । एमालेले आफ्ना माग सम्बोधन गर्न माग गर्दै प्रतिनिधि सभाको बैठकमा पनि विरोध जनाउँदै आएको छ ।

    बुधबारकाे बैठकमा देशव्यापी विवादमा आएकाे अमेरिकी सहयाेग एमसीसी पेश गर्ने तयारी सरकारले गरेकाे छ । आफू सरकारमा रहँदा एमसीसीकाे पक्षमा रहेकाे एमाले अहिले एमसीसी संसदबाट अनुमाेदन गर्ने वा नगर्ने भन्नेमा अनिर्णित छ ।

  • सभामुखले बाेलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

    सभामुखले बाेलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

    काठमाडौं । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । भोलि बिहान साढे ११ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बोलाइएको हो ।

    उक्त बैठकमा एमसीसी टेबुल गर्ने, नगर्नेबारे छलफल हुने ठानिएको छ ।

    संसद् बैठक दिउँसो १ बजे बस्दैछ । त्यसअघि समसामयिक विषयका छलफलका लागि कार्यव्यवस्था समितिको बैठक बस्न लागेको हो ।

    लामाे समयदेखि स्थगित भइरहेकाे संसद बैठक बुधबार दिउँसाे १ बजेका लागि तय गरिएकाे छ ।

    संसद बैठकमा प्रधानन्याधीशमाथि लागेकाे महाभियाेग, एमसीसीलगायतका विषयमा छलफल हुने सम्भावना छ । यद्यपी मंगलबार सार्वजनिक गरिएकाे सम्भावित कार्यसूचीमा भने यी विषय समावेश गरिएका छैनन् ।

  • प्रतिनिधिसभा बैठक फेरि सर्‍यो

    प्रतिनिधिसभा बैठक फेरि सर्‍यो

    काठमाडाैं । फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सरेको छ ।

    संसद् सचिवालयले आइतबार सूचना जारी गरी फागुन २ गतेका लागि बोलाएको बैठक फागुन ४ गतेका लागि तय भएको जानकारी गराएकाे हाे ।