एमालेकाे नारबाजीबीच ५ मिनेट बसेर सकियाे संसद बैठक, अर्काे बैठक फागुन ६ गते बस्ने

काठमाडौं । करिब पाँच मिनेट बसेर प्रतिनिधिसभाको बैठक सकिएको छ । बुधबार नेकपा एमालेले नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक अघि बढाए ।

बैठकमाम प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको प्रतिवेदन संसद बैठकमा पेश गरेका छन् ।

त्यस्तै तीन जना पूर्वसांसदको निधनप्रति शोक प्रकट गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ ।

बुधबारको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी भए पनि अन्तिममा दलहरुबीच सहमति नभएपछि टेबुल हुन सकेन ।

संसदकाे अर्काे बैठक अब फागुन ६ गते शुक्रबारका लागि तय भएकाे छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१