संसदमा एमालेकाे विराेध जारी रहने, कार्यव्यवस्था बैठक बहिष्कार

काठमाडाैं । नेकपा एमालेले बुधबरको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएको छ । सभामुखकाे कार्यशैलीमा असन्तुष्ट व्यक्त गरी एमालले यसअघिकाे बैठकमा पनि विराेध गर्दै आएकाे थियाे । बुधबारकाे बैठकमा पनि उक्त विराेध कायम राख्ने एमाले नेताले बताएका छन् ।

त्यस्तै अहिले साढे ११ बजे सभामुखले बोलाएको कार्यब्यवस्था परामर्श समितिको बैठकमा समेत एमाले नजाने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले कार्यव्यवस्थाको बैठकमा एमाले सहभागी नहुने जानकारी दिए ।

पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुख सापकोटाले सदर नगरेपछि एमालेले सभामुखकाे राजीनामा माग्दै आएको छ । एमालेले आफ्ना माग सम्बोधन गर्न माग गर्दै प्रतिनिधि सभाको बैठकमा पनि विरोध जनाउँदै आएको छ ।

बुधबारकाे बैठकमा देशव्यापी विवादमा आएकाे अमेरिकी सहयाेग एमसीसी पेश गर्ने तयारी सरकारले गरेकाे छ । आफू सरकारमा रहँदा एमसीसीकाे पक्षमा रहेकाे एमाले अहिले एमसीसी संसदबाट अनुमाेदन गर्ने वा नगर्ने भन्नेमा अनिर्णित छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१