काठमाडाैं । प्रतिनिधि सभाको बुधबारको बैठक सुरू हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले नाराबाजी सुरू गरेका छन् ।
सभामुख अग्नि सापकोटाले उनीहरूलाई अवरोध गरी बैठक चलाउन सहयोग गर्न अनुरोध गरेका छन् । यद्यपी एमाले सांसदहरूले नाराबाजी जारी राखेका छन् ।
पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुख सापकोटाले सदर नगरेपछि एमालेले सभामुखकाे राजीनामा माग्दै आएको छ । एमालेले आफ्ना माग सम्बोधन गर्न माग गर्दै प्रतिनिधि सभाको बैठकमा पनि विरोध जनाउँदै आएको छ ।