Tag: नेकपा एमाले

  • एमाले सरकार गठनको दौडमा छैन : उपाध्यक्ष पाण्डे

    एमाले सरकार गठनको दौडमा छैन : उपाध्यक्ष पाण्डे

    चितवन । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल, चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयबारे नसोचेको उल्लेख गरे।

    उनले भने, ‘अहिलेको संसद्मा एमाले प्रतिपक्षमा रहन्छ ।’ अहिलेको निर्वाचनले कुनै दललाई पनि बहुमत नदिएको उल्लेख गर्दै उपाध्यक्ष पाण्डेले एकभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने अवस्था रहेको बताए । संसद्मा कुनै पनि दलको बहुमत नपुग्दा सरकारले परिणाम दिने गरी काम गर्न नसक्ने उनकाे भनाइ थियो ।

    देशमा आर्थिक र राजनीतिक सङ्कट देखा परे कांग्रेस र एमालेबीच सहकार्य हुनसक्ने उनले बताए । निर्वाचनमा जनताले पुराना ठूला पार्टीलाई सजग गराउन खोजेको भन्दै उपाध्यक्ष पाण्डेले अब ठूला पुराना पार्टी सच्चिनुपर्ने अवस्था आएको बताए । ‘एमाले र कांग्रेस सच्चिनुपर्छ’ उनले भने ।

    जनता हिजोदेखि स्थापित पार्टीको पक्षमा देखिए पनि खबरदारी गरेको पाइएकाे र तत्काल वाम एकता सम्भव नरहेको उपाध्यक्ष पाण्डेको भनाइ छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सबै दलले आफ्नो मत गुमाउन पुगेकाले अबको राजनीति सहज नहुने उनले बताए ।

  • प्रधानन्यायाधीश प्रकरणमा भीम रावल भन्छन्, ‘बेथिति र विकृतिको पराकाष्ठा’

    प्रधानन्यायाधीश प्रकरणमा भीम रावल भन्छन्, ‘बेथिति र विकृतिको पराकाष्ठा’

    काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले संसद् सचिवालयका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निष्क्रिय भएको भनेर पत्र दिनु राज्य सञ्चालनमा बेथिति र विकृतिको पराकाष्ठा भएको टिप्पणी गरेका छन् ।

    उक्त प्रकरणको जिम्मेवारी राज्य सञ्चालन गर्नेहरूले लिनुपर्ने एमाले नेता रावलले बताएका छन् ।

    ‘प्रन्या चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोगको सन्दर्भका घटनाक्रम र निजको उमेरले अवकाश हुने दिन नजिकिँदै गर्दा संसद् सचिवालयका महासचिवले निलम्बन फुकुवाको पत्र जारी गर्नु राज्य सञ्चालनमा बेथिति र विकृतिको पराकाष्ठा’, रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यसको देश, राज्य र राजकाज चलाउनेहरूले जिम्मेवारी लिनु पर्दैन ?’

    महाभियोग निष्प्रभावी भएको पत्र पाएपछि चोलेन्द्र सरकारी निवास बालुवाटारबाट बुधबार सर्वोच्च अदालत जाने तयारी गरेका थिए ।

    तर सरकार र वकिलहरूको अवरोधका कारण उनी सर्वोच्चमा हाजिर गर्न गएनन् ।

     

  • माधव-प्रचण्डलक्षित गाेकुल बास्काेटाकाे कटाक्ष : अर्काको खेतमा मलजल गरेर आफ्नाे भकारी भरिन्न

    माधव-प्रचण्डलक्षित गाेकुल बास्काेटाकाे कटाक्ष : अर्काको खेतमा मलजल गरेर आफ्नाे भकारी भरिन्न

    काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा नवनिर्वाचित सांसद गोकुल बास्कोटाले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष गरेका छन् ।

    प्रचण्ड-माधवलाई कटाक्ष गर्दै उनले भनेका छन्, ‘अर्काको खेतमा मलजल र गोडमेल गर्ने अनि आफ्नो भकारी भरिएन भनेर गुनासो गर्ने गनगने प्रवृत्ति काम छैन ।’

    उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कुनै समय फुटबलमा रोचक मानिएको स्पेनको टिकीटाका स्टायल हराए जस्तै नेपालका वामपन्थी पार्टीहरूमा वाम एकताका स्वर पनि हराउन थाल्या छन् । कही जनमत र केही हर्कतबाट कांग्रेस ठूलो भै सक्यो ।’

    सत्तागठबन्धनको आडमा निर्वाचनमा होमिएको माओवादी १८ सीटमा सीमित भएको छ भने नेकपा एसले प्रत्यक्षमा १० सीट जितेपनि थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्न असफल भएको छ । यही विषयमा उनले यस्ताे टिप्पणी गरेका हुन् ।

  • यस्ता छन् नयाँ सरकारका चुनौती

    यस्ता छन् नयाँ सरकारका चुनौती

    काठमाडाैं । अहिले नयाँ सरकार बनाउन सत्ता गठवन्धनसहित प्रतिपक्षी दल नेकपा एमाले पनि गृहकार्यमा जुटेको छ । जसले बहुमत जुटाउन सक्छ त्यसैले नयाँ सरकारको नेतृत्व गर्नेछ ।

    जसले सरकार बनाए पनि मुलुकसामु देखा परेका केही चुनौतीको डटेर सामना गर्नुपर्ने अवस्था छ ।

    धेरैका बुझाइमा अहिलेको सत्ताधारी गठबन्धनले नै आगामी सरकार बनाउने देखिन्छ । राजनीतिक समीकरण हेर्दा त्यो अवस्था पनि देखिन्छ ।

    सबैभन्दा ठूलो दल बन्ने देखिएको नेपाली कांग्रेसभित्रै प्रधानमन्त्री तथा अन्य पदका लागि आकांक्षी धेरै हुनुले सरकार गठन ‘सकसपूर्ण’ हुनसक्ने कतिपयको अनुमान छ । जसको नेतृत्वमा सरकार बनेपनि सरकारले सुरुमै सामना गर्नुपर्ने केही चुनौत देखा परेकाछन । ती मध्ये एउटा हो राजनीतिक अस्थिरता ।

    राजनीतिक अस्थिरताको डर र जुनसुकै बेला सरकार ढल्न सक्छ भन्ने चुनौतीले नयाँ सरकारलाई आनन्दसंग राजकाज गर्न दिने छैन । अहिलेको गणित हेर्दा मिलिजुली सरकार बन्ने निश्चित छ तर नेपालमा मिलीजुली सरकारसम्बन्धी संस्कार बसेको देखिँदैन । सानो कुरामा चित्त नबुझ्ने बित्तिकै सरकार ढाल्ने वा अस्थिरता निम्तिने संस्कार छ ।

    दोस्रो चुनौती हो संघीयता कार्यान्वयन

    संघीयतालाई संस्थागत तथा कार्यान्वयन गर्ने कुरामा अवरोध झन बढ्ने देखिन्छ । चुनावबाट संघीयता विरोधी र प्रदेशप्रति अनुदार शक्तिको उदयका कारण यो समस्या बल्झिन सक्छ ।

    यो निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय दलको रूपमा उदाएको छ भने राप्रपा पनि संसद्मा थप सशक्त बनेको छ।

    तेस्रो चुनौती हो आर्थिक संकट

    गत वर्षदेखि नै नेपाली अर्थतन्त्र संकटमा छ । केही सुधारको सङ्केत देखिने तर फेरि केही आर्थिक पाटाहरूमा जटिल समस्या देखिने क्रम नरोकिएकाले कुनैपनि बेला आर्थिकस्थिति धराशायी हुनसक्छ ।

    चर्को मूल्यवृद्धि, उच्च ब्याजदर, बेरोजगारी र अनावश्यक प्रशासनिक खर्चको बोझ जस्ता कुरालाई नियन्त्रण गर्नतर्फ सरकार नलागे त्यसले ठूलो सङ्कट निम्त्याउन सक्छ ।

    चौथो चुनौती हो वैदेशिक सम्बन्धमा सुधार

    परराष्ट्र मामिलामा नेपालको कमजोर उपस्थिति देखिएको तथा कतिपय अवस्थामा नेपाल शक्ति राष्ट्रहरूको टकरावको केन्द्र बन्ने हो कि भन्ने चिन्ता बढेको छ ।
    त्यसलाई “सन्तुलन”मा राख्ने चुनौती नयाँ सरकारलाई हुने निश्चित छ ।

    कतिपयले नेपालले अमेरिकी सहायता परियोजना एमसीसी पास गरेपछि नेपाल चीन र अमेरिकाको चेपुवामा पर्ने चिन्ता पनि व्यक्त गरिरहेका छन्। यस्तोमा नेपालले सन्तुलित नीति लिएर छिमेकी र अन्य मुलुकसँगको सम्बन्ध सुमधुर बनाउने चुनौती रहेको छ ।

    पाँचौ चुनौती हो दल र सरकारको साख जोगाउनु

    अब बन्ने सरकारका लागि विशेषगरी राजनीतिक दल तथा सरकारमाथि घटेको जनविश्वासलाई बढाउनुपर्ने चुनौती छ । पुराना दल मात्र होइन नयाँ दलहरूलाई पनि आफ्नो साख जोगाउने सकस छ ।

  • एमालेका बस्नेतसँग २५ सय मतले पछाडि झलनाथ खनाल

    एमालेका बस्नेतसँग २५ सय मतले पछाडि झलनाथ खनाल

    इलाम । इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एमालेका महेश बस्नेतले अग्रता कायम राखेका छन् ।

    पछिल्लो मतपरिणाम अनुसार उनले एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनाललाई २५०२ मतले पछि पारेका छन् ।

    मतगणनाको पछिल्लो परिणाम अनुसार एमालेका बस्नेतले २४ हजार ३०४ मत प्राप्त गर्दा खनालले २१ हजार ८०२ मत पाएका छन् ।

  • इलाम–२ मा राेचक प्रतिस्पर्धा, सुवास नेम्वाङ १३० मतले अगाडि

    इलाम–२ मा राेचक प्रतिस्पर्धा, सुवास नेम्वाङ १३० मतले अगाडि

    काठमाडाैं । इलाम–२ मा एमाले नेता सुवास नेम्वाङ १३० मतले अगाडि भएका छन् ।

    उनलाई नेपाली कांग्रेसका डम्बर खड्कालाई १३० मतले पछि पार्दै नेम्वाङ पहिलो स्थानमा उक्लिएका हुन् ।

    इलाम वडा नम्बर ३ को गणना सकिँदा खड्का १६ मतले अगाडि थिए । तर, वडा नम्बर २ को मत गणना सकिँदा नेम्वाङ अगाडि आएका हुन् ।

    अहिले इलामको वडा नम्बर १ को गणना भइरहेको छ । हालसम्मको मतगणना अनुसार नेम्वाङले २९ हजार १ सय ३५ मत पाउँदा खड्काले २९ हजार ५ मत पाएका छन् ।

  • यी हुन् अहिलेसम्म एमालेबाट प्रतिनिधिसभा चुनाव जित्ने ३८ जना

    यी हुन् अहिलेसम्म एमालेबाट प्रतिनिधिसभा चुनाव जित्ने ३८ जना

    काठमाडाैं । मंसिर ४ मा भएकाे प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनकाे मतगणनाकाे क्रम जारी छ । हालसम्म नेकपा एमालेले प्रतिनिधिसभा तर्फ ३८ सिट जितिसकेकाे छ ।

    एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फ लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ११ क्षेत्रमा जीत निकालेको छ । यद्यपि यहाँ पार्टीका महासचिव शंकर पोखरेल पराजित भएका छन् ।

    यस्तै, अध्यक्ष केपी शर्मा ओलीको गृहप्रदेश प्रदेश नम्बर १ का ९ क्षेत्रमा एमालेले जीत निकालेको छ ।

    कर्णाली प्रदेशमा एमाले निल हुँदा मधेशमा ७, बागमतीमा ४, गण्डकीमा ५ र सुदूरपश्चिममा २ क्षेत्रमा जित निकालेको छ ।

    प्रदेश नम्बर १

    १. झापा ५ – केपी शर्मा ओली

    २. झापा २ – देवराज घिमिरे

    ३. ताप्लेजुङ – योगेश भट्टराई

    ४. सोलुखुम्बु – मानवीर राई

    ५. धनकुटा – राजेन्द्र राई

    ६ झापा ४ – एलपी साँवा लिम्बू

    ७. उदयपुर २ – अम्बरबहादुर रायमाझी

    ८. पाँचथर–बसन्तकुमार नेम्वाङ

    ९. मोरङ–२ ऋषिकेश पोखरेल

    मधेश प्रदेश

    १. पर्सा ३ – राजकुमार गुप्ता

    २. सिरहा १ – राम शंकर यादव

    ३.धनुषा ३– जुली कुमारी महतो

    ४.सर्लाही ३– हरि उप्रेती

    ५. बारा १–अच्युत मैनाली

    ६. बारा ३– ज्वाला कुमारी साह

    ७. सिरहा ३ – लीलानाथ श्रेष्ठ

    बागमती प्रदेश

    १. काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ

    २. ललितपुर २ – प्रेमबहादुर महर्जन

    ३. मकवानपुर २ – महेश कुमार बर्तौला

    ४. काभ्रे २ – गोकुल बाँस्कोटा

    गण्डकी प्रदेश

    १. कास्की २ – विद्या भट्टराई

    २. पर्वत – पदम गिरी

    ३. लमजुङ – पृथ्वी सुब्बा गुरुङ

    ४. कास्की ३–दामोदर बैरागी पौडेल

    ५. कास्की १ – मनबहादुर गुरुङ

    लुम्बिनी प्रदेश

    १. गुल्मी २ – गोकर्ण विष्ट

    २. अर्घाखाँची – टोपबहादुर रायमाझी

    ३. प्युठान – सूर्य थापा

    ४. रुपन्देही ५ – बासुदेव घिमिरे

    ५. बाँके १ – सूर्य ढकाल

    ६. कपिलवस्तु १–बलराम अधिकारी

    ७. पाल्पा १ – ठाकुर गैरे

    ८. पाल्पा २ – नारायणप्रसाद आचार्य

    ९. कपिलवस्तु–३ मंगल प्रसाद गुप्ता

    १०. रुपन्देही–२ विष्णु प्रसाद पौडेल

    ११. रुपन्देही–१ छविलाल विश्वकर्मा

    सुदूरपश्चिम प्रदेश

    १. कन्चनपुर १– तारा लामा तामाङ

    २. बैतडी–दामोदर भण्डारी

  • काभ्रे-२ बाट ५८ सय मतान्तरसहित गाेकुल बास्काेटा विजयी

    काभ्रे-२ बाट ५८ सय मतान्तरसहित गाेकुल बास्काेटा विजयी

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता गोकुल बास्कोटा विजयी भएका छन् ।

    बास्कोटाले नेपाली कांग्रेसका शिव हुमागाईंलाई ५८ सय ६३ मतान्तरले पराजित गरे । बास्कोटाले ४४ हजार ३४५ मत ल्याए ।

    पाँच दलीय गठबन्धनका लागि कांग्रेसका उम्मेदवार बनेका हुमागाइँ ३९ हजार ४८२ मतमा समेटिए ।

    यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईँले १० हजार ५७३ मत प्राप्त गरे ।

  • आफूलाई पराजित गर्नेलाई विशाल भट्टराईले दिए बधाई !

    आफूलाई पराजित गर्नेलाई विशाल भट्टराईले दिए बधाई !

    काठमाडौं । पराजित भएपछि नेकपा (एमाले)का विशाल भट्टराईले निर्वाचित नेकपा (माओवादी केन्द्र)का रामकुमार राई पासाङलाई बधाई दिएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिएका हुन् ।

    ‘निर्वाचितहरूलाई बधाई एबं मतदाताहरूप्रति आभार’, पराजित भएका भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘खोटाङबाट प्रतिनिधि सभामा निर्वाचित रामकुमार राईज्यू र प्रदेश सभामा निर्वाचित पिके राईज्यू तथा भूपेन्द्र राईज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु।’

    यस्तो प्रतिकूलतामा पनि यस्तो सम्मानजनक मत प्रदान गरेको भन्दै भट्टराईले सबै मतदातालाई आभार व्यक्त गरेका छन् । ‘म आफू पनि यो निर्वाचनमा एमालेको तर्फबाट प्रतिनिधि सभामा प्रत्याशी थिएँ, अनेकन कारणले झिनो मतान्तरसहित पराजित भएँ’, उनले भनेका छन्, ‘यस्तो प्रतिकूलतामा पनि यस्तो सम्मानजनक मत प्रदान गर्नुहुने सम्पूर्ण मतदाताहरुमा सहृदय आभार अर्पण गर्दछु ।’

    खोटाङमा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका पासाङ ३१ हजार ३५१ मत ल्याएर निर्वाचित भएका छन् । एमालेका भट्टराईले २८ हजार ६८५ मत प्राप्त गरेर पराजित भएका छन् ।

  • एमाले – माओवादी : जसले हराए एक-अर्काका महासचिव

    एमाले – माओवादी : जसले हराए एक-अर्काका महासचिव

    काठमाडाैं । मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का महासचिव पराजित भएका छन् ।

    एमाले महासचिवले माओवादी केन्द्रका उम्मेदवारसँग पराजय व्यहोरे भने माओवादीका महासचिवले एमालेका उम्मेदवारसँग हार व्यहोरे ।

    दाङ-२ बाट एमाले महासचिव शंकर पोखरेल पराजित भएका हुन् भने माओवादी केन्द्रका महासचिव देव गुरूङ लमजुङबाट पराजित भएका हुन् ।

    एमाले महासचिव पोखरेललाई माओवादी केन्द्रकी रेखा शर्माले हराएकी हुन् । उनले करिब २ सय मतले पाेखरेललाई पराजित गरिन् ।

    माओवादी केन्द्रका महासचिव देव गुरूङलाई एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले हराएका हुन् । माओवादीका महासचिव गुरूङ ३ हजार ९८ मतान्तरले पराजित भएका हुन् ।