• २०८३ असार १०
  • 2026 June 24, Wednesday

माधव-प्रचण्डलक्षित गाेकुल बास्काेटाकाे कटाक्ष : अर्काको खेतमा मलजल गरेर आफ्नाे भकारी भरिन्न

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा नवनिर्वाचित सांसद गोकुल बास्कोटाले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष गरेका छन् ।

प्रचण्ड-माधवलाई कटाक्ष गर्दै उनले भनेका छन्, ‘अर्काको खेतमा मलजल र गोडमेल गर्ने अनि आफ्नो भकारी भरिएन भनेर गुनासो गर्ने गनगने प्रवृत्ति काम छैन ।’

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कुनै समय फुटबलमा रोचक मानिएको स्पेनको टिकीटाका स्टायल हराए जस्तै नेपालका वामपन्थी पार्टीहरूमा वाम एकताका स्वर पनि हराउन थाल्या छन् । कही जनमत र केही हर्कतबाट कांग्रेस ठूलो भै सक्यो ।’

सत्तागठबन्धनको आडमा निर्वाचनमा होमिएको माओवादी १८ सीटमा सीमित भएको छ भने नेकपा एसले प्रत्यक्षमा १० सीट जितेपनि थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्न असफल भएको छ । यही विषयमा उनले यस्ताे टिप्पणी गरेका हुन् ।