Tag: नेपाल-भारत

  • यस्ता छन् नेपाल र भारतबीच भएका समझदारी

    यस्ता छन् नेपाल र भारतबीच भएका समझदारी

    काठमाडाैं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच केही सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन भएकाे छ ।

    हैदरावादमा भएको द्विपक्षीय भेटवार्तापछि सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन भएकाे हाे ।

    दुई देशका प्रधानमन्त्रीबीच सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास, नेपालगञ्ज रूपैडिया इन्टिग्रेटेड चेकपोस्टको उद्घाटन, बथनाहा बिराटनगर कार्गो रेलको उद्घाटन, अमलेखगञ्जदेखि चितवनको लोथलसम्म पेट्रोलियम पाइपलाइनको शिलान्यास, गोरखपुर-न्यू बुटवल ४०० केभी डबल सर्किट ट्रान्समिसन लाईन निर्माणको शिलान्यास, सिलीगुड़ी – झापा पेट्रोलियम पाइपलाईन निर्माण कार्यको समझदारी, तल्लो अरूण हाईड्रोपावर प्रोजेक्ट, फुकोट कर्णाली हाइड्रोपावर प्रोजेक्ट, क्रस बोर्डर पेमेन्ट समझदारीपत्रमा हस्ताक्षर भएकाे हाे ।

  • बथनाहादेखि विराटनगरका लागि छुट्यो कार्गो रेल, मोदी र प्रचण्डले देखाए हरियो झन्डा

    बथनाहादेखि विराटनगरका लागि छुट्यो कार्गो रेल, मोदी र प्रचण्डले देखाए हरियो झन्डा

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपालमा कार्गो रेलसेवा सुरु भएको छ ।

    उक्त कार्गो रेल अहिले भारतको बथनाहादेखि विराटनगरका लागि छुटिसकेको छ। उक्त रेललाई दिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रचण्डले हरियो झन्डा देखाएर बिदा गरेका हुन्।

    भारतबाट विराटनगरको कस्टम यार्डसम्म चल्ने कार्गो रेल सेवाको बिहीबार दुई देशका प्रधानमन्त्रीले दिल्लीबाट बटन थिचेर उद्घाटन गरेका हुन् ।

    कार्गो रेल आउने भएपछि रमिता हेर्न स्थानीयबासी जम्मा भएका छन्। यो रेललाई विराटनगरस्थित व्यापारीहरुले विशेष कार्यक्रमसहित स्वागत गर्ने तयारी छ।

    विराटनगरका लागि छुटेको कार्गो रेललाई फूल मालाले सजाइएको छ।

  • प्रधानमन्त्री प्रचण्ड र मोदीबीच वार्ता

    प्रधानमन्त्री प्रचण्ड र मोदीबीच वार्ता

    काठमाडाैं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ।

    हैदराबाद हाउसमा प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय भेटवार्ता भएकाे हाे। उक्त वार्तापछि प्रचण्ड र माेदीबीच वान टु वान बार्ता हुनेछ।

    उक्त भेटवार्तापछि सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन गरी दुवै देशका प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ।

    प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच ‘महत्त्वपूर्ण सम्झौता’ हुने दाबी गरेका छन्।

    भारतीय समकक्षी मोदीसँग भेट गर्नुअघि प्रधानमन्त्री प्रचण्ड आज बिहान साढे १० बजे महात्मा गान्धीको समाधिस्थल राजघाट पुगी पुष्पगुच्छा अर्पण गरेका थिए।

    प्रधानमन्त्री प्रचण्ड चार दिन भारतमा रहनेछन्। चौथो दिन अपराह्न उनी दिल्लीबाट काठमाडौं फर्कने कार्यक्रम छ।

    तस्बिर : प्रदीपराज वन्त

  • प्रधानमन्त्री दाहाल र समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै, उर्जा व्यापारसम्बन्धी रणनीतिमा सम्झौता हुने

    प्रधानमन्त्री दाहाल र समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै, उर्जा व्यापारसम्बन्धी रणनीतिमा सम्झौता हुने

    काठमाडौं । चार दिने भारत भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकहल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदबीच आज(बिहीवार) औपचारिक भेटवार्ता हुनेछ । भेटवार्तामा उर्जा व्यापारसम्बन्धी रणनीतिक सम्झौतामा हस्ताक्षर हुनेछ ।

    प्रधानमन्त्री दाहाल र समकक्षी मोदीबीच दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता हुनेछ । भेटवार्ता ११ : ०५ मा तय भएको छ । ‘वान टु वान’ हुने वार्ता आधा घण्टाको हुनेछ । त्यसपछि प्रधानमन्त्री दाहालले प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता गर्नेछन् ।

    प्रधानमन्त्री दाहालको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जामन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री रमेश रिजाल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल सहभागी हुनेछन् ।

    सोही वार्ताका क्रममा उर्जा व्यापारसम्बन्धी रणनीतिक सम्झौता पत्रमा हस्ताक्षर हुनेछ । कार्यक्रममा केही परियोजनाको उद्घाटन र संयुक्त पत्रकार सम्मेलन हुनेछ । सम्मेलनमा दुवै प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ । त्यसपछि प्रधानमन्त्री दाहाल दिवा भोजमा सहभागि हुनेछन् । प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवा भोजको आयोजना गरेका छन् ।

    प्रधानमन्त्रीले ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनखड र ४ः ३५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नु छन् । प्रधानमन्त्री दाहालले साँझ ६ : १५ बजे होटल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
    भ्रमणको तेस्रो दिन प्रधानमन्त्री प्रचण्ड मध्यप्रदेशको इन्दोर प्रस्थान गर्ने कार्यसूची रहेको छ । त्यहाँ मध्यप्रदेशका राज्यपालसँग भेटघाट गर्नुका साथै इन्दोरमा अध्ययन भ्रमणसमेत गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड चौथो दिन अपराह्न ४ : २० बजे दिल्लीबाट काठमाडौं फर्कने कार्यक्रम छ ।

    प्रधानमन्त्री दाहाल बुधवार ३ : ०० बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । उनको स्वागतमा भारतीय विदेश राज्यमन्त्री मीनाक्षी लेखी विमानस्थल पुगेकी थिइन् । उनलाई विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरिएको थियो । उनको सम्मानमा विमानस्थलबाहिर सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिएको थियो ।
    त्यसलगतै मौर्य होटल पुगेका उनीसँग मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव विनयमोहन क्वात्राले छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । भेटका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीबीच हुने औपचारिक वार्ताका एजेन्डा र भारतको सुरक्षाचासोबारे जानकारी दिइएको थियो ।

    बुधवार साँझ प्रधानमन्त्री दाहाल भारतस्थित नेपाली राजदूतावासमा आयोजित स्वागत समारोहमा सहभागी भएका थिए । समारोहमा भाजपाका पूर्वअध्यक्ष मुरलीमनोहर जोशी, भारतीय विदेश राज्यमन्त्री लेखी, भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले, महाराष्ट्रका पूर्वगभर्नर एवं भाजपा नेता भगतसिंह कोस्यारी सहभागी थिए । भारतीय सेना प्रमुख मनोज पाण्डे, पूर्वप्रधानसेनापतिहरू दलवीरसिंह सुहाग, मनोजमुकुन्द नरभणेलगायत पनि सहभागी थिए ।

  • नयाँ दिल्लीमा प्रधानमन्त्री प्रचण्ड, विदेश राज्यमन्त्रीद्वारा स्वागत

    नयाँ दिल्लीमा प्रधानमन्त्री प्रचण्ड, विदेश राज्यमन्त्रीद्वारा स्वागत

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। चार दिने भ्रमणका लागि उनी आज दिल्ली पुगेका हुन्।

    दिल्ली अन्तरार्ष्ट्रिय विमानस्थलमा विदेशराज्य मन्त्री मिनाक्षी लेखीले प्रचण्डलाई स्वागत गरेकी हुन्। भारतको विदेश मन्त्रालयले प्रचण्डको भ्रमणले दुई देशबिचको घनिष्ट र अद्वितीय सम्बन्धलाई गति दिने विश्वास लिएको जनाएको छ।

    प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी छोरी गंगा दाहाललगायत मन्त्रीहरु, सचिवहरु तथा सरकारका वरिष्ठ अधिकारीहरु पनि सहभागी छन्।

    प्रधानमन्त्रीले बिहीवार जेठ १८ गते (१ जुन २०२३)मा भारत समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तय भएको परराष्ट्रले बताएको छ। वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्। मोदीले प्रचण्ड र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन्।

    भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीले जेठ २० गते (३ जुन) काठमाडौं फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ।

    प्रधानमन्त्रीका रुपमा प्रचण्डको यो चौथो भारत भ्रमण हो। यस भ्रमणले नेपाल र भारतबिचको पुरानो, बहुआयामिक र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने परराष्ट्र मन्त्रालयले बताएको छ।

  • भारत सरकारको सहयोगमा दुई परियोजना बनाउन समझदारीपत्रमा हस्ताक्षर

    भारत सरकारको सहयोगमा दुई परियोजना बनाउन समझदारीपत्रमा हस्ताक्षर

    काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा दुई परियोजना बन्ने भएका छन् । स्वास्थ्य सेवा तथा शैक्षिक क्षेत्रमा दुईवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण कार्य अघि बढाउनका लागि भारतीय राजदूतावास, काठमाडौं रर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच आज एक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

    यी दुई परियोजनाको कूल अनुमानित लागत नेरु. ८.०३३ करोड रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

    यी दुई परियोजनाभित्र रामेछाप जिल्लाको मालागिरी शान्ति योगाश्रम र डोटी जिल्लाको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस रहेका छन् । परियोजनाको निर्माण क्रमशः रामेछाप नगरपालिका र बडीकेदार गाउँपालिकामार्फत कार्यान्वयन गरिने जनाइएको छ ।

    यी परियोजनाको निर्माणले स्थानीयवासीहरुलाई गुणस्तरिय स्वास्थ्य सेवा तथा शैक्षिक सुविधा उपलब्ध गराउनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउने दूतावासले जनाएको छ ।

  • फाँसीवादतर्फ मोदी सत्ता र काँग्रेस पुनर्जीवनको प्रश्न

    फाँसीवादतर्फ मोदी सत्ता र काँग्रेस पुनर्जीवनको प्रश्न

    भारतलाई स्वतन्त्र बनाउने आन्दोलनदेखि विश्वको एक सबल लोकतान्त्रिक देशका रूपमा स्थापित गर्न भारतीय राष्ट्रिय काँग्रेसले नेतृत्वदायी भूमिका खेल्यो । सर्वोच्च नेता नेहरुको नेतृत्व हुँदा भारतको सरकारले आफ्नै विशेषताको समाजवादी नीति बनाउने गर्दथ्यो तर बर्लीन पर्खाल भत्काइए पछि त्यही पार्टीका अर्का नेता मनमोहन सिंह (सन् १९९१ देखि २०१४ सम्म) अर्थमन्त्री हुँदै लामो कार्यकाल प्रधानमन्त्री भए । उनले गरेको संरचनागत समायोजनले पुँजीवादको विकासका लागि बाधक सबै जसो ढोका खोल्यो । यद्यपि, त्यो पुँजीवादी नीति अन्धानुकरण थिएन । उक्त नीति लिएर राज्यले अस्तव्यस्त अर्थतन्त्रलाई समाल्नुका साथै करोडौँ नागरिकलाई गरिबीबाट मुक्त गरायो । जनजीविका जोडिएका महत्त्वपूर्ण क्षेत्रहरू जस्तै ऊर्जा, पारवहन, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षाजस्ता अनेकौँ क्षेत्रको जिम्मेवारीबाट सत्ता पछि हटेन । यसरी भारतलाई यस विश्व व्यवस्थाको एक महत्त्वपूर्ण खेलाडीका रूपमा उभ्याउन सफल भारतीय काँग्रेस २०१४ को आम चुनाव किन हार्‍यो त ? यो प्रश्न मोदी शासनको असफलतासँगै २०२४ को आम चुनाव अगाडि फेरि बिउँतिएको छ ।

    भारतीय राष्ट्रिय काँग्रेस चुनाव हार्नुका अनेकौँ कारणहरू थिए । प्रमुख तः टु जी, कोइला, हेलिकप्टर खरिद प्रकरण, संसद् खरिद प्रकरणलगायत अनेक भ्रष्टाचारका घटनाहरू भए । त्यसका साथसाथै पार्टीमा विकसित अवसरवाद र सांगठानिक बेथितिका कारण पनि काँग्रेस बदनाम हुँदै गएको थियो । पार्टीमा सबै कुरा हाइ कमाण्डको चाहना अनुसार हुने र सबल आन्तरिक लोकतन्त्रको अभ्यास नगरिने हुँदा अवसरको खोजीमा रहेका नेताहरू निराश बन्दै गए । कतिपय महत्पूर्ण नेताहरू पार्टी छोड्दै क्षेत्रीय दल निर्माण गरी मुख्यमन्त्री बन्ने दौडमा लागे । जनताको बढ्दो चाहना र देशको सम्भावनाका बाबजुद काँग्रेसले भारतीय जनता पार्टीका एजेन्डा जस्तै भ्रष्टाचारको विरोध, ‘गुजरात मोडल’, हिन्दुत्व र खुल्ला बजारको नीतिलाई चिर्न सकेन । भाजपा वाकपटुक तत्कालीन गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा चुनाव लड्न तयार थियो भने काँग्रेसले भरपर्दो नेतृत्व र एजेन्डा जनता समक्ष लैजान सकेन ।

    नरेन्द्र मोदी नेतृत्वको सरकार चुनाव पछि झनै आक्रामक बन्दै गयो । सत्ताको दुरुपयोग र कालो धनको सहायताले काँग्रेसलगायत अन्य विपक्षी दलहरूमाथि आक्रमण गर्दै गयो । एकातिर भ्रष्टाचार र परिवारवादको कुरा गर्दै काँग्रेस मुक्त भारतको नारालाई चर्को बनायो भने अर्कोतर्फ इलेक्ट्रिक बोन्डको व्यवस्था गरी अन्य पार्टीहरूलाई चन्दा उठान समेत मुस्किल पर्ने अवस्थाको सिर्जना गरिदियो । यस बोन्डमार्फत कसले कुन पार्टीलाई कति चन्दा दियो जनतालाई थाहा नहुने तर सत्तालाई चाहिँ थाहा हुने व्यवस्था गरियो । त्यही अनुरूप सत्ताले विपक्षी दललाई चन्दा दिने व्यापारीहरूलाई समेत दुःख दिने काम गर्‍यो । यसका साथसाथै विपक्षी नेताहरूलाई अनुसन्धान एजेन्सीहरू (खास गरी सीबीआई र इडी)को दुरुपयोग गरी भय–दोहन (ब्ल्याकमेल) गर्ने मिसन नै चलायो र चलाइरहेको छ । यही क्रममा केजरीवाल सरकारका दुई मन्त्री जेल गइसकेका छन् भने प्राय सबै विपक्षी नेताका टाउकोमाथि अनेकन् मुद्दाका तरबारहरू झुन्डाइएको छ ।

    कतिपय राज्यमा भ्रष्टाचारको आरोप लागेका पूर्व काँग्रेस नेता भाजपामा प्रवेश गरी मुख्यमन्त्री समेत बनेका छन् । भाजपामा सामेल हुँदा बित्तिकै सबै मुद्दा निष्क्रिय हुने जुन प्रवृत्ति देखियो त्यस कारण अहिले मानिसहरू यस दललाई ‘वासिङ्ग मेसिन’ भनेर व्यङ्ग्य गर्दछन् । अहिले राजस्थान, छत्तिसगढ र हिमाचलमा मात्रै काँग्रेसको सरकार छ भने महत्त्वपूर्ण राज्यहरू जस्तै उत्तर प्रदेश, गुजरात, हरियाणा, उत्तराखण्ड र असममा बिजेपीका बलिया सरकारहरू छन् । अन्य केही राज्यहरूमा भाजपा सरकारमा भएता पनि मध्य प्रदेश, केरला, कर्नाटका र गोवा बाहेक अन्य धेरै जसो राज्यहरूमा क्षेत्रीय दलहरू निर्णायक छन् । अहिलेको परिस्थितिमा राष्ट्रिय राजनीतिमा भाजपा धेरै नै शक्तिशाली छ । अर्को वर्ष आउँदो लोक सभाको चुनावमा भाजपाको मुकाबिला सबै विपक्षी दलहरू नमिल्दासम्म काँग्रेसले एक्लै गर्न गाह्रो हुने देखिन्छ ।

    नरेन्द्र मोदी फाँसीवादबाट उत्प्रेरित हिन्दू उग्र राष्ट्रवादी सङ्गठन राष्ट्रिय स्वयंसेवक सङ्घ (आर.एस्.एस्.)का कार्यकर्ता थिए । अहिलेसम्म आउँदा सबैलाई थाहा भयो भाजपा यही सङ्गठनको राजनीतिक मोर्चा मात्रै हो । स्कुले शिक्षासमेत पूरा नगरेका मोदी दसकौँ उक्त सङ्गठनमा प्रचारक भएर काम गरे । उनको तागत भनेको हिन्दुत्व विचारधारा थियो र हो । सामान्य रूपमा भन्नुपर्दा यस विचारधाराले मिथकका रूपमा रहेको अखण्ड भारतको परिकल्पना गर्दछ र यसलाई पुनः जीवित गर्ने सपना देख्दछ । हिन्दूहरू आर्य हुन् । श्रेष्ठ हुन् । यिनीहरूको नाममा राज्य हुनुपर्दछ भन्दै अन्य अल्पसङ्ख्यक समुदाय भारतमा बसेकाले उनीहरू पनि हिन्दू हुन् भन्ने असहिष्णु विचार राख्दछ । मतलब भारत हिन्दूको हो भन्ने पूर्वाग्रह राख्दछ ।

    आरएस्एस्का कार्यकर्ताद्वारा महात्मा गान्धीको हत्यापछि सायदै पहिलो पटक मोदी कालमा यो सङ्गठन आफ्नो एजेन्डालाई अगाडि बढाउन मुखरित भएको छ । वास्तवमा यो सङ्गठनले भारतीय संविधानमा विश्वास गर्दैन । यसको योजना नै २०२४ को चुनावसँगै भारतलाई हिन्दू राज्य घोषणा गर्ने र संघीयता खारेज गर्ने रहेको छ । शताब्दी अघिदेखि हिन्दू राष्ट्रको मुद्दा बोकेको यस सङ्गठनको वर्तमान व्यवस्था तथा अहिलेका आम समस्याहरूसँग खासै सरोकार देखिँदैन । बरु मोदी सत्ताले इतिहासका पुस्तक फेर्ने, ठाउँका नाम फेर्ने, इतिहासका तथ्यहरुलाई तोडमोड गर्ने, साम्प्रदायिक तनाव बढाउने र भड्काव बयान दिनेहरुको संरक्षण गर्ने, धर्मको नाममा बलात्कारीहरुलाई समेत प्रशंसा गर्ने, अल्पसंख्यकहरु राष्ट्र विरोधी भएको लाञ्छना लगाउने जस्तो विभाजनकारी राजनीति गरिरहेको छ । प्रधानमन्त्री मोदी सत्ताका लागि जस्तोसुकै कदम उठाउने मनस्थितिमा देखिन्छन् । पुलवामा जस्तो संवेदनशील राष्ट्रिय सुरक्षाको मुद्दालाई छानबिन नगरी भोटका लागि आफू अनुकूल प्रयोग गर्ने र राज्यपालमार्फत राज्य सरकारहरुलाई असफल बनाउने प्रयास गर्नेजस्ता अस्थिरता निम्त्याउन सक्ने गैर संवैधानिक हर्कतहरु पनि गरिरहेका छन् ।

    भारतमा संसारकै धेरै भोका र गरिब मानिसहरू बस्दछन् । ९ वर्षे मोदी कालमा अत्यावश्यक वस्तुहरू जस्तै ग्याँस, दूध, तेलजस्ता उपभोग्य सामग्रीको मूल्य सय प्रतिशतभन्दा माथिको दरमा बढेको छ भने साम्प्रदायिक तनाव दैनिक वास्तविकता बन्न पुगेको छ । संकटोन्मूख बेरोजगारीको समस्यासँगै पुँजी पलायनको समस्या पनि भयावह बनेको छ । मानव अधिकार, प्रेस स्वतन्त्रता, हेप्पीनेस् इन्डेक्सजस्ता मानकहरुमा भारत तीव्र गतिमा ओरालो लागेको छ । यी कुराहरुलाई भाजपा सरकार ढाकछोप गर्ने वा तथ्यलाई नै नकार्ने वा विदेशीको षड्यन्त्र भनेर खारेज गर्ने गैर जिम्मेवार राजनीति गरिरहेको छ ।

    विपक्षीका हैसियतले भारतीय काँग्रेसका लागि यो अवस्था सत्तामा फर्कनका लागि उपयुक्त अवसर पनि हो । यद्यपि, सत्ताको दुरुपयोग र धार्मिक अन्धताले ल्याएको चुनौती सामान्य छैन । एकपछि अर्को गर्दै प्रदेशका सरकारहरू ढलाउने, संवैधानिक निकायमाथि कब्जा गर्ने, विपक्षीमाथि फर्जी मुद्दा चलाउने तथा मिडियालाई भयभीत गर्ने वा खरिद गर्ने जस्ता अधिनायकवादी कदमहरूका कारण पनि चुनौती भीमकाय बनेको हो । यस्ता यावत् चुनौतीहरूको सामना गर्न सबै विपक्षी दलहरूबिच एकता आवश्यक छ । यद्यपि, यो सकसपूर्ण किन देखिएको छ भने धेरै जसो क्षेत्रीय पार्टीहरू काँग्रेसको कोखबाट नै जन्मेका हुन् र उनीहरूको भोटको आधार पनि काँग्रेसकै आधार क्षेत्र हो । अर्थात्, काँग्रेसले जित्नु उनीहरूले हार्नु हो भने उनीहरूले जित्नु काँग्रेसले हार्नु हो । विपक्षी एकता नबन्नुका पछाडि यत्ति मात्रै कारण भने होइन । एकताका लागि आवश्यक साझा मुद्दा निर्धारण गर्न सकिरहेका छैनन् । कतिपय राज्य आतङ्कको भयका कारण बोल्न सकिरहेका छैनन् भने कतिपय आफ्नो सत्ता गुम्ने डरका कारण पनि बोलिरहेका छैनन् । भारतीय काँग्रेसका लागि मोदी कालमा फैलिएको अन्धविश्वास, उग्र राष्ट्रवाद, बेरोजगारी तथा बिग्रँदो सामाजिक तानाबानाले अवसरभन्दा चुनौती बढाएको देखिन्छ ।

    यद्यपि, पछिल्लो समयमा काँग्रेसका लागि केही आशाका किरणहरु देखिन थालेका छन् । अनेकन् चुनौतीहरूको सामना गर्दै काँग्रेस नेता राहुल गान्धीले पार्टीलाई पुनर्निर्माण गर्ने प्रयास थालेका छन् । यस पुनर्निर्माणका लागि उनले अपनाएको मार्ग प्रभावकारी बन्दै गएको छनकहरु पनि देखिएका छन् । त्यस कारण मोदी सत्ता अनेकन् फर्जी मुद्दाहरु लगाउँदै उनलाई उल्झाउने वा जेलमा पठाउने षड्यन्त्रमा लागेको देखिन्छ । २०१९ मा कर्नाटका कोलरको चुनावी र्‍यालीमा दिएको भाषणलाई आधार बनाएर उनलाई मानहानिको मुद्दामा फसाउने काम भएको छ । गुजरातको तल्लो अदालतले दोषी ठहर गरी सजाय पनि दिई सकेको छ । कानुनका विज्ञहरूले उक्त भाषण मानहानिका लागि पर्याप्त नभएको बताइरहेका छन् । कतिपयले उच्च अदालतले न्याय दिने आशा पनि व्यक्त गरेका छन् । उक्त फैसला पछि उनको संसद् सदस्यता खारेज भएको छ । वास्तवमा यो मुद्दा विश्वका लागि नै एक चासोको विषय बनेको छ  किनकि यो मुद्दामाथिको फैसलाले भारतको अदालत पूर्ण रूपमा मोदीको कब्जामा पुग्यो कि अझै छैन भन्ने कुरा पनि प्रस्ट पार्ने छ ।

    राहुल गान्धीले पार्टीलाई पुनर्जीवन दिने सन्दर्भमा प्रथमतः पार्टीको अध्यक्षबाट राजीनामा दिए । राजीनामा फिर्ता लिनका लागि गरिएका आग्रहका बाबजुद उनी आफ्नै अडानमा कायम रहे । उनकै सक्रियतामा वरिष्ठ नेता मल्लिकार्जुन खड्गे निर्वाचन प्रक्रियाबाट नै काँग्रेस अध्यक्ष बने । यो कदम किन पनि महत्त्वपूर्ण छ भने खड्गे दलित मात्रै होइनन् निष्ठावान् र वरिष्ठ नेता पनि हुन् । उनको अध्यक्षको जिम्मेवारीले काँग्रेसलाई परिवारवादको आरोपबाट केही हदसम्म भए पनि छुटकारा मिलेको छ । यसका साथसाथै काँग्रेसले उत्पीडित तथा सीमान्तकृतलाई अध्यक्ष बनायो भन्ने सकारात्मक सन्देश पनि समाजमा गएको छ ।

    राहुल गान्धीले दक्षिणी राज्य तमिलनाडुको कन्याकुमारीदेखि उत्तरमा काश्मीरको श्रीनगर सम्म करिब ४ हजार किलोमिटर पैदल यात्रा गरे । उनको यात्राको नाम ‘भारत जोडो यात्रा’ थियो । उनले बारम्बार ‘जो घृणा गर्छ ऊ डराउँछ, म प्रेम गर्छु त्यस कारण कसैसँग पनि डराउँदिन’ भन्ने सन्देश दिए । उनको यात्राको मूल नारा नै ‘नफरत को बजारमा प्रेमको दोकान’ भन्ने थियो । यसरी उनले घृणा र विभाजनकारी राजनीतिको पोल खोले । लाखौँ मानिसलाई सडकमा नै भेटे । धेरै विश्लेषकहरुले त्यो यात्रा उनको राजनीति जीवनको पहिलो र प्रमुख सफलता मानेका छन् । यस यात्रा पछि भारत राहुललाई सुन्न तयार भएको देखिन्छ । यद्यपि, उनी विरुद्ध सत्ताको आक्रमण चाहिँ तीव्र हुँदै गएको छ । उनी विरुद्ध कस्ता कस्ता कदमहरू चालिने छन् अहिले नै भन्न गाह्रो छ ।

    राहुल गान्धीले सुरुवातबाट नै रफायल हवाई जहाज किन्दा भएको भ्रष्टाचार, नोट बन्दी, किसान विरोधी कानुन, गलत कर थोपर्ने जिएस्टी, कोरोना नियन्त्रणमा भएको कमजोरी, अग्नि वीर स्किम, अडानी स्काम र चीनले २ हजार कि.मी. जमिन हडपेको भन्नेजस्ता विषयमा मोदी सरकारलाई सवाल गरी रहे । संसद्मा उनलाई बोल्ने अवसर नै नदिने र दिँदा पनि कम समय दिने । त्यसमा पनि कयौँ पटक उनको माइक नै कटिदिने जस्ता लोकतन्त्रलाई लज्जित बनाउने कामहरू भए । संसद् बाहिर उनको आवाज गोदी मिडियाको अनर्गल प्रचार तथा कमजोर मनोबल भएको पार्टी सङ्गठनका कारण जनसमक्ष पुग्न सकेन । यस चुनौतीलाई चिर्न यात्राले उनलाई एक अवसर दियो । यात्रा पछि अवस्था फेरिँदै गएको छ । उनमा कमीकमजोरी हुँदै गर्दा पनि देखिएको संवेदनशीलता र देशका लागि त्यागको भावनाका साथै परिपक्व निर्णय गर्ने क्षमताको सकारात्मक प्रभाव भारतीय समाजमा पर्दै गएको देखिन्छ । यसले काँग्रेसमा नयाँ आशा र तागतको सञ्चार गरेको प्रस्ट देख्न पनि सकिन्छ ।

    लगातारको हार र नेताहरूले पार्टी छोड्ने लस्करबाट आजित भएर काँग्रेसलाई पुनर्जीवन दिने चिन्तन शिविर केही महिना पहिले रायपुरमा आयोजना गरिएको थियो । उक्त भेलाले धेरै नयाँ र पहिले अकल्पनीय मानिने मुद्दाहरूलाई शिरोधार्य गरेको छ । जस्तै बढ्दो आर्थिक असमानतालाई महत्त्वपूर्ण रूपमा उठाएको छ भने युवा र पिछडिएको वर्गका लागि पार्टीमा पचास प्रतिशत आरक्षण दिने व्यवस्था पनि गरेको छ । पछिल्लो समय राहुल गान्धीले नयाँ–नयाँ प्रगतिशील र दीर्घकालीन महत् वका मुद्दाहरू पनि उठाएका छन् जस्तै जातीय जनगणना, जनसङ्ख्याका आधारमा आरक्षण, महिला तथा बेरोजगारका लागि विशेष आर्थिक सहयोग तथा किसान र आदिवासीको जमिन संरक्षण । काँग्रेसलाई गरिब तथा किसानहरूको पार्टीका रूपमा पुनर्परिभाषित गरि केन्द्रदेखि बायाँतर्फ स्थापित गर्ने प्रयासले केही चुनावी परिणाम समेत दिन थालेको छ । हिमाचल लगायत अन्य केही उपनिर्वाचनहरूमा काँग्रेसले विजय हासिल गरेको छ । केही दिनमा हुन गइरहेको कर्नाटकाको चुनावमा पनि काँग्रेसले जित्ने आकलन गरिएको छ ।

    काँग्रेसले चुनावी रण मैदानमा प्रयास त गर्ला नै यद्यपि जतिसुकै प्रयास गरे पनि मोदी लोकतान्त्रिक विधिमा विश्वास गर्ने र त्यो विधि अनुसार सत्ता हस्तान्तरण गर्ने पक्षमा देखिँदैनन् । त्यस कारण चुनावी दबाबका साथै विपक्षी, किसान, मध्यम वर्ग, बेरोजगार युवा, सीमान्तकृत तथा आदिवासीको साथ लिएर ठूलो स्तरमा सत्याग्रह गर्नका लागि भारतीय काँग्रेस तयार हुनुपर्ने देखिन्छ । यस पार्टीको भूमिका भारतीय लोकतन्त्रका लागि मात्रै होइन दक्षिण एसियाकै लोकतन्त्र बचाउन पनि महत्त्वपूर्ण रहेको छ ।

  • दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकाली नदीमा बेपत्ता

    दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकाली नदीमा बेपत्ता

    दार्चुला । दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकाली नदीमा बेपत्ता भएका छन् ।

    जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी शनिबार दिउँसो तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको ब्याँस गाउँपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले जानकारी दिए ।

    दिउँसो साढे एक बजेतिर भण्डारी घरबाट भारत जाने क्रममा तुइनको सहारामा महाकाली नदी पार गर्न खोज्दा उक्त घटना भएको बताइएकाे छ ।

    भण्डारीकाे खाेजी कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ ।

  • भारतका प्रधानमन्त्री नेरेन्द्र माेदीलाई ज्यान मार्ने धम्की पत्र, केरलामा बढाइयाे सतर्कता

    भारतका प्रधानमन्त्री नेरेन्द्र माेदीलाई ज्यान मार्ने धम्की पत्र, केरलामा बढाइयाे सतर्कता

    काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) प्रदेश कार्यालयले प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमणलाई लिएर ज्यान मार्ने धम्की पत्र प्राप्त गरेपछि केरेलामा उच्च सतर्कता अपनाउन थालिएको छ ।

    उक्त पत्रमा अप्रिल २४ मा मोदीको कोची भ्रमणको क्रममा आत्मघाती आक्रमणको धम्की दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    प्रहरीले चिठ्ठीमा उल्लेख भएका व्यक्तिको पहिचान गरिसकेको छ । तर, उनले आफ्नो नाम विपक्षीहरूले फसाउन प्रयोग गरेको दाबी गरी उक्त कार्यमा आफ्नो कुनैपनि संलग्नता रहेको अस्वीकार गरेका छन् ।

    यसैबीच प्रधानमन्त्रीको सुरक्षालाई लिएर प्रहरीले तयार पारेको योजनासमेत लिक भएको छ । उक्त योजना सञ्चारमाध्यममा आएपछि प्रधानमन्त्रीको सुरक्षालाई लिएर थप चुनौती उतपन्न भएको र प्रहरी संयन्त्रबाट गम्भीर त्रुटी भएको भन्दै केरलाका विदेश राज्यमन्त्री एम मुरलीधरनले चिन्ता प्रकट गरेका छन् ।

    मोदीको अप्रिल २४ मा कोची र २५ अप्रिलमा तिरुवनन्तपुरम राज्यको पहिलो वन्दे भारत एक्सप्रेस उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । भ्रमणको क्रममा मोदीले जनसभालाई सम्बोधन गर्नेछन् ।

  • जम्मु–कश्मीरमा भारतीय सेनामाथि आक्रमण, पाँच जनाको मृत्यु

    जम्मु–कश्मीरमा भारतीय सेनामाथि आक्रमण, पाँच जनाको मृत्यु

    काठमाडौं । जम्मु–कश्मीरमा भारतीय सेनामाथि आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ ।

    जम्मु कश्मीर को पुँछ भन्ने स्थानमा भारतीय सेना चढेको गाडीमा ग्रिनेड आक्रमण भएको थियो । यो आक्रमणमा चरमपन्थी समूहको हात रहेको भारतीय सेनाले जनाएको छ ।

    भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरबाट जारी विज्ञप्ति अनुसार बिहीबार दिउँसो करिब ३ बजे सेना चढेको गाडीमा चरमपन्थीहरुले हाते ग्रिनेडले आक्रमण गरेका थिए । त्यसपछि गाडीमा आगलागी भएको थियो ।

    यो घटनामा राष्ट्रिय राइफल्सका पाँच जवानको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ । ती जवानहरु सो क्षेत्रमा चरमपन्थीहरुविरुद्ध चलाइएको अभियानमा तैनाथ थिए ।

    आक्रमणमा एक जना गम्भीर घाइते भएको र उनको उपचार रजौरीस्थित सैनिक अस्पतालमा भइरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।