• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

भारत सरकारको सहयोगमा दुई परियोजना बनाउन समझदारीपत्रमा हस्ताक्षर

काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा दुई परियोजना बन्ने भएका छन् । स्वास्थ्य सेवा तथा शैक्षिक क्षेत्रमा दुईवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण कार्य अघि बढाउनका लागि भारतीय राजदूतावास, काठमाडौं रर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच आज एक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

यी दुई परियोजनाको कूल अनुमानित लागत नेरु. ८.०३३ करोड रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

यी दुई परियोजनाभित्र रामेछाप जिल्लाको मालागिरी शान्ति योगाश्रम र डोटी जिल्लाको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस रहेका छन् । परियोजनाको निर्माण क्रमशः रामेछाप नगरपालिका र बडीकेदार गाउँपालिकामार्फत कार्यान्वयन गरिने जनाइएको छ ।

यी परियोजनाको निर्माणले स्थानीयवासीहरुलाई गुणस्तरिय स्वास्थ्य सेवा तथा शैक्षिक सुविधा उपलब्ध गराउनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउने दूतावासले जनाएको छ ।