भारतका प्रधानमन्त्री नेरेन्द्र माेदीलाई ज्यान मार्ने धम्की पत्र, केरलामा बढाइयाे सतर्कता

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) प्रदेश कार्यालयले प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमणलाई लिएर ज्यान मार्ने धम्की पत्र प्राप्त गरेपछि केरेलामा उच्च सतर्कता अपनाउन थालिएको छ ।

उक्त पत्रमा अप्रिल २४ मा मोदीको कोची भ्रमणको क्रममा आत्मघाती आक्रमणको धम्की दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले चिठ्ठीमा उल्लेख भएका व्यक्तिको पहिचान गरिसकेको छ । तर, उनले आफ्नो नाम विपक्षीहरूले फसाउन प्रयोग गरेको दाबी गरी उक्त कार्यमा आफ्नो कुनैपनि संलग्नता रहेको अस्वीकार गरेका छन् ।

यसैबीच प्रधानमन्त्रीको सुरक्षालाई लिएर प्रहरीले तयार पारेको योजनासमेत लिक भएको छ । उक्त योजना सञ्चारमाध्यममा आएपछि प्रधानमन्त्रीको सुरक्षालाई लिएर थप चुनौती उतपन्न भएको र प्रहरी संयन्त्रबाट गम्भीर त्रुटी भएको भन्दै केरलाका विदेश राज्यमन्त्री एम मुरलीधरनले चिन्ता प्रकट गरेका छन् ।

मोदीको अप्रिल २४ मा कोची र २५ अप्रिलमा तिरुवनन्तपुरम राज्यको पहिलो वन्दे भारत एक्सप्रेस उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । भ्रमणको क्रममा मोदीले जनसभालाई सम्बोधन गर्नेछन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७