Tag: पुष्पकमल दाहाल

  • गणतन्त्र विरोधीहरु जनताका अधिकार खोस्न उद्यत छन् : अध्यक्ष दाहाल

    गणतन्त्र विरोधीहरु जनताका अधिकार खोस्न उद्यत छन् : अध्यक्ष दाहाल

    काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र विरोधीहरु जनताका समावेशी अधिकार र समानुपातिक अधिकार खोस्न उद्यत रहेको बताएका छन् ।

    गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले यथास्थितिवादीहरु माओवादी केन्द्रलाई घेरा हालेर सिध्याउनु पर्छ भनेर लागिपरेको आरोप लगाए । माओवादी जनयुद्ध र उन्नाइस दिनको जनआन्दोलनबाट प्राप्त उपलब्धि खोस्न सके माओवादीलाई सिध्याउन सकिन्छ भन्नेमा प्रतिगमनकारी र प्रतिक्रान्तिकारी लागेको उनको भनाइ थियो ।

    ‘अबको निर्वाचनमा माओवादी हार्दा गणतन्त्र नै हार्ने खतरा छ, समावेशिता र समानुपातिकता खोसिने खतरा छ’, उनले भने । परिवर्तनका लागि अग्रणी भूमिका खेलेको माओवादीले अबको निर्वाचन जिते मात्र देशमा सामाजिक न्याय र समृद्धिको बाटो खुल्ने अध्यक्ष दाहालले उल्लेख गरे । निर्वाचनमा विजय हासिल गरेर उपलब्धिको रक्षा गर्नुपर्नेमा उनले जोड दिए ।

  • क्रिकेट रङ्गशाला निर्माण सरकारको दायित्व : अध्यक्ष प्रचण्ड

    क्रिकेट रङ्गशाला निर्माण सरकारको दायित्व : अध्यक्ष प्रचण्ड

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको रामपुरमा काम रोकिएको अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला सरकारको दायित्वभित्र आउन लागेको बताएका छन् ।

    अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आजदेखि यहाँ सुरु गरेको दोस्रो राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष दाहालले रङ्गशाला निर्माणको कार्य अघि बढ्ने बताए । उनले भने, ‘अब रङ्गशाला सरकार र राज्यको दायित्वभित्र जाँदैछ । मैले आफ्नो ठाउँबाट अघि बढाउनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

    धुर्मुश–सुन्तली फाउण्डेशन पछि हटेपछि रङ्गशालाको काम रोकिएको छ । अध्यक्ष दाहालले अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान बनाउन आवश्यक भएको बताए । जिल्लामा अन्तर्राष्ट्रियस्तरको कभर्डहल बनाउन सम्बन्धित मन्त्रालयलाई बजेटको व्यवस्था गर्नका लागि पहल गर्ने उनले प्रतिवद्धता जनाए ।

    कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पा, केन्द्रीय सदस्य पेमा लामालगायतले आ–आफ्नो धारणा राखेका थिए । प्रतियोगितामा तीन विभागीयसहित आठ टोली सहभागी छन् । प्रतियोगिताअन्तर्गत पहिलो चरणका खेल यही चैत ३० गतेसम्म सञ्चालन हुनेछन् । दोस्रो चरणका खेल मोरङको विराटनगरमा हुनेछन् । प्रतियोगिताको विजेताले रु २० लाख, दोस्रो हुनेले रु १० लाख, तेस्रो हुनेले रु पाँच लाख तथा चौथो हुने टोलीले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन् ।

  • प्रचण्डले भने- केन्द्रीय समितिमा उद्योगी व्यवसायीहरुको प्रतिनिधित्वका लागि प्रयास गर्छु

    प्रचण्डले भने- केन्द्रीय समितिमा उद्योगी व्यवसायीहरुको प्रतिनिधित्वका लागि प्रयास गर्छु

    काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वस्थ प्रतिस्पर्धाका कारण नेपाल उद्याेग व्यवसायी महासंघले साेचे अनुरुप सफलता हासिल गर्न नसकेकाे बताएका छन् ।

    मंगलबार नेपाल उद्याेग व्यवसायी महासंघकाे (प्रस्तावित)केन्द्रीय तदर्थ समितिको पूर्ण बैठकमा अध्यक्ष प्रचण्डले अस्वस्थ प्रतिस्पर्धाका कारण सफलता हासिल नभएकाे बताएका हुन् ।

    वैज्ञानिक समाजवादतर्फ उन्मुख अर्थतन्त्रको मोडेल तयार गर्ने अबको प्रमुख लक्ष्य भएको पनि उनले जानकारी दिए ।

    प्रचण्डले केन्द्रीय समितिमा उद्योगी व्यवसायीहरुको प्रतिनिधित्वका लागि कोसिस गर्ने पनि जानकारी गराए ।

    उद्योगी व्यवसायी, डाक्टर, इन्जिनियरलगायतको समुचित प्रतिनिधित्व भयो भने सही आर्थिक नीति बनाउन सहज हुने भन्दै उनले भने, ‘पार्टीको केन्द्रमा प्रतिनिधित्व गराउने कोसिस रहनेछ ।’

  • गठबन्धन जोगाउने र एमसीसी समस्या समाधान उपायकाे खोजीमा लागिरहेका छाैँ : प्रचण्ड

    गठबन्धन जोगाउने र एमसीसी समस्या समाधान उपायकाे खोजीमा लागिरहेका छाैँ : प्रचण्ड

    काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीका कारण फेरि प्रतिगमनकारी शक्ति हाबी भएको बताएका छन् ।

    जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस तथा सहिद सप्ताहको सन्दर्भ पारेर नेपाल दलित मुक्ति मोर्चाले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले वर्तमान सत्ता गठबन्धन नटुटाई राष्ट्रिय समस्याको समाधान खोज्नेतर्फ दलहरुको ध्यान केन्द्रित भएको समेत बताए ।

    प्रचण्डले आफूहरु गठबन्धनलाई जोगाउने र एमसीसी समस्या समाधान गर्ने उपायको खोजीमा लागिरहेको बताए ।

    संविधानलाई कुल्चेर जनप्रतिनिधिमूलक संस्था विघटन गर्ने कदमलाई प्रतिगमन ठहर गर्दै पाँच राजनीतिक दल मिलेर नयाँ गठबन्धन निर्माण गरिएको बताउँदै उनले संविधान, गणतन्त्र र राष्ट्रियताको रक्षाका निम्ति गठबन्धन बनेको प्रष्ट पारे ।

    प्रचण्डले प्राप्त उपलब्धि गुम्न नदिने र थप उपलब्धिका निम्ति एकताबद्ध भएर अगाडि बढ्ने सङ्कल्प लिनुपर्नेमा पनि जोड दिए ।

  • एमसीसीबारे ओलीसँगको टेलिफोन वार्ता भ्रमपूर्ण रुपमा बाहिर आयाे : प्रचण्ड सचिवालय

    एमसीसीबारे ओलीसँगको टेलिफोन वार्ता भ्रमपूर्ण रुपमा बाहिर आयाे : प्रचण्ड सचिवालय

    काठमाडाैं । एमसीसीबारे नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको टेलिफोन वार्ता भ्रमपूर्ण रुपमा बाहिर आएकाे प्रचण्डको सचिवालयले जनाएको छ ।

    प्रचण्डका स्वकीय सचिव रमेश मल्लले प्रचण्डले ओलीलाई एमसीसी राजनीतिक मुद्दा बनिसकेको र सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौँ भनी प्रस्ताव गरेका थिए ।

    उनले भनेका छन् ‘यसमा तपाईं र तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस् र यसमा राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गरौँ । देश अहिले निर्वाचनमा होमिएको र एमसीसीमा दलहरूबीच र राष्ट्रिय रुपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचन पछि लैजाने कुरा गरौं भनेर भन्नु भएको हो, तर, अध्यक्ष ओलीले त्यसलाई गम्भीरतापूर्वक लिनु भएन । उहाँले बरु तपाईंहरुसँग बहुमत छ, पास गर्नुस् । तर गैर संसदमा रहँदासम्म संसद चल्न भने दिन्नौँ भनेर पूरै गैरजिम्मेवार जवाफ फर्काउनु भएको हो ।’

    यसबारे अरू कुनै भ्रममा रहन जरुरी नभएको पनि मल्लले बताएका छन् ।

  • चुनावमा गठबन्धन गरेर जाने प्रचण्डको प्रस्ताव कोइरालाद्वारा अस्वीकार

    चुनावमा गठबन्धन गरेर जाने प्रचण्डको प्रस्ताव कोइरालाद्वारा अस्वीकार

    काठमाडौं । स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अस्वीकार गरेका छन् ।

    बिहीबार बिहान प्रचण्डलाई भेट्न खुमलटार पुगेका कोइरालासमक्ष प्रचण्डले आगामी निर्वाचनमा गठबन्धन गरेर जाने प्रस्ताव गरेका थिए ।

    कोइरालाले प्रचण्डलाई सरकारमा गठबन्धन गर्ने तर चुनावमा गठबन्धन हुन नसक्ने प्रष्ट पारेका थिए ।

    उक्त भेटमा प्रचण्ड र कोइरालाबीच अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा पनि छलफल भएको थियो ।

  • ढिलो छिटो माओवादी क्रान्तिका सहयात्री एक ठाउँमा : अध्यक्ष दाहाल

    ढिलो छिटो माओवादी क्रान्तिका सहयात्री एक ठाउँमा : अध्यक्ष दाहाल

    काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जुम्ला जिल्ला समिति नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मा समाहित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज आयोजित एक कार्यक्रमबीच जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवासहित जिल्ला सेक्रेटरी, सह–सेक्रेटरीलगायत दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    सो अवसरमा अध्यक्ष दाहालले ढिलो छिटो माओवादी क्रान्तिका सहयात्री एक ठाउँमा हुनुको कुनै विकल्प नरहेको बताए । परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउन र नेपाली जनताको भाग्य भविष्यका लागि अझै लड्दै जान पनि माओवादी शक्तिहरु एकजुट हुन आवश्यक भएको उनको भनाइ छ ।

    “माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरु कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहेका छन्,” उनले भने, “हामी यति ठूलो परिवर्तनका वाहक विघटन वा विभाजन तिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ ।” उनले अहिले विस्तारै विभाजनका घाउहरु बिर्सिंदै र देशको वस्तुगत अवस्थालाई मनन गर्दै माओवादी एक ठाउँमा केन्द्रित हुँदै गएको बताए ।

    उनले भने, “जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौँ । हामीलाई कसैले परास्त गर्न सक्दैन ।” अध्यक्ष दाहालले नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने पनि बताए ।

    इन्चार्ज तिरुवाले नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन अध्यक्ष दाहाल नै सक्षम रहेको उल्लेख गर्दै अन्य कोहीले रहर गरेर नहुने बताएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । अबको समाजवादी क्रान्तिका लागि अध्यक्ष नेतृत्वको पार्टीमा आफूहरु घर फर्किएको उनको भनाइ छ ।

  • प्रचण्डले भने- राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि पत्र लेखिएको हो

    प्रचण्डले भने- राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि पत्र लेखिएको हो

    काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि पत्र लेखिएको स्पष्ट पारेका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसीसीलाई लेखेको संयुक्त पत्र सञ्चार माध्यममार्फत् बाहिर आएपछि उनले उक्त कुरा स्वीकारसहित पत्र लेखनबारे स्पष्ट पारेका हुन् । प्रचण्डकाे सचिवालयले भनेकाे छ, ‘प्रतिगमनलाई परास्त गरि भर्खरै गठबन्धन सरकार निर्माण भएको समयमा प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नैपर्ने दवाव भएकोले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको थियो । र, पत्रमा एमसीसीका लागि राष्ट्रिय सहमति आवस्यक हुने र राष्ट्रिय सहमति निर्माणका लागि सरकारलाई केहि समय आवश्यक पर्ने कुरा उल्लेख गरिएको हो ।’

    देशमा एमसीसीबारे राजनैतिक वृत्त, बुद्धिजीवी, प्रेसदेखि जनस्तरसम्म विरोध र दवावको अवस्था विद्यामान रहनु र अर्कोतिर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले एमसीसीबारे गठन गरेको कार्यदलले पनि यसलाई “परिमार्जन बिना पारित गर्न नसकिने” निचोड प्रस्तुत गरेकोले गठबन्धनभित्र यसबारे एउटै मत बनिहाल्ने अवस्था नभएकाले राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कुटनैतिक पहललाई गलत रूपमा ब्याख्या गर्नु र अनावश्यक रुपमा उछाल्नुको अर्थ नभएकाे पनि सचिवालयले बताएकाे छ ।

    याे परियोजना परिमार्जन बिना पारित गर्नु हुँदैन भन्नेमा आफ्नाे पार्टी दृढ भएकाे प्रचण्डले बताएका छन् ।

  • तीन दलका शीर्ष नेताको बैठक सकियाे, एमसीसीबारे यस्ताे छ धारणा

    तीन दलका शीर्ष नेताको बैठक सकियाे, एमसीसीबारे यस्ताे छ धारणा

    काठमाडाैं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बैठक सकिएको छ ।

    बैठकमा अमेरिकी परियोजना एमसीसी, स्थानीय तह निर्वाचन मिति, अवरुद्ध संसद खुलाउनेलगायतका विषयमा छलफल भएकाे छ ।

    बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे पहिले सत्ता गठबन्धनमा एकमत हुनुपर्ने बताए । गठबन्धनमा एकमत भएपछिमात्र प्रतिपक्षले आफ्नो ठोस धारणा बनाउने उनकाे भनाइ छ ।

  • प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल

    प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल

    काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच समसामयिक विषयमा छलफल भएकाे स्राेतले बताएकाे छ ।

    यसअघि सत्तागठबन्धनका दलहरुबीच स्थानीय तहको निर्वाचन आगामी जेठभित्र गर्ने सहमति जुटेको छ ।

    पछिल्लो समय अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषय पनि गठबन्धनमा उठ्दै आएको छ । याे भेट यही सिलसिलामा भएकाे अनुमान गरिएकाे छ । दुई नेताबीचको वार्ताको विस्तृत विवरण दुवै पक्षले दिएका छैनन् ।