एमसीसीबारे ओलीसँगको टेलिफोन वार्ता भ्रमपूर्ण रुपमा बाहिर आयाे : प्रचण्ड सचिवालय

काठमाडाैं । एमसीसीबारे नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको टेलिफोन वार्ता भ्रमपूर्ण रुपमा बाहिर आएकाे प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले प्रचण्डले ओलीलाई एमसीसी राजनीतिक मुद्दा बनिसकेको र सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौँ भनी प्रस्ताव गरेका थिए ।

उनले भनेका छन् ‘यसमा तपाईं र तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस् र यसमा राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गरौँ । देश अहिले निर्वाचनमा होमिएको र एमसीसीमा दलहरूबीच र राष्ट्रिय रुपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचन पछि लैजाने कुरा गरौं भनेर भन्नु भएको हो, तर, अध्यक्ष ओलीले त्यसलाई गम्भीरतापूर्वक लिनु भएन । उहाँले बरु तपाईंहरुसँग बहुमत छ, पास गर्नुस् । तर गैर संसदमा रहँदासम्म संसद चल्न भने दिन्नौँ भनेर पूरै गैरजिम्मेवार जवाफ फर्काउनु भएको हो ।’

यसबारे अरू कुनै भ्रममा रहन जरुरी नभएको पनि मल्लले बताएका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१