• २०८३ असार १०
  • 2026 June 24, Wednesday

गठबन्धन जोगाउने र एमसीसी समस्या समाधान उपायकाे खोजीमा लागिरहेका छाैँ : प्रचण्ड

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीका कारण फेरि प्रतिगमनकारी शक्ति हाबी भएको बताएका छन् ।

जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस तथा सहिद सप्ताहको सन्दर्भ पारेर नेपाल दलित मुक्ति मोर्चाले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले वर्तमान सत्ता गठबन्धन नटुटाई राष्ट्रिय समस्याको समाधान खोज्नेतर्फ दलहरुको ध्यान केन्द्रित भएको समेत बताए ।

प्रचण्डले आफूहरु गठबन्धनलाई जोगाउने र एमसीसी समस्या समाधान गर्ने उपायको खोजीमा लागिरहेको बताए ।

संविधानलाई कुल्चेर जनप्रतिनिधिमूलक संस्था विघटन गर्ने कदमलाई प्रतिगमन ठहर गर्दै पाँच राजनीतिक दल मिलेर नयाँ गठबन्धन निर्माण गरिएको बताउँदै उनले संविधान, गणतन्त्र र राष्ट्रियताको रक्षाका निम्ति गठबन्धन बनेको प्रष्ट पारे ।

प्रचण्डले प्राप्त उपलब्धि गुम्न नदिने र थप उपलब्धिका निम्ति एकताबद्ध भएर अगाडि बढ्ने सङ्कल्प लिनुपर्नेमा पनि जोड दिए ।