Tag: भारत

  • भारतको महाराष्ट्रमा एक्सप्रेस बसमा आगलागी, २५ यात्रुको मृत्यु

    भारतको महाराष्ट्रमा एक्सप्रेस बसमा आगलागी, २५ यात्रुको मृत्यु

    काठमाडौं । भारतको महाराष्ट्रमा मुम्बई-नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बस शनिबार बिहान दुर्घटनाग्रस्त बनेको छ ।

    दुर्घटनामा २५ जनाको मृत्यु भएको बीबीसी हिन्दीले लेखेको छ । ३३ यात्रु सवार बस नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुनेतर्फ आइरहेको थियो ।

    गुडिरहेकै बेला टायर पड्किएपछि बस चालकको नियन्त्रण बाहिर गएर एक खम्बामा ठोकिएको थियो । ठक्करको क्रममा डिजेल ट्याङ्की फुटेर आगो लागेको थियो ।

    केही यात्रुले भने बसको सिसा फुटाएर ज्यान बचाएका हुन् । मृतकको पहिचान भइनसकेको भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन् ।

    दुर्घटना हुनुभन्दा आधा घण्टाअघि खाजाका लागि बस रोकिएको थियो ।

    यसैबीच महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले दुर्घटनामा ज्यान गुमाउनेका परिवारजनलाई पाँचपाँच लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेका छन् ।

  • भारतको ओडिशामा दुर्घटनापछि अवरुद्ध भएको रेल सेवा ५१ घण्टा पछि खुल्याे

    भारतको ओडिशामा दुर्घटनापछि अवरुद्ध भएको रेल सेवा ५१ घण्टा पछि खुल्याे

    काठमाडाैं । भारतको ओडिशामा दुर्घटनापछि अवरुद्ध भएको रेल सेवा ५१ घण्टा पछि खुलेको छ ।

    गएको शुक्रवार बेलुका भएको दुर्घटनाका कारण पूर्वी र दक्षिणी भारतलाई जोड्ने रेल सेवा अवरुद्ध भएको थियो ।

    बिग्रिएको रेलको ट्रयाक पुनर्निमार्ण भएसँगै बन्द भएको रेल सेवा फेरि सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    त्यहाँका रेलमन्त्री अश्विनी वैष्णव आफैँ उपस्थित भएर रेल वे सेवा सुरु गरेका हुन् । उनले यो घटनाको दोषी जोसुकै भए पनि कडाभन्दा कडा कारबाही हुने पनि बताए ।

    रेल मन्त्री वैष्णवले दुर्घटनाको मूल कारण र जिम्मेवार व्यक्तिको पहिचान समेत भएको दाबी गरेका छन् । तर, यसबारे थप जानकारी सार्वजनिक गरिएको छैन । उनले सिग्नलमा त्रुटि हुनु दुर्घटनाको सम्भावित कारण भएको बताएका छन् ।

    गएको शुक्रवार भएको दुर्घटनामा दुई वटा रेलमा रहेका २ सय ७५ जना यात्रुको ज्यान गएको पुष्टि भएको छ । एक हजार जनाभन्दा धेरै घाइते भएका छन् ।

  • ओडिशा रेल दुर्घटना : २८८ यात्रुको मृत्युपछि तरंगित भारत

    ओडिशा रेल दुर्घटना : २८८ यात्रुको मृत्युपछि तरंगित भारत

    काठमाडौं । गएको १५ वर्षमा भारतमा १० रेलमन्त्री परिवर्तन भए । तर, रेल दुर्घटनाका भयानक नक्सा परिवर्तन हुन सकेन । रेलमन्त्रीदेखि सम्बन्धित निकायका उच्च अधिकारी हरेक पटक रेल दुर्घटनामा ‘शून्य सहनशिलता’ अपनाउने दाबी गर्छन् । गएको दुई दशकमा रेल दुर्घटना रोक्न अनेक तरिका बारे निश्चित रुपमा बहस भए । तर, दुर्घटना रोक्ने तरिकाको पखाईमा भारत आजसम्म पनि छ, जसले दुर्घटनाको नक्सा बदल्न सकोस् ।

    रेल मन्त्री अश्विनी वैष्णव सन् ०२२ को मेमा सिकन्दरवाद नजिकै ‘कवच’ को अभ्यासमा आफै सहभागि भएका थिए । त्यसबेला उनले भनेका थिए,‘भारतीय रेल दुर्घटना रोक्न ‘कवच’ महत्वपूर्ण र सस्तो तरिका हो ।’ रेलमन्त्री वैष्णव आफै रेलको इन्जिनमा सवार भएर अभ्यासको भिडियो बनाएका थिए ।

    के हो ‘कवच’

    ‘कवच’ एउटा यस्तो स्वदेशी तरिका हो जसलाई भारतको हरेक व्यस्त रेल रुटमा प्रयोग गरिनेछ ताकी जसले रेल दुर्घटना रोक्न सकोस् । तर, यी सबै कार्यको ववजुद पनि रेल दुर्घटना रोकिन सकेको छैन । रेलमन्त्री वैष्णवको दावी विपरित शुक्रवार साँझ ओडिशामा भारतीय रेल इतिहासकै सबैभन्दा भयानक दुर्घटना भयो । हालसम्म दुर्घटनमा २८८ को ज्यान गइसकेको छ । एक हजारभन्दा धेरै घाइते छन् ।

    बिचारणीय बिषय त यो छ की दुर्घटना रोक्न जुन तरिका अपनाएर ‘कवज’को बिकास गरिएको थियो । सोही तवरले ओडिशामा रेल दुर्घटना भयो । जसमा सबैभन्दा पहिले कोरोमंडल एक्सप्रेस रेलले स्टेशनमा रहेको मालबहाक गाडीलाई ठक्कर दियो । त्यसपछि रेलेको १२ डिब्बा लिकबाट बाहिर उछिट्टियो ।

    वरिष्ठ पत्रकार तथा लामो अवधिदेखि रेलवेको सम्बन्धमा रिपोर्टिङ गर्ने अरुण दीक्षित भन्छन्,‘रेल मन्त्रीले भनेका थिए की ‘कवच’ कार्यन्वयनपछि चार सय मिटर टाढादेखि रेललाई रोक्न सकिन्छ । अब उनले बताउनुपर्छ की कहाँ गयो त्यो तरिका ? कसरी हुन पुग्यो भयानक दुर्घटना ?’

    यस्तै आरोप पूर्व रेल राज्यमन्त्री तथा कांग्रेसका नेता अधीर रंजन चौधरीले लोकसभामा लगाएका छन् । उनले भनेका छन्,‘म सँधै भन्ने गर्छु । जुन ‘इन्फ्रास्ट्रक्चर’ छ, त्यसैमा धेरै ध्यान देन जरुरी छ । रेलवेमा लापरवाही भयो । जसको परिणाम हामी आज भोग्दैछौं ।’भारतीय रेल विभागका प्रवक्ता अमिताभ शर्माले यो बिषयमा भने,‘ओडिशामा जहाँ रेल दुर्घटना भयो, त्यहाँ ‘कवच’ कार्यन्वयन गरिएको थिएन ।’

    यद्यपी भारतीय रेल विभाग दिल्ली–मुंबई तथा दिल्ली–कोलकाता रूटमा रेलको गति बढाउने योजनामा काम गरिरहेको छ । यही रुटमा सबैभन्दा अघि ‘कवच’ कार्यन्वयन गर्ने भनिँदै आइएको छ । रेल दुर्घटनापछि पूर्व रेल मन्त्री तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले उक्त रुटमा ‘एन्टी कोलिजन डिभाईस’ प्रयोग गरिएको भए भयानक दुर्घटना टर्ने दाबी गरेकी छिन् ।

    एंटी कोलिजन डिभाइस

    ममता बनर्जीले दाबी गरेकी छिन् उनी रेलमन्त्री हुँदा दुर्घटना रोक्ने उपायमा काम भइरहेको थियो । यद्यपी भारतमा रेल दुर्घटना रोक्ने उपायको खोजी कार्य सन् १९९९ देखि नै सुरु भएको थियो । जुन बेला गैसर रेल दुर्घटना भएको थियो । त्यसबेला अवध–असम एक्सप्रेस र ब्रह्मपुत्र मेल ट्रेन आपसमा ठोक्किएको थियो । दुर्घटनामा तीन सय यात्रुको ज्यान गएको थियो ।

    त्यसलगतै भारतीय रेलको गोवास्थित कोंकण रेलवेमा ‘एंटी कोलिजन डिवाइस अर्थात एसीटी तरिका कार्यन्वयनका लागि काम भएको थियो । त्यस बखत रेलमा जीपीएसमा आधारित तरिका प्रयोग गरिएको थियो । जसले एउटै लिकमा गुडिरहेको दुई वटा रेलको जानकारी चालक दललाई पहिले नै दिन सकोस् ।

    रेल दुर्घटना रोक्न भएका प्रयास

    एंटी कोलिजन डिवाइसमा देखाइएको थियो की कुनै अर्को लिकमा रेल चल्दा समेत चालक दललाई सजिकै सुचना पुग्ने गथ्र्यो । पछि यसलाई अझ बिकसित गरिएको थियो । जसले चालक दललाई भिडियो सन्देश नै उपलब्ध गराउँथ्यो । जसलाई ‘भिजिलेंस कंट्रोल डिवाइस’ नाम दिइएको थियो । उद्येश्य दुर्घटना रोक्नु नै थियो ।

    त्यसपछि रेल दुर्घटना रोक्न ‘ट्रेन प्रोटेक्शन वार्निङ सिस्टम(टीपीडब्लूएस) र टीकैस(ट्रेन कोलिजन अवाइडेंस सिस्टम) जडानका बिषयमा बिमर्श भयो । यी प्रणाली बिदेशबाट आयात गरिनु पर्ने भएको हुँदा महंगो पर्ने देखिएको थियो । त्यसो हुँदा भारतीय रेलवेले दुर्घटना रोक्ने उपाय आफै विकसित गरेको थियो । ‘कवज’ आविस्कार त्यसैको सिलसिला थियो । जसलाई पछिल्ला दिन कार्यन्वयनमा ल्याइएको थियो ।

    भारतीय रेल विभाग सँधै ‘जिरो टालरेन्स टुवार्डस् एक्सीडेन्ट’को वकालत गर्नेगर्छ । अर्थात कुनै पनि रेल दुर्घटनालाई भारतीय रेल विभाग सहन सक्दैन । प्रत्येक रेलमन्त्रीको भनाई सँधै यस्तै हुनु गर्छ । पछिल्लो १५ वर्षमा दश रेलमन्त्री भए तर, दुर्घटना टर्न सकेन ।
    दुर्घटनाका कारण भारतमा पछिल्लो सरकारको रेकर्ड खरब देखिन्छ । वर्तमान सरकारको पालामा पनि धेरै रेल दुर्घटना भए । कतिपय यस्ता रेल दुर्घटना भए जसको कुनै कोणबाट चर्चा हुन सकेनन् ।

    अल इंडिया रेलवे मेन्स फेडरेशनका महामन्त्री शिवगोपाल मिश्रा भन्छन्,‘प्रत्येक वर्ष करिब पाँच सय रेलवे कर्मचारी लिकमा काम गर्ने क्रममा मर्ने गर्छ । यति मात्रै होइन मुम्बइमा प्रत्येक दिन लिक पार गर्ने क्रममा सर्वसाधरण मर्ने गर्छन् । रेल वेको प्राथमिकता रेलको गति बढाउने नभई सुरक्षातर्फ केन्द्रीत हुनु पर्थ्याे ।’

    वरिष्ठ पत्रकार अरुण दीक्षित भन्छन्,‘रेल वेमा रेल दुर्घटना रोक्ने बिषय दशकौंदेखि उठ्दै आएको छ । तर, हालसम्मक केही प्रगति भएको छैन । यस्तो लाग्छ, कुनै पनि सरकार यस बिषयमा गम्भिर छैन । दुर्घटना रोक्न कुनै पनि सरकार लगानी गर्न चाहँदैन ।’

    मोदी सरकारको पालमा भएका रेल दुर्घटना

    १३ जनवरी ०२२ : राजस्थानको बीकानेरबाट असमको गुवाहाटी जाँदै गरेको बीकानेर–गुवाहाटी एक्सप्रेसको १२ डिब्बा लिकबाट उत्रियो । घटना पश्चिम बंगालको जलपाईगुडीमा भएको थियो । दुर्घटनामा ९ यात्रुको मृत्यू भएको थियो ।

    १८ अगष्ट ०१७ : उत्तर प्रदेशको खतौलीमा उत्कल एक्सप्रेस रेलको १४ डिब्बा लिकबाट बाहिर गयो । रेल पुरीबाट हरिद्वार जाँदै थियो । दुर्घटनमा २३ यात्रुको मृत्यू भएको थियो ।

    २२ जनवरी ०१७ : आन्ध्रा प्रदेशको विजयनगरममा जलिमे हिराखण्ड एक्सप्रेस ट्रेनको आठ डिब्बा लिकबाट बाहिर उत्रियो । दुर्घटनामा ४० यात्रुको मृत्यू भयो ।

    २० नोमेम्बर ०१६ : कानपुरको पुखरायामा पटना–इंदौर एक्सप्रेस रेलको १४ डिब्बा पटरीबाट बाहिर निश्कियो । दुर्घटनामा एक सय ५० यात्रुको मृत्यू भयो ।

    २० मार्च ०१७ : देहरादून–वाराणसी जनता एक्सप्रेस पटरीबाट बाहिर गयो । दुर्घटनमा ३५ यात्रुको ज्यान गयो ।

    २४ जुलाई ०१४ : हैदराबादमा रेल फाटकमा रहेको स्कूल बससँग ठक्कर खायो । बसमा रहेका १५ विद्यार्थीको घटनास्थलमै मृत्यू भयो ।

    २६ मे ०१४ : उत्तर प्रदेशको सन्त कबिर नगरमा चुरेब रेलवे स्टेशनमा गोरखधाम एक्सप्रेसको ५ डिब्बाले लिक छाड्यो । रेल मालगाडीमा गएर ठोक्कियो । घटनामा २५ यात्रुको ज्यान गयो ।

  • यूपी प्रहरीको इन्काउण्टरमा मारिए अतीक अहमदका छोरा असद

    यूपी प्रहरीको इन्काउण्टरमा मारिए अतीक अहमदका छोरा असद

    भारत । भारतको प्रयागराजमा भएको उमेश पाल हत्याकाण्डका मुख्य अभियुक्त असद अहमद र शूटर गुलाम महम्मद उत्तर प्रदेश प्रहरीको इन्काउण्टरमा मारिएका छन् ।

    बिहीबार झाँसीमा युपी प्रहरीको इन्काउण्टरमा उनीहरु मारिएकाे बीबीसी हिन्दीले जनाएकाे छ । उनीहरुको साथबाट विदेशी हतियार फेला परेको प्रहरीको दाबी छ ।

    असद अतीक अहमदका छोरा हुन् । अतीक समाजवादी पार्टीका पूर्व सांसद हुन् । विभिन्न अपराधिक घटनामा संलग्न भएको आरोपमा उनी प्रकाउ परेका छन् ।

    हाल प्रहरी नियन्त्रणमा रहेका अतीकको प्रयागराज अदालतमा पेशी चलिरहेकै बेला उनका छोराको इन्काउण्टर भएको हो ।

    अदालतमा छोरा इन्काउण्टरमा मारिएको खबर सुनेर उनी रोएका थिए ।

    असदलाई गत २४ फेब्रुअरीमा प्रयागराजमा भएको उमेश पाल हत्याकाण्डपछि प्रहरीले खोजिरहेको थियो । प्रहरीले असद र गुलाममाथि पाँच–पाँच लाख पुरस्कार पनि राखेको थियो ।

  • भारतीय संसद्‌मा तनाव, कालो पहिरनमा पुगे विपक्षी सांसद

    भारतीय संसद्‌मा तनाव, कालो पहिरनमा पुगे विपक्षी सांसद

    काठमाडाैं । राहुल गान्धीको सांसद पद खारेज गरेको विषयलाई लिएर सोमबार भारतको संसद्‌को अवस्था तनावग्रस्त बनेको छ ।

    संसद्‌मा विपक्षी सांसदहरुले विरोध चर्काएपछि राज्यसभा र लोकसभा बैठक निर्धारित समयमा सुरु हुन सकेन । लोकसभा बैठक अपराह्न ४ बजेसम्मका लागि स्थगित गरिएको छ ।

    विपक्षी सांसदहरुले राहुल गान्धीको लोकसभा सदस्यता खारेज गरेको विरोधमा नाराबाजी गरेका थिए ।

    संसद् जानुअघि भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खडगेसहित विपक्षी पार्टीका नेताहरुको बैठक भएको थियो ।

    बैठकमा राहुलको संसद सदस्यता रद्द गरिएको अवस्थामा कसरी एकजुट भएर अघि बढ्ने भन्ने विषयमा छलफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    संसद् बैठकमा कांग्रेस सांसदहरु विरोधस्वरुप कालो पहिरनमा पुगेका थिए ।

  • भारतबाट नौ महिला र एक बच्चाको उद्धार

    भारतबाट नौ महिला र एक बच्चाको उद्धार

    काठमाडाैं । आकर्षक काममा लगाइदिने बहानामा भारतमा लगेर बेचबिखनमा परी देहव्यापारमा लगाइएका नौ महिला र एक बच्चालाई उद्धार गरिएको छ ।

    भारतको नयाँ दिल्लीमा उनीहरूलाई फ्ल्याटमा राखेर यौन व्यावसायमा लगाइएको गुनासो आएपछि उनीहरूलाई उद्धार गरेर नेपाल ल्याइएको मानव बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौंले जनाएकाे हाे ।

    ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीका अनुसार उनीहरूलाई संरक्षित संस्थामा राखेर मनोविमर्श सेवा दिइरहेको र घटनाका विषयमा आवश्यक अनुसन्धान जारी रहेको छ ।

    उनीहरूसँग सोधपुछसमेत जारी रहेकाले उनीहरूको बयानका आधारमा बेचबिखन गर्ने व्यक्तिको खोजी गरिने उनले जानकारी दिए ।

    उनीहरूलाई भारतीय प्रहरीको सहयोगमा भारतस्थित नेपाली दूतावास, यस क्षेत्रमा काम गर्ने संस्थासँगको समन्वयमा उद्धार गरेर ल्याइएको पनि पङ्गेनीले बताए ।

  • आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

    आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

    काठमाडाैं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको छ ।

    सन् २०१९ को यो घटनामा राहुल गान्धी दोषी ठहर भएका छन् ।

    यद्यपि अदालतले फैसला सुनाएपछि उनलाई जमानत दिएको छ । भारतीय दण्ड संहिताको धारा ४९९ ले आपराधिक मानहानिको मुद्दामा अधिकतम् दुई वर्षको सजायको व्यवस्था गरेको छ ।

    सन् २०१९ को यो मामिला उनको ‘मोदी उपनाम’ को बारेमा गरेको टिप्पणीसँग सम्बन्धित छ । मुद्दाको सुनुवाइका क्रममा राहुल गान्धी बिहीबार सुरत अदालतमा उपस्थित थिए ।

  • जब छोराले आफ्नो बिहे अघि विधवा आमाले पुनर्विवाह गर्नुपर्ने सर्त राखे

    जब छोराले आफ्नो बिहे अघि विधवा आमाले पुनर्विवाह गर्नुपर्ने सर्त राखे

    ‘विवाह गर्ने बेला भएको छोराले उसको हैन उसकी आमा अर्थात् मेरो पुनर्विवाह गर्न आग्रह गर्दा म स्तब्ध भएँ ।’

    फेरि सेल्वी भन्छिन्, ‘साथै यस समाजमा मेरा छोराहरूको जस्तो मानसिकता अरूमा देखिन्न भन्ने सोच्दा मलाई गर्व लाग्थ्यो । यहाँ धेरै महिला छन् जसले आफ्ना श्रीमान् गुमाएका छन्, र उनीहरूले एक्लै छोराछोरी हुर्काउँदै आएका छन् ।’

    भास्कर र उनकी आमा सेल्वी तमिलनाडुको कल्लाकुरिचीको प्रांगमपटु पञ्चायतका बासिन्दा हुन् ।

    भास्कर र उनका भाइ विवेकले किशोरावस्थामा आफ्ना बुबा गुमाएका थिए । सन् २००९मा जब उनका बुबाको निधन भयो, भास्कर भेलोरमा इन्जिनियरिङको पहिलो वर्षमा अध्ययन गर्दै थिए भने उनका भाइ विवेक ११ कक्षामा पढ्दै थिए ।

    भास्करले भने, ‘त्यति बेला त हामीले आमाको दोस्रो बिहेको बारेमा सोचेका पनि थिएनौँ । मैले धेरै महिलाले पतिको मृत्युपछि यसै गरी एक्लै सन्तान हुर्काएको देखेको थिएँ । त्यसैले सोचाइ पनि त्यस्तै थियो ।’

    ‘तर म इन्जिनियरिङ कलेजको तेस्रो वर्षमा पढ्दा एक जना शिक्षकलाई भेट्न गएका बेला आमाको कुरा निस्क्यो। त्यसबेला गुरुले भन्नुभयो, तिम्री आमा यति लामो समयसम्म एक्लै बसिरहनु भएको छ, उहाँ दोस्रो बिहे किन गर्नु हुँदैन ? त्यो कुरा आयो गयो, त्यो आमासँग भन्ने कुरै थिएन, त्यसै भयो ।’

    आमाको बिहेको कुरा कसरी अगाडि बढ्यो ?

    भास्करले यसबारे लामो समयसम्म केही सोच्न सकेनन् । उनको कलेजको पढाइ पूरा भयो । उनी काम गर्न थाले । किताब पढ्ने सोखका कारण उनले संसारभरका कुरा पनि थाहा पाउन थाले । उनले पुनर्विवाहबारे विभिन्न लेखहरू पढे । त्यसपछि साथीहरूसँग पनि यही विषयमा कुराकानी हुन थाल्यो ।

    त्यसपछि भास्करले सोचे कि आमा पनि एक्ली हुनुहुन्छ उहाँको पुनर्विवाह किन हुन सक्दैन ? यो विचार आएपछि उनले आफ्ना भाइसँग सल्लाह गरे । भाइलाई पनि त्यसमा कुनै आपत्ति थिएन ।

    त्यसपछि दुवै दाजुभाइ मिलेर आमालाई मनाउने काम थाले ।

    भास्करले भने, ‘आमाको जीवन हाम्रै वरिपरि घुमिरहन्थ्यो । त्यसैले आमाले सुरुमा त्यसबारे कुरा गर्न अनिच्छा जाहेर गर्नुभयो । तर हामीले बिहेबारे सन्दर्भ मिल्ने बित्तिकै कुरा अगाडि बढाउन थाल्यौँ । एक दिन मेरी आमाले मलाई तिम्रो बिहे गर्ने बेला भयो अब गर भन्नुभयो । त्यसबेलामा मैले भनेँ, यदि तपाईँ बिहे गर्नुहुन्छ भने म पनि गरौँला ।’

    भास्कर भन्छन्, ‘त्यसपछि मैले आमासँग यसबारे बारम्बार कुरा गर्न थालेँ । मैले उहाँलाई भनेँ कि तपाईँ लामो समयदेखि एक्लै सङ्घर्ष गरिरहनु भएको छ । तपाईँले पुनर्विवाह गर्नुपर्छ अनि म पनि बिहे गर्छु ।”

    आफन्तहरूले आपत्ति जनाए

    दुवै छोराको निरन्तरको वर्षौँको प्रयासपछि सेल्वी पुनर्विवाह गर्न तयार भइन् । तर, समाजमा विधवाहरूले बिहे गर्ने चलन थिएन ।

    श्रीमान्‌को मृत्यु भएकी महिलाले जीवनभर विधवा भएर बाँच्न बाध्य छन् । आफन्तहरू यस्ता महिलाको दोस्रो विवाहका लागि तयार हुँदैनन् । सेल्वी भन्छिन्, ‘मेरो जेठो छोराले मसँग मेरो विवाहबारे कुरा गरेका बेला म छक्क परेँ । मैले उनलाई गाली गरेँ र भनेँ जब मेरो छोरा विवाह योग्य भइसकेको छ तब मैले बिहे गरेँ भने छिमेकी र आफन्तहरूले के भन्लान् ?’

    सेल्वीका अनुसार, ‘मेरा छोराहरूले मैले कहिलेसम्म एक्लै सङ्घर्ष गर्ने भन्ने सोध्ने गर्थे । दुवै दाजुभाइले पनि कामका सिलसिलामा आफूहरू बाहिर जाँदा म झन् बढी चिन्तित रहनेछु भन्ने कुरा गर्न थाले । त्यसपछि मैले पनि यसबारे सोच्न सुरु गरेँ ।’

    आफन्तहरू के भन्लान् भन्नेबारेको चिन्ता पनि छोराहरूले हटाइदिए । ‘जब हाम्रा दुखका दिन थिए तब कसैले साथ दिन आएनन् तब यो कुरामा हामी उनीहरूको चिन्ता किन गर्ने ?’

    धेरै सोच विचार गरेर सेल्वीले आफ्नो पुनर्विवाहको फैसला लिइन् किनभने उनलाई आफ्ना दुवै छोरा आफ्नो साथमा रहेको लागिरहेको थियो ।

    छोराहरूले नै आफ्नी आमाका लागि वर खोजे

    आमाको स्वीकृति पाएपछि दुवै छोराको अर्को चुनौती उपयुक्त दुलहा खोज्ने थियो ।

    भास्करले भने, ‘हामी आमाको विवाह त्यस्तो व्यक्तिसँग गर्न चाहन्नथ्यौँ जसको पत्नीको निधन भएको थियो र उसले मेरी आमासँग दोस्रो विवाह गरून् ।’

    भास्करले आफ्नी आमालाई कैयौँ दिन लगाएर खोजिएका वरसँग कुराकानी गरेर हेर्नुहोस् अनि अगाडिका कुरा तय गरौँला भनेँ । जोसँग आमा सेल्वीले पछि बिहे गरिन् उनी आफ्ना हुनेवाला पतिसँग प्रेम गर्न थालेकी थिइन् ।

    सेल्वी भन्छिन्, ‘मलाई धेरैले सोधे, छोराछोरीले भने पनि यतिका वर्षपछि कसरी यस्तो जीवन बिताउन राजी हुन सक्छ्यौ ? सम्बन्ध विच्छेद गरेकाहरूका लागि पुनर्विवाह गर्ने कानुन छ भने म किन डराउनु ?’

    उनले भनिन्, ‘छोराछोरीका लागि बोझ नबनिकन आफ्ना लागि जीवनसाथी खोज्नुमा कुनै नराम्रो कुरा छैन । विवाह भनेको यौनका लागि मात्र होइन । एकजना मित्र अथवा साथी हुँदा तपाईँलाई साहस मिल्छ ।’

    सेल्वी भन्छिन्, जब मैले मेरा छोराहरूका बाबु गुमाएकी थिएँ, कैयौँ मानिसहरू गलत मनसाय लिएर मेरो छेउ आउँथे किनभने म श्रीमान् विनाकी एक्ली थिएँ। तर कोही पनि मसँग बिहे गर्ने विचार राखेर आएको थिएन।’

    ‘मेरो पहिलो श्रीमान्‌को मृत्यु हुँदा हाम्रो घरमा शौचालय थिएन। त्यसैले राति दिसा पिसाप गर्न जान पनि मन लाग्दैनथ्यो । किनभने मानिसहरू सोध्न सक्थे, यो रातको समयमा कहाँ जान लागेको भनेर ? मलाई एक्लै देखेर केही मानिसहरू मसँग यौन सम्बन्ध राख्नेबारे कुरा गर्न आउँथे । त्यस्ता मान्छेलाई मैले सोध्ने गर्थेँ- के तपाईँ आफ्नी पत्नी र छोराछोरीलाई यसबारे बताउनुहुनेछ, तब उनीहरू भागिहाल्थे ।’

    ‘म भन्दा जेठा धेरै महिलाले फेरि बिहे गर्ने हिम्मत नभएको मलाई बताएका छन् । म कैयौँ युवतीहरूसँग पनि कुरा गरिरहेकी छु जो आफ्ना श्रीमान्‌ गुमाएर एक्लै बसिरहेका छन् । मैले उनीहरूलाई नयाँ आशा दिलाएकी छु ।

    जो महिलाका पतिको निधन भइसकेको छ उनीहरूलाई अपिल गर्दै सेल्वी भन्छिन्, ‘जसले मैले जस्तै पति गुमाएका छन्, उनीहरूले एउटा साहसिक निर्णय लिनुपर्छ र फेरि नयाँ जीवन सुरु गर्नुपर्छ । म जस्ता धेरै महिलाहरू आफ्नो वास्तविक भावना लुकाएर बस्छन् र त्रासमा बाँच्छन् ।’

    ‘एक्लै बाँच्न धेरै गाह्रो छ। यसरी बाँच्न आवश्यक छैन। म चाहन्छु कि मानिसहरूले आफ्नो जीवनलाई महत्त्व दिउन्। अरूले के भन्छन् भन्ने पर्बाह नगरुन्।’ सेल्वीको दोस्रो विवाहमा उनको परिवारका कोही पनि सहभागी भएनन् ।

    उनको दोस्रो श्रीमानका परिवारका सदस्यहरू मात्र उपस्थित थिए । भास्कर भन्छन्- ‘मेरी आमाको परिवारका सदस्यहरूले लामो समयसम्म हामीलाई बहिष्कार गरेका थिए, अब हामीले बुझेका छौँ कि यसबाट हामीलाई कुनै हानी छैन ।’

    कति छोराछोरी आफ्नी आमाका लागि यसरी सोच्लान्?

    सेल्वीले भनिन्, ‘मेरा पतिको मृत्यु भएका बेला मैले आफ्ना ससुरा, सासु र आमालाई फोन गरेकी थिएँ । दुई छोरा कसरी हुर्काउँला भनेर म अन्योलमा थिएँ । त्यसबेला कोही सहयोग गर्न आएनन् । मैले आफ्ना बच्चा एक्लै हुर्काएँ । समय सँगसँगै छोराहरूले पार्ट टाइम काम गरे र जस्तो आइलाग्छ त्यसको अनुकूल हुँदै गए ।’

    कठिनाइहरू सामना गरेका कारण नै सेल्वी र उनका छोराहरूले यो समाजको तौर तरिका राम्ररी बुझेका छन् ।

    सेल्वीको दोस्रो विवाह येटुमलाई नामका खेती मजदुरसँग भएको छ ।

    सेल्वी मुस्कुराउँदै भन्छिन्, ‘उनी सम्पूर्ण काम गर्छन् र मेरो हेरचाह पनि गर्छन् ।’

    सेल्वी खुसीसाथ बताउँछिन्, ‘कति छोराछोरीले सोच्ने गरेका छन् र आमाको पनि जिन्दगी हुन्छ र उनलाई पनि एकजना साथीको जरुरत पर्छ । जब म मेरा छोराहरूबारे सोच्छु मलाई गर्व हुन्छ ।’

    –बीबीसीबाट ।

  • एक पुरुष र दुई पत्नीबीच यस्तो सहमति : तीन दिन एउटीसँग, तीन दिन अर्कीसँग, एक दिन आफ्नाे मर्जी !

    एक पुरुष र दुई पत्नीबीच यस्तो सहमति : तीन दिन एउटीसँग, तीन दिन अर्कीसँग, एक दिन आफ्नाे मर्जी !

    भारतमा बहुविवाहसम्बन्धी एउटा अनौठो घटना भएको छ । भारतीय कानुनमा पनि बहुविवाह दण्डनीय छ । तर बहुविवाह गरेका एक पुरुष र दुई पत्नीबीच यस्तो सहमति भएको छ, जसका कारण उनीहरू दण्डबाट जोगिएका छन् ।

    हिन्दुस्तान टाइम्सका अनुसार नोएडा निवासी २८ वर्षीय युवकले २ बिहे गरेको खुलेपछि विवाद अदालतसम्म पुग्यो । तर अदालती प्रक्रियाकाबीच फैसला नहुँदै उनीहरू तीनजनाबीच अदालतबाहिर अनौठो सम्झौता भयो ।

    रिपोर्टअनुसार ती युवक हप्तामा ३ दिन एउटीसँग र ३ दिन अर्की श्रीमतीसँग बस्नुपर्ने र १ दिन स्वतन्त्र बिताउन पाउने सहमति भएको हो ।

    ग्वालियर पारिवारिक अदालतले नियुक्त गरेका मध्यस्थकर्ताले उनीहरूबीच त्यस्तो सहमति गराएका हुन् । सहमतिअनुसार सफ्टवेयर इन्जिनियर ती युवकले आफ्नो डेढ लाख तलब २ वटी श्रीमतीलाई बराबर बाँडेर दिनुपर्नेछ र उनले श्रीमतीसँगको सहमतिमा मात्र त्यो पैसा खर्च गर्न पाउनेछन् । उनले आफ्ना दुईवटा फ्ल्याट दुई पत्नीलाई एक/एकवटा दिनुपर्नेछ।

    सम्झौताअनुसार उनले सोमबारदेखि बुधबारसम्म एउटी पत्नीसँग र बिहीबारदेखि शनिबारसम्म अर्कीसँग बिताउनुपर्नेछ । आइतबार भने उनी स्वतन्त्र हुनेछन्, आफ्नो इच्छाअनुसार जहाँसुकै बस्न पाउनेछन् ।

    सम्झौतामा भनिएको छ, ‘यो सम्झौता उल्लंघन गरेमा पहिलो पत्नी पतिविरुद्ध अदालत जान सक्नेछिन् ।’

    जनवरी २०२३ मा ग्वालियर पारिवारिक अदालतले विवाद समाधान गर्न नियुक्त गरेका सल्लाहकार अधिवक्ता हरीश देवानका अनुसार उक्त व्यक्तिले मे २०१८ मा २६ वर्षीया युवतीसँग विवाह गरेका थिए । दुवै सफ्टवेयर इन्जिनियर रहेका उनीहरू गुडगाउँको एउटा कम्पनीमा काम गर्थे ।

    सन् २०२० मा महिला गर्भवती भइन् र कोरोना महामारी पनि भएकोले ती पुरुषले पत्नीलाई ग्वालियरमा आफ्ना आमाबुवाको घरमा छाडे । देवानले भने, ‘कोरोनाका कारण आवतजावतमा प्रतिबन्ध लगाइएको थियो र पुरुषले महिलालाई आफ्नो परिवारसँग बस्न भने ।’

    तर ती पुरुष जब गुडगाउँ काममा फर्किए कहिल्यै ग्वालियर फर्किएनन् र सन् २०२१ मा एउटै कम्पनीमा काम गर्ने अर्की युवतीसँग बिहे गरे । ती महिला पनि गर्भवती भइन् । देवानका अनुसार दोस्री पत्नीले जुलाई २०२१ मा छोरी जन्माइन् । उता पहिलो पत्नीले उनलाई जति घर बोलाउँदा पनि ती पुरुषले विभिन्न बहाना बनाएर टार्न थाले ।

    जब पहिलो पत्नीको परिवार जनवरी २०२३ मा उनलाई भेट्न नोएडा गयो तब थाहा भयो– उनी त अर्कै श्रीमती बिहे गरेर बसेका रहेछन्, बच्चासमेत भइसकेको रहेछ ।

    झगडा भएपछि पहिलो पत्नीको परिवारले नोएडाको स्थानीय पुलिस स्टेसनमा ती पुरुषविरुद्ध उजुरी दिए तर कुनै एफआईआर दर्ता भएन ।

    त्यही महिना पहिलो पत्नीले ग्वालियरको पारिवारिक अदालतमा मानाचामलको मुद्दा हालिन् । अदालतले अधिवक्ता र काउन्सिलर हरिश देवानलाई मंगलबार मुद्दाको सुनुवाइअघि सहमतिका लागि प्रयास गर्न भनेको थियो ।

    त्यसपछि देवानले ती व्यक्तिलाई भारतीय दण्ड संहिताको धारा ४९४ अन्तर्गत बहुविवाह अवैध हुने भनी चेतावनी दिए । काउन्सिलरका अनुसार अनि मात्र ती पुरुष दुवै पत्नीलाई सबैथोक बराबर बाँड्न तयार भए ।

  • अस्ट्रेलियासँग भारतकाे लज्जास्पद हार

    अस्ट्रेलियासँग भारतकाे लज्जास्पद हार

    काठमाडाैं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा घरेलु टिम भारतले अस्ट्रेलियासँग लज्जास्पद हार ब्यहोरेको छ ।

    अस्ट्रेलियाले भारतलाई १० विकेटले पराजित गरेको हो ।

    ११८ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको अस्ट्रेलियाले ११ ओभरमा बिना विकेट लक्ष्य भेट्टायो । अस्ट्रेलियाका लागि मिचेल मार्स र ट्रभिस हेड दुवैले अर्धशतक बनाए ।

    मिचेल मार्स ३६ बलमा ६ चौका र ६ छक्का प्रहार गर्दै ६६ रनमा अविजित रहे । हेडले ३० बलमा १० चौका प्रहार गर्दै अविजित ५१ रन बनाए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले खराब सुरुवात गरेकाे थियाे । भारतले २६ ओभरमा सबै विकेटको क्षतिमा ११७ रन बनायो ।

    अस्ट्रेलियाका लागि मिचेल स्टार्कले पाँच विकेट लिए । त्यस्तै, सेन एबोटले तीन र नाथन इलिसले दुई विकेट लिए ।

    यसअघि पहिलो खेलमा अस्ट्रेलिया भारतसँग पाँच विकेटले पराजित भएको थियो । अब भारत र अस्ट्रेलियाबीचको तेस्रो खेल २२ मार्चमा हुनेछ ।