अस्ट्रेलियासँग भारतकाे लज्जास्पद हार

काठमाडाैं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा घरेलु टिम भारतले अस्ट्रेलियासँग लज्जास्पद हार ब्यहोरेको छ ।

अस्ट्रेलियाले भारतलाई १० विकेटले पराजित गरेको हो ।

११८ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको अस्ट्रेलियाले ११ ओभरमा बिना विकेट लक्ष्य भेट्टायो । अस्ट्रेलियाका लागि मिचेल मार्स र ट्रभिस हेड दुवैले अर्धशतक बनाए ।

मिचेल मार्स ३६ बलमा ६ चौका र ६ छक्का प्रहार गर्दै ६६ रनमा अविजित रहे । हेडले ३० बलमा १० चौका प्रहार गर्दै अविजित ५१ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले खराब सुरुवात गरेकाे थियाे । भारतले २६ ओभरमा सबै विकेटको क्षतिमा ११७ रन बनायो ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले पाँच विकेट लिए । त्यस्तै, सेन एबोटले तीन र नाथन इलिसले दुई विकेट लिए ।

यसअघि पहिलो खेलमा अस्ट्रेलिया भारतसँग पाँच विकेटले पराजित भएको थियो । अब भारत र अस्ट्रेलियाबीचको तेस्रो खेल २२ मार्चमा हुनेछ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१