
भारत । भारतको प्रयागराजमा भएको उमेश पाल हत्याकाण्डका मुख्य अभियुक्त असद अहमद र शूटर गुलाम महम्मद उत्तर प्रदेश प्रहरीको इन्काउण्टरमा मारिएका छन् ।
बिहीबार झाँसीमा युपी प्रहरीको इन्काउण्टरमा उनीहरु मारिएकाे बीबीसी हिन्दीले जनाएकाे छ । उनीहरुको साथबाट विदेशी हतियार फेला परेको प्रहरीको दाबी छ ।
असद अतीक अहमदका छोरा हुन् । अतीक समाजवादी पार्टीका पूर्व सांसद हुन् । विभिन्न अपराधिक घटनामा संलग्न भएको आरोपमा उनी प्रकाउ परेका छन् ।
हाल प्रहरी नियन्त्रणमा रहेका अतीकको प्रयागराज अदालतमा पेशी चलिरहेकै बेला उनका छोराको इन्काउण्टर भएको हो ।
अदालतमा छोरा इन्काउण्टरमा मारिएको खबर सुनेर उनी रोएका थिए ।
असदलाई गत २४ फेब्रुअरीमा प्रयागराजमा भएको उमेश पाल हत्याकाण्डपछि प्रहरीले खोजिरहेको थियो । प्रहरीले असद र गुलाममाथि पाँच–पाँच लाख पुरस्कार पनि राखेको थियो ।