म त ओलीलाई स्टालिन र हिटलरै देख्छु : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्टालिन र हिटलरको संज्ञा दिएका छन् ।

एमालेको चितवन महाधिवेशनमा सबै अधिकार आफूले लिएर निरंकुश शैलीमा पदाधिकारी चयन गर्न लागेको भन्दै भट्टराईले ओलीमा हिटलर र स्टालिन शैली रहेको बताएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले ओलीका कारण रुसी मोडलका कम्युनिष्ट पाटी र नाजी पार्टी जसरी नेपालका कम्युनिष्ट पार्टीहरु सिद्धिने डर पैदा भएको बताए ।

‘खड्गप्रसादलाई अरूले नचिनेका हुन् कि मैले भन्ने छिटै फैसला होला जस्तो छ । म त उनलाई स्टालिन र हिटलरै देख्छु’, उनले ट्वीटमा लेखेका छन्, ‘स्टालिन र हिट्लरले आफ्ना सहकर्मीहरूलाई दासको झुण्डमा परिणत गरेझैं खड्गप्रसादले त्यही गर्दैछन् ।’

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१