करिब ९ हजार कोभिड १९ परीक्षण गर्दा १५८ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा ८ हजार ९१८ जनाको कोभिड १९ परीक्षण गर्दा १५८ जनामा संक्रमण देखिएको छ । यस्तै, ३४२ जना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशधभर ६ हजार ९६६ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमणका कारण थप दुई जनाको मृत्यु हुँदा कूल मृतकको संख्या ११ हजार ५२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ६११ जनाले कोभिड १९ विरुद्ध खोप लगाएको मन्त्रालयले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१