![](https://hulaksanchar.com/wp-content/uploads/2021/11/Durga-prasai-.jpg)
चितवन । एमालेका नेता दुर्गा प्रसाईले भीम रावललाई टायर बिहीन हवाइजहाज भन्दै टिप्पणी गरेका छन् । प्रसाईले १० वर्षसम्म ओलीको विकल्प नभएको समेत दाबी पनि गरेका छन् ।
भीम रावलविरुद्ध कडा रुपमा प्रस्तुत भएका प्रसाईले भने ‘उहाँ खाली अध्यक्षमा लड्छु भन्नुहुन्छ । टायरविहीन हवाइजहाज जस्तो हो भीम रावल । हवाइजहाजलाई फोम बिच्छाएर ल्याण्ड गरेजस्तै ल्याण्ड गर्नु राम्रो ।’
केपी ओली बाँचुन्जेल अध्यक्ष हुने र उनले त्यसपछि मात्रै आफूजस्तै विकल्प खोज्नुपर्ने बताए । उनले भने ‘केपी ओली बाचुन्जेल हो । त्यसपछि उहाँको विकल्प हामीजस्ता मान्छे हौँ । म आइसकेँ ।
विवादास्पद व्यवसायी तथा नेकपा एमालेका नेता प्रसाई केपी ओलीलाई अध्यक्ष बनाउन लागि परेका छन् ।