शेयर बजार : नेप्सेमा ८० अंक माथिकाे पहिराे

काठमाडाैं । आइतबार शेयर बजारमा पहिरो गएको छ । नेप्से परिसूचक ८०.२९ अंकले घट्दै २६५१.४९ विन्दुमा झरेको छ ।

सेन्सेटिभ परिसूचक १४.१९ अंकले घट्दै ५०१.४६ विन्दुमा झरेको छ । आइतबार ६ कम्पनीको शेयर मूल्य बढ्दा १ सय ८२ कम्पनीको मूल्य घटेको छ ।

आइतबार ५ अर्ब ८३ करोड ५१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । कुल २ सय ३४ कम्पनीको १ करोड १९ लाख ३ हजार २ सय २ कित्ता शेयर ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५४ रुपैयाँमा खरिदबिक्री भएको हाे ।

यस दिन सबैभन्दा बढी आईसीएफसी फाइनान्स लिमिटेडको शेयर मूल्य ९.७८ प्रतिशतले बढेको छ । यस्तै हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य सबैभन्दाब धेरै ८.४९ प्रतिशतले घटेको छ ।

शुक्रवार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गरेको थियो । समीक्षामार्फत पनि शेयर बजारमा कुनै सम्बोधन नहुँदा लगानीकर्ता निराश देखिएका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१