चितवन । नेकपा एमालेको जारी १० औं महाधिवेशनको बन्दसत्रमा केपी शर्मा ओलीले १९ पदाधिकारी घोषणा गरेका छन् । बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका ओलीले अध्यक्षमा आफ्नै नाम प्रस्ताव गरेका छन् भने वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम प्रस्ताव गरेका छन् ।
हेर्नुहोस् सूची :
अध्यक्ष –
केपी शर्मा ओलि
वरिष्ठ उपाध्यक्ष –
ईश्वर पोखरेल
उपाध्यक्ष –
युवराज ज्ञवाली
अष्टलक्ष्मी शाक्य
सुरेन्द्र पाण्डे
रामबहादुर थापा बादल
विष्णु पौडेल
सुवास नेम्वाङ
महासचिव –
शंकर पोखरेल
उपमहासचिव–
प्रदीप ज्ञवाली
पृथ्वीसुब्बा गुरुङ
विष्णु रिमाल
सचिव–
टोपबहादुर रायमाझी
रघुवीर महासेठ
छविलाल विश्वकर्मा
लेखराज भट्ट
योगेश भट्टराई
गोकर्ण विष्ट
पद्मा अर्याल
ओलीको विरोध गर्दै आएका भीम रावल र घनश्याम भुसाल दुवैको नाम सूचीमा परेकाे छैन । यी सबै पदाधिकारीलाई निर्वाचन कार्यक्रमअनुसार मनोयनपत्र दर्ता गर्न पनि ओलीले भनेका छन् ।