• २०८३ साउन ३
  • 2026 July 19, Sunday

कांग्रेस महाधिवेशनको सन्दर्भमा जसस जापानमा देखिएकाे समस्या समाधान गर्न समिति गठन

जापान । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सन्दर्भमा जनसम्पर्क समिति जापानले गरेका काम र समितिकाे भूमिकाप्रति समितिका पदाधिकारीहरुसहित र क्षेत्रीय समितिहरुले असन्तुष्टि व्यक्त गरेपछि समस्या समाधान समिति गठन गरिएकाे छ ।

नाेभेम्बर २८ मा भएकाे वृहत् भेलाले बौद्धिक अग्रज धर्मराज अधिकारीको नेतृत्वमा जनसम्पर्क समिती जापानका संस्थापक सदस्यहरु जेपी पण्डित, डा. नेत्र प्रसाद भण्डारी, डा. विश्वराज कंडेल, पारस मणी पोखरेल, सुवास लोहनी जनसम्पर्क समिति जापानका उप सभापति सुजन जोशी, बद्री पौडेल कोषाध्यक्ष सावित्री लामा (लक्ष्मी), प्रवक्ता शुरेस गिरी केन्द्रीय सदस्यहरु लिल गुरुङ, किरन थापा मगर, अरुण खड्का लगायत नागोया क्षेत्रीय सभापति कुशलराज धिताल, फ़ुकुओक क्युशु क्षेत्रीय सभापति डिका कार्कीलगायत रहेको १०१ सदस्यीय समस्या समाधान समिति गठन गरेको हाे ।

नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनको तयारी भैरहेको सन्दर्भमा जन-सम्पर्क समिति जापानबाट पठाउनु पर्ने क्रियाशिल सदस्यताको शिफारिस एवं महाधिवेशन प्रतिनिधिको छनौटमा पार्टीको निर्देशन र जन-सम्पर्क समिति जापानको विधान विपरित आम कार्यकर्तालाई कुनै जानकारी नदिइ षड्यन्त्रमुलक र लज्जाजनक तरीकाले क्रियाशील सदस्यताको सिफारिस गरिएको पदाधिकारीहरुले आराेप पनि लगाएका थिए । साथै उनीहरुले पैसाको मोलतोलमा महाधिवेशन प्रतिनिधिहरूको छनौट गरी पठाउने प्रपन्च भैरहेको पनि आराेपसमेत लगाएका थिए । जनसम्पर्क समिति जापानमा देखिएकाे समस्या समाधानका लागि उक्त समिति गठन भएकाे हाे ।

याे पनि पढ्नुहाेस् ।

कांग्रेसको १४ औँ महाधिवेशनको सन्दर्भमा जसस जापानकाे काम र भूमिकाप्रति असन्तुष्टि व्यक्त