राप्रपाकाे नयाँ नेतृत्वका लागि कस–कसले दिए उम्मेदवारी ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी एकताको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले प्यानलसहित उम्मेदवारी दिएका छन् । शुक्रबार भृकुटीमण्डपस्थित निर्वाचन कार्यालयमा पुगेर उनीहरुले मनोनयन दर्ता गराएका हुन् ।

थापाको प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, वुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्कीले उम्मेदवारी दिएका छन् । महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाहीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै लिङ्देन पक्षबाट उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठले उम्मेदवारी दिएका छन् । लिङ्देन पक्षबाट महामन्त्रीमा डा. धवलशम्शेर राणा, श्याम तिमिल्सिना, रेखा थापाले उम्मेदवारी दिएका छन् ।

मंसिर १५ गते सुरु भएको अधिवेशनमा शनिबार मतदान हुने कार्यक्रम छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१