भारतमा पनि देखियाे काेभिडकाे नयाँ भेरियन्ट ओमिक्रोन

कर्नाटक । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा पनि देखिएको छ । दक्षिण अफ्रिकाबाट कर्नाटक आएका दुई जनामा यो भेरियन्ट देखिएको हो ।

उनीहरूमा सामान्य लक्षण देखिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

संक्रमित दुबै पुरुषहरुलाई निगरानीमा राखिएको छ । नयाँ भेरियन्ट देखिएसँगै अन्य सहरहरुमा पनि परीक्षण सुरु गरिएको छ ।

ओमिक्रोन देखिएपछि भारतले दक्षिण अफ्रिका, न्यूजील्यान्ड, बंगलादेश, बेलायत, हङ्कङ र इजरायललगायतका उच्च जोखिम भएका देशबाट आउने यात्रुलाई कडाइ गरेको छ ।

ती देशबाट आउने यात्रुको कोभिड परीक्षण गरिने र कोभिड नतिजा नआएसम्म उनीहरुलाई विमानस्थलबाहिर जान रोक लगाइने भारतको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१