चितवनकाे विकासले देशभरका जनता आकर्षित भएका छन् : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको विकासले देशभरका जनता भएकाे बताएका छन् । शनिबार बिहान सी बीच मोडलमा आधारित नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माणको शिलान्यासका क्रममा उनले चितवनकाे विकास अहिले सबैका लागि नमुना भएकाे दाबी गरेका हुन् ।

अध्यक्ष दाहालले एमालले चितवनमा महाधिवेशन गर्नु सकरात्मक भएकाे पनि बताएका छन् ।‘एमालेको कार्यक्रमलाई सकरात्मक रुपमा लिन्छु, यस्तै कार्यक्रमहरु चितवनमै गर्न अन्य राजनीतिक दलहरुलाई समेत आह्वान गर्छु’ उनले भने । यद्यपि यसअघिका विभिन्न कार्यक्रममा बोल्दा एमालेले आफूलाई सिध्याउनकै लागि चितवनमा महाधिवेशन गरेको प्रचण्डले बताएका थिए ।

देशभरका जनताले चितवन, यहाँको विकास, नारायणी नदी, यहाँको धार्मिक पर्यटकीयस्थल बुझेर जानु भनेको चितवनबासीका लागि खुशी र गर्वको कुरा रहेको उनको भनाइ थियाे । उनले सी बीच मोडलको विकासले राजनीतिज्ञ र पर्यटकलाई आकर्षित गर्ने कुरामा महत्वपूर्ण योगदान दिनेसमेत बताए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१