विवेकशील साझासँग दुई पार्टीको एकता, अध्यक्ष रवीन्द्र मिश्र नै रहने

काठमाडाैं । विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टी बीच एकता भएको छ ।

एकीकरण पछि बन्ने पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने र चुनाव चिन्ह तराजु हुने सहमति भएको एकीकरणपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

एकीकृत पार्टीको अध्यक्ष रवीन्द्र मिश्र हुने र केन्द्रीय कार्यालय ललितपुरको बखुण्डोलमा रहने उनले बताए ।

सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीका ४५ जना र राष्ट्रिय जनता दरबार पार्टीका १० जना सदस्य विवेकशील साझा पार्टीमा सदस्य थपिएका छन् ।

यस्ता छन् पार्टीका एजेण्डा

– निःशुल्क र गुणस्तरिय सर्वाजनिक शिक्षा

– निःशुल्क र गुणस्तरिय स्वास्थ्य र सामाजिक सुरक्षा

– भ्रष्टाचार नियन्त्रण र सुशासन

– अर्थतन्त्रको उद्वेलन र रोजगारी सृजना

– सरकारी वेतनधारीहरुको युनियन खारेजी

– स्थानीय तहलाई पुनसंरचना गर्दै संघीयताको खारेजी

– धर्म निरपेक्षताबारे जनमत संग्रह

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१