भारतमा चाैथाे व्यक्तिमा पनि देखियाे ओमिक्राेन भेरियन्ट

नयाँ दिल्ली । भारतमा अर्काे एक जनामा पनि काेभिडकाे ओमिक्राेन भेरियन्ट देखिएकाे छ । महाराष्ट्रका एक ३३ वर्षीय पुरुषामा ओमिक्राेन देखिएकाे हाे । उनी हालै दक्षिण अफ्रिकाबाट मुम्बई आएका थिए ।

उनीसँगै भारतमा ओमिक्राेन भेरियन्ट संक्रमित हुनेकाे संख्या चार जना पुगेकाे छ । पेसाले समुद्री इन्जियर ती व्यक्तिले काेभिडकाे दुबै खाेप लगाएका थिए । मुम्बई उत्रिएपछि उनलाई सामान्य ज्वराे देखिएकाे थियाे । उनकाे मुम्बईस्थित काेभिड केयर सेन्टरमा उपचार भइरहेकाे छ ।

उनकाे सम्पर्कमा रहेका अन्य २३ जना यात्रुहरुकाे पनि काेभिड परीक्षण गरिएकाे छ। उनीहरु सबैकाे नेगेटिभ रिपाेर्ट आएकाे प्राप्त समाचारमा जनाइएकाे छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७