
काठमाडाैं । राप्रपाको अध्यक्षमा कमल थापा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पदाधिकारीमा थापा पक्ष नै हावी देखिएको छ ।
आइतबार बिहान सम्पन्न मतगणनाअनुसार राप्रपा उपाध्यक्षमा ध्रुवबहादुर प्रधान र बुद्धिबहादुर तामाङ तथा महिला उपाध्यक्षमा रोशन कार्की निर्वाचित भएका छन् । उनीहरु सबै थापा समूहका हुन् ।
यस्तै, महामन्त्रीमा धवलशम्शेर राणा राजेन्द्र लिङदेन पक्षबाट विजयी भए । भुवन पाठक र महिलातर्फ कुन्ती शाही निर्वाचित भएका छन् । पाठक र शाही कमल थापाको प्यानलका हुन् ।
याे पनि पढ्नुहाेस् ।
राप्रपा अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी, कमल थापाले दिए बधाई