एक पटक पुन: सभापतिमा उठ्छु, सहयाेग गर्नुस् : देउवा

  • महाधिवेशनमा शक्ति प्रदर्शन हुँदैन
  • काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले फेरि एकपटक सभापति बन्ने चहनामा आफू रहेकाले सहयाेग गर्न अपील गरेका छन् ।

    साेमबार बालुवाटारमा आयाेजित पत्रकार सम्मेलनमा देउवाले सञ्चारकर्मीहरुलाई सहयाेग गर्न अपील गरेका हुन् ।

    ‘म पार्टीको विधान बमोजिम एकपटक सभापति बन्न चाहेको छु । फेरि सभापति भए भने अझै राम्रो गर्न सक्छु । मैले पार्टीका साथीहरूलाई पनि आग्रह गरेको छु । तपाईँहरुमार्फत पनि आग्रह गर्न चाहन्छु’ उनले भने ।

    त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले धेरै मानिस उतारेर शक्ति पदर्शन नगर्ने उनको भनाइ थियाे ।

    कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

    © 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७