काठमाडाैं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको निर्वाचनमा सबैको ध्यान खिच्न सफल उम्मेदवार डाक्टर अलबिरा खान विजयी भएकी छन् । पाैडेल समूहबाट उम्मेदवारी दिएकी उनी ८८१ मतसहित निर्वाचित भएकी हुन् ।
निर्वाचित भएपछि अलबिराले मुस्लिम, मधेसी समुदाय, पिछडिएको समुदायको आवाज बन्दै उनीहरुको जीवनस्तर उकास्न पहल गर्ने बताइन् ।
मुस्लिम समुदायबाट प्रदेश सदस्य बन्ने उनी उम्मेदवारहरूमध्ये सबैभन्दा कान्छी थिइन् ।
कपिलवस्तु-३ को प्रदेशसभा ख बाट प्रतिनिधि भएर उनी लुम्बिनी प्रदेश समिति सदस्यमा उम्मेदवार बनेकी थिइन् ।
‘मैले १८ वर्षको उमेरमा कांग्रेसको क्रियाशील सदस्यता लिएकी थिएँ, अहिले २४ वर्षकी छु, प्रदेश सदस्यमा जिताउनुहुने सबैलाई धन्यवाद’, डा. खानले भनिन् ।
एमबीबीएस सकेर एमडी गर्न लागेकी अलविराले समाज रुपान्तरणमा याेगदान गर्ने बताएकी छन् । उनका बुवा कांग्रेसको पूर्व क्षेत्रीय सभापति र अहिले महाधिवेशन प्रतिनिधि हुन् ।