पिपुल्स हाइड्राेकाे करिब एक अर्ब रुपैयाँ बराबरकाे आईपीओ आउँदै

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले सर्वसाधराणहरूका लागि करिब एक अर्ब रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले ९६ लाख कित्ता अर्थात ९६ करोड बराबरको आईपीओ निस्कासन गर्ने भएको हो ।

कम्पनीको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ । कम्पनीको सेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका छन् ।

हाइड्रोपावरको निस्काशन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल रहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१