यसरी भित्रियाे नेपालमा काेभिड १९ काे नयाँ भेरियन्ट ‘ओमिक्राेन’

काठमाडाैं । नेपालमा पनि कोभिड १९को नयाँ भेरियन्ट ओमोक्रन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई जनामा नयाँ भाइरस पुष्टि भएको जानकारी दिएको हो ।

नेपालमा संक्रमण देखिएका नागरिक भने विदेशी हुन् । ६६ वर्षीय विदेशी नागरिक मंसिर ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेको मन्त्रालयले जानकारी दिएको छ । उनी नेपाल आउँदा गरेको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको थियो । नेपाल आएको चार दिनपछि अर्थात् मंसिर ७ गते उनीसँग सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई कोरोना संक्रमणसँग मिल्दो लक्षण देखियो । त्यसपछि उनको कोभिड परीक्षण गरिएको थियो ।

परीक्षण गर्दा कोभिड-१९ को नतिजा पोजिटिभ आएको थियो । कोभिड १९ परीक्षणमा पोजिटिभ आएकाहरुको (S-gene Target failure) परीक्षण गर्नुपर्ने हालको नयाँ रणनीति अनुरुप परीक्षण गर्दा दुवै जनाको नमुनामा S-gene फेला परेको थिएन ।

S-gene फेला नपरेका उक्त दुवै नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । आइतबार राति भने ‌ओमिक्रोन भाइरस भएको पुष्टि भयो । उनीहरुमा हाल कुनै लक्षणहरु देखिएको छैन ।

दुई व्यक्तिहरुसँग सम्पर्कमा आएकाहरु सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो । सम्पर्कमा आएको ६६ जना सम्पर्कहरुको पीसीआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको, सबै स्वस्थ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरिएन्ट अहिलेसम्म छिमेकी भारतसहित ४० भन्दा बढी देशहरूमा फैलिइसकेको छ ।

याे पनि :

नेपालमा पनि कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण पुष्टि

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१