२६५ कोभिड संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर २६५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।

यही अवधिमा ३५७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६१७ जनामा भएको नमुना परीक्षणमा २६५ जनामा कोरोनाभाइरस पुष्टि भएको हो ।

यस्तै बितेको २४ घण्टामा २ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित ६ हजार ३८६ जना रहेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७