काठमाडाैं । साेमबार ३२ अंकको हरियाली छाएको सेयरबजार मंगलबार फेरि ३७ अंकले ओर्लिएको छ।
मंगलबार कारोबारमा २३१ कम्पनी सामेल भएका छन् । दिनभरिमा तीन अर्ब १२ करोडको मात्रै खरिदबिक्री भएको छ ।
नेप्सेका अनुसार आज कम्पनीहरुको ८३ लाख कित्ता सेयर बिक्री भएको छ। आज व्यापार र म्युचुअल फन्डबाहेक ११ उपसूचक राताम्य देखिएका छन् ।
मध्यान्हसम्म सकारात्मक रहेको बजार, त्यसपछि बिक्री चाप बढ्न थालेका कारण घट्न थालेको हो ।